कीवर्डहरू -

समाचार

वैदेशिक राेजगारीमा जानेहरूकाे बीमा शुल्क अब खल्तीबाटै तिर्न सकिने

वैदेशिक राेजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् ।

वैदेशिक राेजगार विभागले वैदेशिक राेजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेकाे छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्याेति लाईफ इन्स्याेरेन्ससँगकाे सहकार्यमा माेबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेकाे छ ।

यसरी बीमा गरेपछि राेजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले बेहाेनेर्छ । म्यानपावर कम्पनी र राेजगारीमा जाने व्यक्तिहरु यस्ताे बीमा रकम स्वयंले गर्नुपर्छ । सामान्यतया म्यानपावर कम्पनीहरूले बीमा गर्दा सामुहिक रुपमा जीवनको बीमा गर्छन् ।

बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेकाे वैदेशिक राेजगार विभाग बीमा (DOFE Insurance) मा ट्याप गरेर आफ्नाे पासपाेर्ट नम्बर लगायतका विवरण भर्नुपर्छ । मागेकाे विवरण सबै भरेपछि ताेकिएकाे शुल्क खल्ती एप वा Khalti.com बाट भुक्तानी गर्न सकिन्छ ।

शुल्क भुक्तानी गरेपछि व्यक्तिकाे बीमा पाेलिसी तयार हुन्छ । त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सक्नेछन् । यसले वैदेशिक राेजगारीमा जानेहरूलाई निकै सहज हुने भएकाे छ।

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो ।

खल्ती वालेटको प्रयोग गरी ६० बढी बैंकमा पैसा पठाउन सकिनुका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। खल्तीका प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।

समाचार

एमएनएसले खरिद गर्‍यो हाम्रो बजार, नयाँ सीईओमा रोहित तिवारी नियुक्त

नेपालको लोकप्रिय इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड सेकर्स (एमएनएस) इन्भेष्टमेन्ट…

महाशिवरात्रीमा ग्यापुको अफर, एपबाट सामान खरिद गर्दा २०० छूट

लोकप्रिय नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसले महाशिवरात्रीको अवसरमा छुट तथा सामाजिक…

प्रविधिमा महिलालाई सशक्त बनाउन ह्वावेले शुरू गर्‍यो वुमन डेभलपर्स प्रोग्राम

ह्वावेले आधिकारिक रूपमा ह्वावे वुमन डेभलपर्स प्रोग्राम (एचडब्लुडी) कार्यक्रम शुरू गरे…

८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

नेपालमा दुई करोड ४७ लाख  ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको …

एडभान्सड क्लाउड इन्क्रिप्सनमा काम गर्दै इन्टेल

इन्टेलले डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीको रुपमा द डेटा प्रोटेकसन इन भर्चुअल…

मकवानपुर प्रहरीले फेला पार्‍यो हराएका २२ थान मोबाइल, सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

बिभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका २२ थान मोबाइल जिल्ला प्रहरी कार्यालय मकवा…

इसेवाको आइडी ह्याक गरेर ठगी गर्ने एक युवक पक्राउ

अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्र…

इसेवाको आइडी ह्याक गरेर ठगी गर्ने एक युवक पक्राउ

अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्र…

नेपाल बैंक कर्मचारीकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने 

नेपाल बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती …

पठाओका महिला राइडरको औसत कमाई मासिक करिब तीस हजार

अन्तरास्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जन…

स्याटेलाइट प्रक्षेपण कार्य अध्ययनका लागि छानिए ५ कम्पनी

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रक्ष…

‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार गर्दै नेपाल क्लियरिङ हाउस

‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार आयोजना हुने भएको …

स्याटेलाइट सम्बन्धि अध्ययन गर्न पाँच कम्पनी छनोट

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्…

दोलखामा नेपाल टेलिकमको फोरजी विस्तार

दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा …

कुमारी बैंकको डिजिटल च्यालेन्ज, आईफोन १२ सँगै सामसङको ट्याब जित्ने मौका

डिजिटल कारोबार प्रवर्द्धन गर्ने उदेश्यले कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ नामक योजना…