कीवर्डहरू -

अन्तर्वार्ता

बैंकमा म्यानुअल्ली हुने कामलाई फास्ट बैंकिङले डिजिटाइज गर्छः सीईओ भुजु

विगत २० वर्षदेखि नेपालको वित्तिय क्षेत्रलाई डिजिटल बनाउन तल्लिन संस्था हो । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) । कार्डबाट सुरू भएको एससीटीको यात्रा फास्ट बैंकिङसम्म आइपुगेको छ ।

गत बिहीबार एससीटीले स्विफ्ट टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ प्रडक्ट फास्ट बैंकिङ सोलसुन सार्वजनिक गरेको थियो । यसले बैंक तथा वित्तिय संस्थाको पछिल्लो आवश्यकता पूरा गर्ने कम्पनीको दावी छ ।

यसै सन्दर्भमा फास्ट बैंकिङ के हो ? किन आवश्यक छ ? के के सुविधा छन् ? लगायतका विषयमा एससीटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण प्रकाश भुजु सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानी सम्पादित अंशः


गत बिहीबार मात्रै एससीटी फास्ट बैंकिङ सार्वजनिक गरेको थियो । के हो फास्ट बैंकिङ ?

विगत २० वर्षदेखि एससीटी डिजिटल भुक्तानीको क्षेत्रमा काम गरिरहेको छ । कार्ड सेवाबाट सुरू भएको एससीटीको यात्रा फास्ट बैंकिङसम्म आएको छ । बजारको आवश्यकता अनुसार डिजिटल पेमेन्ट इकोसिस्टममा नयाँ सेवा थप्दै आइरहेका थियौं ।

पहिला कार्ड सेवा थियो, त्यसपछि हामीले क्युआर सेवा ल्यायौं । अहिले बजारको आवश्यकतालाई मध्यनजर गर्दै फास्ट बैंकिङ सेवा ल्याएका हौं । पछिल्लो समय मानिसहरू डिजिटल पेमेन्टमा आकर्षित भइरहेका छन् । यस्तो अवस्थामा ओम्नी च्यानलमा आधारित फास्ट बैंकिङ सोलुसन प्रयोग गरेर बैंकहरूले धेरैभन्दा धेरै सेवा डिजिटल माध्यमबाट दिन सक्छन् ।

\"\"

अहिले बैंक तथा वित्तिय संस्थाहरूले भुक्तानीलाई मात्रै बढी प्राथामिकतामा राखेका छन् । अब भुक्तानीलाई मात्रै नभएर बैंकका अन्य सेवा पनि डिजिटाइज गर्न फास्ट बैंकिङ आएको हो ।

बैंकिङ सेवालाई डिजिटल बनाउन बजारमा अन्य प्रडक्ट पनि छन् । फास्ट बैंकिङ नै किन चाहियो ?

नेपालमा मोबाइल बैंकिङ सुरू भएको १२-१५ भइसकेको छ । एसएमएस बैंकिङबाट सुरू भएको यात्रा अहिले विकसित हुँदै मोबाइल बैंकिङसम्म आइपुगेको छ ।

अहिलेको मोबाइल बैंकिङबाट ग्राहकहरूले सामान्यतयाः कारोबार फन्ड ट्रान्सफर, भुक्तानी लगायतका काम मात्रै गर्न सक्छन् । बैंकका ग्राहकहरू बढीरहेका छन् ।

त्यसकारण आजको दिनमा बैंकले ग्राहकहरूलाई आफ्नो शाखाबाट मात्रै सेवा दिन सक्दैन् । बैंकका शाखा सिमित छन् । ग्राहकहरू बढी छन् ।

सरकारले पनि डिजिटल नेपाल बनाउने भनिरहँदा हरेक चीज डिजिटाइज हुँदैछन् । बैंकले आफ्नो ग्राहकलाई डिजिटल्ली सेवा दिनका लागि खाली भुक्तानीलाई मात्रै डिजिटाइज गरेर भएन् । अरू बैंकिङ सेवा पनि डिजिटाइज गर्नुपर्छ ।

