कीवर्डहरू -

समाचार

अब अनलाइनबाटै बकुलहर रत्ननगर अस्पतालको टिकट लिन सकिने

सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट व्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा बकुलहर–रत्ननगर अस्पताल ले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ ।

टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो ।

अस्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमका बीच अनलाइनबाट टिकट लिन सक्ने प्रणालीको उद्घाटन गरे ।

सो अवसरमा उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउने क्रममा बिरामीको चापलाई मध्यनजर गरी अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरिएको बताए। उनले भने, ‘घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ उनले अगाडि भने, ‘हामी अस्पताललाई सबै किसिमले अब्बल बनाउँदै छौँ ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालको वेभसाइटमा गएर नाम, ठेगाना, उमेर, लिङ्ग, सम्पर्क नं लगायतको जानकारी भरेपछि टिकट जारी हुने जानकारी दिए । उनले बिमामार्फत काटिएको टिकटको भने प्रमाणित अस्पतालमा आएर गर्नुपर्ने बताए । रासस


समाचार

एनसेलसँगको सहकार्यमा सामसङको अफर, फिचर फोन फोरजी स्मार्टफोनसँग साट्न सकिने

एनसेलसँगको सहकार्यमा सामसङले एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरम…

एनएमबि बैंकको ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने 

एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक हो …

दूरसञ्चार सेवा राम्रोसँग नियमन गर्न नसके विभेद झन् बढ्ने निश्चित छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले नेपालको दूरसञ्चार क्षेत्रको…

रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-एण्ड गेम्स’ सार्वजनिक

रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-एण्ड गेम्स’ सार्वजनिक भएक…

स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार

नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि जिएस…

मेटलाइफका ग्राहकले अब अनलाइनबाटै बिमा दावी गर्न सक्ने

मेटलाइफका ग्राहकले अब अनलाइनबाटै बिमा दावी गर्न सक्ने भएका छन् । मेटलाइफ नेपालले …

जमलमा सर्‍यो नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय जमलमा सरेको छ । बैशाख २ गतेदेखि प्राधिकरणको …

नबिल बैंकको मोबाइल बैंकिङ एपमा अब एक भन्दा बढी कार्ड इन्टिग्रेट गर्न मिल्ने

नबिल बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा ‘कार्ड  इन्टिग्रेसन’ सेवाको शुरुवात गरेको छ …

नेपाल एसबिआई बैंकमा कर्पोरेट पे शुरू

नेपाल एसबिआई बैंक लिमिटेडले बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट…

भायानेटको स्पीडी अफर, पहिलेकै मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध हुने

भायानेटले स्पीडी अफर ल्याएको छ । ग्राहकहरुलाई सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्रदा…

अब पासपोर्ट बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर चाहिने

अब पासपोर्ट बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको छ । आगामी…

अब अनलाइनबाटै घरजग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व तिर्न सकिने 

अब अनलाइनबाटै घरजग्गाको नक्शा हेर्न, प्रिन्ट गर्न र राजस्व तिर्न सकिने भएको छ । अनलाइ…

ह्वावेको रणनीतिः फाइभजी विस्तार देखि सिमलेस सेवा प्रदान गर्नेसम्म

ह्वावेले शेन्जेनमा १८ औं ग्लोबल एनालिस्ट समिट आयोजना गरेको छ । उद्योग र वित्तीय विश्…

कञ्चन गाउँपालिकाका ५० पसललाई खल्तीको क्युआर कोड वितरण

रूपन्देहीको कञ्चन गाउँपालिकाले पसलहरुलाई क्युआर कोड वितरण गरेको छ । गाउँपालिकाले…