कीवर्डहरू -

अन्तर्वार्ता

दूरसञ्चारको क्षेत्रमा स्पष्ट परिवर्तन देखिने गरी काम गरेका छौं : अध्यक्ष झा

दिगम्बर झा नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष हुन् । २०६९ मंसिर २९ मा अध्यक्षमा नियुक्त भएका उनीविरुद्ध अध्यक्षका लागि योग्य नभएको भन्दै रिट जाहेर भएको थियो । अदालतले २ वर्षपछि मात्रै उनको पक्षमा फैसला सुनायो र त्यसयता उनले प्राधिकरण हाँकिरहेका छन् । अागामी मंसिरमा कार्यकाल सकिने उनले आफ्नो कार्यकालमा गरेका काम र पछिल्लो दूरसञ्चार क्षेत्रका विषयमा लिभिङ विथ आइसिटीसँग विशेष कुराकानी गरेका छन् :

प्राधिकरणमा आइसकेपछि दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा तपाईंले देखिने गरी गरेको काम के के हुन ?
अध्यक्ष भएर आउनुअघि प्राधिकरणमा चुनौती र समस्याका चाङ थिए । दूरसञ्चार क्षेत्रको विकास सन्तोषजनक थिएन । पछिल्ला विश्वस्तरीय प्रविधिमा नेपाललाई यो क्षेत्रमा चिनाउने कामका लागि मैले अधिकतम काम गरेँ । मुख्यतः नीतिगत जटिलताका कारण यो क्षेत्र पछि परेकाले मैले नयाँ नीति नियम र ऐन ल्याउन पहल गरेँ ।

विशेषगरी ब्रोडब्यान्ड नीति २०७१ र आइसिटी नीति २०७२ बनिसकेपछि देशमा सूचनाको राष्ट्रिय मार्ग बनाउने काम द्रुतगतिमा बढिरहेको छ ।म आफ्नो कार्यकालमा विशेषगरी ग्रामीण क्षेत्रको दूरसञ्चार विकासमा बढी कन्सर्न छु । यसैगरी फोरजी प्रविधि सुरु भएको छ र अन्य केही कामहरु सुचारु हुने तयारीमा छन ।

ग्रामीण दूरसञ्चार विकास कोषको नाममा अर्बौैं रकम अझै प्रयोगविहीन भएको अवस्था हो ? या सदुपयोग गर्ने सन्दर्भमा के के काम भइरहेको छ ?
यो ग्रामीण क्षेत्रमा दूरसञ्चार विकास गर्नका लािग खडा गरिएको कोष हो । यहाँ हालसम्म १४ अर्ब ९४ करोड ५३ लाख जम्मा भएको छ । गत आवमा मात्रै कोषमा रु. २ अर्ब २७ करोड ३५ लाख प्राप्त भएको छ । पछिल्लो कामको कुरा गर्नुहुन्छ भने दूरसञ्चार कोषको रकम खर्च हुने गरी प्राधिकरणले अप्टिकल फाइबर योजना प्रस्ताव गरेको छ ।

कोषको सदुपयोगको सुरुवात भूकम्पबाट अतिप्रभावित ११ जिल्लाबाट ३ प्याकेजमा गरेका छौं, जसमा नेपाल टेलिकम, सुबिसु र मर्कन्टाइललाई प्याकेज दिइएको छ । दूरसञ्चार कोषको दोस्रो काम भनेको देशका सबैभन्दा पिछडिएका भाग अर्थात् कर्णाली क्षेत्रका ८ जिल्लामा २ ओटा कम्पनीलाई अप्टिकल फाइबर बिछ्याउन लाइसेन्स दिएका छौं ।

यसमा पहिलो चरणमा मध्यपहाडी लोकमार्गका सम्पूर्ण जिल्ला सदरमुकामलाई अप्टिकल फाइबरमा जोड्ने योजना छ । मध्यपहाडी लोकमार्गमा ९६ कोर, जिल्ला सदरमुकाममा ४८ कोर, नगरपालिकामा २४ कोरको अप्टिकल फाइबर बिछ्याउने र पूर्वपश्चिम राजमार्गलाई उत्तर दक्षिण राजमार्ग हुँदै ४८ कोरले जोड्ने र त्यसपछि गाउँगाउँ पु¥याउने योजना छ ।

