कीवर्डहरू -

अन्तर्वार्ता

इन्जिनियरिङ, बीबीए र बीसीएमा नयाँ भर्ना खुलेको छः प्रिन्सीपल एनसीआईटी कलेज

गत मंसिरमा कक्षा १२ को नतिजा सार्वजनिक भएको थियो । यतिबेला प्लस टु पास गरेका विद्यार्थीहरू माझ ब्याचलर्समा नयाँ भर्नाको चटारो शुरू भइसकेको छ ।

यसैमाझ सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी) ले पनि ब्याचलर्समा नयाँ भर्ना खोलेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले ब्याचलर्स तथा मास्टर्सका विभिन्न कोर्षहरु सञ्चालन गर्दैं आएको छ ।

एनसीआईटी कलेजमा कस्ता कस्ता कोर्ष पढाइ हुन्छन्, शूल्क कति छ लगायतका विषयमा एनसीआइटी कलेजका प्रिन्सीपल निरञ्जन खकुरेल सँग आइसिटी समाचार ले गरेको छोटो कुराकानीको सम्पादित अंशः

एनसीआईटीमा के के विषयमा नयाँ भर्ना खुलेको छ ?

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीमा पढाइ हुने ब्याचलर्सका सबै विषयमा नयाँ भर्ना खुलेको छ । इन्जिनियरिङ, बीबीए र बीसीएमा नयाँ भर्ना खुलेको छ ।

इन्जिनियरिङ अन्तर्गत बीई सिभिल, बीई कम्प्युटर, बीई इलेक्ट्रिनिक्स एण्ड कम्युनिकेसन, बीई आईटी र बीई सफ्टवेयरमा भर्ना खुलेको छ ।

यी विषयहरू क-कसले पढ्न पाउँछन् ?

साइन्स पढेका विद्यार्थीले इन्जिनियरिङ पढ्न पाउँछन् । प्लस टुमा बायो लिएर गणित अध्ययन गरेकाले पनि इन्जिनियरिङ पढ्न पाउँछन् । इन्जिनियरिङ पढ्नका लागि सबै विषयमा सी ग्रेड आएको हुनुपर्छ ।

बीसीए भने म्यानेजमेन्टका विद्यार्थीले पढ्न पाउनेछन् तर ती विद्यार्थीले प्लस टू मा भने कम्प्यूटर साइन्स वा गणित विषय पढेको हुनुपर्छ । बीसीए पढ्न प्लस टुका प्रत्येक विषयमा सी ग्रड ल्याएको हुनुपर्नेछ । बीबीए पढ्नका लागि कम्तीमा डी प्लस ग्रेड हुनुपर्छ र १.८० सीजीपीए हुनुपर्छ ।

विद्यार्थीलाई छात्रवृत्तिको सुविधा कस्तो छ ?

एनसीआईटीमा कलेजमा प्रवेश परीक्षाको नतिजाको आधारमा र प्लस टुको नतिजाको आधारमा विद्यार्थीले छात्रवृत्तिको सुविधा पाउँछन् ।

शुल्क कति छ ?

एनसीआईटीमा इन्जिनियरिङ अध्ययन गर्दा बढीमा १२ लाख रूपैयाँ लाग्छ । बीबीए पढ्न ६ लाख रूपैयाँ लाग्छ भने बीसीए पढ्न ७ लाख रूपैयाँ लाग्छ ।

भर्ना कसरी गर्ने ?

विद्यार्थीहरूले भर्ना प्रक्रिया र शुल्कको बारेमा थप जानकारी कलेजको वेबसाइट वा फोनबाट लिन सक्छन् । विद्यार्थीले प्रवेश परीक्षाका लागि यहाँ क्लिक गरी फाराम डाउनलोड गर्न सक्नेछन् । साथै भर्नाका लागि यहाँ क्लिक गरी अनलाइनबाटै आवेदन दिन सक्छन् ।

अन्तर्वार्ता

‘सर्भर आक्रमण’ सेक्युरिटी फर्मको स्क्यान्डल पनि हुनसक्छ– एमडी डिल्ली अधिकारी (अन्तर्वार्ता)

आइतबार सरकारको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सर्भर ह्याक भएको समाचार आए । उक्त ह्याकमा चिनिया सर…

हाम्रो लक्ष्य विदेशी सफ्टवेयरलाई विस्थापित गर्ने हो: इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स हिजोदेखि १८ वर्ष पुरा गरी…

पूर्ण डिजिटल बैंकले अत्याधिक प्रतिफल दिन्छ, नबिल त्यो लक्ष्यको नजिकै छ : विनय रेग्मी

मुलुकमा कोरोना संक्रमण बढेसँगै डिजिटल कारोबारको चर्चा बढेको छ । चर्चामात्र बढेको छैन विभिन्न च्यानलको प्रयोग गर्दै ड…

यस्तो अवस्थामा पनि टेलिकमको ‘कोर’ आम्दानी बढेको छ, जुन राम्रो सूचक हो : डिल्ली अधिकारी

कोरोना संक्रमणले देशभर निशेषधाज्ञा भइरहँदा टेलिकम क्षेत्रलाई दोहोरो प्रभाव परिरहेको छ । पहिलो, डेटाबाट बढे पनि भ्व…

‘सीपले नेपाल सरकारसँग मिलेर रोजगारीको अवसर सिर्जना गर्ने काम थालेको छ’ - बलजीत भोरा, युकेएड सीप

जेनेस एकेडेमीले जेठ १८ गते आज अर्थात देखि इन्जिनियरिङ अध्ययन संस्थान (आईओ…

‘दक्ष जनशक्ति उत्पादन गर्न आईओई र सिपसँग मिलेर एडब्ल्युएस क्लाउड एकेडेमी सञ्चालन गर्दैछौं’

जेनेस सोलुसन नेपालको बहुराष्ट्रिय कम्पनी हो । नेपालसहित अन्य विभिन्न देशमा…

फेसबुक र गुगलसँगको सम्झौता मार्केटिङको लागि ‘ब्रेक थ्रु’ हो– सीईओ रवि सिंघल  

फिट इन्टरनेसनल नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बन्ने पहिलो कम्प…

‘हुलाकमा प्रयोग भएको नयाँ प्रविधिले आपत्कालीन सेवालाई प्रभावकारी बनाउँदै छ’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समय अगाडि गूगल प्लस कोड सम्बन्धी क…

‘सानिमा बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको छ’

कोरोना महामारी पछि नेपालमा प्रविधिको प्रयोग बढेको छ । सामान खरिद देखि क…

‘हाम्रो बजार सधैंभरि निःशुल्क नै रहन्छ’ - रोहित तिवारी

विगत १० वर्षदेखि सञ्चालनमा रहेको इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड से…

‘डिजिटल लर्निङको जनचेतना फैलाउन र यसको महत्व देखाउन डिजिटल लर्निङ डे मनाइन्छ’

आगामी फ्रेबुअरी २५ अर्थात् फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने…

‘ह्वावे कहिल्यै विविधीकरणको पछि लाग्ने छैन’

सन् १८८७ मा चीनको एउटा अपोर्टमेन्टबाट शुरु भएको हुवावे आज १७० भन्दा बढि द…