अन्तर्वार्ता
सकारात्मक सोच र परिवारको सहकार्यले ब्रोडवे इन्फोसिस सफल भएको होः राजु अधिकारी (अन्तर्वाता)
ब्रोडवे इन्फोसिस बिहीबारदेखि १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्थापना भएको ब्रोडवे आईटी ट्रेनिङको क्षेत्रमा आज बलियो ब्राण्डको रूपमा स्थापित भएको छ ।
१५ वर्षको अवधिमा धेरैलाई रोजगारीका लागि सहयोग गरेको छ । अझ भनौं हजारौंको भरोसाको केन्द्रबिन्दु बनेको छ ब्रोडवे । तीनकुनेको चारवटा कोठाबाट सुरू भएको ब्रोडवे आज अमेरिकासम्म विस्तार भएको छ ।
१५ वर्ष एउटा कम्पनीका लागि सानो समय होइन् । यो लामो समय हो । १५ वर्षको यात्रा कस्तो रह्यो, के के चुनौती देखिए र भावी योजना बारे ब्रोडवे इन्फोसिसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजु अधिकारी सँग आईसिटी समाचारका लागि स्नेहा झा ले गरेको कुराकानीको सम्पादित अंशः
ब्रोडवे इन्फोसिस १५ औं वर्षमा प्रवेश गरेको छ । १५ वर्षको यात्रा कस्तो रह्यो ?
१५ वर्षमा धेरै उतारचढावहरु आए । कुनै पनि संस्थाका लागि १५ वर्षको समय लामो हो । १५ वर्ष पूरा गर्नु सहज थिएन् र असफल हुने छुट पनि थिएन् । किनकी ब्रोडवेमा हामी चार दाजुभाई सलंग्न रहेको छौं ।
त्यस कारण असफल भए चारै जनाको करियर बिग्रिन्छ भनेर कहिले पनि असफल हुन्छौँ भन्ने सोच आएन् । समयले पनि साथ दियो । आजको सफलतामा हाम्रो विद्यार्थी, अभिभावक र सरोकारवालाको भूमिका पनि उत्तिकै छ ।
धेरै थाक्छन र छोडछन् तर तपाईहरु चार दाजुभाइ नै निरन्तर ब्रोडवेमा हुनुहुन्छ । यो रिस्क हो कि सफलताको सुत्र ?
दुई वटै हो । यसलाई रिस्कका साथै सफलताको सूत्र पनि मान्न सकिन्छ । हाम्रो सम्पूर्ण टिमको लक्ष्य नै एउटै छ । परिवारका सबै दाजुभाई एउटै काममा लाग्दा चुनौती त पक्कै पनि थियो तर चार जनालेसँगै काम गरेकाले ब्रोडवेले यहाँसम्म आइपुगेको हो ।
हाम्रो सफलताको सूत्र भनेको चार जनाको सहभागिता नै हो । त्योसमयमा केही खतराहरु पक्कै पनि थिए तर हामीले ती चुनौतीलाई पार गर्दै अघि बढ्यौं । सधैँ सकारात्मक सोच राख्यौँ, जसले गर्दा हाम्रो प्रतिफल पनि सकारात्मक रहन गयो ।
१५ वर्षसम्म कम्पनीको सिईओ तथा संस्थापकको रूपमा काम गर्दा कस्तो चुनौतिहरू व्यहोर्नु पर्यो ?
सन् २००८ को जुलाईमा हामीले ब्रोडवे इन्फोसिसको स्थापना गरेका थियौँ । त्यो समयमा तिनकुनेमा चार ओटा कोठाबाट चार जना दाजुभाई र दुई जना अरु महिला स्टाफ राखेर कम्पनी सुरु गर्यौँ । त्यो समयमा एउटा मात्रै कम्युटर ल्याब थियो । मान्छेहरुले तिनकुनेमा प्रशिक्षण केन्द्र चल्दैन भनेर भन्थे ।
अफिसको भाँडा नौ हजार रुपैयाँ थियो, जुन हामीलाई कतिपय महिना भुक्तानी गर्न पनि गाह्रो पर्ने गर्दथ्यो । कहिलेकाहीँ साँच्चिकै कम्पनी चल्दैन् की भनेर डर पनि लाग्ने गर्दथ्यो । तर भाग्यवश मैले त्यही समय एक लिडरशीप प्रशिक्षण लिने मौका पाए, जहाँ भनिएको थियो, तपाईले टेबलमा बलुन राखिदिनु भयो भने त्यो आँफै उड्दैन् ।
त्यसलाई उचित हावा दिएमा मात्रै त्यो माथि जान सक्छ । त्यसलाई हामीले कम्पनीमा पनि लागु गर्यौँ र आफ्नो कम्पनीलाई हावा दिने काममा लाग्यौँ, जसले गर्दा कम्पनी अगाडि बढ्न थाल्यो ।
अरूले सिर्जना गर्न खोजेको नकारात्मकताबाट सक्दो प्रभावित भएनौँ । हामीलाई थाहा थियो, ‘अध्यारो पछि अवश्य उज्यालो हुन्छ ।’ त्यसकारण कहिले पनि धेरै आत्तिएनौँ ।
नेपालमा अहिले डिजिटल सीपको ग्याप छ । इन्डस्ट्री र एकेडेमिया पनि आफ्नै तालमा चलिरहेका छन् । तपाईहरुले त्यो ग्यापलाई पूरा गर्ने प्रयास गर्नुभएको छ । तर यो समस्याकै रुपमा देखिएको किन होला ?
हाम्रो टिम र क्षमताले भ्याएसम्म एकेडेमीया र उद्योगबीचको दूरी कम गर्न काम गरिरहेका छौं । हामीले सुरु नगरेको भए त्यो दूरी अझै बढ्थ्यो होला । विकास वा परिवर्तन एकैछिनमा हुँदैन् । सात आठ वर्ष अघिसम्म ग्याप धेरै थियो तर अहिले कम भएको छ । एकेडेमिक क्षेत्रले पनि प्रशिक्षणमा धेरै चासो देखाउन थालेको छ ।
कलेज, विश्वविद्यालय र सरकारी कार्यालय यसका लागि छुट्टै बजेट राख्न थालेका छन् । उद्योगको माग अनुसार हामीले कक्षाहरू सञ्चालन गरिरहेका छौं । डिजिटल सीपको दूरी कम गर्न अरू उपायहरु पनि निकाल्न सकिन्छ । यस्तो दूरी एशियाली देशहरुमा मात्रै छ भन्ने सोच्छौँ, तर वास्तविक्ता त्यस्तो होइन् ।
यो समस्या विश्वका विकसित देशमा पनि छ । त्यस कारण नेपालमा देखिएको दूरी कम गर्न केही समय लाग्छ तर यो सम्भव छ ।
नेपालका दक्ष जनशक्तिहरू विदेशी छन् । के ब्रेनड्रेन मुख्य समस्या हो हाम्रो यो क्षेत्रमा ?
हामी उच्च शिक्षाको लागि बाहिर गएर पढ्छौं । विदेश गएर सिकेको ज्ञान नेपालमा प्रयोग गर्नु राम्रो हो । तर नेपालमै योग्य मानिस बनेर बाहिर गयौँ भने त्यो देशका लागि चुनौती हुन सक्छ । यो नेपालकै मात्रै नभएर अन्य देशका लागि पनि चुनौतीको रुपमा छ ।
यसलाई रोक्न सरकारले नेपालमै काम गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने हुन्छ र योसँगै न्युनतम तलब पनि दिन सकेमा विद्यार्थीहरु आफै नेपालमा काम गर्न आकर्षित हुनेछन् । ब्रेनड्रेनलाई कम गर्न सरकारले नीतिगत सुधार पनि गर्नुपर्छ ।
१५ वर्षमा देशहरू विकसित भएका छन् । तर हामी कहाँ छौ ? कस्तो छ देशको विकासक्रम र प्रविधिको रफ्तार ?
हाल प्रविधिको विकासक्रम गतिशील छ । गाउँको कुनाकाप्चासम्म सामाजिक सञ्जालको पहुँच पुगेको छ । प्रविधिको क्षेत्रमा मैले राम्रै परिवर्तन भईरहेको देख्छु । तर विकासको सूचक धेरै रहेका छन्, जसमा स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार जस्ता थुप्रै पक्षहरु छन् । समग्र विकासलाई हेर्ने हो भने हामी अझै पनि केही सुस्त नै छौँ ।
तर आईसिटीलाई हेर्ने हो भने हामी अन्य देशको जस्तै रफ्तारमा गईरहेका छौँ । प्रविधिले कसैलाई पनि पक्षपात गरेको छैन् । प्रविधिको कुन रूपले प्रयोग गर्छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीले प्रगति भएको छैन् भनेर नकारात्मक धारणा मात्रै राख्नुभन्दा काम गर्नमा बढि ध्यान गर्नुपर्छ । देश विकासका लागि मानसिक रुपमा सकारात्मक हुनु पनि एउटा राम्रो पक्ष हो ।
कोभिडको कारण हाम्रो शिक्षण सिकाइ डिजिटलबाट भयो । यसले कसरी फाइदा पुर्यायो ?
कोभिडले सरकारको डिजिटल नेपाललाई धेरै टेवा पुर्याएको छ । केही वर्षमा हुने प्रविधिको विकास केही समयमै भएको छ, यो नै ठूलो सफलता हो । कोरोनाका कारण आफ्नो परिवारको सदस्य गुमाए, जसको दुःख शब्दमा बयान गरेर सम्भव छैन् । तर प्राविधिक पक्षमा हेर्दा भने देशले फड्को मानेकै हामीले बुझ्नुपर्छ ।
अहिले आएर मान्छेहरुले गाउँगाउँमा पनि जूम भन्ने प्रविधि बुझिसकेका छन् । कोरोनाका कारण हामीले पनि अनलाइनबाटै कक्षा दिन थाल्यौं । अहिलेका विद्यार्थीहरुलाई पनि धेरै सिकाउनै पदैन्, जसकारण हामीले भौतिक तथा अनलाइन दुवै रुपबाट कक्षा सञ्चालन गर्न सकिरहेका छौँ ।
अनलाइनबाट पढ्ने जुन ट्रेण्ड बाहिरको देशमा थियो त्यो पनि विस्तृत भयो र हाम्रै देशमा पनि अब धेरैले अनलाइनमार्फत पढ्सक्ने भएका छन् । यसले गर्दा डिजिटल साक्षरता पनि वृद्धि भएको छ ।
ब्रोडवेको आगामी योजनाहरु के छन् ?
म वर्तमानमा बाँच्ने व्यक्ति हो । समयसँगै परिवर्तन गर्दै जानुपर्छ भन्नेमा विश्वास गर्छु । परिवर्तनलाई सहजै अपनाउन सक्छौँ भन्नेमा हामीलाई विश्वास छ । त्यसले गन्तव्यमा पुग्नमा धेरैनै सहयोग पर्याउँछ । ७७ वटै जिल्लामा कम आय स्रोत भएको र पढ्न चाहेर पनि पढ्न नसकेको विद्यार्थीहरुलाई कम मूल्य वा निःशुल्क तालिम दिने योजना बनाएका छौं ।
त्यसअनुसार हामीले प्रणालीको विकास गरिरहेका छौँ । यसले गर्दा कम शुल्कमा विद्यार्थीहरुले आईटी प्रशिक्षण लिन सक्नेछन् । देश र विदेशमा पनि सेल्स सेन्टर निर्माण गरेर अघि बढ्ने योजना छ ।
विभिन्न टेकजायन्टहरु नेपालमा आए र सीप भएका म्यानपावर खोजेमा त्यस्तो म्यानपावर पनि दिने प्रशिक्षण दिने योजना बनाएका छौँ । अहिलेका लागि हामी गुणस्तरीय प्रशिक्षणमा केन्द्रित रहेका छौँ । तुरुन्तैको योजना भनेको हाम्रो प्रशिक्षणलाई सर्वसुलभ बनाउन नै रहेको छ ।
वार्षिकोत्सवको अवसरमा केही अफर ल्याउनु भएको छ ?
हाम्रा लागि हरदिन उत्सव हो । वार्षिकोत्सवको अवसरमा हरेक कोर्समा ३० प्रतिशत छुट दिएका छौँ । ३० प्रतिशत भनेको कम होइन् । त्यस कारण सबै भाईबहिनीलाई यो अवसर लिनका लागि आग्रह गर्दछु ।
आइटी क्षेत्रमा ब्रोडवेको आवश्यकता किन छ । विद्यार्थीहरु कसरी सहजरुपमा सीप विकासका लागि सहभागी हुन सक्छन् ?
ब्रोडवे इन्फोसिसको आफ्नै एप तथा साईट छ, जसबाट विद्यार्थीहरुले केही प्रश्न वा जिज्ञासा रहेमा बुझ्न सक्नुहुन्छ । अनलाइनबाटै एडमिसन गर्न सक्नुहुनेछ । भौतिक रुपमा पढ्न सेन्टरमा आउनुपर्ने हुन्छ । यसका साथै अनलाइन अध्ययनको समेत व्यवस्था गरेका छौं ।
भुक्तानीका लागि विभिन्न वालेट तथा पेमेन्ट गेटवेसँग सहकार्य गरेका छौँ । हामीले आईटीका ७०-८० कोर्षमा तालिम प्रदान गरिरहेका छौं । विद्यार्थीहरुले कोर्षको पहुँच पाउन कुर्नै पर्दैन् । मैले आज एउटा कुनै नयाँ कोर्ष पढ्न खोजे भने महिनौँ दिन त्यसका लागि पर्खिनु पर्दैन् र मैले सहजै कुनै पनि कोर्सको पहुँच पाउन सक्छु ।
हामीले समयलाई एकदमै मूल्यवान ठान्ने हुँदा कुनै पनि विद्यार्थीले कम्तीमा पनि ६ ७ दिनमा नयाँ कोर्स पढ्न जान सक्नुहुन्छ । यसले धेरै समय बचत हुन्छ । हामीले ब्रोडवेलाई सबैको कम्पनी भएको देख्न चाहन्छौँ ।
विस्तारै आइटी कम्पनीहरु आईपीओमा गइरहेका छन् ? ब्रोडवेको योजना के छ ?
