कीवर्डहरू -

समाचार

नयाँ वर्षमा ग्यापुबाट शपिङ गर्दा ८० प्रतिशतसम्म छूट पाउन सकिने

अनलाइन सपिङ बजार ग्यापुले आफ्नो वार्षिकोत्सवको अवसरमा सामान खरिद गरे वापत आर्कषक उपहार तथा भारी छुटको व्यवस्था गरेको छ ।

यही वैशाख १ देखि ३ गतेसम्म उक्त सपिङ बजारबाट सामाग्री खरिद गरे ८० प्रतिशत छुट पाइने देखि आर्कषक उपहार पनि पाइन्छ ।

यसै अवसरमा ग्यापुले अनलाईन मेला पनि सञ्चालन गरेको छ जहाँ ग्राहकहरुले दैनिक उपहार तथा कम मूल्यमा सामान खरिद गर्न सक्नेछन् ।

यो संगै स्मार्ट फोन, स्मार्ट घडी, स्मार्ट टिभी, ट्राभल भौचर, सपिङ भौचर, टुर प्याकेज तथा अन्य उपहार जित्ने मौका पाइन्छ। त्यस्तै खरिद गर्दा ३० प्रतिशत पैसा फिर्ता पनि पाइन्छ।

यो अवसरमा ग्यापुबाट ग्राहकहरुले इलेक्ट्रोनिक समानहरु, घर तथा किचेनका समान, मेकअप तथा सौन्दर्यका सामाग्री, किताब तथा बालबालिकाहरुलाई खेलौना पनि किन्न सक्नेछन्।

इलेक्ट्रोनिक सामान

ग्यापूले इलेक्ट्रोनिक सामानमा विभिन्न अफर तथा छुटको व्यवस्था गरेको छ। यहाँबाट गर्मीका लागि फ्यान, रेफ्रिजिरेटर, गीत सुन्न र फिल्म हेर्नका लागि स्टिेरियो, क्यामेरा, भिडियोगेम, ल्यापटप, पाउन सकिन्छ।

घरका सामानहरु

घरका लागि चाहिने सबै किसिमका सामानहरु ग्यापुमा उपलब्ध छन्। खाना पकाउन आधुनिक माइक्रोवेभ देखि सफा गर्न भ्याकुम क्लिनर, क्यासट, वासिङ मेसिन, ग्राइन्डर पाइन्छ। यस्तो अवसर नगुमाउनुहोस्। सुपथ मुल्यमा यी सामानहरु पाइन्छ।

सौन्दर्यका सामान

सुन्दर बन्नका लागि चाहिने सबै किसिमका सामानहरु पनि यस अनलाइन सपिङ बजारमा उपलब्ध छ। छालालाई स्याहार्ने दैनिक क्रिम देखि चाउरी पर्न नदिने क्रिम र ब्राण्ड अनुसारका मेकअप समानहरु उपलब्ध छन्। यसमा ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

फेसन
आर्कषक देखिनका लागि आर्कषक पहिरनको जरुरी हुन्छ। आफ्नो स्टाईलको हिसाबमा लुगा, गहना, जुत्ता र अन्य समाग्रीहरु खरिद गरी भारी छुट पाउन सकिन्छ।

किताब

किताब किनेर पढ्ने बानी धेरै नै राम्रो हो। यदि किताब किने पढ्ने बानी भए विभिन्न किसिमका किताबहरु यहाँ उपलब्ध छ। फिक्सन, नन् फिक्सन, फेरीटेल, सेल्फ हेल्प, जियोग्राफी, साइन्स जस्ता विभिन्न विधाका किताबहरु लिन सकिन्छ।

खेलौना

बालबालिकाहरुलाई उनीहरुको उमेर अनुसारको खेलौना ग्यापुले उपलब्ध गराएको छ। महंगो खेलौनाहरु देखेर हैरान हुनुहुन्छ भने आत्तिनु पर्दैन। सुपथ मुल्यमा खोलौना खरिद गरी उनीहरुको बाल्यकाललाई यादगार बनाइदिन सकिन्छ।

ग्यापुको वार्षिकोत्सवको अवसरमा खरिद गरी धेरै उपहारका साथै भिडभाडमा गएर सपिङ गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ। गुणस्तरीय समाग्रीको साथमा बचत गर्न ग्यापु बजार राम्रो छनौट हुन सक्छ।

ग्यापुमा उल्लेखित सम्पुर्ण सामान हरुमा भारी छुट र एक्स्क्लुसिभ डिस्काउन्ट अफर लाई भरपुर प्रयोग गर्न ग्यापु डटकम वा ग्यापुको मोबाइल एप डाउनलोड गरि यो छुट पाउन सकिने छ ।


समाचार

टिकटकमा नयाँ म्युजिकमा आधारित फिल्टरहरु आउँदै

टिकटकले अन्तरक्रियाशीलता बढाउन नयाँ म्युजिकमा आधारित फिल्टरहरु ल्याउने भएको छ । यस…

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रींगार डटकम सञ्चालनमा

नेपालमा अहिले विस्तारै धेरै इकमर्स कम्पनीहरु सञ्चालनमा आएका छन भने केहि आउने क्रमम…

शान्तिनगर स्थित तरकारी बजारमा कुमारी बैंकको क्यूआर भुक्तानी शुरु

कुमारी बैंक लिमिटेडले तीनकुने शान्तिनगर स्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो…

धनगढीका रिक्सा चालकलाई मेगा बैंकको क्यूआर कोड सेवा

धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उप…

१ लाख बढीले खोले नबिल जेन एन अकाउन्ट, खाता खोल्दा २ जीबी डेटा निःशुल्क

नबिल बैंकले गत वर्षदेखि सञ्चालनमा ल्याएको नबिल जेन–एन बचत खाता लोकप्रिय बनेको छ ।…

सामान किन्न र पैसा तिर्न लाइन लाग्नु नपर्ने अमेजन गो स्टोर

अमेजनले गत मार्चमा बेलायतमा चेकआउट नगर्नुपर्ने अमेजन गो स्टोर खोलेको छ । यो स्टोर …

दराजबाट सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ‘नयाँ रहर, नयाँ…

पूर्व सह-सचिव विरेन्द्र मिश्र सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व सह-सचिव विरेन्द्र मिश्र सुप्रवल जनसेवा श्री …

‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित …

इसेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता, ५० देशहरु बाट सिधै अब इसेवामा पैसा पठाउन सकिने 

डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमि…

डिशहोमको ‘खुशीको उडान’ योजना सुरु, २ जनाले पाए बैंकक भ्रमणको अवसर

डिशहोमले भर्खरै नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना …

अब फोनपे र कनेक्ट आईपीएसबाटै ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानाल…

क्यान महासंघले आयोजना गरेको स्क्रम सम्बन्धि ट्रेनिङ शुरू

क्यान महासंघले आयोजना गरेको स्क्रम सम्बन्धि ट्रेनिङ शनिबारबाट शुरू भएको छ । २३ जना …