अन्तर्वार्ता
आइटी बिज्ञको रुपमा मेरो प्राथमिकता \'आधुनिकता र देशको समृद्धि\'मा रहनेछ - अस्गर अलि
अस्गर अलि, नव नियुक्त सल्लाहकार (आइटी बिज्ञ), प्रधानमन्त्री, नेपाल सरकार
नेपाल सरकारले सम्भबत पहिलो पटक आइटी उद्योगबाट प्रतिनिधित्व हुनेगरि आइटी सल्लाहकारको रुपमा इसेवाका सिइओ अस्गर अलिलाइ नियुक्त गरेको छ । अब सरकार आइटी क्षेत्रलाइ कसरि प्राथमिकतामा राख्छ र के के कामको योजना छन् भन्ने बिषयमा लिभिंग विथ आइसिटीले अलिसँग बिसेष कुराकानी गरेको छ :
तपाइलाई सरकारले आइटी बिज्ञ सल्लाहकारको रुपमा नियुक्त गर्यो, यो सौभाग्य कसरि प्राप्त भयो ?
सौभाग्य भन्दा पनि ठुलो जिम्मेवारी प्राप्त भएको छ । नेपालका सम्मननीय प्रधानमन्त्रीको सम्बृद्ध नेपाल र सुखी नेपाली भन्ने जुन सपना छ,त्यसलाई सकार पार्नको लागि आइटीको भूमिका एकदमै ठुलो रहन्छ । सरकारले आफ्नो पहुँच जनता समक्ष पुर्याउनको लागि र जनताको जीवनस्तर उकास्नको लागि जति पनि कामहरु गर्नु पर्ने हुन्छ यसको लागि सरकारले आइटीलाई नजरअन्दाज गर्न सक्दैन भन्ने कुरामा हाम्रो प्रधानमन्त्रि एकदम स्पष्ट हुनुहुन्छ ।
नेपालको सरकारी क्षेत्रमा कामकाजको लागि सफ्टवेयर देखि लिएर विभिन्न किसिमका सूचना तथा प्रबिधिहरुको प्रयोग हुने गरेको छ र यी कुराहरुलाई एउटै केन्द्रमा समायोजन गर्नका लागि कुनै पनि निकाय छैन यसकारण यी सम्पूर्ण कुराहरुलाई समायोजन गरेर कसरि अगाडी बढ्ने,त्यसैका लागि आइटी बिज्ञ सल्लाहकारको रुपमा मेरो महत्वपूर्ण भूमिका रहनेछ ।
तपाई पहिलो पटक नेपाल सरकार तथा प्रधानमन्त्रीको आइटी बिज्ञको रुपमा नियुक्त हुनुभएको छ । यसको मतलब, अब सरकाले आइटीलाई साचिकै प्राथमिकतामा राखेको हो त ?
यो पटकको सरकारले आइटीलाई दुई वटा कुरामा प्राथमिकतामा राखेको छ, पहिलो के भने सरकार आफैँले सुशासनको लागि आइटिलाई प्रयोग गर्ने तथा अर्को रोजगारीको सिर्जना गर्नका लागि बाहिर प्रयोग भएका प्रबिधि नेपाल कसरि भित्र्याउने भन्ने योजना छ । यहि दुईटा प्रोजेक्टलाई अगाडी बढाउनको लागि सरकारले आइटीलाई महत्त्व दिएको छ ।
सरकारलाई आइटीको विकासको लागि के कस्तो सलाह दिनुहुन्छ ? तपाइको प्राथमिकता के रहनेछ ?
पहिलो कुरा आइटी विकासको लागि हामीले इ-गभर्नेन्स तथा नेशनल आइडीलाई बढी फोकस गर्नेछौँ । त्यसपछि सरकारी स्तरबाट जनताहरुलाइ जे जति सेवा सुबिधा प्रधान गर्नु पर्ने हो त्यो कुरामा हामीले बढी जोड दिनेछौँ । र आइटी बिज्ञको रुपमा मेरो प्राथमिकता आधुनिकता र देशको समृद्धिमा रहनेछ ।
सरकारले के कस्ता काम गर्ने योजना बनाएको छ ? तत्काल हुने वा निर्णय भएका काम केहि छन् ?
यसको अहिले चाही दीर्घकालीन तथा अल्पकालिन योजनाहरु बनाएर अघि बढ्ने उद्देश्य छ । यहि योजनाको लागि अहिले हामि काम गरिरहेका छौ । के कस्ता कामहरु गर्ने भनेर अहिलेनै निश्चित भएको छैन र बजेट भाषण पछि मात्र बिस्तृत रुपमा के कस्ता काम गर्ने ति कार्यहरुको सुची तयार हुने छ । अहिले मुख्य कुरा चाही सरकारले सुशासनको लागि आइटीको प्रयोग गर्ने जुन प्रोग्राम छ त्यसैलाई लिएर अगाडी आउने छौँ ।
इसेवा मात्र नभएर देशकै आइटी उद्योगलाई प्रबर्धन गर्ने जिम्मेबार ठाउमा पुग्नु भएको छ,.यो भूमिका कसरि निभाउनु हुन्छ ?
