कीवर्डहरू -

अन्तर्वार्ता

डिजिटल पेमेन्ट सोलुसनका लागि  पूर्वाधार विकास गरिरहेका छौं

कुसुम लामा 
अध्यक्ष, प्रभु म्यानेजमेन्ट

 

नेपालको डिजिटल पेमेन्ट सोलुसनमा प्रभु पेको कस्तो योगदान छ ? 
हामीले प्रभु पेलाई पेमेन्ट सोलुसनको रुपमा अघि सारेका छौं । डिजिटल पेमेन्ट हुनका लागि सबैभन्दा पहिले पूर्वाधार आवश्यक पर्ने भएका कारण हामीले स्कुल, सहकारी, हस्पिटल जस्ता क्षेत्रमा पूर्वाधार पु¥याउन लागिपरेका छौं । जसका लागि डिजिटल पेमेन्ट आवश्यक छ, त्यो पहिले आफू डिजिटलमैत्री हुनुप¥यो । यसपछि मात्र डिजिटल पेमेन्ट सम्भव छ । जस्तो स्कुलले इआरपी सफ्टवेयर प्रयोग गर्न थालेपछि मात्रै प्रभु पेबाट डिजिटल पेमेन्टको काम हुने हो । स्कुल अझै एनालगमा छ भने हामीले प्रभु पे सुरु गरेर के काम ? यसर्थ हामीले डिजिटल पेमेन्ट उद्योगका लागि पूर्वाधारसँगै सेवाको अवधारणा लिएर आएका छौं । 

डिजिटल पेमेन्ट हुनका लागि सबैभन्दा पहिले पूर्वाधार आवश्यक पर्ने भएका कारण हामीले स्कुल, सहकारी, हस्पिटल जस्ता क्षेत्रमा पूर्वाधार पु¥याउन लागिपरेका छौं ।

नेपालमा पछिल्लो समय डिजिटल पेमेन्ट सोलुसनमा प्रतिस्पर्धा देखिन्छ । प्रभु पे इन्फ्रास्टक्चर डेभलपम गर्नतिर लागेर हो अलि पछि परेको ? 
अरुले के गरे, के गरेनन् भन्दा पनि हामीले के गर् यौं भन्नेतर्फ म जोड दिन चाहन्छु । बिटुबीको हकमा हामी २०१२ देखि नै काम गर्दै आएका हौं । वालेटको प्रयोगकर्ताको कुरा गर्नुहुन्छ भने आजका दिनमा हामी केही पछि नै छौं । यो विस्तारै हुने हो । तर बिजनेशको भोल्युममा नेपाल टेलिकमको डाटाअनुसार अहिले पनि दोस्रो नम्बरमा छों । हामीसँग भएको नेटवर्क नै हाम्रो मुख्य विशेषता हो । किनभने बिटुबीमा हामी २०१२ देखि नै क्रियाशील थियौं । हामी अझै पनि पहिले पूर्वाधारकै लागि सोचिरहेका छौं । हस्पिटल, स्कुल, सहकारी आदिबाट यसको सुरुवात गरिरहेका छौं । 

प्रभु पेको मुख्य विशेषता केलाई मान्नुहुन्छ ? 
प्रभु पे किन डाउनलोड गर्ने, किन प्रयोग गर्ने भन्ने सवालमा म केही भन्न चाहन्छु । पहिलो कुरा हाम्रो छुटटै पहिचान छ । प्रयोगकर्ता विस्तारै बढ्दै छन् तर ति प्रयोगकर्ता फर्केर अर्कोमा जाँदैन । उहाँहरुलाई हाम्रो सर्भिसमै रहनका लागि हामीले अरु स्किम पनि ल्याउने गर्छौं । जस्तो प्रयोगकर्ताका लागि एक्सिडेन्टल डेथ केसमा १० लाखको इन्स्योरेन्स सर्भिस दिएका छौं, जुन अरु कुनै पनि वालेट कम्पनीले गरेका छैनन् । नेपाल खानेपानीको काम, हस्पिटलको काम हामीले मात्रै गरिरहेका छौं । हामी सेक्युरिटी र टेक्नोलोजीमा बलियो छौं । 

विभिन्न प्रदेशसँगै काठमाण्डौको क्यान इन्फोटेक २०२० मा प्रभु पेको सहभागिता किन ? 
सूचना र सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूला प्रदर्शनी क्यान इन्फोटेक हो । हामीले यसलाई आफ्ना प्रडक्ट र सेवाको आमजनमानसमा प्रचारप्रसार गर्ने उत्तम अवसर मानेका छौं । यही कारण प्रभु पेले पहिलोपटक क्यान इन्फोटेकमा शीर्ष प्रायोजनसहित सहभागिता जनाएको हो । 

अन्तर्वार्ता

नेपालका बैंकिङ सिष्टम कुनै पनि बेला ह्याक हुन सक्छन्, अधिकांश सिष्टम असुरक्षित छन् - मुकुन्द पोखरेल, प्रविधिविज्ञ

नेपालका बैंकहरुका सिष्टमहरु ह्याक भइरहेका छन् नि ? नेपालका बैंकहरुका सिष्टम असुरक्षित नै हुन् त ?
हामी हाम्रो भाषामा म्यचुरिटी लेभ…

‘क्यानमा गुटबन्दी आउन दिन्न, सबैलाई समान अवसर र उचित भूमिका दिनेछु’

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को नेतृत्वमा नवराज कुँवर निर्वाचित भए…

‘असक्षम नेतृत्वले क्यानको शाख घट्यो, योग्य र सबल नेतृत्व रोजौं’

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को महाधिवेशन र १३औं कार्यसमितिको निर्वाचन यही मंसिर ७ गते शनिबार हुँदैछ…

\'युवा, विद्यार्थी र स्टार्टअपको हितमा काम गर्न क्यानमा मेरो उम्मेदवारी\'

क्यान महासंघको आसन्न १३औं कार्यसमितिको निर्वाचनका लागि नवराज कुँवर र सुनैना घिमिरेको प्यानल प्रतिष्पर्धामा उत्रिएको…

बुधबारदेखि देशका मुख्य शहरहरूमा फोरजी सेवा सुरु गर्दैछौं : टेलिकम प्रबन्ध निर्देशक अधिकारी

डिल्ली अधिकारी सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका प्रबन्ध निर्देशक…

अब हरेक क्षेत्रका लागि डिजिटल मार्केटिङ र एसइओ चाहिन्छ : खतिवडा

आइटी क्षेत्रमा विभिन्न काम गर्न सकिन्छ । डिजिटल मार्केटिङ पछिल्लो समय फस्टाएको एक करियर हो । यसभित्रको एसइओ (सर्च इन्…

विद्यार्थीले आफ्नो भविष्य सुनिश्चित गर्न किस्ट कलेज छान्ने गरेका छन् : बस्नेत

सूर्य बस्नेत
डिपार्टमेन्ट अफ बिआइएम, किस्ट कलेज, काठमाडौं

\'हामीले एकाडेमिकसँगै ननक्रेडिट प्रोफेसनल कोर्शहरु पनि उपलब्ध गराइरहेका छाैं\' - सन्दिप श्रेष्ठ

सन्दिप श्रेष्ठ
प्रिन्सिपल, समृद्धि कलेज, भक्तपुर

(बिसिए विशेष) हामीले कलेजमै प्रोफेसनल र स्किल डेभलपमन्टका ट्रेनिङहरु गराउँछौं : कडरिया

मदन कडरिया
प्रमुख, डिपार्टमेन्ट अफ आइटी, नेपाल कलेज अफ इन्फर्मेशन टेक्नाेलाेजी (एनसिआइटी) …

विद्यार्थीकाे सुरक्षित करियर निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याएका छौं : दवाडी

चोकराज दवाडी
एकेडेमिक डाइरेक्टर, न्यू समिट कलेज

सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिएको छ : सुब्बा

गंगा सुब्बा
प्रोग्राम कोअर्डिनेटर
(बिएससी सिएसआइटी), सगरमाथा कलेज अफ साइन्स ए…

शिक्षामा प्रविधि र शीपको मागलाई जोड्न आवश्यक छ : प्याब्सन अध्यक्ष पुरी

टीकाराम पुरी निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का केन्द्रीय अध्यक्ष हुन् । प्याब्सनको १४औं राष्ट्रिय महाधिवेशन…