मैले तपाईलाई अघि पनि भने । हाम्रो वरिपरि जस्तो परिवर्तन आएपनि हामी त्यसलाई छोडैदनौँ । बजारको माग अनुसार अघि बढछौँ । यदी कम्पनीलाई पब्लिक बनाउने दिन आएमा हामी पक्कै पनि त्यसमा काम गर्नेछौँ र यस कम्पनीलाई सबैको कम्पनी बनाउनमा भूमिका निर्वाह गर्नेछौँ ।
अन्तर्वार्ता
आवर विराटनगरले डिजिटल साक्षरतामा सहयोग पुर्याएको छः प्रबन्ध निर्देशक दाहाल (भिडियो)
आवर विराटनगर प्रदेश १ को पहिलो अनलाइन म्यागजीन हो । पूर्वमा अनलाइन मिडिय…
नेपालका लागि उपयुक्त उपकरण ल्याउन चाहन्छौंः ब्रदर इन्टरनेसनलका प्रबन्ध निर्देशक हिरानो
ब्रदर ग्रुप सन् १९०८ मा स्थापना भएको जापानको बहुर्राष्ट्रिय कम्पनी हो । विद्यु…
बीआईटी शुरू भइसक्यो, अर्को वर्षदेखि एमआईटी पनि शुरू गर्दै छौंः प्रमुख पौडेल (अन्तर्वाता)
२०७६ सालदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बीआईटी कोर्ष पढाउन शुरू गर…
थपिएको लगानीसँगै बजारमा आक्रामक रूपमा जाने हाम्रो योजना होः संस्थापक अधिकारी (अन्तर्वाता)
आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको फुडमाण्डु नेपालको पहिलो अनलाइन फुड डेल…
साइबर सुरक्षा बारे जागरूक गराउन भिडियो प्रतियोगिता आयोजना गरेका हौंः निर्देशक राय
नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता …
आज एकदिन मात्र सुरक्षित इन्टरनेटको कुरा गरेर हुँदैन्, दिन दिनै गर्नुपर्छः अनिल रघुवंशी (अन्तर्वाता)
आज सुरक्षित इन्टरनेट दिवस । नेपालसहित विश्वका १७० भन्दा बढी देशमा सुरक्षित…
विस्तारै मान्छे र मेशिनबीचको अन्तर छुट्याउन गाह्रो हुने समय आउँदै छः एआई विज्ञ पौडेल
एआई एउटा यस्तो प्रविधि हो, जसले आफै निणर्य लिन सक्छ । पछिल्लो समय प्रविधि उद्योगमा ए…
‘निमा एकेडेमीले बच्चाहरूलाई बुझाउने गरी कन्टेन्ट विकास गरिरहेको छ’ (भिडियो अन्तर्वाता)
नेपालको शिक्षा प्रणालीलाई डिजिटन बनाउने महत्वाकांक्षी योजनाका साथ अगाडि बढेको निम…
टेक्नोलोजिकल एक्सपोजरका लागि प्रोजेक्ट एक्जिबिसन आयोजना गरेका हौंः उमेश पनेरू
शुक्रबार अर्थात भोलि नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले प्रो…
इन्जिनियरिङ, बीबीए र बीसीएमा नयाँ भर्ना खुलेको छः प्रिन्सीपल एनसीआईटी कलेज
गत मंसिरमा कक्षा १२ को नतिजा सार्वजनिक भएको थियो । यतिबेला प्लस टु पास गरेका विद्…
केयुले नेपालमै पहिलोपटक ब्याचलर्स र मास्टर्समा एआईको कोर्स सञ्चालन गर्दै छः प्रा.डा पोखरेल
काठमाडौं विश्वविद्यालय (केयु)ले नेपालमै पहिलोपटक ब्याचलर्स र मास्टर्समा आर्ट…
हाम्रो लक्ष्य भनेको नेपालबाट एक लाख एआई इन्जिनियरलाई तालिम दिने होः सूर्य बस्नेत
बुधबार अर्थात भोलिदेखि अनलाइनबाट ५ दिने मेसिन लर्निङ तथा डेटा साइन्समा व…