कीवर्डहरू -

समाचार

नागरिक एप बनाउन सरकारको एक  रुपैयाँ पनि खर्च भएको छैन– प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली 

नागरिक एप बनाउन सुरुदेखि काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अलीले नागरिक एप बनाउन नेपाल सरकारको एक रुपैयाँ पनि खर्च नभएको बताएका छन् ।

शनिबार डिजिटल संवादमा सहभागीहरुको प्रश्नमा उनले नेपाल सरकारले एप बनाउन एक रुपैयाँ पनि खर्च नगरेको बताए ।

‘एक जना सहभागीले यो एप बनाउन एक करोड ४० लाख खर्च गरेको भनेर प्रश्न गर्नु भएको छ,’ अलीले भने, ‘यसमा इन्टेरेष्टिङ कुरा छ, यो एप बनाउन नेपाल सरकारको एक रुपैयाँ नि खर्च भएको छैन् ।’

नेपाल सरकारले नागरिक एप सार्वजनिक गरेको आजको दिनसम्म सरकारको एक रुपैया पनि खर्च नभएको बताए ।

यो एप बनाउन एक टिमले कन्सेप्ट दिएको र त्यो कन्सेप्टलाई नेपाल सरकारले विभिन्न कम्पनीमा टेस्टिङ गरेर त्यसलाई कार्यान्वयनमा ल्याएको छ।

यो एप सञ्चालनको लागि निर्देशिका तयार गरिएको छ । पहिले निर्देशिकामा प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेर नागरिक एप सञ्चालन हुने भन्ने उल्लेख भए पनि दुई हप्ताअघि निर्देशिका परिवर्तन भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहने भएको छ ।

यही निर्देशिकाअनुसार नै सरकारी सेवा सुविधा एपमार्फत दिने व्यवस्था छ  ।

प्राविधिक रुपमा यसको सञ्चालन (होस्ट) र पूर्ण स्वामित्व हुनेगरी राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि केन्द्र (एनआइटिसी)मा रहने छ ।  यसको लागि केन्द्रले ८ देखि १० जनाको टिम खटाएको छ ।

यसको सफ्टवयर डेभलपमेन्टको लागि आउट सोर्स गरेको छ र कम्पनीले डेभलप गरेको सफ्टवयरलाई केन्द्रको सफ्टवेयरमा अपलोड गर्ने गरेको छ । यो नेपाल सरकारले स्वामित्व लिएको प्रविधि हो ।

यो एपलाई तीनवटा कम्पनीले अडिट गरेका छन् । यसमा प्रयोग भएका डाटा स्रोत सम्बन्धित निकाय नै रहने व्यवस्था छ । यो एप आफैमा रहने भन्ने होइन ।

जस्तो कि नागरिकता विवरण गृह मन्त्रालयबाट लिन्छ भने शैक्षिक विवरण सम्बन्धित शैक्षिक संस्थाबाट । त्यसैले यसले सम्बन्धित आधिकारित निकायमा रहेको डाटालाई लिंक गर्ने मात्र काम गर्ने हो ।

यसमा नीति नियममा परिवर्तन गर्न, प्रशासनिक काम गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आइटी महाशाखाले हेर्छ । जसको नेतृत्व मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले गरेका छन् ।

कार्यक्रममा नागरिक एप फिचर र आगामी दिनमा यसमा थपिने सुविधाको बारेमा बताएका थिए ।

उनले तीनवटा फेजमा काम गर्ने बताए । अवको एक वर्षमा डाटा क्लिननेसमा काम गर्ने, दोस्रो चरणमा इन्टिग्रेसनमा र तेस्रा चरणमा पूर्ण रुपमा कार्यान्वयनमा लैजाने बताए ।

अहिलेसम्म नागरिक एपमा राखिएका सेवाबाट राम्रो प्रतिफल आएको पनि उनले बताए ।

एक सफल कामको रुपमा प्यान नम्बर वितरण रहेको भन्दै यो एप सार्वजनिक भएको तीन महिनामा १० हजार जनाले स्थायी लेखा नम्बर (प्यान) लिएको जानकारी गराए ।

