कीवर्डहरू -

समाचार

मेगा बैंकमा बचत खाता खोल्दा एनसेलको सीम निःशुल्क पाइने

मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् ।

‘शुन्य मौज्दात’ मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरु सहितको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।

बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथीभाई र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो अफर ल्याएको जनाएको छ ।

मेगा बैंक र एनसेलको यो सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ् बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिम कार्ड नयाँ खाता खोल्ने ग्राहकहरूका साथसाथै यो निक्षेप योजना अन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ्ग सुविधा उपभोग गर्ने ग्राहकहरुलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ ।

साथै, यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ्ग र मेगा अनलाइन बैंकिङ्गको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ ।

यस ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकहरुले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक एक सय रुपैयाँ मात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेज सहितको सेवाको निरन्तरता हुनेछ ।

यो सेवाको उपभोगसँगै आम ग्राहकहरुले कम लागतमा सञ्चार प्रविधिमा पहुँच, बचतमा प्रोत्साहन एवं डिजिटल प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विस्तारमा समेत योगदान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

समाचार

क्यान महासंघ र सुचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरुबीच अन्तर्क्रिया सम्पन्न

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सुचना तथा संचार प्रविधि…

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापा…

प्रभु बैंकले सञ्चालनमा ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा

प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको …

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित …

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू…

निमा एकेडेमी र विस्टिम बीच सहकार्य

निमा एकेडेमी र विस्टिम (वुमन इन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स एण्ड म्याथम्या…

गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्ने

गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्न सक्ने भएको छ । गूगलले ने…

बाल यौन दुर्व्यवहार रोक्न आईफोनमा नयाँ फिचर आउँदै

एप्पलले बाल उत्पीडन रोक्न आईफोनमा नयाँ फिचर ल्याउने भएको छ । एप्पलले मेसेज, फोटोज …

कार्यस्थलमा लैगिंक असमानता भएको एप्पलकी वरिष्ठ कर्मचारीको आरोप

एप्पलकी वरिष्ठ कर्मचारी आस्ले जिजोभीकले कार्यस्थलमा लैगिंक असमानता भएको आरोप लगाएकी…

टेलिकमको सीयुजी सेवामा आवद्ध सदस्यले के के पाउँछन् सुविधा ?

नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा…

काठमाडौं मेडिकल कलेजले शुरू गर्‍यो रोबोटिक सर्जरी सेवा, अब रोबोटको सहायताबाट अप्रेसन

काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलोपटक रोबोटिक सर्जरी सेवा शुरू गरेको छ । अस्प…

फर्च्युन ग्लोबलको ३३८ औं स्थानमा साओमी

साओमी सन् २०२१ को फर्च्युन र्याङ्किङमा ३३८ औँ स्थानमा उक्लिएको छ । लगातार तेस्रो वर्ष …

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ !

पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका …

रोल्पाका डाँडामा फोन गर्न रुख चढ्नुपर्ने

निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फ…

काठमाडौंमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउ…