समाचार
महिना दिनमा बजारमा आउँदै अर्को मोबाइल वालेट पेटाइम
मुलुकमा भुक्तानी सेवा प्रदायकहरुको संख्या वृद्धि भइरहेको बेला अर्को एक कम्पनी पनि बजारमा आउने भएको छ ।
नेपाल पेटाइमले ‘पेटाइम’ एपमार्फत मोबाइल वालेटको रुपमा आउन लागेको कम्पनीले जनाएको छ। अहिले परीक्षण अवधि सकिसकेको र महिना दिनभित्र प्रोडक्ट सार्वजनिक गर्न लागेको नेपाल पेटाइमका मार्केटिङ एण्ड सेल्स एक्ज्युकेटिभ कौस्तुभ रायमाझीले बताए ।
पेटाइम एप एन्ड्रोइड र आईएसओ दुबै प्लेटफर्ममा उपलब्ध हुनेछ । पेटाइम पनि अन्य वालेट जस्तै भुक्तानी सेवा प्रदायक भए पनि यसमा केही नयाँ फिचरहरु रहेको रायमाझीको भनाइ छ ।
‘हामी अरु वालेट जस्तै हो तर हाम्रो एप डबल टोकन सिस्टममा छ,’ रायमाझीले भने, ‘अरु मोबाइल वालेटमा पैसा पठाएपछि धेरै समयसम्म नआउने वा कहिलेकाही पठाएको ठाउँमा पुग्दै नपुग्ने समस्या हाम्रोमा छैन।’
यो समस्या समाधान गर्न अन्य आइएसपीमा नभएको फिचर पेटाइममा रहेको उनले बताए। सन् २०१८ मै यसले अनुमति पाएको भए पनि अहिलेसम्म प्रोडक्ट सार्वजनिक गरेको छैन।
एक महिनाभित्र प्रोडक्ट सार्वजनिक गर्न लागेको र त्यसअघि यसको केही रिभ्युको लागि टेक्नोलोजी जानकारसँग फिडव्याक लिइरहेको उनले बताए।
उनीहरुले पेटाइमलाई जाभामा डेभलप गरेका थिए। त्यसमा मेन्टेन गर्न अलि समस्या भएपछि अहिले प्लेटफर्म परिवर्तन गर्न लागेका छन्।
पहिलो यो एपलाई बगहरु केही छ कि भनेर एक हजार जनामा परीक्षण गराएर रिभ्यु लिइसकेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २८ वटा भुक्तानी सेवा प्रदायकले अनुमतिपत्र पाइसकेका छन्।
समाचार
ह्वावेले सार्वजनिक गर्यो ओइएमका लागि इन्टेलिजेन्ट भेहिकल कम्पोनेन्टको पूरा सेट
ह्वावेले आफ्नो अर्को पुस्ताको इन्टेलिजेन्ट कम्पोनेन्ट र सोलुसनहरू सुरू गरेको छ । जसमा…
अब एक घण्टामै अनलाइनबाट डिम्याट खाता खोल्न सकिने
अब अनलाइनबाटै एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने छ । एनआईस…
योहो टेलिभिजनको युट्युब च्यानल ह्याक
योहो टेलिभिजन एचडीको युट्युब च्यानल ह्याक भएको छ । बुधबार बेलुकीदेखि टेलिभिजनको …
फाइभजीमा लगानी बढाउँदै रियलमी
रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले फाइभजीलाई लोकप्रिय बनाउन कम्पनी…
मनाङमा पनि विस्तार भयो क्यान महासंघ
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको शाखा मनाङमा पनि विस्तार भएको छ । यो क्या…
इन्टरनेट सेवा प्रदायक कम्पनी एरोनेटका कर्मचारीलाई ज्यान मार्ने धम्की
इन्टरनेट सेवा प्रदायक कम्पनी एरोनेट प्रालिका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएकोमा इ…
प्रोफेसनल प्रोफाइल परीक्षण गर्दै ट्विटर, कसले प्रयोग गर्न सकिन्छ ?
विश्वको लोकप्रिय सामाजिक सञ्जाल ट्विटरले नयाँ प्रोफाइलको टाइप परीक्षण गरिरहेको जानक…
मनिग्रामका ग्राहकले अब बैंक खाता वा इसेवामा रकम पठाउन सक्ने
मनिग्राम र इसेवा मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सम्झौता अनुसार विश्वभर रहेका मनि…
वैकल्पिक विधिबाट पठनपाठन
बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक …
एन्ड्रोइड १२ मा ट्रयास बिन फिचर उपलब्ध हुने
एन्ड्रोइड १२ मा ट्रयास बिन सुविधा उपलब्ध हुने भएको छ । गूगलले एन्ड्रोइड १२ का लागि…
रक्तदान गर्ने व्यक्तिलाई पठाओको निःशुल्क राईड
जीवन बचाउन रक्तदान गर्ने व्यक्तिलाई निःशुल्क सवारी यात्रा गराउन पठाओ र हाम्रो लाइफ ब…
बिहीबार राति नेपाली आकाशमा उल्का वर्षा देख्न सकिने
बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । मौसमले…
अमेजन फायर टिभीमा अब सिनेमाघर एप उपलब्ध हुने
पछिल्लो समय विश्वमा ओभर दि टप (ओटीटी) लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर व…
टिकटकमा भिडियो अपलोड गर्न समस्या, स्याडोब्यान गरेको आशंका
टिकटकमा धेरै प्रयोगकर्ताहरुले अहिले भिडियो अपलोड गर्न सकिरहेका छैनन् । एप चलाउन म…