बैंकका अन्य सेवालाई पनि डिजिटाइज गर्ने गरी फास्ट बैंकिङ सार्वजनिक भएको छ । बैंकमा म्यानुअल्ली भइरहेको कारोबारलाई अटोमटिक रूपमा एपबाटै गर्न सकिन्छ । मोबाइल बैंकिङ एपबाटै खाता खोल्न सकिन्छ ।  बैंकमा गएर मोबाइल बैंकिङ सेवा नलिने ग्राहकले पनि एपबाटै मोबाइल बैंकिङको सेवा लिन सक्छन् ।

अहिले बजारमा भइरहेका प्रडक्टमा देखिएका कमीकमजोरी र बैंकको आजको आवश्यकतालाई पूरा गर्न फास्ट बैंकिङ सोलुसन ल्याएका हौं । सुरक्षाका हिसाबले पनि फास्ट बैंकिङ बलियो छ ।

अहिले ओटीपी शेयर गर्दा धेरै साइबर आक्रमणका घटना भइरहेका छन् । त्यसलाई रोक्न हामीले फास्ट बैंकिङमा म्यानुअल कोड राख्ने सिस्टम हटाएका छौं । सिस्टमले स्वतः म्यासेजमा आएको ओटीपी कोड राख्छ ।

\"\"

बैंकले यसबाट नयाँ प्रडक्ट डिजाइन र डेलिभरी गर्न सक्छन् । यसबाट एउटा बैंकले अरू बैंकको जस्तो भन्दा पनि आफ्नै प्रडक्ट बनाउन सक्छ । बजारमा अहिले भएका डिजिटल बैंकिङ प्रडक्टभन्दा यो सुरक्षित, विश्वसनीय र भरपर्दो छ ।

तपाईहरूले फास्ट बैंकिङ सुरक्षित छ भनेर दावी गरिरहनु भएको छ । ग्राहकको डाटा चाहिँ कसरी सुरक्षित गर्नुभएको छ ?

डाटा सबैको प्राथमिक चासोको विषय हो । डाटा सुरक्षामा संवेदनशील छौं । एससीटी आफैमा एउटा पीसीआईडीएस प्रमाणित कम्पनी हो । डाटालाई कम्प्रमाइज हुन नदिन विभिन्न तहले सुरक्षित गरेका छौं ।

डाटाको होस्ट बैंक आफैले गर्छ । हामीले पनि सो डाटामा पहुँच राख्न सक्दैनौं । बैंकलाई हामी सोलुसन मात्रै दिन्छौं । यदी उक्त डाटामा पहुँच पाएपनि हेर्न र पढ्न नसक्ने गरी बैंक भित्र सिस्टमको व्यवस्था गरेका छौं ।

डाटा इन्क्रिप्टेड फर्म्याटमा हुन्छ । कसैले डाटा पाएपनि हेर्न, पढ्न सक्दैन् । साथै डाटा रियल टाइममा ब्याकअप हुन्छ ।

फास्ट बैंकिङमा के के सुविधा छन् ?

फास्ट बैंकिङमार्फत अहिले बैंकले दिइरहेका सबै सुविधा दिन सक्छन् । यस बाहेक कार्ड एक्टिभेट, ब्लक गर्ने, घरबाटै बैंकमा चेकका लागि अनुरोध गर्न सकिने, बैंकमा रकम जम्मा गर्ने टोकन, फिक्स्ड डिपोजिट बराबरको ऋण लगायतका सुविधा छन् ।

बैंकले ग्राहकको आवश्यकता अनुसार कस्तो कस्तो र कतिसम्म कारोबार गर्न दिने नियन्त्रण गर्न सक्छन् । कुनै बेला कारोबार सफल नभएमा छोटो समयमै त्यसलाई पुनः पठाउन वा पैसा फिर्ता ल्याउन सकिन्छ ।

फास्ट बैंकिङ मार्फत अनलाइनबाटै टोकन लिएर ग्राहक बैंकमा सेवा लिन जान सक्ने छन् । एउटै युजरनेम र पससवर्डबाट फास्ट बैंकिङ चलाउन मिल्छ ।

यसमा रिपोर्टिङको सुविधा पनि छ । कुनै पनि थर्डपार्टी सिस्टमलाई सजिलै एकीकृत गर्न सकिने छ । फास्ट बैंकिङमा बैंकले आफुले प्रडक्ट डिजाइन गरेर पनि सार्वजनिक गर्न सक्छ ।

तपाईहरूको फास्ट बैंकिङ सोलुसन ग्लोबल आईएमई बैंकले प्रयोगमा ल्याइसकेको छ । १० लाख बढी प्रयोगकर्ता पनि छन् । कस्तो छ प्रयोगकर्ताको प्रतिक्रिया ?

चलाउन सजिलो रहको प्रयोगकर्ताको भनाइ छ । धेरैले रूचाउन भएको छ, सकारात्मक प्रतिक्रिया दिनु भएको, खुसी छौं । यसका साथै ग्लोबल आईएमई बैंकले पनि फास्ट सोलुसन प्रयोग गर्न थालेपछि स्टाफ हरू कम इंगेजमेन्ट हुनु परेको बताएको छ ।

बैंकले म्याअल्ली रूपमा गर्नुपर्ने मोबाइल एपबाट अटोमेटिक हुन्छ । बैंकका ग्राहक कार्यालयसम्म आउने प्रक्रिया कम भएको छ ।  प्रयोगकर्ताको प्रतिक्रियाबाट सन्तुष्ट र खुसी छौं ।

कसरी लिने फास्ट बैंकिङ सुविधा ?

फास्ट बैंकिङको सेवा लिन बैंक तथा वित्तिय संस्थाहरूले एससीटीलाई सम्पर्क गर्नुपर्ने हुन्छ । त्यसपछि बैंक तथा वित्तिय संस्थाको आवश्यकता अनुसार एससीटीले उक्त सिस्टम प्रदान गर्छ ।

अनि बैंक तथा वित्तिय संस्थाले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवा प्रदान गर्न सक्ने छन् । अहिले यो सिस्टम ग्लोबल आईएमई बैंकले प्रयोगमा ल्याइसकेको छ अन्य केही बैंक तथा वित्तिय संस्थासँग पनि सहकार्यको सम्झौता भएको छ ।

एससीटीले के के नयाँ प्रडक्ट ल्याउँदै छ ?

विगत २० वर्षदेखि एससिटीले नयाँ नयाँ प्रविधिहरू ल्याएर डिजिटल पेमेन्टको क्षेत्रमा काम गरिराखेको छ । अब हामी भर्चुअल कार्डको सेवा ल्याउँदै छौं । प्लास्टिकबाट बनेका कार्डलाई भर्चुअल कार्डमा रूपान्तरण गर्ने योजना छ । भर्चुअल कार्डको सेवा थालनी गरिसकेका छौं ।

प्लास्टिक कार्डलाई भर्चुअल कार्डले विस्थापित गर्दा बैंक र ग्राहक दुबैलाई कम खर्चिलो हुन्छ । भर्चुअल कार्डबाटै पैसा निकाल्न मिल्नेदेखि पेमेन्ट गर्न मिल्नेसम्म सबै खालको इकोसिस्टम बनाउन खोजिरहेका छौं ।

\"\"

एउटै प्लेटफर्मबाट सबै खालका डिजिटल सेवा उपलब्ध गराउने तयारी छ । त्यसैको स्वरूप फास्ट बैंकिङ आएको हो । अब ग्राहकले फरक फरक सेवाका लागि फरक फरक प्रडक्ट चलाउनु पर्ने झन्झट अन्त्य हुनेछ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

प्रविधि गतिशील छ । नयाँ नयाँ प्रविधिहरू आइरहेका छन्, गइरहेका छन् । मानिस र बैंकका आवश्यकताहरू पनि समय सापेक्ष बढीरहेका छन् । त्यसकारण आफ्नो सिस्टमलाई समय अनुसार अपग्रेड गर्दै जानुपर्छ ।

कहिलेकाँही नयाँ प्रविधिलाई आत्मसात गर्न गार्‍हो पनि हुन्छ । तर पनि समयको माग अनुसार बैंकले नयाँ प्रविधिमा लगानी गर्नुपर्छ । बैंकको पुरै सिस्टम डिजिटाइज गर्नुपर्छ । सकेसम्म बैंकले धेरैभन्दा धेरै सेवा डिजिटलबाटै दिनुपर्ने अहिलेको युगमा जरूरी भइसकेको छ  ।

