समाचार
नागरिक एपको फुल भर्सन सार्वजनिक, यस्ता छन् फिचर
आइतबार सरकारले डिजिटल नेपालमा सबैभन्दा ठूलो परियोजनाका रुपमा दिएको नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको छ ।
आइतबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको असरमा बेटा भर्सन ल्याएको झन्डै साढे तीन महिनापछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले उक्त एपको फुल भर्सन सार्वजनिक गरिको हुन् ।
सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाटै दिने उद्देश्यले गत माघ २ गते ‘नागरिक एप’ सार्वजनिक गरेको थियो । नागरिक एप सार्वजनिक भएको हप्तादिन नहुँदै ३ लाख भन्दा बढिले एप डाउनलोड गरिसकेका थिए ।
बेटा भर्सनमा रहेका समस्याहरुलाई समाधान गरेर एप सार्वजनिक गरेको मन्त्री गुरुङले बताएका छन् । चर्चासँगै डेटा सेक्युरिटीको बारेमा धेरैको चासो रहेको थियो । पूर्ण तयारीविना महत्वपूर्ण सूचना रहेको एप सार्वजनिक गरेको भनेर आलोचनासमेत भएको थियो ।
प्रायः प्रयोगकर्ताले एपमा खाता खोल्न नसकेको, एप क्र्यास हुने, प्रमाणीकरण गर्न नसकेको, शैक्षिक विवरण फेला नपरेको, स्मार्ट सीमबाट दर्ता हुन् नसकेको गुनासो गरेका थिए ।
परीक्षणको रुपमा नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको सरकारले सुरुमा यसमा ९ ओटा सेवाहरु समावेश गरेको थियो ।
पछि एपमा अन्य सेवाहरु थप गर्दें लैजाने सरकारको योजना थियो । हाल एप मार्फत् प्यान, नागरिकता, राहदानी, शैक्षिक विवरण, मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषको जानकारी लिन सकिन्छ । साथै एप मार्फत् नै गुनासो समेत दर्ता गराउन सकिने व्यवस्था छ ।
एपबाटै नयाँ प्यान नम्बर समेत लिन सकिने छ । अब सरकारी सेवा लिनको लागि नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट एपले अन्त्य गरिदिएको दावी सरकारको छ ।
के हो नागरिक एप ?
विश्व नै डिजिटाइज भइरहेको बेला सरकारले पनि आफ्ना सेवाहरु डिजिटल रुपमा अनलाइनबाटै उपलब्ध गराउने गरी ‘नागरिक एप’ सार्वजनिक गरेको हो ।
हरेक सरकारी सेवा लिन छुट्टा छुट्टै मोबाइल एप प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न र सबै सराकारी सेवाहरु एउटै एपबाट दिन सकियोस् भनेर सरकारले नागरिक एप सञ्चालनमा ल्याएको हो ।
राजश्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता सरकारी कार्यालय जानै नपर्ने गरी सहज बनाउने छ । हरेक नेपालीले सहजै प्रयोग गर्न सक्ने गरी नागरिक एप तयार पारिएको सरकारको दावी छ ।
अहिले सरकारका विभिन्न निकायसँग नागरिकको पहिचान गर्न सक्ने डिजिटल विवरण छन् । जस्तै गृह मन्त्रालयसँग २ करोड भन्दा बढी नागरिकताको विवरण छ । औंठा छाप र फोटो सहितर १ करोड ५५ लाख नागरिकको जानकारी निर्वाचन आयोगसँग छ । ६५ लाख भन्दा बढीको पासपोर्टको जानकारी राहदानी विभागसँग छ ।
यी तिनै स्थानमा रहेको विवरणलाई प्रयोग गरी नागरिक एपमा नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा यसमा राष्ट्रिय परिचयपत्रलाई समेत जोड्ने सरकारको योजना रहेको छ ।
सरकारी सेवा सुविधा लिदा कागजपत्र बुझाउनुपर्ने झन्झट अन्त्य गर्न एपले स्वाचालित रुपमा आवश्यक विवरण लिने पुष्टि गर्ने काम गर्नेछ । नागरिकले आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता कागजात साथमा बोकेर हिड्नु पर्ने झन्झट एपले अन्त्य गरिदिने बताइएको छ ।
उदाहरणका लागि एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न सक्ने प्रकिया थाल्न सकिन्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा एपमै उपलब्ध हुने छन् । नागरिक एपमा कुनै विवरण भर्नु वा अपलोड गरिरहनु पनि पर्दैन ।
सरकारका विभिन्न निकायसँग भएका तपाईका प्रमाणीत विवरण एपले स्वाचालित रुपमा रुजु गर्छ । जसले गर्दा फेरबदल वा किर्ते गर्ने सम्भावना पनि नहुने बताइएको छ ।
नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरु समेटिने छन् । यसले नागरिकको सहजता, सुशासन, भ्रष्टाचार न्यूनिकरण र सरकारको सञ्चालन खर्च कटौतीमा समेत ठूलो टेवा पु¥याउने विश्वास रहेको छ ।
कत्तिको सुरक्षित छ नागरिक एप ?
