अन्तर्वार्ता
निमा एकेडेमी एकेडेमिकसँगै ननएकेडेमिक कोर्सहरूको प्याकेज होः सीओओ जोशी
गत साउन ३० गते निमा एकेडेमी ले तेस्रो वार्षिकोत्सव मनाएको थियो । नेपालको शिक्षा प्रणालीलाई डिजिटन बनाउने महत्वाकांक्षी योजनाका साथ अगाडि बढेको निमा एकेडेमी सन् २०१८ मा स्थापना भएको थियो ।
निमा एकेडेमीमा अहिले कक्षा १० सम्मका कोर्सहरू उपलब्ध छन् भने माथिल्लो तहका कोर्सहरू पनि राख्ने तयारी कम्पनीको छ । निमा एकेडेमीका कन्टेन्ट अफलाइनमा पनि डाउनलोड गरेर पढ्न सकिन्छ ।
यसै सन्दर्भमा निमा एकेडेमीको विविध विषयमा निमा एकेडेमीकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) नेहा जोशीसँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईंहरू विगत ३ वर्षदेखि नेपालमा शिक्षालाई डिजिटलाइज गर्ने अभियानमा हुनुहुन्छ । निमा एकेडेमी भनेको के हो ?
निमा एकेडेमी ई-लर्निङ प्लेटफर्म हो । सन् २०१८ देखि यो सञ्चालन भइरहेको छ । निमा एकेडेमीले लर्निङ म्यानेजमेन्टलाई भन्दा पनि टिचिङ र लर्निङलाई फोकस गरेको छ ।
शिक्षाको स्ट्याण्डर्डलाई मेन्टेन गर्न हामीले कन्टेन्ट विकास गरिरहेका छौं । हामी प्लेटफर्ममा एकेडेमिक र ननएकेडेमीे दुवै कोर्सहरू राखिएको छ ।
अहिलेसम्म हामीले ४० स्कुललाई प्रदान गरेका छौं । निमा एकेडेमीमा ३५ हजार लर्नरहरू आबद्ध हुनु भएको छ भने ५ हजारभन्दा बढी इन्स्ट्रक्टरहरू आबद्ध हुनुभएको छ । यसमा गणित, विज्ञान, सामाजिक अध्ययन लगायतका अनिवार्य विषयका ३० बढी कोर्सहरू राखिएको छ ।
हामीले यसमा अब थप ननएकेडेमीका कोर्सहरू पनि राख्दै छौं, जसका लागि विभिन्न संस्थासँग सहकार्य गरेका छौं । ग्राहकलाई सन्तुष्ट बनाउन हामी केन्द्रित छौं ।
निमा एकेडेमीले केही दिनअघि तेस्रो वार्षिकोत्सव मनाएको छ । अबको ३ वर्षमा के के गर्ने योजनामा हुनुहुन्छ ?
अबको तीन वर्षमा निमा एकेडेमीलाई अझै विस्तार गर्ने योजना छ । कन्टेन्ट पनि फरक तरिकाबाट प्रस्तुत गर्ने योजना छ । बजारमा लर्निङ म्यानेजमेन्ट सिस्टम र स्कुल म्यानेजमेन्ट सिस्टम प्रदान गर्ने धेरै कम्पनीहरू छन् ।
शैक्षिक संस्थामा लर्निङ म्यानेजमेन्ट सिस्टम र स्कुल म्यानेजमेन्ट सिस्टमबीच अन्योल सिर्जना गरेको छ । किनभने स्कुल, कलेजलाई स्कुल म्यानेजमेन्ट सिस्टम चाहिन्छ । निमा एकेडेमी लर्निङ म्यानेजमेन्ट सिस्टम हो, जसले लर्निङ कन्सेप्ट, टिचिङ कन्सेप्ट म्यानेज गर्छ ।
स्कुल म्यानेजमेन्ट, स्टुडेन्ट म्यानेजमेन्ट फरक हो । बजारमा धेरै कम्पनी छन्, जसले लर्निङ म्यानेजमेन्ट सिस्टम प्रदान गर्छन् । निमा एकेडेमीले टिचिङ र लर्निङ सम्बन्धी सामग्रीलाई एउटै प्लेटफर्ममा प्रदान गरिरहेको छ ।
नेपालमा अहिले डिजिटल डिभाइड बढ्दो मात्रामा छ । डिजिटल डिभाइड कम गर्न निमा एकेडेमीको भूमिका कस्तो हुन्छ ?
