अन्तर्वार्ता
ई–पेमेन्ट उद्योगमा कनेक्ट आईपीएसको सार्थक योगदान रहने छ : सिइओ प्रधान
निलेशमान सिंह प्रधान नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । करीब २ दशकयता बैंक तथा वित्तीय क्षेत्रमा प्रविधिमार्फत् दिइने सेवाहरूको खाका, विकास र कार्यान्वयनमा दक्षता हासिल गरिरहेका प्रधान नेपालको इलेक्ट्रोनिक पेमेन्ट इन्डस्ट्रीको दायरा बढाउन क्रियाशील छन् । यसैबीच संस्थाले ल्याएको डिजिटल पेमेन्ट प्लाटफर्म ‘कनेक्ट आईपीएस’बारे लिभिङ विथ आइसिटीका सम्पादक शिव बस्नेत ले उनीसँग कुराकानी गरेका छन् :
नेपाल क्लियरिङ हाउसले चेक क्लियरिङ र अन्तरबैंक विद्युतीय प्रणाली सेवा अन्तर्गत हाल कसरी आफ्नो सेवा सञ्चालन गर्दै आएको छ ?
नेपालको राष्ट्रिय स्तरको भुक्तानी प्रणालीलाई चाहिने पूर्वाधारहरूको विकास, विस्तार र त्यसको सञ्चालन गर्ने मनसायले एनसीएचएल स्थापना भएको हो । यसअघि राष्ट्र बैंकले म्यानुअल हिसाबले चेक क्लियरिङको काम गर्दै आएकोमा त्यसलाई अटोमेशन गर्ने जिम्मेवारी एनसीएचएलले पाएको थियो । यसको सुरुवात भइसकेपछि अरू भुक्तानी प्रणालीमा पनि काम गर्न थाल्यौं । विदेशमा रहेका क्लियरिङ हाउसको जस्तै काम हामीले पनि गर्न थाल्यौं । अटोमेटिक क्लियरिङ हाउस भनेर आईपीएस (विद्युतीय भुक्तानी प्रणाली) अन्तर्गत
अहिले कनेक्ट आईपीएस सिस्टम ल्याएका छौं । यसलाई अगाडि बढाउन जति पनि बैंक तथा वित्तीय संस्था छन्, उनीहरूलाई यो राष्ट्रिय स्तरको भुक्तानी प्रणालीमा जोड्न फेसिलिटेशन गरिरहेका छौं ।
कनेक्ट आईपीएस सुरु गरेको १० महिना मात्रै भएको छ । यसको प्रयोग र पहुँच बैंक तथा वित्तीय संस्थाका ग्राहकहरू, अरू सेवा प्रदायक र सरकारी एवं गैरसरकारी संस्थाहरूमा राम्रैसँग पुगेको देखिन्छ । ग्राहकहरुले सेवा सुविधा लिन इलेक्ट्रोनिक पेमेन्टका वैकल्पिक माध्यमको प्रयोग गर्न चाहेको अवस्था छ । यहीकारण कनेक्ट आईपीएसको सिस्टममा अहिले प्रतिदिन ३ देखि ४ करोड रुपैयाँको कारोबार भइरहेको छ । यसमा फन्ड ट्रान्स्फर, खाताबाट खातामा गरिने कारोबारका अतिरिक्त सार्वजनिक सेवा प्रयोग गरेबापत् सरकारी निकायलाई बुझाउनुपर्ने राजस्व तिर्न सकिने लगायतका सुविधा ल्याइएको छ ।
एनसीएचएलले १० महिनाअघि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली औपचारिक रूपमा सुरु गरेको थियो । यो बीचमा बैंकिङ कारोबार सहज गराउन यसले कसरी भूमिका खेलेको छ ?