नागरिक एपमा अकाउन्ट बनाउन आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट मात्रै नागरिक एपमा अकाउन्ट बनाउन सकिन्छ ।
अकाउन्ट बनाउँदा राखेको मोबाइल नम्बरमा एक पटक मात्रै प्रयोग गर्न सकिने वन टाइम पासवर्ड (ओटीपी) कोड आउँछ । यदी उक्त ओटीपी कोड नराखेमा एपभित्र प्रवेश गर्न सकिदैंन ।
उक्त ओटीपी कोड राखेपछि आफ्नो नागरिकता, पासपोर्ट वा मतदाता परिचयपत्रको विवरण राखेर एपभित्र प्रवेश गरी सेवा प्रयोग गर्न सकिन्छ ।
फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्तै नागरिक एपमा पनि ‘टु फ्याक्टर अथेन्टिकेसन’ सुविधा राखिएको छ । सरकारसँग भएका नागरिकका सबै विवरणहरु सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको डेटा सेन्टरमा सुरक्षित राखिएका छन् ।
राष्ट्रिय परिचयपत्र तयार भएपछि एपमा बायोमेट्रीक सुरक्षा प्रणाली समेत थपिने छ । तीन वटा पक्षबाट स्वतन्त्र रुपमा नागरिक एपको सेक्युरिटी टेस्टिङ समेत गरिएको छ ।
सरकारी निकायमा रहेका नागरिकका विवरणहरु एपमा भने रहने छैनन् । विभिन्न सरकारी निकायमा रहेका विभिन्न विवरणहरुलाई एपले एक आपसमा जोडेर सेवा लिन सहज बनाउँछ । कुनै सरकारी सेवा लिन आवश्यक विवरण सम्बन्धित निकायको प्रणालीमा यसले तत्काले रूजु गर्छ ।
एपमा जतिसुकै सुरक्षाको व्यवस्था भएपनि आफूसँग भएको पीन कोड र व्यक्तिगत जानकारी आफैले सुरक्षित राख्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । सकेसम्म नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र जस्ता व्यक्तिगत विवरणहरु अरुलाई नदिन समेत मन्त्रालयले अनुरोध गरेको छ ।
आफूले प्रयोग गर्ने मोबाइल नम्बर अरुको नाममा छ भने आफ्नो नाममा नामसारी गर्दा राम्रो हुन्छ । आफ्नो सीममा आएको ओटीपी कोड अरू कसैलाई पनि दिनुहुदैन । आफले प्रयोग गर्ने सीम कसको नाममा छ भनेर चेक गर्ने सुविधा समेत टेलिकम कम्पनीले दिएका छन् ।
८९२२३ डायल गरी आफूले प्रयोग गर्ने नेपाल टेलिकमको सीम कसको नाममा छ भनेर चेक गर्न सकिन्छ । त्यस्तै ८९९६६३ डायल गरी आफूले प्रयोग गर्ने एनसेलको सीम कसको नाम छ भनेर चेक गर्न सकिन्छ ।
कसरी प्रयोग गर्ने नगरिक एप ?
