अन्तर्वार्ता
इसेटले बजार र समयको मागअनुसारका प्रडक्ट ल्याउने गरेको छ -परविन्दर वालिया
परविन्दर वालिया
मार्केटिगं डाइरेक्टर (एसिया प्यासिफिक) इसेट
हालै ईसेटले नयाँ संस्करण नेपाली बजारमा पनि सार्वजनिक भएको छ । गत मार्च २१ मा इसेटका इन्हान्सड कन्जुमर प्रडक्ट सार्वजनिक भएको थियो । यसैक्रममा नेपाल भ्रमणमा आएका इसेटका एसिया प्यासिफिकअन्तर्गत मार्केटिगं डाइरेक्टर परविन्दर वाइलासँग हामीले छोटो कुराकानी गरेका थियौं ः
कुराकानीको सुरुवात गरौं ईसेट प्रडक्टको प्रसंगबाट । सेक्युरिटी सोलुसन्समा ई सेट कस्तो ब्रान्ड हो ?
ईसेट आइटी सेक्युरिटी कम्पनी हो जसले एन्टिभाइरस, फायरवेल जस्ता प्रडक्टहरुमा काम गरिरहेको छ । इसेटले विश्वभरका ब्यबसाय तथा उपभोक्ताहरुका लागि बिगत ३० बर्षदेखि आइटी सेक्युरिटी सफ्टवेयर तथा सर्भिस प्रदान गर्दै आइरहेको छ । मोबाइल सेक्युरिटी देखि इन्क्रीप्सन सहित टु फ्याक्टर अथेन्टिकेशनसम्म इसेटको उच्च प्रस्तुति रहेको छ ।
इसेटका कस्ता प्रडक्टहरु बजारमा उपलब्ध छन् ?
इसेट १०० भाइरस बुलेटिन भीबि १०० अवार्ड प्राप्त गर्ने पहिलो आइटी सेक्युरिटी कम्पनि हो । हाम्रा तीन तहको प्रडक्ट पोर्टफोलियो रहेको छ, बेसिक एन्टिभाइरस, इन्टरनेट सेक्युरिटी र स्मार्ट सेक्युरिटी प्रिमियम । बेसिक अर्थात् इन्ट्री लेभलमा एन्टिभाइरस हाम्रो फ्ल्यागसिप प्रडक्ट हो । ईसेट लोकप्रिय हुनुमा इसेट नोड ४४ को ठूलो हात छ । दोस्रो लेभलको प्रडक्टको रुपमा हामीले इसेट इन्टरनेट सेक्यरिटी प्रडक्ट रहेको छ, जसमा हामीले स्मार्ट सेक्युरिटीलाई इन्टरनेट सेक्यरिटीले रिप्लेस गरेका छौं र स्मार्ट सेक्युरिटीलाई नेक्स्ट लेभलमा लैजान सफलता पाएका छौं । तेस्रो तहको प्रडक्ट भनेको इसेट स्मार्ट सेक्यरिटी प्रिमियर हो जसले बैंक, पसल, कर्पोरेट लगायतलाई सुरक्षित राख्दछ ।
अहिलेको रेनसमवेयर, माल्वेयर अट्याक र साइबर थ्रेटहरुमा बृद्धी भैरहेको अवस्थामा प्रयोगकर्ताहरुले उच्च स्तरीय इन्टरनेट सेक्युरिटी सहित सुरक्षित कदम उठाउनु जरुरि छ ।
विश्वबजारमा अहिले साइबर सुरक्षामा निकै समस्या थपिरहेको छ, यस्तो अवस्थामा एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीले कसरी सुरक्षा दिन सक्ला ?
अहिलेको रेनसमवेयर, माल्वेयर अट्याक र साइबर थ्रेटहरुमा बृद्धी भैरहेको अवस्थामा प्रयोगकर्ताहरुले उच्च स्तरीय इन्टरनेट सेक्युरिटी सहित सुरक्षित कदम उठाउनु जरुरि छ । इसेट बिगत तीन दशक यता प्रयोग भैरहेको आइटी सेक्युरिटी तथा प्रोटेक्सनको लागि फ्ल्यागशिप प्रडक्ट हो । यसमा भएको सेक्युरिटीको नयाँ तह विन्डोज स्टार्ट हुनु भन्दा पहिले एक्टिभ रहन्छ र युनीफाईड एक्सटेंसीबल फर्मवेयर इन्टरफेसमा रोपिएका अन्य नयाँ थ्रेटलाइ पनि यसले पहिचान गर्दछ । यसमा भएको रि इन्भेंटेड लाइसेन्स मेनेजरले प्रयोगकर्ताहरुलाई चिन्तामुक्त बनाउछ ।
अन्तराष्टिय बजारमा कहलिएका थुप्रै ब्रान्डहरु छन् । ईसेट नै किन ?
ई सेट नै किन भन्ने प्रश्नको रकेट साइन्स उत्तर त छैन । कम्प्युटर र डिभाइसहरुको सुरक्षा नै अहिले महत्वपुर्ण बनिरहेको सन्दर्भमा ई सेटले तपाईको बौद्धिक र डिजिटल सम्पत्तिको सुरक्षामा सहयोग गर्न सक्दछ । हामीले २ सयभन्दा बढी देश र ठाउँहरुमा ईसेटलाई विस्तार गरिसकेका छौं । हामीलाई धेरै व्यक्तिहरुदेखि विश्वविख्यात कम्पनीहरुले विश्वास गरेका छन् ।
नेपालमा इसेटले क्लाउड लिकंमार्फत् बजार विस्तार गरिरहेको छ । नेपालमा कस्तो छ बजारको अवस्था ?