डिजिटल डिभाइड अहिलेदेखि होइन, पहिलादेखि नै थियो । नेपालको सन्दर्भमा सन् २०१९ को अन्त्यदेखि यसको महत्व देखियो । हाम्रो स्कुलिङ कल्चर, हाम्रो टिचिङ कल्चर परम्परागत छ । २०२० देखि स्कुललाई डिजिटल जानुपर्ने बाध्यता भयो, जुन उहाँहरूका लागि गाह्रो थियो तर जानुभयो ।
२०२० हामी सबैका लागि असहज थियो । त्यो समयमा निमा एकेडेमी पूर्ण निःशुल्क थियो । निमा एकेडेमीले पढ्न र पढाउन सजिलो बनाइदिएको छ ।
४० प्रतिशत मात्रै डिजिटलबाट पढ्ने र पढाउन गरियो भने अबको १० वर्षमा डिजिटल डिभाइट हटाउन सकिन्छ । हामीले काठमाडौंलाई मात्रै नभएर गाउँलाई केन्द्रित गरेका छौं ।
अलि दुर्गमा ठाउँमा जाँदा इन्टरनेट, किताब पुगेको हुँदैन् । विद्यालयको पढाइ पनि राम्रो हुँदैन् । त्यस्तो ठाउँमा हामीले फोकस गरिरहेका छौं । निमा एकेडेमीको कोर फोकस भनेको शिक्षाको गुणस्तर, समानता, पहूँच र सस्तोमा छ ।
निमा एकेडेमीमा अफलाइनमा पनि कन्टेन्ट उपलब्ध छन् । एकपटक इन्टरनेट प्रयोग गरेर एपबाट अफलाइनमा पढ्न कन्टेन्ट डाउनलोड गर्न सकिन्छ ।
ग्रामीण क्षेत्रमा विद्यार्थीले एउटा सस्तो स्मार्टफोनमा कन्टेन्ट डाउनलोड गरेर जुनसुकै समयमा कन्टेन्ट पढ्न सक्छन् । हामीले यसरी काठमाडौंलाई मात्रै नभएर काठमाडौं बाहिरलाई पनि फोकस गरेका छौं ।
भनिन्छ, सफलता पाउन असफलता पनि व्यहोर्नु पर्छ । तीन वर्षसम्म आइपुग्दा के के चुनौतीहरू भोग्नुभयो ?
३ वर्षसम्म आइपुग्दा हामीले थुप्रै चुनौतीहरू भोगेका छौं । हाम्रो देशमा यो लिएर आउँदा यो नयाँ थियो तर विदेशमा यो नयाँ थिएन । परिवर्तन ल्याउन गाह्रो छ । महामारीले अहिले एउटा अवसर ल्याइदिएको हो ।
किनभने बजारमा यसको आवश्यकता सिर्जना गरेको छ । सन् २०१८ र २०१९ मा हामीले डिजिटल शिक्षाको महत्व बुझाउन खोजेका थियौं ।
केही बुझाउन पनि सक्यौं, तर अझ महामारीले यसलाई सहज बनायो । महामारीले गर्दा डिजिटल शिक्षा महत्वमा वृद्धि भए पनि डिजिटल शिक्षाको महत्व अझै पनि बुझिएको छैन ।
डेढ वर्ष अगाडिदेखि शुरू भएको कोरोना महामारीको असर अझै कायमै छ । तेस्रो लहर आउने विज्ञले चेतावनी दिएका छन् । महामारीमा डिजिटल शिक्षाको महत्व बढेको छ । यस्तो अवस्थामा निमा एकेडेमीले कसरी काम गरिरहेको छ ?
हामीले सन् २०२० मा निमा एकेडेमी प्रयोगका लागि ८२ वटा विद्यालयलाई जुमबाट तालिम प्रदान गरेका थियौं । हामीले गतवर्ष निमा एकेडेमीका सबै कोर्स निःशुल्क गरेका थियौं ।
गत अप्रिलमा हामीले शुल्क लाग्ने बनाएका हौं । निमा एकेडेमीबाट यसरी पढ्न र पढाउन सकिन्छ भनेर जनचेतनाका लागि हामीले विभिन्न तालिमहरू दियौं ।
निमा एकेडेमीले शिक्षा क्षेत्रलाई एउटा स्ट्याण्डर्डमा लैजाने योजना बनाएको छ । किनभने सरकारी स्कुल र प्राइभेट स्कुलबीच काठमाडौंमै ठूलो भिन्नता छ ।
काठमाडौं बाहिर त झन् कस्तो छ, हामी कल्पनै गर्न सक्दैनौं । सिकाइको अनुभवलाई कसरी स्ट्याण्डराइज गर्ने र पहुँचयोग्य बनाउने भन्ने अवधारणामा लागिरहेका छौं ।
नेपालको शिक्षा क्षेत्रलाई रूपान्तरण गर्ने हाम्रो योजना छ । नेपालको शिक्षा अहिले कस्तो छ र कस्तो हुनुपर्छ भन्ने एउटा भिजन लिएर काम गर्दै छौं । त्यसमा हामी एउटा स्ट्याण्डराइज प्रक्रिया पछ्याउँछौं । अहिलेको महामारीमा एडप्टेसन र चेन्ज उच्च छ । डिजिटल एजुकेसन अहिले बजारमा लोकप्रिय छ ।
हाम्रो योजना अनुसार यसले १० वर्ष लिन सक्छ भन्ने थियो । तर २०२० मा द्रुत परिवर्तन भयो । स्कुल, अभिभावकले डिजिटल लर्निङलाई अँगाल्न थाले ।
जीमेल चलाउन गाह्रो हुने शिक्षकले पनि जुम कसरी चलाउने, कन्सेप्ट नोटहरू कसरी बनाउनेमा काम गर्नुभएको छ । त्यो हेरेर त ५ वर्षमा आउन सक्ने परिवर्तन आएको छ ।
नेपालको शिक्षा प्रणालीमा निमा एकेडेमीले कस्तो प्रकारको सकारात्मक प्रभाव पारेको छ ?