तर, योजनामुताबिक काम भएको देखिदैन नि ?
मुख्य कुरा भनेको हामी अहिले ब्रोडब्यान्डको ‘ब्याकबोन‘ बनाउँदै छौं । प्रदेश नं १, २ र ३ मा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमलाई जिम्मा दिइएको छ । त्यस्तै कोषको सदुपयोगको सुरुवात भूकम्पबाट अतिप्रभावित ११ जिल्लाबाट ३ प्याकेजमा गरेका छौं, जसमा नेपाल टेलिकम, सुबिसु र मर्कन्टाइललाई प्याकेज दिइएको छ । दूरसञ्चार कोषको दोस्रो काम भनेको देशका सबैभन्दा पिछडिएका भाग अर्थात् कर्णाली क्षेत्रका ८ जिल्लामा २ ओटा कम्पनीलाई अप्टिकल फाइबर बिछ्याउन लाइसेन्स दिएका छौं ।

यी कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने र हुलाकलाई सामुदायिक सूचना केन्द्रका रुपमा काम गराउने छन् । आउने दिनमा ७५ ओटै जिल्लाका लागि सेवाप्रदायकको छनोट गर्छु । तर पछिल्लो समय नेपाल टेलिकमले एग्रिमेन्ट अनुसार काम नगरेको सत्य हो । यसकारण काम ढिला भइरहेको छ । हामि यसको निरन्तर फलोअपमा छौ ।

ब्रोडब्यान्ड नीति २०७२ मा छुट्टै पूर्वाधार कम्पनी नेपाल ल्याउने योजना छ । प्राधिकरणले एकपटक प्रक्रिया पनि अघि बढाएको हो । तर, हालसम्म स्पस्ट नतिजा किन देखिएन ?
पूर्वाधार कम्पनीका लागि हामीलाई सबैभन्दा पहिले कानुन चाहिएको थियो । यसका लागि नियमको मस्यौदा तयार पा¥यौं र प्राधिकरणभित्र आन्तरिक छलफल गर्नुका साथै मन्त्रालयमा पनि दुईपटक छलफल भइसकेको छ । त्यसबाट आएका सुझावलाई समेटेर फाइनल ड्राफ्ट (मस्यौदा) पेस ग¥यौं । अहिले कानुन मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेको छ । यी मन्त्रालयले क्याबिनेटमा पठाएपछि बल्ल मस्यौदा पास हुन्छ । अनि हामी पूर्वाधार कम्पनीका लागि विज्ञापन गर्छौं र औपचारिक प्रक्रिया सुरु हुन्छ ।

नेपालको आफ्नै स्याटेलाइट बनाउने भनेर प्राधिकरणले थालेको प्रक्रिया एक वर्ष भइसक्यो, अझै काम अगाडि बढ्न सकेको छैन, किन होला ?
हो, नेपालको आफ्नै स्याटेलाइट चाहिन्छ भनेर सञ्चार मन्त्रालयले यो प्रक्रियाका लागि दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिएको हो । हामीले पहिलोपटक आशयपत्र (इओआई) आह्वान गर्दा २२ ओटा कम्पनी विश्वभबाट सर्टलिस्टमा आएका थिए । त्यसमध्ये हामीले ६ कम्पनीलाई फाइनल गरेका छौं । र अबको काम भनेको आरएफपी (रिक्वेस्ट फर प्रपोजल) हो ।

यसका लागि हामीसँग विज्ञताको कमी भएकाले अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियू)सँग सहयोग मागेका छौं । यो प्रक्रिया अहिले किन ढिलो भइरहेको छ भने भारतले सञ्चालन गरेको साउथ इण्डियन स्याटेलाइटले हामीलाई निःशुल्क एउटा ट्रान्सपोन्डर दिने भनेको छ । त्यसैको ट्रेनिङका लागि सञ्चार मन्त्रालय, एनटिए, एनटिसी र एनसेलका पदाधिकारी भारत जाँदै छौं । अर्थ स्टेशन स्थापनाका रेडियो नेपालको खुमलटारस्थित जग्गा पनि लिइरहेको छु । एउटा ट्रान्सपोन्डरले तत्कालको माग (ट्राफिक) पूरा गर्ने अपेक्षा छ ।

हामीले नेपाल टेलिकमलाई सबै सहरी क्षेत्रमा चाँडै फोरजी सेवा विस्तार गर्न आग्रह गरेका छाैं। बरु भर्खर सेवा सुरु गरेको एनसेलले धेरै स्थानमा फोरजी सुरु गरिरहेको छ । यसैगरी स्मार्ट टेलिकमले पनि यो सेवा सुरु गर्दै छ । फोरजी पुर्याउन नसकिने स्थानमा थ्रिजी विस्तारका लागि टेलिकम र एनसेलले काम गरिरहेको जानकारीमा आएको छ ।

चीनसँग ब्यान्डविथ जोड्ने कुराले पनि चर्चा पाइरहेको छ । तर बीचमै काममा अवरोध देखिएको हो ?
हामीले बाटोमात्रै जोडिदिने हो । तर व्यावसायिक रुपमा अपरेशनमा आएको छैन । यो कुरा हामी आफैले गर्ने होइन । हामीले त ब्यान्डविथका लागि बाटो खोलिदिने मात्र हो । एनसेल र नेपाल टेलिकम दुवैले अप्टिकल फाइबर र कनेक्सनको काम सकिसकेका छन् । तर, व्यावसायिक रुपमा सञ्चालन भएको जानकारी मलाई थाहा छैन ।

एनसेलको करको मुद्दा नटुंगिईकन एनटिएले फोरजी सेवाको अनुमति दियो भन्ने आरोप पनि छ नि ?

यो सन्दर्भमा एनटिएको कुनै कमजोरी वा दोष छैन । विकास समितिकै निर्णयलाई मानेर हामीले फोरजी सेवा सुचारु गर्न दिएका हौं । कर उठाउने अनेक उपाय छन्, यसका लागि प्रविधिमा बन्देज नै गर्नुपर्छ भन्ने पक्षमा म छैन । सरकारले चाहेमा केही समयमा नै कर उठ्न सक्छ । फेरि हामीले फोरजीको छुट्टै फ्रिक्वेन्सी दिएका पनि होइनौं । पुरानै थ्रिजीको फ्रिक्वेन्सीमा एनसेलले फोरजी सेवा सुरु गरेको छ ।

टेलिकमले फोरजी सुरु गरेको ६ महिनाभन्दा बढी हँुदा पनि सेवा सर्वसुलभ र सबैतिर पुग्न सकेन नि, यसमा एनटिएको केही कमजोरी छ ?
हो, हामीले सोचेजस्तो अगाडि बढ्न सकेको छैन । हामीले नेपाल टेलिकमलाई सबै सहरी क्षेत्रमा चाँडै फोरजी सेवा विस्तार गर्न आग्रह गरेका छाैं। बरु भर्खर सेवा सुरु गरेको एनसेलले धेरै स्थानमा फोरजी सुरु गरिरहेको छ । यसैगरी स्मार्ट टेलिकमले पनि यो सेवा सुरु गर्दै छ । फोरजी पुर्याउन नसकिने स्थानमा थ्रिजी विस्तारका लागि टेलिकम र एनसेलले काम गरिरहेको जानकारीमा आएको छ ।

नेपालमा तेस्रो दूरसञ्चार कम्पनीको आवश्यत्ता महसुस गर्नुभएको थियो नि, के यही पक्षलाई बलियो बनाउन एसटिएमलाई एक्कासि युनिफाइड लाइसेन्स दिनुभएको हो ? 
हामीले एसटिएमलाई युनिफाइड लाइसेन्स दिइसकेका छैनाैं । यो अघिल्लो सरकारको अन्तिम समयमा भएको निर्णय हो । यसमा केही व्यवधान थिए । लाइसेन्सको कुरा पहिलेदेखि नै आए पनि केही गर्नैपर्ने कुरा र पूर्वाधारलाई लिएर हामीले लाइसेन्स दिएका छैनौं । तर, कसैलाई काखा र पाखा गर्ने हाम्रो रुचि होइन । केही लगानी र पूर्वाधारसहित आएमा हामी लाइसेन्स दिन सक्छौं । जति लाइसेन्स दियाैं, हामीलाई त फाइदा नै छ । मैले टेलिकम र एनसेलसँग प्रतिस्पर्धामा आउने गरी तेस्रो सेवाप्रदायक चाहियो भनेको हुँ । यो आवश्यकताको विषय हो ।

तेस्रो सशक्त भएर आएमा एनसेल र टेलिकमको मोनोपोली घट्नेछ र उपभोक्ताले अझ सुविधा पाउनेछन् । स्मार्ट टेलिकमलाई हामीले यसको सम्भावना देखेका थियौं । तर पनि यसअनुरुप आउन सकेन । अब फोरजी सुरु गर्ने तयारीमा पनि छ, यसर्थ केही प्रतिस्पर्धा होला कि ।

दूरसञ्चारको नियमाक एनटिएले वित्त क्षेत्रको नियामक राष्ट्र बैंकसँग मिलेर मोबाइल मनी कार्यान्वयनमा ल्याउँदै छौं । आइसिटीलाई हरेक विकासका माध्यमसँग जोड्ने काम नै मेरो प्राथमिकताको विषय हो । अप्टिकल फाइबर र ब्रोडब्यान्डको पूर्ण रुपमा विस्तार चलिरहेको प्रक्रिया हो । अन्य केही महङ्खवपूर्ण काम हाम्रो पाइपलाइनमा छन् । यस क्षेत्रको हरेक आयाममा स्पष्ट परिवर्तन आउने गरी काम गरेको छु ।

प्राधिकरणमा अब केही महिनाको कार्यकाल छ, यो समयमा पूरा हुन नसकेका काम कसरी पूरा गर्ने तयारीमा हुुनुहुन्छ ? 
मैले नयाँ के काम गरिरहेको छु भने यो काम आइटी विभागले गर्नुपर्ने थियो । एनटिएले कनेक्सन दिएर एक लेभलको काम पूरा गरेको छ । तर, स्थानीय सरकारले आइसिटी कसरी प्रयोग गर्ने भनेर सिकाउने काम एनटिएको होइन । यसका लागि एप्लिकेसन, सफ्टवेयर चाहिएला कन्टेन्ट चाहिन्छ । कन्टेन्ट डेभलप गर्न पनि सम्बन्धित मन्त्रालयहरुसँग एनटिएले नै घचघच्याएर काम अधिकतम काम गरिरहेको छु ।

उदाहरणका लागि दूरसञ्चारको नियमाक एनटिएले वित्त क्षेत्रको नियामक राष्ट्र बैंकसँग मिलेर मोबाइल मनी कार्यान्वयनमा ल्याउँदै छौं । आइसिटीलाई हरेक विकासका माध्यमसँग जोड्ने काम नै मेरो प्राथमिकताको विषय हो । अप्टिकल फाइबर र ब्रोडब्यान्डको पूर्ण रुपमा विस्तार चलिरहेको प्रक्रिया हो । अन्य केही महङ्खवपूर्ण काम हाम्रो पाइपलाइनमा छन् । यस क्षेत्रको हरेक आयाममा स्पष्ट परिवर्तन आउने गरी काम गरेको छु ।

फेरि तपाईंकै नेतृत्व निरन्तरता हुने सम्भावना पनि त छ नि हैन ?
यसमा मेरो कुनै कमेन्ट छैन । कसैको रिप्लेसमेन्ट छैन भनेर सोच्नुहुँदैन । नेपालजस्तो देशमा झन् यस्तो सोच्नुहुँदैन । अहिलेलार्इ म आफ्नो काम गरिरहेको छु ।

अन्तर्वार्ता

यस संस्करणको ‘क्यान इन्फोटेक विथ मोबाईल एक्सपो’लाई ऐतिहासिक बनाउने छौं

क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो कम्प्यूटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्की साखाको आयोजनामा तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी समितीको सह–आयोज…