अन्तर्वार्ता
‘साइबर सेक्युरिटीमा सरकारको तयारी र योजना कामचलाउ मात्रै भयो’
साइबर सुरक्षा विज्ञ राजनराज पन्त
नेपाल लगायत विश्वमा साइबर सुरक्षाको चुनौती दिनदिनै बढिरहेको छ । विश्वका विभिन्न देशहरुले साइबर सुरक्षामा लगानी बढाइरहेका छन् ।
नेपालले पनि साइबर सेन्टर स्थापना गर्ने कुरा बजेटमा समेटेको छ । तर साइबर सुरक्षामा सरकारले त्यति खासै चासो दिएको देखिदैंन ।
साइबर डिफेन्स, सुरक्षा चुनौती र उपायका बारेमा प्रमाणीकरण नियन्त्रकको कार्यालयमा नियन्त्रकको रूपमा पनि काम गरिसकेका चौधरी ग्रुपका आइटी चिफ तथा साइबर सुरक्षा विज्ञ राजजराज पन्त सँग आईसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीः
नेपालको साइबर सुरक्षाको अवस्था कस्तो छ ?
नेपालको साइबर सुरक्षाको अवस्था भन्नुपर्दा सेक्टर अनुसार आ–आफ्नै छ । बैंकको आफ्नै छ, सरकारको आफ्नै छ र अन्य क्षेत्रको पनि आफ्नै छ । कतिले त सुरक्षा अपनाएका पनि छैनन् ।
कतिलाई साइबर सुरक्षाको बारेमा थाहा पनि छैन । समग्रमा भन्नुपर्दा नेपालको साइबर सुरक्षामा जुन रूपमा प्रयासहरू हुनुपर्ने हो, त्यो भएको छैन ।
विशेषगरी कुन क्षेत्र समस्यामा छ ? सरकारी, बैंकिङ र अन्य ?
थ्रेट त सबैतिर छ । तर बैंकिङ क्षेत्रले चाहिँ केही हदसम्म सुरक्षा सावधानी अपनाएको छ । तर त्यो पर्याप्त नहुन सक्छ । नयाँ नयाँ थ्रेटहरू आइरहेका हुन्छन् । हामीकहाँ थ्रेट इन्टेलिजेन्स पनि छैन, भएको भए थ्रेटहरू थाहा हुने हो ।
चुनौती त जहिले पनि आउन सक्छ । त्यसैले पछि आउने सम्भावित चुनौतीहरूको तयारीमा मिहेनत देखिँदैन । हाल टिकटक, इन्स्टाग्राम लगायतको डेटा चोरी भएको छ ।
साइबर सुरक्षाको क्षेत्रमा कतिखेर के हुन्छ भन्ने कुरा थाहा हुँदैन । त्यसैले सुरक्षा सावधानी उपनाए पनि त्यो पर्याप्त छैन ।
केही समयअघि भारतीयहरूले नेपाली सिस्टम बिगार्ने प्रयास गरे । अब भोलि साइबर डिफेन्सको अवस्था आएमा हाम्रो अवस्था के होला ?
लकडाउनको समयमा भारतीयहरू ह्याकर र नेपाली ह्याकरहरू बीच एउटा कोल्ड वार जस्तै चलेको थियो । त्यो मैले पनि हेरेको थिएँ । पछि उनीहरू आफैले सम्मान गरेर छोडे ।
यदि साइबर वारकै अवस्था आयो भने नेपालको सिस्टममा भल्नेराबिलिटीहरू धेरै छ । नेपाललाई अलि गाह्रो पर्छ । त्यसका लागि हामीले तयारी चाहिँ गर्नुपर्छ ।
मैले यसो भन्दै गर्दा भारतीयहरू खतरै हुन भन्न खोजेको होइन । साइबर सुरक्षा क्षेत्रमा ट्यालेन्टेड नेपालीहरू पनि छन् । नेपालमा यसको बारेमा जुन किसिमको जनचेतना हुनुपर्ने हो त्यो छैन । भल्नेराबिलिटी त नेपालको सिस्टममा मात्र नभएर भारतको सिस्टममा पनि छन् ।
साइबर डिफेन्सका लागि नेपालको तयारी कस्तो हुनुपर्दछ ?
यसका लागि सरकारले साइबर सेन्टर जस्तो बनाएर काम गर्नुपर्छ । साइबर सेन्टर स्थापना गर्ने कुरा कुरा बजेटमा पनि समेटिएको छ ।
साइबर सेन्टरको स्थापना गरी थ्रेट इन्टेलिजेन्सको काम, कहाँ कहाँ डेटाहरू कम्प्रमाइज हुन सक्छ, कहाँ कहाँ के के हुन सक्छ भनेर मोनिटरिङ गरी इनपुट दिन सकियो भने राम्रो हुन्छ । सबै काम एउटैले गर्न पनि सक्दैन ।
त्यसैले आ–आफ्नो क्षेत्रको आ आफ्नो कम्युनिटीबाट प्रयासहरू गर्दा राम्रो हुन्छ । यदि त्यसो गर्न सकिएन भने कुनै पनि बेला जुन सुकै घटना पनि घट्न सक्छ ।
मेरो सिस्टम कत्तिको खतरामुक्त छ, केही सुरक्षा कमजोरी छ कि छैन भन्ने थाहा पाइरहनु पर्छ । यहाँ त के छ भने भाइरस छ कि छैन हेर्ने, फायरवाल बलकिङ गर्ने त्योभन्दा अरू थ्रेट इन्टेलिजेन्सहरू राख्ने चलन यहाँ छैन ।
त्यस्तो किसिमको इन्टेलिजेन्स राखेर पहिले नै ए यस्तो हुँदै छ भनेर थाहा पाएमा दुर्घटना हुनबाट बचाउन सकिन्छ ।
विभागले निर्देशिका जारी गरेको छ । सरकारी सर्टहरू पनि बनाइएको छ । बजेटमा साइबर सेन्टर बनाउने पनि भनिएको छ नि त हैन ?
सरकार यो एकदमै राम्रो प्रयास हो । सरकारी डेटाहरू सुरक्षित राख्न यस्तै गर्नु पनि पर्छ । सरकारले भनेर मात्र पनि भएन, यसको कार्यान्वयन पनि हुनुपर्यो । कामहरू गरेपछि पो ‘ए यस्तो भएछ’ भनेर थाहा हुन्छ । यदि कार्यान्वयन नै भएन भने त्यसको औचित्य भएन नि ।
फाइनान्सियल क्षेत्रमा चाहिँ धेरैपटक रकम चोरी हुने, एटिएम ह्याक हुने र अन्य घटनाहरू भइरहेका हुन्छन् । राष्ट्र बैकको सुरक्षा नीति कमजोर हो ?
राष्ट्र बैंकले त गायडलाइन दिने हो । राष्ट्र बैंकको त सुरक्षा नीति एकदमै राम्रो छ । तर त्यो अनुसारको काम बैंकहरूले गर्नुपर्यो ।
जस्तै, तपाईंको घरमा राम्रो ताला लगाउनुहोस्, सुरक्षा गर्नुहोस्, अपरिचित मान्छेलाई घरमा नल्याउनुहोस् भनेर सरकारले भन्न सक्छ । तर तपाईंले त्यसो गर्नु भएन भने तपाईंको घरमा चोरी हुने सम्भावना धेरै हुन्छ । सरकारले हरेक घरमा गएर हेर्न त सक्दैन ।
त्यस्तै राष्ट्र बैंकले पनि नीति बनाएर तपाईंहरू यो गर्नुहोस् भनेर भनेको छ । बैंकहरू पनि नीति अनुसारको काम गर्नुपर्यो । बैंकहरूले सेक्युरिटीमा अलि खर्च नगर्ने, काम चलाउ अडिट मात्र गर्ने, लुपहोललाई ढाकछोप गर्ने, मोनिटरिङ टाइम टाइममा नगर्ने गरेपछि त उनीहरू पनि धरापमा परिहाल्छन् नि ।
त्यस्तो कमजोरी भएर त ह्याक हुने हो नत्र त ह्याक हुन गाह्रो हुन्छ । बैंकहरूले पिनहरूको पनि सुरक्षा गर्नुपर्यो । त्यसैले नीति भएर मात्र भएन, त्यसको कार्यान्वयन पनि हुनुपर्यो र त्यसको अनुगमन पनि समय समयमा हुनुपर्यो ।
अब यो सबै समग्र अवस्था हेर्दा तपाईं के के सुधार्नुपर्ने देख्नुहुन्छ ?
