कीवर्डहरू -

Most read

नागढुंगा सुरुङमार्गभित्र नेपाल टेलिकमको टुजी र फोरजी सेवा सञ्चालन

काठमाडौं । नागढुंगा सुरुङमार्गमा यात्रा गर्ने यात्रुले अब नेपाल टेलिकमको मोबाइल नेटवर्कमार्फत सहजै सम्पर्क गर्न सक्ने भएका छन् । नेपाल टेलिकमले हालै सञ्चालनमा आएको सुरुङमार्गभित्र टुजी र फोरजी मोबाइल सेवा विस्तार गरेको जनाएको छ ।

सुरुङमार्गभित्र मात्र होइन, आसपासका क्षेत्रमा समेत मोबाइल कभरेज उपलब्ध गराइएको छ । साथै सुरुङमार्गसँग सम्बन्धित कार्यालयका लागि टेलिफोन, एफटीटीएच इन्टरनेट तथा लिज लाइन सेवा पनि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

मोबाइल नेटवर्कलाई प्रभावकारी बनाउन सुरुङमार्गको काठमाडौं र धादिङ दुवैतर्फ आवश्यक बीटीएस स्थापना गरिएको छ । काठमाडौंतर्फको पूर्वी भाग र धादिङतर्फको पश्चिमी भागमा राखिएका बीटीएसमार्फत सुरुङभित्र मोबाइल नेटवर्क उपलब्ध गराइएको हो ।

नेटवर्कलाई निरन्तर सञ्चालनमा राख्न दुवैतर्फबाट अप्टिकल फाइबरमार्फत कनेक्टिभिटी जोडिएको छ । वैकल्पिक नेटवर्क लिंकको व्यवस्था गरिएकाले कुनै एकतर्फको फाइबर लिंकमा समस्या आएपनि अर्को लिंकमार्फत सेवा सञ्चालन हुन सक्ने व्यवस्था मिलाइएको नेपाल टेलिकमले जनाएको छ ।

विशेष गरी सुरुङमार्गभित्र सवारी साधन रोकिएको वा कुनै आपतकालीन अवस्था सिर्जना भएको समयमा यात्रुले मोबाइल नेटवर्कमार्फत आवश्यक सम्पर्क गर्न सक्ने अपेक्षा गरिएको छ ।

Most read

मोबाइलमाण्डुको ‘मेगा एक्सचेन्ज अफर’ सार्वजनिक, पुराना फोनमा १० प्रतिशत अतिरिक्त मूल्यांकन

काठमाडौं । मोबाइलमाण्डुले पुराना स्मार्टफोन तथा व्यक्तिगत प्रविधिजन्य उपकरण साटेर नयाँ उपकरण लिन सकिने &lsquo…

कोडिङदेखि वित्तीय विश्लेषणसम्म, टेन्सेन्टको नयाँ एआई मोडल सार्वजनिक

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टले सफ्टवेयर इन्जिनियरिङदेखि जटिल अनुसन्धान र वित्तीय विश्लेषणसम्मका क…

ओपनएआईले कर्सरसँगको सम्झौता तोड्ने, मस्क-अल्टम्यान विवाद फेरि चर्कियो

काठमाडौं । ओपनएआईले स्पेसएक्सअन्तर्गत रहेको कोडिङ प्लेटफर्म कर्सरसँगको एआई मोडलसम्बन्धी सहकार्य अन्त्य गर्ने तयारी …

भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्…

राष्ट्रिय विपद्‌मा शंकर ग्रुपको ४ करोड सहयोग

काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि राहत, उद्धार तथा पुन:र्स्थापनामा सहयोग पुर्‍याउन शंकर ग्रुपले ४…

फोनको स्पिकरको आवाज कम हुँदैछ ? बिग्रिएको ठान्नुअघि घरमै अपनाउनुहोस् यी उपाय

काठमाडौं । आजकाल स्मार्टफोन केवल फोन कल गर्नका लागि मात्र प्रयोग हुँदैन । भिडियो हेर्न, रिल्स चलाउन, गीत सुन्न…

आईफोनको ब्याट्री लामो समय टिकाउन अपनाउनुहोस् यी उपाय

काठमाडौं । भिडियो स्ट्रिमिङ, इन्टरनेट ब्राउजिङ, साथीभाइसँग च्याट तथा सामाजिक सञ्जालमा नयाँ पोस्ट हेर्नेजस्ता का…

फेसबुक चलाउनुहुन्छ ? गोपनीयताका लागि यो सेटिङ एकपटक जाँच्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक विश्वभर सर्वाधिक प्रयोग हुने लोकप्रिय प्लेटफर्ममध्ये एक हो । यसले संसारका विभ…

ल्यापटप फ्रिज हुने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी टिप्स

काठमाडौं । आजको डिजिटल युगमा हामी दैनिक कामका लागि विभिन्न इलेक्ट्रोनिक उपकरणमा अत्यधिक निर्भर छौँ । तीमध्ये…

भाइबरमा आफ्नो अनलाइन गतिविधि कसरी लुकाउने ? यस्तो छ सजिलो उपाय

काठमाडौं । भाइबर एक लोकप्रिय मेसेजिङ एप हो । धेरै मानिसले यसको प्रयोग म्यासेज आदानप्रदान गर्न, फाइल तथा फोट…

स्टामफोर्ड कलेजमा PUBG Mobile प्रतियोगिता हुँदै, १२० टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं । स्टामफोर्ड कलेज काठमाडौंले ‘STAMFORD ELITE ARENA’ नामक PUBG Mobile प्रतियोगिता आयो…

मेटाको अमेरिकी सम्झौता : अब बालबालिकाका लागि सामाजिक सञ्जाल कति सुरक्षित ?

काठमाडौं । बालबालिकाले सामाजिक सञ्जाल कति समय प्रयोग गर्ने भन्ने विषय अभिभावकको नियन्त्रणमा मात्र रहने कुरा ह…

बाढीले जलविद्युत् आयोजना प्रभावित, बंगलादेशतर्फको विद्युत् निर्यात ठप्प

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि विद्य…

सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहज बनाउन सार्वजन…