समाचार
नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरू हुँदै
लैङ्गिक समानताका लागि भारतीय सुनिल जागलनले सुरु गरेको दुई अभियान ‘सेल्फी विथ डटर’ तथा ‘डटर्स नेम प्लेट’ ले भारतमा धेरै ख्याती कमायो ।
महिला शसक्तिकरण तथा लैङ्गिक समानताको मूल मर्म बोकेका यी दुई अभियानलाई हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले र पूर्व राष्ट्रपति प्रनब मुखर्जीको फाउण्डेसनले समेत अगाडी बढाइरहेको छ ।
नेपाल र भारतबीच पहिलेदेखि नै दरिलो सम्बन्ध रहिआएको कारण दुई मुलुकबीच एक अर्काले उठाउने नारा तथा अभियानले एकअर्कोमा संस्कृतिक परिवर्तन ल्याउन सघाउ पुर्याउँदै आइरहेको छ । यहि कुरालाई मध्यनजर गर्दै अब नेपालले पनि यी दुई अभियानलाई औपचारिक रुपमा अगाडी बढाउने भएको छ ।
यसबीच हालै नेपाल इन्टरनेट फाउण्डेसनका संस्थापक अध्यक्ष बिक्रम श्रेष्ठ र सेल्फी विथ डटर्स, भारतका निर्देशक सुनिल जागलनबीच गएको शुक्रबार एमओयूमा हस्ताक्षर भएको छ ।
उक्त अवसरमा सुनिल जागलनले सुरु गरेका ती दुबै महत्वपूर्ण अभियानलाई नेपालीहरुले पनि उत्तिकै रुचाएको र यस कुरालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पूर्व राष्ट्रपति प्रनब मुखर्जीले समेत प्रशंसा गरेका थिए ।
डटर्स नेम प्लेट अभियानलाई हाल हरियाणा लगायत भारतका विभिन्न राज्यहरुले समेत अगाडी बढाइरहेका छन् ।
दुबै अभियानबाट प्रभावित भए पछि फाउण्डेसनका संस्थापक श्रेष्ठले सर्पञ्च सुनिल जागलनलाई आफै भेटेर एमओयू हस्ताक्षर गर्दै दुबै अभियानलाई नेपालमा पनि यहिँको निमयभित्र बसेर अगाडी बढाउने बताउदै प्रतिबद्धता जाहेर गरेका हुन् ।
फाउण्डेसनले अभियान अगाडी बढाउने क्रममा विभिन्न सिरिज इभेन्ट समेत आयोजना गरेर लैजाने संस्थापक श्रेष्ठले जानकारी दिएका छन् ।
नेपाल इन्टरनेट फाउण्डेसन अर्थात् एनआईएफले समाज, सामाग्री, अनुसन्धान तथा प्रविधिका क्षेत्रमा भएका खाँडललाई पुर्ने अवधारणा तथा कार्यक्रमहरुलाई समर्थन गर्दै आईरहेको छ ।
फाउण्डेसनले इन्टरनेट तथा सञ्चारको प्रयोगलाई बढाउन विभिन्न व्यक्ति, समुदाय, सरकार, गैर तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था लगायतसँग मिलेर काम गरिरहेको छ ।
साथै यसले इन्टरनेट गभर्नेन्स, डिजिटल शिक्षा तथा सामाजिक शसक्तिकरणका लागि योगदान समेत दिदैँ आइरहेको छ । हाल फाउण्डेसनले यी दुई अभियानमार्फत देशमा महिलाहरुको शसक्तिकरणलाई बढाउने उदेश्य लिएको छ ।
नेपालमा पनि ९ जूनलाई सेल्फी विथ डटर डेका दिनमा मनाउन श्रेष्ठले सुनिल जागलन र उनको टिमलाई निमन्त्रणा दिएका छन् । नेपालमा पनि यो अभियान निकै लोकप्रिय हुने श्रेष्ठको भनाई छ ।
नेपालमा यस अभियानलाई वूमन आन्टप्रिनियर्स असोसिएशन नेपाल र जेसीआई बुढानिकलण्ठले सहयोग गर्ने बताइएको छ ।
समाचार
नेपालमा पब्जी मोबाइल च्याम्पियनशिप हुँदै, रजिष्ट्रेसन खुल्ला
नेपालमा ‘पब्जी मोबाइल च्याम्पियनशिप २०२१’ आयोजना हुने भएको छ । उक्त पब्जी मोबाइल च्…
एप्पलले भन्योः ‘चार्जर बिना आइफोन बेच्न थालेपछि ८ लाख ६१ हजार टन धातु जोगायौँ’
एप्पलले चार्जर बिना आइफोन बेच्न थालेपछि ८ लाख ६१ हजार टन धातु जोगाएको बताएको छ ।…
रमाइलो तरिकाले सामान र सेवा प्रवर्द्धन गर्ने प्लेटफर्मः कबाडी डटकम
रमाइलो र ठट्टा तरिकाले सामान र सेवा प्रवद्र्धन गर्नका लागि सामाजिक कर्मस प्लेटफर्म कब…
गूगल क्रोमको नयाँ भर्सन सार्वजनिक, डिफल्ट ब्राउजर एचटीटीपीको सट्टा एचटीटीपीएस रहने
गूगलले क्रोमको ९० भर्सन सार्वजनिक गरेको छ जसमा डिफल्ट ब्राउजर एचटीटीपीको सट्टा एचटी…
एलजीले सामसङलाई ओएलइडी प्यानल बेच्ने
सामसङले अर्का वर्ष एलजीसँग मिलेर ओएलईडी टिभी बनाउन सक्ने भएको छ । यसले अडियो भिज…
गूगलले सार्वजनिक गर्यो नयाँ सर्च सर्टकट, सर्च रिजल्टलाई सजिलै परिष्कृत गर्न सकिने
गूगलले नयाँ सर्च सर्टकट सार्वजनिक गरेको छ जसले सजिलै सर्च रिजल्टलाई परिष्कृत गर्न मद्…
एनसेलसँगको सहकार्यमा सामसङको अफर, फिचर फोन फोरजी स्मार्टफोनसँग साट्न सकिने
एनसेलसँगको सहकार्यमा सामसङले एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरम…
एनएमबि बैंकको ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने
एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक हो …
दूरसञ्चार सेवा राम्रोसँग नियमन गर्न नसके विभेद झन् बढ्ने निश्चित छः मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले नेपालको दूरसञ्चार क्षेत्रको…
रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-एण्ड गेम्स’ सार्वजनिक
रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-एण्ड गेम्स’ सार्वजनिक भएक…
स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार
नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि जिएस…
मेटलाइफका ग्राहकले अब अनलाइनबाटै बिमा दावी गर्न सक्ने
मेटलाइफका ग्राहकले अब अनलाइनबाटै बिमा दावी गर्न सक्ने भएका छन् । मेटलाइफ नेपालले …
जमलमा सर्यो नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय जमलमा सरेको छ । बैशाख २ गतेदेखि प्राधिकरणको …
नबिल बैंकको मोबाइल बैंकिङ एपमा अब एक भन्दा बढी कार्ड इन्टिग्रेट गर्न मिल्ने
नबिल बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवाको शुरुवात गरेको छ …