चुनौतीहरूलाई चाहिँ रियल्ली सम्झिएर ध्यान पूर्वक सुरक्षा सावधानी अपनाउनु पर्छ । नत्र भने जुन सकै बेला दुर्घटना हुन सक्छ, डेटाहरू विक्री हुन सक्छन्, डेटाको दुरुपयोग हुन सक्छ ।
त्यसकारण डेटा चोरी हुन, सिस्टम ह्याकिङ हुन, डेटाको दुरुपयोग हुनबाट बचाउन सुरक्षाका उपायहरू उपनाउनु पर्छ । नत्र ठूलो दुर्घटना हुन सक्छ । थ्रेट इन्टेलिजेन्स सिस्टम राख्ने र बेला बेला अनुगमन गर्ने कार्य गरिएन भने चुनौती छ ।
अन्तर्वार्ता
७४ वटै जिल्लाका स्थानीय तहसम्म ब्रोडव्याण्ड इन्टरनेट पुर्याइरहेका छौ - डा. सुरेन्द्र हाडा
डा. सुरेन्द्र हाडा
निर्देशक, पूर्वाधार महाशाखा, नेपाल दूरसञ्चार प्राधिकरण
दूरसञ्चार प्राधिकरणले …
‘आईटी’ देशको लागि ठूलो फाइनान्सियल ब्याकबोन हुनसक्छ: विज्ञान श्रेष्ठ
सफ्टवेरिका कलेज स्थापना भएको आज दश वर्ष पुगेको छ । सन् २०१० देखि नेपालमा …
आइटी शिक्षालाई अझ गुणस्तरिय बनाउन इण्डस्ट्रीले पनि ओनरसीप लिनुपर्यो - प्रा.डा. शुवर्ण शाक्य
नेपालको कम्युटर तथा आइटी शिक्षामा एउटा गर्विलो नाम हो, प्राध्यापक डा. शुवर्ण शाक्य । शाक्य केहि दिनअघि प्रर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको सदस्य…
हामीले त कुनै अपराध गरेका छैनौं नि दलबल सहित आएर लाने - शैलेश लोहनी, प्रवन्ध निर्देशक (सोचेको डटकम)
बिहीबार नेपाल प्रहरीले इकमर्श व्यसाय सञ्चालन गर्ने सञ्चालकहरु र डेलिभरीकर्तालाई पक्राउ गर्यो । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ८० जना पक्राउ प…
सन् २०२० मा हामीले धेरै रेकर्डहरू तोड्ने छौं - सौरभ कोथारी
साओमी सफल हुनुमा पहिलो कारण इन्नोभेसन हो । साओमी सन् २००९ मा स्थापना भएको चिनियाँ कम्पनी हो । साओमी स्थापना हुँदा संस्थापक ली चुन सहित अन्य …
मेसिन लर्निङ र डेटा साइन्सको वर्कशप जारी, नेपाललाई एआई हब बनाउन सकिने आयोजकको भनाई
गत साउन १५ गतेदेखि सुरु भएको राष्ट्रिय स्तरको डेटा साइन्स तथा मेसिन लर्निङ सम्बन्धी …
आइटी उद्योग र एकेडेमियाबीचको ग्यापलाई पूरा गर्न ब्रोडवे आएको हो - राजु अधिकारी
राजु अधिकारी
प्रमुख कार्यकारी अधिकृत, ब्रोडवे इन्फोसिस
एकेडेमिया र इन्डस्ट्रीको ब्रिजिङ गर्ने…
शिक्षा क्षेत्रलाई डिजिटल रूपान्तरणमा सघाउन ‘फ्युज क्लासरुम’ ल्याएका हौं - पराग श्रेष्ठ
पराग श्रेष्ठ
निर्देशक, फ्युज क्लासरुम, फ्युज मेशिन्स
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा…
डिजिटल पेमेन्ट सोलुसनका लागि पूर्वाधार विकास गरिरहेका छौं
कुसुम लामा
अध्यक्ष, प्रभु म्यानेजमेन्ट
नेपालको डिजिटल पेमेन्ट सोलुसनमा प्रभु पेको कस्तो य…
छोटो समयमै सेल पे स्थापित हुन सफल भएको छ
पवन प्रधान
प्रबन्ध निर्देशक, सेल पे