कनेक्ट आईपीएसभन्दा अघिको हाम्रा सिस्टम भनेको इलेक्ट्रोनिक चेक क्लियरिङ सिस्टम हो । यो विद्युतीय प्रणाली कुनै पनि अन्तरबैंकिङ कारोबार गराउन, चेक प्रयोग नगरी एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा फन्ड ट्रान्सफर गर्न वा लिन प्रयोग गरिन्छ । तर त्यसको लागि कुनै न कुनै माध्यमबाट आफ्नो बैंकको इन्स्ट्रक्सन दिनुपर्ने हुन्छ । हामीले ल्याएको कनेक्ट आईपीएस भनेको सेवाग्राही आफैले घरमै बसेर आफ्नो मोबाइल वा इन्टरनेट बैंकिङ सेवामार्फत कारोबार सुरु गर्न सकिने माध्यम सहितको भुक्तानी प्रणाली हो । यो ई–पेमेन्ट सिस्टममा सबै कारोबार ग्राहकको आफ्नो जुन बैंकमा खाता रहेको छ, त्यही बैंकको खाताबाट नै हुने भएका कारण विद्युतीय बैंकिङ च्यानलबाट नै गरिने कारोबारलाई प्रश्रय दिने गरी आएको सिस्टम हो ।
कस्ता सेवाग्राहीलाई सेवा दिइरहनु भएको छ ?
कनेक्ट आईपीएस सुरु गरेको १० महिना मात्रै भएको छ । यसको प्रयोग र पहुँच बैंक तथा वित्तीय संस्थाका ग्राहकहरू, अरू सेवा प्रदायक र सरकारी एवं गैरसरकारी संस्थाहरूमा राम्रैसँग पुगेको देखिन्छ । ग्राहकहरुले सेवा सुविधा लिन इलेक्ट्रोनिक पेमेन्टका वैकल्पिक माध्यमको प्रयोग गर्न चाहेको अवस्था छ । यहीकारण कनेक्ट आईपीएसको सिस्टममा अहिले प्रतिदिन ३ देखि ४ करोड रुपैयाँको कारोबार भइरहेको छ । यसमा फन्ड ट्रान्स्फर, खाताबाट खातामा गरिने कारोबारका अतिरिक्त सार्वजनिक सेवा प्रयोग गरेबापत् सरकारी निकायलाई बुझाउनुपर्ने राजस्व तिर्न सकिने लगायतका सुविधा ल्याइएको छ । योबाहेक हामीले कर्पोरेट लेभलमा स्टक ब्रोकरहरू, अनलाइन कमर्श, नागरिक लगानी कोष आदिमा यसको विस्तार गरिरहेका छौं । कर्मचारी सञ्चयकोषमा पनि यो सिस्टम प्रयोगमा ल्याउँदै छौं । विभिन्न सेवामा हुने भुक्तानीलाई पनि कनेक्ट आईपीएसमा क्रमशः जोड्नेछौं ।
नेपाली बजारमा अहिले डिजिटल भुक्तानीका अरू सेवा प्रदायकहरु पनि छन् । कनेक्ट आईपीएसले आफूलाई फरक रूपमा कसरी विस्तार गर्दै छ ?
सबै किसिमका कारोबार यो सिस्टममा हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । तर, आजका दिनमा कनेक्ट आईपीएसबाहेक अरु इलेक्ट्रोनिक पेमेन्ट च्यानलहरूले पनि निश्चित कारोबार गरिरहेका छन् । युटिलिटी पेमेन्टमा राम्रै काम भएको देखिन्छ । आजको आवश्यकता भनेको सरकारी, अर्धसरकारी, ठूला कम्पनीहरु, (नन कन्भेन्सनल इन्टिटी) लगायतको कारोबारमा पनि हामीले इलेक्ट्रोनिक पेमेन्टको प्रयोग ल्याउनु छ । यसर्थ हामीले विस्तारै अरू कारोबारका लागि पनि कनेक्ट आईपीएसलाई जोड्दै छौं । अहिले धेरै प्लेयर (पेमेन्ट प्लाटफर्महरु) आएका छन् । यसले इन्डस्ट्रीलाई फाइदा नै ग्र्छ । तर तत्कालको अवस्था हेर्ने हो भने पेमेन्ट इन्डस्ट्रीको अवस्था त्यति उत्साहित छैन । धेरैजसो क्यासमै काम भइरहेको छ । केही चेकबाट भइरहेको छ । एनसीएचएलको संस्थागत संरचनाको आधारमा बैंक तथा वित्तीय संस्थाहरूलाई चाहिने पूर्वाधारहरू बनाउँदै आएका छौं । रणनीतिक रुपमा अहिले बैंक तथा वित्तीय संस्थाबाहेक जति पनि राष्ट्र बैंकले बैंकले मान्यता दिएका पीएसओ र पीएसपी छन्, उनीहरूलाई पनि चाहिने भुक्तानीका पूर्वाधारहरू हामीले दिन सक्छौं । प्रतिस्पर्धाभन्दा पनि यी पूर्वाधार सबैले प्रयोग गर्न सक्ने आधार हामीले बनाएका छौं । यसर्थ हामी सबैसँग सहकार्य गर्दै अघि बढ्न चाहन्छौं ।
कनेक्ट आईपीएसलाई मल्टिबैंकिङका लागि सिंगल प्लाटफर्मको रूपमा विकास गर्न के सम्भव छ ?