हामीसँग कुनै अफिसियल डाटा त छैन । भेन्डर्सको हिसाबमा हामी टप थ्रीमा रहेका छौं बिजनेश सेगमेन्टमा । कन्जमर कन्सर्नमा हामी टप ४ मा रहेका छौं । तर नेपाली बजारम व्यापक रुपमा प्रयोगकर्ता बढिरहेका छन् । गत वर्ष हाम्रो बजार ५६ प्रतिशतले बढिरहेको छ ।
तर नेपालमा धेरै सेक्युरिटी प्रडक्टहरुले फिक्स मार्केट बनाएका छन्, ईसेट किन अग्रणी भएर आउन सकिरहेको छैन ?
यो टेक्निकल्ली साउन्ड प्रडक्ट हो । क्लाउड लिंकमार्फत् हामीले देशैभर राम्रा च्यानल पार्टनर बनाउन सकेका छौं । सप्लाई चेन्ज एकदमै राम्रो छ । अबको दई वर्षमा तपाईले पक्कै केही फरक पाउनहनेछ ।
नेपाली बजारमा अझै सफलताका साथ लैजान के कस्ता योजनाहरु ल्याउदै हनहनछ ?
बिजनेश गोल र स्ट्राटेजी हामीले बजारको आवश्यकता अनुसार बनाउदै लानेछौं । के कस्ता एक्सर्टनल फ्याक्टर रहेका छन् भन्ने कुराको हामी अध्ययन गरिरहेका छौं । आगामी दिनमा हामी इन्टरप्राइज मार्केट लक्षित गरी आउदैछौं ।
अन्तर्वार्ता
आइटी बिज्ञको रुपमा मेरो प्राथमिकता \'आधुनिकता र देशको समृद्धि\'मा रहनेछ - अस्गर अलि
अस्गर अलि, नव नियुक्त सल्लाहकार (आइटी बिज्ञ), प्रधान…
नेपालमै पहिलो पटक \'बिग डेटा\' र \'डिजिटल मार्केटिङ\'को कोर्ष सुरु गरेका छौ
जेटकिङ नेपालले कस्ता कस्ता कोर्सहरु संचालन गरिरहेको छ ?
जेटकिंग नेप…
पोखरामा डिजिकम क्यान इन्फोटेक : कसले के भन्छन् ?
प्रविधिलाई स्थानीयस्तारमा विस्तार गर्न क्यान इन्फोटेकले सहयोग गरेको छ
२ वर्षका लागि क्यान महासंघको रोडम्याप बनाएका छौ
रञ्जित पोदार
केन्द्रीय महासचिव, क्यान महासंघ
आज चौथो दिनसम्म आउँदा क्यान इन्फोटेक कसरी सञ्चालन भइरहेको पाउनुभएको…
चितवनमा अब हरेक वर्ष इन्फोटेक गर्ने योजनामा छौं
विष्णुप्रसाद लामिछाने
उपाध्यक्ष, क्यान महासंघ चितवन
क्यान इन्फोटेकको विशेष आकर्षण केके हुन् ?&nb…
एनपी सिग २०१८ मा इन्टरनेटका मल्टीस्टेकहोल्डरहरु सहभागी हुँदैछन् : अर्याल
आगामी जनवरी १९ र २० मा ललितपुरको इन्जिनियरिङ संस्थान पुल्चोकमा रहेको इन्फर्मेशा कम्युनिकेशन सेन्टरमा
पूर्ण रुपमा आइटी पार्क संचालनमा ल्याउन \'आइटी मिट २०१८\' ले सहयोग पुर्याउने छ
हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले आइटी मिटको आयोजना गरेका छन । सन २००६ बाट सुरुवात गरिएको आइटी मिटको यो सातौं संस्करण हो …
नेपाल टेलिकमले ल्यायो डाटामा बोनस सहितको आकर्षक “विन्टर अफर”
नेपाल टेलिकमले विशेष जाडो महिनामा सम्पूर्ण जीएसएम र सिडीएमए प्रयोगकर्ताहरुको लागि बिभिन्न डाटा प्याकको अफर ल्याएको छ । टेलिकमको विन्टर अफ…
स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा आउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्
रवि फुयाल नेपाल आन्टप्रेनर्स हबका सह–संस्थापक हुन् । नेपालमा दीर्घकालीन रुपमा उद्यमशीलताको प्रवद्र्धन गर्न एवम् स्टार्टअप कम्युनिटीला…
अबको आवश्यकता ‘इन्टरनेट अफ थिङ्स’ र ‘यु–लर्निङ’ नै हो – डा. मनिश पोखरेल
डा. मनिश पोखरेल काठमाडौं विश्वविद्यालयका एशोसिएसट प्रोफेसर हुन् । ई–गभर्नेन्स र क्लाउड कम्प्युटिङ विषयमा विद्यावारिधी हासिल गरेका पोखरेल २० वर्ष…
फूल फ्लेजमा चल्ने आइइआर इम्प्लिमेन्टेसन सिस्टम लागू हुदैछ
मीन प्रसाद अर्याल
प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण
यसअघि हामी म्यानुअल सिस्टममा थियौ । अब आइएमइआर दर्तालाई अनलाइन प्रणा…
क्यान कमटेक २०१७ सञ्चार प्रविधिसँग सम्बन्धित वृहत् प्रदर्शनी हो : सुनैना घिमिरे
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ को तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ २९ देखि…