Most read
प्रोटोनका दुई विद्युतीय गाडीले नाइमा मोबिलिटी एक्स्पोमा पाए उल्लेख्य आकर्षण
काठमाडौं । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई विद्युतीय एसयूभीले दर्शक तथा ग्राहकको उल्लेख्य ध्यान आकर्षित गरेका छन् ।
एक्स्पोको हल ‘बी’स्थित स्टल नम्बर एल ६ मा प्रदर्शनमा राखिएका नयाँ प्रोटोन इ.मास ५ र गत वर्ष सार्वजनिक गरिएको इ.मास ७ अवलोकन गर्न ग्राहकको भीड लागेको कम्पनीले जनाएको छ । ग्राहकहरूले गाडीका विशेषता, मूल्य, स्वामित्व तथा बुकिङ विकल्पबारे जानकारी लिएका थिए ।
सहरी प्रयोगलाई लक्षित गरी तयार गरिएको प्रोटोन इ.मास ५ रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित कम्प्याक्ट विद्युतीय एसयूभी हो । यसमा स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन सकिने भेहिकल–टु–लोड (भीटुएल) प्रविधि र जी–ट्र्याक्सन कन्ट्रोल सिस्टमलगायत सुविधा छन् ।
इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ । यसको मूल्य क्रमश: रु. ३२ लाख ९९ हजार र रु. ३६ लाख ९९ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, प्रोटोन इ.मास ७ ठूलो आकारको विद्युतीय एसयूभी हो ।
फराकिलो स्पेस, उच्च प्रदर्शन र लामो दूरीको यात्रालाई लक्षित गरिएको यस गाडीको प्राइम भेरियन्टमा १६० किलोवाटको विद्युतीय मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ । यसले डब्लुएलटीपी मापदण्डअनुसार करिब ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
इ.मास ७ मा एडीएएस प्रविधि र १५.४ इन्चको डिस्प्ले उपलब्ध छ । यो पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमश: रु. ४९ लाख ९९ हजार र रु. ५९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।
नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला यी दुई मोडलले फरक ग्राहक वर्गलाई लक्षित गरेको जगदम्बा मोटर्सको भनाइ छ । इ.मास ५ लाई दैनिक सहरी प्रयोगका लागि र इ.मास ७ लाई पारिवारिक तथा लामो दूरीको यात्राका लागि उपयुक्त एसयूभीका रूपमा कम्पनीले प्रस्तुत गरेको छ ।
साउन २६ देखि ३१ गतेसम्म आयोजना भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जगदम्बा मोटर्सले ग्राहकलाई दुवै गाडी प्रत्यक्ष अवलोकन गरी तिनका विशेषताबारे जानकारी लिन तथा बुकिङका विकल्प बुझ्न आग्रह गरेको थियो ।
एक्स्पोमा प्रोटोनको स्टल अवलोकन गर्न छुटेका ग्राहकलाई कम्पनीले आगामी नाडा अटो शो २०२६ मा हल ४ स्थित स्टल नम्बर जी १५ मा पुगेर गाडीको अनुभव लिन आग्रह गरेको छ । नाडा अटो शोमा थप आकर्षक अफर सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।