हामीले कनेक्ट आईपीएसलाई मल्टिबैंकिङका लागि सिंगल पेमेन्ट प्लाटफर्मको रूपमा विकास गर्दै छौं, जसमा कनेक्ट आईपीएसमा कुनै पनि बैंक आबद्ध भइसकेपछि उनीहरूले एउटै युजरनेम र पासवर्डबाट सहजै म्यानेज गर्न सक्छन् । कस्ता सेवाहरु यो प्लाटफर्ममा राख्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो । जस्तो कनेक्ट आईपीएसमार्फत् पेमेन्ट प्रोसेसिङ, फन्ड ट्रान्स्फर, बिल पेमेन्टलगायतका अधिकतम कार्य गर्न सकिन्छ । यसमा अझै सेवाहरु थप्दै हामी ‘अल इन वान पेमेन्ट प्लाटफर्म’ बन्न खोजिरहेका छौं ।
संस्था भोलिका दिनमा कसरी आउँदै छ ?
आजका दिनमा बैंक तथा वित्तीय संस्थाहरू, अरु पीएसओ र पीएसपीहरू कनेक्ट आईपीएसमा सर्भिस डेलिभरी पार्टनरको रूपमा आबद्ध हुनुभएको छ । यो सर्भिस उहाँहरूको ग्राहकले लिने हुन् । यसर्थ ती ग्राहकलाई पनि यो सेवाबारे बुझाउन र जानकारी दिने काम भइरहेको छ ।
सरकारले पनि ई–पेमेन्टको पक्षमा नीति लिएको अवस्था छ । यसलाई सफल बनाउन एनसीएचएलको के भूमिका हुन्छ ?
नेपाल सरकाले आफ्नो नीतिगत व्यवस्थामा विद्युतीय भुक्तानी प्रणालीमा जाने उल्लेख गरिसकेको छ । यो प्रोसेसलाई डिजिटलाइज गर्दै जाने र इलेक्ट्रोनिक बैंक एकाउन्टको अवधारणामा काम गर्नुपर्छ भन्ने नीतिगत व्यवस्था सरकारको छ । त्योबाहेक नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायहरूले पनि ई–पेमेन्टलाई प्राथमिकतामा राखेर सहजीकरण गर्दैै आएका छन् । पछिल्लो २/३ वर्षयता नेपाल सरकार, राष्ट्र बैंक, आफै एक प्रयोगकर्ता भएर आफ्नो कारोबार विद्युतीय प्रणालीमार्फत् गर्न लागिपरेका छन्। यसर्थ चाँडै नै नेपालमा ई–पेमेन्ट उद्योग फस्टाउने विश्वास गरेको छु । यो अभियानमा नेपाल क्लियरिङ हाउस लिमिटेडको सार्थक योगदान हुने छ ।
अन्तर्वार्ता
लोकसेवाको तयारी मोबाइल एपबाटै
अशोक बस्नेत
सिइओ, मन्त्र आइडियाज
ह्याकरले आफ्नो शीप गलत काममा प्रयोग गर्न हुँदैन : एलेक्स धिताल
१६ वर्षका एलेक्स धिताल आफूलाई साइबर सेक्युरिटीका रिसर्चर र इथिकल ह्याकर भनेर चिनाउन चाहन्छन् । केही प्रसिद्ध संस्थाका लागि बग बाउन्टी गरिरहेका उनी युवा र विद्…
मास्टर्समा पहिलाेपटक इन्फमेर्शन टेक्नोलोजी म्यानेजमेन्ट सम्बन्धी काेर्श ल्याएका छाैं : जालान
पंकज जालान
कार्यकारी निर्देशक, लर्ड बुद्द एजुकेशन फाउन्डेशन
लर्डबुद्ध एजुकेशन फाउन्डेशनले मास्टर्समा कस्ता आइटी कार्…