नेपालको शिक्षा प्रणालीमा निमा एकेडेमीले सकारात्मक प्रभाव लिएर आएको भनेको मेरो विचारमा पाठ्यक्रमको आधारमा अहिलेसम्म काम गरेका छौं ।
त्यसमा स्ट्याण्डर्ड प्रोसेस जसमा कन्सेप्टको स्पष्टता छुटिरहेको हुन्छ । शिक्षकले बुझाइ राख्नुभएको हुन्छ तर विद्यार्थीले बुझिरहेका हुँदैनन् । त्यहाँ ग्याप छ ।
शिक्षकले आफ्नो काम गरिरहेका हुन्छन् तर कति विद्यार्थीले बुझ्छन् कतिले बुझ्दैनन् । निमा एकेडेमीले सबै विद्यार्थीलाई बुझाउन कोसिस गरिरहेको छ । जति जना विद्यार्थीले पढून्, बुझेर पढून्, खेली खेली पढून्, हाँसी हाँसी रमाई रमाई पढून र पढेका कुरा बुझून् भन्ने हिसाबले हामीले काम गरिरहेका छौं ।
हामीले त्यो एउटा प्रभाव ल्याउन खोजेका छौं । हामीले त्यसलाई कसरी सपोर्ट गरेका छौं भने भिडियो मात्र नबनाएर कुनै पनि विषयलाई भिडियोमा रूपान्तरण गरेर त्यसलाई खेलाएर हुन्छ कि गेम हुन्छ कि हामीले हरेक टपिकको गेम पनि बनाएका छौं । क्विजहरू पनि खेलाउँछौं ।
आफ्नो परफर्मेन्स थाहा पाउन साथीहरूसँग खेल्न मिल्नेगरी पनि गेमहरू बनाएका छौं । त्यसरी हामीले शिक्षालाई रमाइलो बनाउन प्रयास गरिरहेका छौं । विद्यार्थी पनि हाम्रो सिस्टममा रमाइरहेका छन् । शिक्षकलाई समेत पढाउन सहयोग भएको छ ।
डिजिटल डिभाइसका अगाडि लामो समयसम्म बस्दा विद्यार्थीको स्वास्थ्यमा असर पर्ने कुरा आइरहेका छन् । स्वास्थ्यमा असर नपर्ने गरी र बुझ्नेगरी निमा एकेडेमीले कसरी काम गरिरहेको छ ?
निमा एकेडेमीले सेल्फ बेस्ड लर्निङलाई बढी जोड दिएको छ । अहिले महामारीले गर्दा परम्परागत शिक्षा केही हदसम्म डिजिटल भएको छ । पूणर्रूपमा भएको छैन । अहिले जुम, गूगल क्लासरूमबाट मात्र पढाउने काम भएको छ । विद्यार्थीले जहाँबाट जहिले पनि पढ्न सक्छन् ।
निमा एकेडेमीले कन्टेन्ट पनि धेरै लामो बनाएको छैन । तल्लो तहका विद्यार्थीका लागि हामीले अधिकतम ३ मिनेटसम्मको भिडियो बनाएका छौं भने माथिल्लो तहका लागि ५ देखि ८ मिनेटसम्मको बनाएका छौं ।
विद्यार्थीले जतिखेर पढ्दा पनि एउटा भिडियो हेरून्, बुझून्, खेलून्, जसले गर्दा उनीहरू लामो समय आफ्नो डिभाइस अगाडि बस्नु नपरोस् ।
हामीले विद्यार्थीको सिकाइ अनुभव रमाइलो होस्, खेलिखेली पढून्, बुझेर पढून् भनेर छोटो र मिठो कन्सेप्चुअल भिडियो तथा गेमहरू बनाएका छौं ।
हामीले सिर्जनात्मक सोचलाई प्रवर्द्धन गरेका छौं । पढेर मार्क्स ल्याउनुपर्छ भन्ने एउटा छ भने बुझेर पढ्दा उसको आलोचनात्मक सोच, सोच्ने क्षमता अप्रत्यक्ष रूपमा विकास गरेका छौं ।
सेल्फ बेस्ड लर्निङमा हामीले फोकस छौं । किनभने महामारीको समयमा हामीले घरबाटै काम गरिरहेका छौं । त्यसले गर्दा मानसिक समस्या देखिएका छन् ।
बालबालिकालाई एन्जाइटी, आँखाको समस्या र ढाडको समस्या देखिएको छ । हाम्रा कर्मचारीलाई पनि ढाड र खुट्टाको समस्या देखिएको छ । त्यो एउटा मोनोटोनस दिनचर्या भएको छ । त्यो अवस्थालाई ध्यानमा राखेर हामीले कन्टेन्ट बनाएका छौं ।
अन्तर्वार्ता
हाम्रो लक्ष्य विदेशी सफ्टवेयरलाई विस्थापित गर्ने हो: इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स हिजोदेखि १८ वर्ष पुरा गरी…
पूर्ण डिजिटल बैंकले अत्याधिक प्रतिफल दिन्छ, नबिल त्यो लक्ष्यको नजिकै छ : विनय रेग्मी
मुलुकमा कोरोना संक्रमण बढेसँगै डिजिटल कारोबारको चर्चा बढेको छ । चर्चामात्र बढेको छैन विभिन्न च्यानलको प्रयोग गर्दै ड…
यस्तो अवस्थामा पनि टेलिकमको ‘कोर’ आम्दानी बढेको छ, जुन राम्रो सूचक हो : डिल्ली अधिकारी
कोरोना संक्रमणले देशभर निशेषधाज्ञा भइरहँदा टेलिकम क्षेत्रलाई दोहोरो प्रभाव परिरहेको छ । पहिलो, डेटाबाट बढे पनि भ्व…
‘सीपले नेपाल सरकारसँग मिलेर रोजगारीको अवसर सिर्जना गर्ने काम थालेको छ’ - बलजीत भोरा, युकेएड सीप
जेनेस एकेडेमीले जेठ १८ गते आज अर्थात देखि इन्जिनियरिङ अध्ययन संस्थान (आईओ…
‘दक्ष जनशक्ति उत्पादन गर्न आईओई र सिपसँग मिलेर एडब्ल्युएस क्लाउड एकेडेमी सञ्चालन गर्दैछौं’
जेनेस सोलुसन नेपालको बहुराष्ट्रिय कम्पनी हो । नेपालसहित अन्य विभिन्न देशमा…
फेसबुक र गुगलसँगको सम्झौता मार्केटिङको लागि ‘ब्रेक थ्रु’ हो– सीईओ रवि सिंघल
फिट इन्टरनेसनल नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बन्ने पहिलो कम्प…
‘हुलाकमा प्रयोग भएको नयाँ प्रविधिले आपत्कालीन सेवालाई प्रभावकारी बनाउँदै छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समय अगाडि गूगल प्लस कोड सम्बन्धी क…
‘सानिमा बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको छ’
कोरोना महामारी पछि नेपालमा प्रविधिको प्रयोग बढेको छ । सामान खरिद देखि क…
‘हाम्रो बजार सधैंभरि निःशुल्क नै रहन्छ’ - रोहित तिवारी
विगत १० वर्षदेखि सञ्चालनमा रहेको इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड से…
‘डिजिटल लर्निङको जनचेतना फैलाउन र यसको महत्व देखाउन डिजिटल लर्निङ डे मनाइन्छ’
आगामी फ्रेबुअरी २५ अर्थात् फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने…
‘ह्वावे कहिल्यै विविधीकरणको पछि लाग्ने छैन’
सन् १८८७ मा चीनको एउटा अपोर्टमेन्टबाट शुरु भएको हुवावे आज १७० भन्दा बढि द…
‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी चारवर्ष पछि यात उद्यमी बन्ने छन् यात राम्रो जब पाउने छन्’
बिगत केही वर्षदेखि नेपालमा आइटी लगायतका अन्य शिक्षा प्रदान गरिरहेको छ । स…
‘तपाई जस्तो प्रतिभावान व्यक्तिका लागि संसार कुर्दैं छ’
सोफी एलकर्न हुवावे आइसिटी अवार्ड २०२० की सल्लाहकार हुन् । उनी अमेरिकाको क्…
हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षाको प्रतिवद्धतासँगै उत्कृष्टलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं- गंगा सुब्बा
त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सगरमाथा कलेज अफ साइन्…
‘हामीले विद्यार्थीलाई २५ देखि १०० प्रतिशतसम्म स्कलरसीपको व्यवस्था गरेका छौं’
स फ्टवेरिका कलेजले विगत एक दशक देखि नेपालमा आइटी शिक्षा प्रदान गरिरहेक…