समाचार
असार १२ गतेदेखि प्रोभाथन आयोजना गर्दै सिएसआईटी एसोसिएसन अफ नेपाल
सिएसआईटी एसोसिएसन अफ नेपालले असार १२ गते देखि प्रोभाथन आयोजना गर्ने भएको छ । प्रोभाथन भनेको एक महिना लामो राष्ट्रिय स्तरको ह्याकाथन हो । कोभिडका कारणले सिएसआईटीले भर्चुअल रूपमा धेरै मान्छेहरु राखेर कार्यक्रम आयोजना गर्ने भएको छ ।
यो कार्यक्रम नवीन विचार र इनोभेसनको स्तर बढाउन आयोजना गर्न लागिएको जनाइएको छ । प्रोभाथन २०२१ को थिम ‘लेट योर कोड विटनेसस द चेन्ज’ रहेको छ । प्रोभाथनको विषय भने शिक्षा, स्वास्थय र रोजगारको क्षेत्रमा कोभिडको प्रभावलाई कसरी हटाउने भन्ने रहेको छ ।
कार्यक्रममा भाग लिनलाई सहभागीहरुले आ आफ्नो क्षेत्रबाट ह्याकाथनमा सहभागी हुन पाउनेछन् । यसका लागि सर्वप्रथम सिएसआईटी एसोसिएसन अफ नेपालले निकालेको फर्म भरेर आफ्नो आईडिया रजिस्टर गर्नुपर्ने हुन्छ ।
त्यही आईडियाको भरमा हरेक क्षेत्रका क्षेत्रीय समितीले १० उत्कृष्ट टिमहरुलाई प्रतिस्पर्धाका लागि अगाडि राउण्डमा लैजान्छन् । हरेक क्षेत्रको ह्याकाथनबाट २ टिम छानिन्छन् र फाइनल राउण्डमा सबै क्षेत्रका टप २ टिमहरुले उत्कृष्टका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यो कार्यक्रममा सहभागी हुन एउटा टिममा कम्तीमा पनि तीन जना सदस्य र बढिमा ४ जना सदस्य मात्रै हुनुपर्छ । सहभागीका आईडीयाहरु इनोभेटिभ हुनुपर्छ । सहभागी सदस्यहरु भने दुवै प्राविधिक र गैर-प्राविधिक क्षेत्रको हुन सक्नेछन् ।
प्रतिस्पर्धामा कोड मूल्याकंन, परियोजनाको समाप्ति र प्रेजेन्टेसनको आधारमा मूल्याकंन गरेर निर्णय गरिने आयोजकले बताएका छन् । रेजिस्ट्रसन फर्म खुलिसकेको छ र यो असार ५ मा बन्द हुनेछ । आफ्नो आइडिया रजिस्टर गर्न यहाँ क्लिक गर्नुहोस् ।
समाचार
डिशहोमले शुरू गर्यो ‘मेरो मनको दोस्रो देश’ अभियान, यसरी हुनुहोस् सहभागी
डिशहोमले ‘मेरो मनको दोस्रो देश’ नामक नयाँ अभियान शुरू गरेको छ । नजिक आइरहेको य…
फुडिप्लेसले ल्यायो नौलो तरिकाले फुड अर्डर गर्न मिल्ने एफएनबी प्रणाली
फुडीप्लेसले रेस्टुरेन्टमा नौलो तरिकाले फुड अर्डर गर्न मिल्ने एफएनबी प्रणाली ल्याएको छ…
गरिमा विकास बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
गरिमा विकास बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइ…
‘अनर अफ किङ्ग्स’ मोबाइल गेममा ‘अनुपयुक्त’ सामग्री राखेपछि टेन्सेन्टलाई मुद्दा
चिनियाँ कार्यकर्ताले टेन्सेन्टलाई ‘अनर अफ किङ्ग्स’ नामक मोबाइल गेममा ‘अनुपयुक्त’ साम…
यसरी अन्य ग्यास सिलिन्डरलाई अक्सिजन सिलिन्डर बनाउँदै छ राष्ट्रिय आविष्कार केन्द्र
राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न ग्यासको लागि प्रयोग भइरहेका सिलिन्डरलाई अक्सिजन भर्…
इन्टरनेट पनि अत्यावश्यक सेवामा, यी २५ सेवामा हड्ताल गर्न नपाइने
सरकारले इन्टरनेट सेवालाई पनि अत्यावश्यक सेवामा समावेश गरेको छ । सरकारले यही जेठ …
एनआईसी एशिया बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनला…
उज्वल थापा जसले सुरु गरेका थिए ‘आन्टरपेनर फर नेपाल’
विवेकशिल पार्टी निर्माण गरेपछि उज्वल थापा युवाहरुबीच लोकप्रिय बने । जब उनले मुलुकको राजनीतिको आमूल परिवर्तन गर्नुप…
सूचना प्रविधि उद्यमी उज्वल थापाको निधन
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थाप…
जेनेस र युकेएड सीपको सहकार्यमा आईओईमा शुरू भयो अमेजन वेब सर्भिसेज एकेडेमी
अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठा…
अनलाइनबाटै निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउँदै फेस्ट, यसरी हुनुहोस् सहभागी
कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एज…
राष्ट्रिय आविष्कार केन्द्र र टेलिमेडिसन सेन्टरलाई डिशहोमको निःशुल्क इन्टरनेट
राष्ट्रिय आविष्कार केन्द्रमा डिशहोमले निःशुल्क इन्टनेट जडान गरी दिएको छ । डिशहोमले आ…
के तपाईले कोभिड १९ विरूद्धको खोप लगाउनु भएको छैन् ? अनलाइनबाटै यसरी भर्नुहोस् फारम
कोरोना भाइरसको खोप नलगाएका व्यक्तिहरूले अब अनलाइनबाटै फारम भर्न सक्ने भएका छन् । स्…
चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउँदै जापान
जापानले चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउने भएको छ । जापानको एरोस्पेस …