सुबिसु कन्क्लेभमा इमर्जिङ टक्नोलोजी र ट्रेन्डबारे गम्भीर छलफल हुनेछ : अधिकारी
सुबिसु केबल नेटको आयोजनामा काठमाडौंमा दोस्रो संस्करणको ‘सुबिसु…
‘स्कुलका लागि डिजिटल लर्निङ प्लाटफर्म ‘निमा एकेडेमी’ ल्याएका छौं’ : प्रधान
‘डिजिटाइजिङ एजुकेशन’को नारासहित नेपालका स्कुल र विद्यार्थीलाई स्मार्ट बनाउन उद्धेश्यले सुरु डिजिटल लर्निङ प्लाटफर्म सुरु गर…
अबको एक वर्षमा कुलल्याब्स सफ्टवेयर ५ सय विद्यालयमा लैजादै छौं : पाैड्याल
अधिप पाैड्याल डिजिटल लर्निङ प्लाटफर्म कुलल्याब्स डटकमका संस्थापक एवं कार्यकारी निर्देशक ह…
नास्टमा ‘इन्नोभेसन फर प्रस्परिटी’ कार्यक्रम ल्याउँदै छु : उपकुलपति श्रेष्ठ
डा. सुनिलबाबु श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को उपकलपति हुन् । उनी …
पेमेन्ट इन्डस्ट्रीमा एनपेको सार्थक योगदान हुनेछ : प्रबन्ध निर्देशक श्रेष्ठ
११ वर्षदेखि नेपालको पेमेन्ट इन्डस्ट्रीमा काम गरिरहेका प्रताप श्रेष्ठ डिजिटल सेवा प्रदाय…
मिदासले ५ हजारभन्दा बढी विद्यालयसँग काम गरिरहेको छ : निर्देशक बानियाँ
शिक्षामा प्रविधिको प्रयोगका लागि १६ वर्षदेखि मिदासले निरन्तर काम गरिरहेको छ । अहिले पछिल्ला २ वर्षलाई हेर्ने हो भने शिक्षण…
इन्टरनेटजन्य अपराधमा बालबालिकाको संख्या बढ्दो छ
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा इन्टरनेटजन्य अपराधका घटना लिएर आउनेको संख्या बढिरहेको छ । यसमध्ये बालबालिका र किशोर उमेर समूहका पीडितका उजुरी …
पहिलो महिला कम्प्युटर इन्जियिर \'गुणकेशरी\'
आइटीमा नेपाली महिलाको नाम लिने बित्तिकै सम्झिइने नाम हो, गुणकेशरी प्रधान । उनी नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् ।
पहिलो महिला इन्जिनियर प्रोफेसर \'तिमिला\'
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानकी सहायक डिन हुन्, तिमिलया यमी । नेपालकै पहिलो महिला इन्जिनयर प्रोफेसरको रुपमा उनलाई धेरैले चिन्छन् ।
…ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट मेरो प्राथमिकता
पुरुषोत्तम खनाल
निमित्त अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण
क्रिकेट छोडेर आइटीमा जम्दै \'भावना भिमिरे\'
भावना घिमिरे लाई धेरैले नेपाल क्रिकेट संघ (क्यान)को पहिलो प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुप…