कीवर्डहरू -

समाचार

अब हाट बजार एपबाटै कृषि उत्पादन खरिद बिक्री गर्न सकिने

गाँउमा कृषकको उत्पादनले बजार नपाएको र शहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाउँदा कृषि जन्य सामानहरू महँगो परेको समाचारहरू दैनिक रुपमा हामीले सुन्दै आएका छौ ।

देशको अर्बौँ रुपैयाँ कृषि जन्य आयतमा बाहिरिएको यथार्थ हामी सबैलाई अवगत नै छ । सो अवस्थालाई केही हद सम्म सुधार गर्न मोबाइल एप ‘हाट बजार’ सार्वजनिक भएको छ ।

यस हाट बजार एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोकी त्यसको विवरणहरू जस्तै फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभेरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्नेछन् ।

यसरी किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक  गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरिद गर्न सक्छन् ।

किसानहरूले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशु पन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामाग्री र खेतीको लागी जग्गा भाडामा लिन दिन परेमा निःशुल्क यो एपमा बेच्न राख्न सकिन्छ ।

कृषकले बेच्न राखेका सामानहरू तुरुन्त सबै हाट बजार एप प्रयोगकर्ताहरूलाई ‘कस्ले के बेच्न राख्यो’ भनेर नोटिफिकेशन जान्छ र यसले कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

जस्तै जुम्लामा भएको स्याउ कसैले यस एपमा बेच्न राखेमा उक्त सूचना देशभरी रहेका हाट बजार एप प्रयोगकर्तामा पुग्ने भएकाले स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ ।

हाट बजार एपका प्रयोगकर्ताहरुले आफूलाई चाहिएको सामानहरू आह्वान गर्न सक्छन । जस्तै भैंसी किन्नु पर्‍यो, २० केजी टिमुर चाहियो, तरकारीबालीको लागि खेत भाडामा चाहियो, ट्याक्टर भाडामा लिन दिन आदि । जसले गर्दा समय, यातायातको खर्चमा बचत भई व्यापार बढाउन सहयोग गर्ने बताइएको छ ।

यो एपमार्फत किन्ने र बेच्नेहरु नै एक आपसमा सिधै सम्पर्क गरेर कारोबार गर्ने भएकाले गुणस्तर र मूल्य आफैले तय गरेर पूर्ण भरोसाका साथ लेन देन गर्न सक्छन् । अरु कसैलाई बिचमा कमिसन पनि दिन नपर्ने भएकोले यो एपको भरपूर प्रयोग गरेर फाईदा लिन सकिने सकिने छ ।

यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, विक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषि सम्बन्धि समाचार पढ्न, भिडियोहरु हेर्न, एफएमहरु सुन्न र सोसियल मिडियामा पनि शेयर गर्न सकिने जस्ता फिचरहरु राखिएको छ ।

ट्राभहिल डटकम प्रालि मार्फत हाट बजार एप बजारमा आएको हो । हाट बजार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ ।

एन्ड्रोइड प्लेटफर्ममा हाटबजार एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएस प्लेटफर्ममा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।


समाचार

बैंक अफ काठमाण्डूले ल्यायो प्रिपेड डलर कार्ड

बैंक अफ काठमाण्डूले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि बीओके इकम युएसडी प्रिपेड …

कामना सेवाद्वारा बुटवलका अटो व्यवसायीलाई क्यूआर सुविधा

कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएशन आ…

एप्पलको सिरीमा अब डिफल्ट आवाज नहुने

एप्पलको सिरीमा अब डिफल्ट आवाज नहुने भएको छ । एप्पलले सिरी सुरु गरेदेखि सिरीको आव…

पोर्सले कारमा एन्ड्रोइड अटो प्रयोग गर्ने 

पोर्सले सन् २०२२ को मोडेलमा एन्ड्रोइड अटो राख्ने भएको छ ।

डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु ग…

यती एयरलाइन्सको बोडिङपास अब ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि हुने

नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप र लोकप्रिय नेपाली इ‍कमर्स ग्यापुले यती एयरला…

साढे एकदिन सम्म ब्याट्री टिक्ने क्यासियोको पहिलो स्मार्टवाच सार्वजनिक

क्यासियोले वेयर ओएस भएको पहिलो जीशक स्मार्टवाच सार्वजनिक गरेको छ ।

दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गरिने

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु …

ग्रामीण विकास लघुवित्तको कोर बैंकिङ सिस्टम खरिद प्रक्रियामा अनियमितता भएको आशंका

ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको कोर बैंकिङ सिस्टम खरिद प्रक्रियामा अनियमितता भएको आशंका गरिएको छ । संस्थाको बोलपत्र स्वीकृत प्रक्रिया गैरकानू

अब हावाबाटै पानी पिउन सकिने

अबु धाबी(यूएई) मा हावाको मद्दतले पानी पिउन सकिने भएको छ ।

अमेरिकी आर्मीलाई माइक्रोसफ्टले  १ लाख २० हजार एआर यूनिट सप्लाई गर्ने

माइक्रोसफ्टले अमेरिकी आर्मीलाई एआर प्रविधि पठाउन दशवर्षको कन्ट्रयाक्ट पाएको छ ।

नेपाल बंगलादेश बैंकले ल्यायो एनबी अनलाइन कार्ड

नेपाल बङ्गलादेश बैङ्कले नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर…

अमेरिकी प्रतिबन्ध र कोरोना संकटको बाबजुद सन् २०२० मा ह्वावेको नौ अर्ब डलर बढि नाफा

ह्वावेले आफ्नो सन् २०२० को वार्षिक रिपोर्ट बुधबार सार्वजनिक गरेको छ ।

टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको नमस्ते पे जेठदेखि सञ्चालनमा आउने

नेपाल  टेलिकम र रााष्ट्रिय  वाणिज्य बैङ्कले  संयुक्त  रूपमा  ल्याउन  लागेको  मोबाइल…

१० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने दक्षिण एसियामा नेपाल तेस्रो मुलुक

नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भए…