समाचार
चार सहरमा फाइभजीको सम्भाव्यता अध्ययन हुने
सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तका अनुसार अति उच्च गतिको फाइभजीको व्यावहारिक प्रयोगका सम्भावनालाई समेत समेटेर अध्ययन गरिनेछ ।
अध्ययनको काम भने नेपाल टेलिकमले गर्नेछ । उनले काठमाडौँ, पोखरा, विराटनगर र वीरगञ्जमा यस्तो अध्ययन गर्ने सरकारको तयारी रहेको दिए ।
डिजिटल नेपाल कार्यक्रमले समेटेका कतिपय उद्देश्य पूरा गर्न फाइभजी प्रविधिको समेत आवश्यकता हुने भएकाले त्यससँगै जोडेर अध्ययन हुने उनले बताए ।
गत माघ २२ मा आयोजित कम्पनीको १७औँ वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्ष २०७७/७८ भित्रै फाइभजी परीक्षणका लागि टेलिकमलाई निर्देशन दिएका थिए ।
सोही कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइभजी सञ्चालनका लागि परीक्षण तथा अध्ययन गर्ने योजना उल्लेख गरेका थिए ।
त्यस्तै यसको व्यावसायिक सञ्चालनका लागि प्रारूप तयार गर्ने योजना रहेको पनि उनले बताएका थिए । विश्वमा केही विकसित देशले परीक्षणका रूपमा फाइभजी सुरु गरे पनि यसको पूर्ण व्यावसायिक प्रयोग भने भइसकेको छैन ।
सरकारले परीक्षणपूर्व नै त्यसमा हुने लगानी, लाभ र प्रयोगबारे स्पष्ट हुन अध्ययन गर्न खोजेको सहसचिव दत्तले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।
समाचार
एनआईसी एशिया बैंकले भित्र्याएको साइबरसोर्स प्रणाली अब आम व्यवसायीहरू माझ
एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी ग…
आज भारतबाट १० लाख डोज खोप आउँदै
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । …
सेनिटाइजरको अधिक प्रयोग खतरनाक
कोरोना महामारी (कोभिड–१९)ले 'ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयो…
सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मेसन’ प्रणालीमा लैजान माग
सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मेसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग …
सरकारले एक अर्ब खर्च गरेर इन्टरेनटमा आउने सामग्री फिल्टर गर्ने
सरकारले इन्टरेनटमा आउने सामग्रीलाई छानेर हटाउन वा नियन्त्रण गर्न सक्ने प्रविधि जडान …
ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने
फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभि…
एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा
एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले विभिन्न मोडेल र क्षमताक…
नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम
सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवान…
किसानको विवरण राख्न सफ्टवेयर तयार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आ…
अष्ट्रेलियामा गरेको समाचार प्रतिबन्ध बारे फेसबुकले दियो यस्तो प्रतिक्रिया
सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण (न्युज फिड) र साझा गर्ने विषयलाई सम्बोधन गर्…
ह्वाटसएपले प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर ल्याउने
ह्वाटसएपले केही दिन अघि ल्याउन लागेको प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर सार्वजनि…
यस्तो छ एन्ड्रोइड १२ को पहिलो डेभलपर प्रिभ्यू
गूगलले एन्ड्रोइड १२ अपरेटिङ सिस्टम (ओएस) को पहिलो डेभलपर प्रिभ्यू सार्वजनिक गरेको छ…
आगामी बिहिबार डिजिटल लर्निङ डे मनाइँदै, यस्तो छ कार्यक्रम तालिका
सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ द…
प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा…