कीवर्डहरू -

Most read

पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीको प्रोजेक्ट \'रक्तदान\'लाई राइजिङ स्टुडेन्ट अवार्ड

काठमाडाैं । आइसिटी अवार्डमा पहिलो पटक समावेश गरिएको राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९ पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरु एलेक्स भट्टराई, अनिश दुलाल, मितेश पाण्डे, निशेष वाले र विवेक तिमल्सिनाले बनाएको प्रोजेक्ट 'रक्तदान' ले जित्न सफल भएकाे छ ।

याे विधामा कुल १८ प्राेजेक्टले सहभागिता जनाएकाेमा 'रक्तदान'ले उत्कृष्ट ११ र त्यसपछि उत्कृष्ट ५ मा स्थान बनाउँदै अवार्ड जितेकाे हाे । उत्कृष्ट ५ मा हेल्प ईआर, नयाँ किनमेल, प्रशासन-ई र वाटर टेस्टर एपले  पनि प्रतिष्पर्धा गरेका थिए । निर्णायकको मूल्याकंन र पब्लिक भोटिङको आधारमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रक्तदानले यो अवार्ड जित्यो ।

यो क्रस प्लाटफर्म एप्लिकेशन हो जसले रक्तदानसम्बन्धी विद्यमान समस्याको छिटो र छरितो हिसाबले समाधान गर्ने उद्धेश्य राखेको छ । समाजमा हुने रक्तदान अभियानहरुलाई यो एपले हल गर्न खोजेको छ ।

सोसल मिडियामा अहिले रक्तदानसम्बन्धी विभिन्न ग्रुप र पेज छन् । तर, त्यहाँ सूचनाको गोपनियता देखि रगत दिने र लिनेको सञ्चार हुन धेरै गार्हो छ । यो प्लाटफर्ममा रियल टाइम लोकेशन डाटाबेस अपडेट गरिएको हुनाले कुन मानिस (रक्तदाता) कहाँ छ भनेर रेडियस बेस्ड सर्च गर्न सकिन्छ ।

ब्लड ग्रुपको नाम सर्च गरिसकेपछि आफ्नो वरिपरी को को इच्छुक रक्तदाता रहेका छन् त्यो जानकारी यो एपले दिन्छ । रक्तदान गरेका व्यक्तिहरुले रेस्पेक्ट प्वइन्ट पाउँछन् भने प्राथमिकताको आधारमा हेल्थ सर्भिसका लागि कुपन पाउँछन् । यो एपले रक्तदाताको सम्पर्क नम्बर र सूचना दूरुपयोग हुन दिदैन ।

राइजिङ स्टुडेन्ट आइसिटी प्रडक्ट २०१९ जित्न सफल रक्तदानलाई पूर्वमन्त्री एवं सांसद महेश बस्नेत, वरिष्ठ आइटी विज्ञ एवं अनुसन्धानविद् महावीर पुन, प्रा.डा. मनिष पोखरेल लगायतले सम्मानले गरे ।

यो विधामा प्लस टु, आइटी तथा इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाएको प्रोजेक्टहरुले प्रतिष्पर्धा गरेका थिए ।

Most read

सूचना प्रविधिको विकास र विस्तार गर्न ‘विद्युतीय सुशासन आयोग’ बनाउँदै सरकार, यस्तो छ गठन आदेश

सरकारले विद्युतीय सुशासन आयोग गठन गर्ने भएको छ । सूचना प्रविधिको क्षेत्रमा देखिएका…

विद्यार्थीलाई ब्याचलर्ससम्मका कोर्ष युट्युबमा निःशुल्क पढाउने ‘नेपाल अनलाइन स्कुल’

अहिलेको डिजिटल युगमा हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग अनिवार्य जस्तै भइसकेको छ ।…

स्टार्टअपका लागि १५ प्रतिशतको लगानी पोर्टफोलियो बनाउँदैछौंः डा. मनिष थापा

सन् २०१९ मा स्थापना भएको ग्लोबल इक्विटी फण्ड, प्राइभेट इक्विटी तथा भेन्चर क्या…

आईसीसी क्रिकेट वल्र्ड कप २०१९ र द च्याम्पियनशिप्स, विम्बल्डन २०१९ सफलतापूर्वक सम्पन्न

काठमाडौं। ओपोद्वारा प्रायोजित दूई कार्यक्रम – द ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) क्रिक…

कक्षा १२ उत्तीर्ण भएसँगै स्नातकमा अब के पढ्ने ? यस्ता छन् आईटीका विषय

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वज…

जीमेलमा ‍अनावश्यक इमेल आइरहेका छन् ? यसरी गर्नुहोस् ब्लक

जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अ…

आकर्षक डिजाइनसहित सार्वजनिक भयो ग्रन्थ ईभीको विद्युतीय स्कुटर, कति छ मूल्य ?

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । …

काठमाडौं विश्वविद्यालयमा देखिएको ईस्पोर्ट्सको सरगर्मी

काठमाडौं । १७ वर्षिय निमेश वाग्ले शनिबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मल्ट…

Reasons why students choose abroad studies for higher education

Looking back to the past years, we can easily estimate that the number of students going abroad has drastically increased. It is because getting i…

इन्टरनेटमा कर होइन, नि:शुल्क बनाऊ 

सबै प्रकारका ब्यापार व्यवसायले राज्यलाई कर तिर्नु पर्दछ । राज्यले आवश्यकता अनुसार कुनै व्यवसायमा कर छुटसमेत गर्ने गर्छ । वर्त…

सामसुङका नयाँ स्मार्टफोनहरुको मुल्य !

नेपाली बजारमा सामसुङ पहिलो नम्बरको स्मार्टफोन कम्पनि हो । कम्पनिले…

अनलाइनबाटै होटल बुकिङ गर्न सकिने प्लेटफर्म ‘होटल संसार’ (भिडिओ)