देशमा सरकारका आइटी निकायहरु छन्, राम्रो सँग काम पनि गरिरहेका छन्,यीनै निकायहरुको लागि समन्वय गराएर अघि बढ्नको लागि आइटी बिषेशज्ञको रुपमा मेरो भूमिका रहनेछ । अर्थात यी सम्पूर्ण आइटिका निकायहरुमा के कस्ता कमि कमजोरीहरु र अफ्ठ्याराहरु छन् ,यी समस्या तथा कमि कमजोरीलाई कसरि हटाउने यी कुराहरुमा मेरो बिशेष भूमिका रहनेछ ।
अन्तर्वार्ता
२ वर्षका लागि क्यान महासंघको रोडम्याप बनाएका छौ
रञ्जित पोदार
केन्द्रीय महासचिव, क्यान महासंघ
आज चौथो दिनसम्म आउँदा क्यान इन्फोटेक कसरी सञ्चालन भइरहेको पाउनुभएको…
चितवनमा अब हरेक वर्ष इन्फोटेक गर्ने योजनामा छौं
विष्णुप्रसाद लामिछाने
उपाध्यक्ष, क्यान महासंघ चितवन
क्यान इन्फोटेकको विशेष आकर्षण केके हुन् ?&nb…
एनपी सिग २०१८ मा इन्टरनेटका मल्टीस्टेकहोल्डरहरु सहभागी हुँदैछन् : अर्याल
आगामी जनवरी १९ र २० मा ललितपुरको इन्जिनियरिङ संस्थान पुल्चोकमा रहेको इन्फर्मेशा कम्युनिकेशन सेन्टरमा
पूर्ण रुपमा आइटी पार्क संचालनमा ल्याउन \'आइटी मिट २०१८\' ले सहयोग पुर्याउने छ
हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले आइटी मिटको आयोजना गरेका छन । सन २००६ बाट सुरुवात गरिएको आइटी मिटको यो सातौं संस्करण हो …
नेपाल टेलिकमले ल्यायो डाटामा बोनस सहितको आकर्षक “विन्टर अफर”
नेपाल टेलिकमले विशेष जाडो महिनामा सम्पूर्ण जीएसएम र सिडीएमए प्रयोगकर्ताहरुको लागि बिभिन्न डाटा प्याकको अफर ल्याएको छ । टेलिकमको विन्टर अफ…
स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा आउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्
रवि फुयाल नेपाल आन्टप्रेनर्स हबका सह–संस्थापक हुन् । नेपालमा दीर्घकालीन रुपमा उद्यमशीलताको प्रवद्र्धन गर्न एवम् स्टार्टअप कम्युनिटीला…
अबको आवश्यकता ‘इन्टरनेट अफ थिङ्स’ र ‘यु–लर्निङ’ नै हो – डा. मनिश पोखरेल
डा. मनिश पोखरेल काठमाडौं विश्वविद्यालयका एशोसिएसट प्रोफेसर हुन् । ई–गभर्नेन्स र क्लाउड कम्प्युटिङ विषयमा विद्यावारिधी हासिल गरेका पोखरेल २० वर्ष…
फूल फ्लेजमा चल्ने आइइआर इम्प्लिमेन्टेसन सिस्टम लागू हुदैछ
मीन प्रसाद अर्याल
प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण
यसअघि हामी म्यानुअल सिस्टममा थियौ । अब आइएमइआर दर्तालाई अनलाइन प्रणा…
क्यान कमटेक २०१७ सञ्चार प्रविधिसँग सम्बन्धित वृहत् प्रदर्शनी हो : सुनैना घिमिरे
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ को तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ २९ देखि…
दूरसञ्चारको क्षेत्रमा स्पष्ट परिवर्तन देखिने गरी काम गरेका छौं : अध्यक्ष झा
दिगम्बर झा नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष हुन् । २०६९ मंसिर २९ मा अध्यक्षमा नियुक्त भएका उनीविरुद्ध अध्यक्षका ल…
खरिद गरेको मोबाइलको भ्याट बिल र बक्स सुरक्षित राख्नुहोस
गुरु शर्मा
प्रवन्ध निर्देशक, मोवाइल क्लब
…
इथिकल ह्याकर अर्विन गोदार भन्छन्– ‘नेपालमा बग बाउन्टी प्रोग्रामकाे कल्चर नै छैन’
‘ह्याकिङ’ शब्द सुन्नेबित्तिकै धेरै नेपालीले अझै ‘अपराध’ र ‘नराम्रो’ भनेरै बुझ्छन् । अरु प्रकृतिका अपराधीभन्दा ह्याकर अझै खतरनाक हुन् भन्ने सोच उनीहरुको छ । …