त्यसैगरी, नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको छ । ‘नागरिक एपमा यी दुई कुरा सफलताका उदाहरण हुन,’ उनले भने, ‘यही सफलतालाई आधार मानेर थप सुविधाहरु थपिदै छ ।’

त्यसैगरी, उनले नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने बताए ।

अलीका अनुसार केही समयभित्र खानेपानी विल तिर्नेदेखि यातायात कार्यालयको कर तिर्नेसम्मको नयाँ फिचर ल्याउन लागेको बताए ।

यसको सुरुवात बागमति प्रदेशबाट सुरु हुने उनले बताए । केही समयभित्रै बागमति कार्यालयहरुको यातायात कार्यालयमा कर तिर्ने सुविधा नागकिर एपबाट गर्न लागेको उनले बताए ।
साथै, वार्षिक र अर्थवार्षिक कर तिर्न यसैबाट गरिने उनले बताए । मालपोतका काम पनि यसैबाट हुने बताए ।

त्यस्तै, विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालयका शैक्षिक विवरण पनि यस एपमा जोडिन लागेको उनले जानकारी गराए ।

गत माघ २ गते बेटा भर्सनको रूपमा नागरिक एप सार्वजनिक भएको थियो भने बैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा फुल भर्सन सार्वजनिक भएको थियो ।


समाचार

‘महिलाहरु डिजिटल प्लेटफर्म प्रयोग गरी घरैबाटै काम गरेर आय आर्जन गर्न सक्छन्’

वुमन इन इनफोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले ‘महिला उद्यमीहरूका लागि डिजिटल परि…

म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर

फेसबुकले म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर ल्याएको छ । यसमा एकदमै…

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमितलाई निःशुल्क डाक्टरको परामर्श उपलब्ध गराउने

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेकालाई चिकित्स…

जुम मार्फत सञ्चालन भएको निफमा चलचित्र उद्योगमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक छलफल

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोश्रो दिन आज चलचित्र उद्य…

शनिबार ‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद हुँदै

‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ…

ह्वावेद्वारा प्रविधि प्रतीको विश्वास पुनःस्थापना गर्न सार्वजनिक-निजी क्षेत्र सहयोगका लागि आह्वान 

विश्वभरका वर्तमान र भविष्यका लिडरहरूको वार्षिक भेला हुने सेन्ट गलेन सिम्पोजियमले ५०…

बालबालिका उत्पीडन रोक्न टेक्नोलोनी कोआलिएसनसँग टिकटकको सहकार्य

टिकटकले बालबालिका प्रति उत्पीडन रोक्नका लागि टेक्नोलोनी कोआलिएसन संस्थासँग सहकार्य …

टिकटक बनाउने क्रममा भीरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु

टिकटक बनाउने क्रममा उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका …

गूगलको पिक्सेल बड ए सिरिजको जानकारी लिक

गूगलले आफ्नो पिक्सेल बड ए सिरिजको बारेमा आफै लिक गरेको छ । आधिकारिक एन्ड्रोइड ट्वी…

लकडाउनमा पनि मोबाइल र ल्यापटपको सोधपुछ उस्तै, आवश्यक ग्राहकलाई होम डेलिभरी 

लकडाउनका कारण अत्यावश्यक सामानबाहेकको बजार बन्द छ । यही बेला ‘वर्क फ्रम होम’ र स्कुल कलजेका अनलाइन कक्षा सञ्चालन भइर…

आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृति लिन सकिने

वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत …

अनलाइनबाट शुरू भयो निफको चौथो संस्करण, अनुराग कश्यपले सुनाए यस्तो अनुभव

काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय चलचित्र महो…

इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट इसेवामा पैसा पठाउन सकिने

इसेवा मनि ट्रान्सफर र अष्ट्रेलिया को रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच…

यी हुन गत वर्ष नेपालमा भएका १० इनोभेटिभ काम 

कोरोना भाइरसको डरै डरमा २०७७ साल बित्यो । कोरोनाको जोखिमबीच गत वर्ष सकिएपनि आवि…

स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सुरक्षित रुपमा ल्याण्ड हुन सफल (भिडियोसहित)

स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सफलतापूर्वक ल्याण्ड गरेको छ । स्पेसएक्सको …