डिजिटाइजका लागि सबै सिस्टम इनहाउस बनाउन बैंकलाई कठिन हुन सक्छ । त्यस्तो अवस्थामा बैंकका लागि हामी जस्तो राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्था सारथी बन्न सक्छौं ।

 

अन्तर्वार्ता

सकारात्मक सोच र परिवारको सहकार्यले ब्रोडवे इन्फोसिस सफल भएको होः राजु अधिकारी (अन्तर्वाता)  

ब्रोडवे इन्फोसिस बिहीबारदेखि १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्…

टुटल बन्द भएको छैन्, परिस्कृत भएर आउँदैछ: शिक्षित भट्ट

काठमाडौं । लोकप्रिय नेपाली राइड शेयरिङ एप टुटल केही समयदेखि निस्क्रिय छ । वेबसाइ…

चालकबाट ६ महिनासम्म कमिसन लिदैनौं, त्यसपछि पनि अरूको तुलनामा कम हुनेछः पवित नन्दा (अन्तर्वाता) 

पछिल्लो समय नेपालमा राइड शेयरिङ लोकप्रिय भइरहेको छ । केही समय अगाडि अन्त…

‘विदेशमा पिएसओ र पिएसपी छुट्याएर लाइसेन्स दिने चलन छैन्, बैंकलाई पनि प्रतिस्पर्धामा राखिदैन्’ 

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोरू डिजिटल वालेट सन् २०२० देखि सञ्चालन…

आवर विराटनगरले डिजिटल साक्षरतामा सहयोग पुर्‍याएको छः प्रबन्ध निर्देशक दाहाल (भिडियो)

आवर विराटनगर प्रदेश १ को पहिलो अनलाइन म्यागजीन हो । पूर्वमा अनलाइन मिडिय…

नेपालका लागि उपयुक्त उपकरण ल्याउन चाहन्छौंः ब्रदर इन्टरनेसनलका प्रबन्ध निर्देशक हिरानो

ब्रदर ग्रुप सन् १९०८ मा स्थापना भएको जापानको बहुर्राष्ट्रिय कम्पनी हो । विद्यु…

बीआईटी शुरू भइसक्यो, अर्को वर्षदेखि एमआईटी पनि शुरू गर्दै छौंः प्रमुख पौडेल (अन्तर्वाता) 

२०७६ सालदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बीआईटी कोर्ष पढाउन शुरू गर…

थपिएको लगानीसँगै बजारमा आक्रामक रूपमा जाने हाम्रो योजना होः संस्थापक अधिकारी (अन्तर्वाता)

आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको फुडमाण्डु नेपालको पहिलो अनलाइन फुड डेल…

साइबर सुरक्षा बारे जागरूक गराउन भिडियो प्रतियोगिता आयोजना गरेका हौंः निर्देशक राय 

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता …

आज एकदिन मात्र सुरक्षित इन्टरनेटको कुरा गरेर हुँदैन्, दिन दिनै गर्नुपर्छः अनिल रघुवंशी (अन्तर्वाता)

आज सुरक्षित इन्टरनेट दिवस । नेपालसहित विश्वका १७० भन्दा बढी देशमा सुरक्षित…

विस्तारै मान्छे र मेशिनबीचको अन्तर छुट्याउन गाह्रो हुने समय आउँदै छः एआई विज्ञ पौडेल

एआई एउटा यस्तो प्रविधि हो, जसले आफै निणर्य लिन सक्छ । पछिल्लो समय प्रविधि उद्योगमा ए…

‘निमा एकेडेमीले बच्चाहरूलाई बुझाउने गरी कन्टेन्ट विकास गरिरहेको छ’ (भिडियो अन्तर्वाता)

नेपालको शिक्षा प्रणालीलाई डिजिटन बनाउने महत्वाकांक्षी योजनाका साथ अगाडि बढेको निम…

टेक्नोलोजिकल एक्सपोजरका लागि प्रोजेक्ट एक्जिबिसन आयोजना गरेका हौंः उमेश पनेरू

शुक्रबार अर्थात भोलि नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले प्रो…