नागरिक एप प्रयोग गर्न शुरुमा गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोड गरेपछि एप खोलेर भाषा छनौट गर्नुहोस् र अकाउन्ट बनाउन अगाडी बढ्नुहोस् ।
अगाडी बढिसकेपछि आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् । याद राख्नुहोस् अरुको मोबाइल नम्बरबाट यो एपमा अकाउन्ट बनाउन सकिदैन् । त्यसकारण आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र अगाडी बढ्नुहोस् ।
यति गरेपछि एपले भर्खरै तपाईले राखेको मोबाइल नम्बर साथमा छ की छैन् भन्ने यकिन गर्न एसएमएस मार्फत् ६ अंकको कोड पठाउँछ । उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः अगाडी बढ्नुहोस् ।
अब आफ्नो मोबाइल नम्बर प्रमाणीत गराएजस्तै एपमा दर्ता हुन परिचयपत्रबाट आफ्नो विवरण समेत दर्ता गराउनुपर्ने हुन्छ । त्यसका लागि नागरिकता, राहदानी वा मतदाता परिचयपत्र मध्ये कुनै एक विकल्प छनौट गर्नुहोस् र त्यसको विवरण भर्नुहोस् ।
उदाहरणका लागि नागरिकता छान्नुभयो भने त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडी बढ्नुहोस् ।
यदी तपाईले उल्लेख गरेको विवरण गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ । त्यससँगै एउटा फाराम खुल्छ र त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडी बढ्नुहोस् ।
यति गरेपछि नागरिक एपमा तपाईको दर्ता प्रक्रिय पुरा हुन्छ । अब एपमा पीन कोड राखेर एपमा उपलब्ध सेवा प्रयोग गर्न सकिन्छ ।
समाचार
अनलाईनमार्फत् लाखौं पैसा उठाएर आईपीएलको सट्टेबाजी गर्ने युवक पक्राउ
अनलाईनमार्फत् आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा…
नेटफ्लिक्समा सफ्फल प्ले फिचर आउँदै
नेटफ्लिक्सले सफ्फल प्ले फिचर ल्याउने भएको छ । यसले प्रयोगकर्ताको वाच हिस्ट्री याद गरेर…
फेसबुक मार्केटप्लेसका एक बिलियन प्रयोगकर्ता
फेसबुक मार्केटप्लेसका एक बिलियन प्रयोगकर्ता भएका छन् । फेसबुकले ईकमर्सको फिचर दिन थ…
एनआइसी एसियाको कार्डबाट ग्यापुमा किलमेल गर्दा १५ प्रतिशत क्यासव्याक पाइने
एनआइसी एसिया बैंकको कार्ड प्रयोग गरेर ग्यापुमा सामान किन्दा ग्राहकहरुले १५ प्रतिशतसम्म क्यासव्याक पाउने भएका छ…
घरको वाइफाइ कसरी सुरक्षित राख्ने ? नियामक निकायका छ सुझाब
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रयोगकर्ताहरुलाई साइबर सुरक्षाका उपायहरु अपनाएर इन्टरनेट प्रयोग ग…
इकमर्स प्लेटफर्म रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने
इकमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । साथै,…
रोबोटबाट प्रधानमन्त्री ओलीले उद्घाटन गरे सूचना प्रविधि भवन
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि भवनको उद्घाटन गरेका छन् । शुक्रबार ओलीले…
टेलिग्रामले लञ्च गर्दै भिडियो कन्फेरेन्सिङ फिचर
टेलिग्रामले मेमा भिडियो कन्फेरेन्सिङ फिचर लञ्च गर्ने भएको छ । यसले प्रयोगकर्ताहरुलाई…
पेन्सन खाता नवीकरण गर्न अब ६-६ महिनामा बैंक जान नपर्ने
पेन्सन खाता नवीकरण गर्न अब ६-६ महिनामा बैंक जान नपर्ने भएको छ । सरकारले असार मसा…
आरबीबी मोबाइल बैंकिङ महामेलामा ९ जना विजयी, थाइल्याण्ड भ्रमणदेखि मोबाइल फोनसम्म पुरस्कार
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलामा ९ जना विजयीहर…
देशभर १२ स्मार्ट सिटी बनाउने प्रक्रिया अगाडि बढ्यो, कहाँ कहाँ बन्दै छन् ?
सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको…
पहिलो त्रैमासिकमा ह्वावेद्वारा १५२.२ बिलियन युआन राजस्व संकलन
ह्वावेले सन् २०२१ को पहिलो त्रैमासिकको लागि आफ्नो व्यापार परिणामको घोषणा गरेको छ ।…
नेपालकाे पहिलाे विद्युतीय यात्री माेटरसाइकलकाे बुकिङ खल्तीबाटै गर्न सकिने
नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री माेटरसाइकलकाे बुकिंग खल्ती डिजिटल वालेटबाट…
निषेधाज्ञामा ग्यापुले सुरु गर्यो फलफूल तरकारी तथा अत्यावश्यक बस्तुको नि:शुल्क डेलिभरी
लोकप्रिय नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्य…
भायानेटले ग्राहकलाई दियो यस्ता सुझाब, मोबाइल एप र डिजिटल भुक्तानी प्रयोग गर्न आग्रह
निषेधाज्ञाको बेला भौतिक उपस्थितिभन्दा आफ्नो मोबाइल एप र कम्पनीले उपलब्ध गराएका भुक्तानी प्रणालीको प्रयोग गर्न इन्टरनेट …