समाचार
नेपालको ठूलो पब्जी मोबाइल च्यापियनशिप सम्पन्न, ३ टिमले पाए टिभीएस स्कुटर
नेपालकै ठूलो एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीजीकोद्वारा टीभीएस एनटर्क स्क्वाड इडिसनको सहकार्यमा आयोजित ईस्पोटर्स प्रतियोगितामा देशभरबाट छानीएका कुल ६६० टोलीमध्येबाट तीन प्रतिस्पर्धि विजेता बन्न सफल भएका हुन् ।
विजेताले टीभीएस एनटर्क मार्वल थिम्स एडिसन स्कूटरको तीन सिरिजहरू जित्न सफल भएका छन् । जून १, २०२१ बाट शुरू भई जुलाई १६, २०२१ मा समाप्त भएको उक्त च्याम्पियनशिप प्रतियोगितामा ६६० भन्दा बढी टोलीहरू आकर्षित भएका थिए भने, फाइनलमा ४८ टिमहरू (प्रत्येक समूहमा १६जना) गरी सामेल गरिएका थिए ।
टोलीहरूलाई इनभेन्सियबल रेड, कम्ब्याट ब्ल्यू र स्टेल्थ ब्ल्याक गरी तीन समूहमा विभाजन गरिएको थियो ।कार्यक्रमको ढाँचा क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल र फाइनल गरी मिलाइएको थियो जुन सबै अनलाइन टूर्नामेन्टहरू थिए ।
टोलीहरू फरक सीप स्तरका थिए । प्रतिस्पर्धा ४५ दिनको अवधिमा सम्पन्न भएको थियो । सो कार्यक्रमका स्ट्रिमिंग च्यानलहरू टीभीएस कम्पनीको आधिकारीक फेसबुक पेज जगदम्बा मोटर्स–टीभीएस र जीजीको युटुव च्यानलबाट सार्वजनिक गरिएको थियो ।
२० दिनको अवधिमा दर्ता गरिएका टोलीहरूले टिभिएस एनटर्क स्कूटरको भव्य पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।
यो प्रतियोगिता जगदम्बा मोटर्स – टिभिएसले नेपाली गेमिंगको समुदायलाई सहयोग पुर्याउनको लागि आरम्भ गरिएको र यसले नेपलाको कर्पोरेट कम्पनीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नका लागि उठाइएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले जानकारी दिए ।
समाचार
फोनबाट ऋण लिदा लक्ष्मी बैंकका अशोकले जिते सामसङको स्मार्ट टिभी
फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेक…
सनराइज बैंकका ग्राहकले अब एटिएम कार्ड प्रयोग नगरी पैसा झिक्ने सक्ने
सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो…
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचान गर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचानको लागि अध्ययन ग…
जेफ बेजोसले पुरा गरे अन्तरिक्ष यात्रा, वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने भनाइ (भिडियो)
अमेजनका संस्थापक जेफ्रे प्रेस्टन बेजोस अर्थात जेफ बेजोस हिजो जुलाई २० मङ्गलबार आफ्नो…
नेकपा एमालेका नेता प्रभु साहले बनाए ‘आइटी आर्मी’
नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । म…
ईमोजी एक भाषा बन्दै, रिपोर्ट भन्छ: ईमोजी प्रयोग गर्ने ‘फन्नी’ हुन्छन्
ईमोजी बारे तपाईलाई थाहा नै छ । हामीले डिजिटल दुनियामा विभिन्न प्रतिक्रिया जस्तो कि खुसी, दुख, हाँसो लगायतका भावन…
१४.७ बिलियन डलरमा क्लाउड कल सेन्टर कम्पनी फाइभ नाइन खरिद गर्दै जूम
जूमले फाइभ नाइन नामक क्लाउड कल सेन्टर कम्पनीलाई १४.७ बिलियन डलरमा खरिद गर्ने भएको…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल भोलिदेखि अनिवार्य अवकाशमा
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले साउन ६ गते बुधबारबाट …
एनआईसी एशियामा अनलाइनबाट १ मिनेट १० सेकेन्डमै खाता खोल्ने थापालाई आईफोन १२
एनआईसी एशिया बैंकले घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन …
ह्वाट्सएपले अबदेखि सुरु भइसकेको ग्रुप भिडियो कलमा पनि जोडिन दिने
ह्वाट्सएपले अब देखि सुरु भईसकेको ग्रुप भिडियो कलमा पनि जोइन गर्न दिने भएको छ । यस…
एन्ड्रोइड १२ मा नयाँ इमोजी अपडेट, सयौँ नयाँ क्यारेक्टर थपिए
एन्ड्रोइड १२ मा गूगलले फेरि इमोजी अपडेट ल्याएको छ । यो अपडेटले एन्ड्रोइड १२ मा सयौ…
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा प्राधिकरणले सहयोग गर्ने, छुट्याइयो ५ करोड बजेट
नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्यवन गर्न आवश्यक सहयोग गर्ने…
एप्पलले सार्वजनिक गर्यो आईफोन १२ का लागि आईओएस १४.७
एप्पलले आईफोन १२ का लागि आईओएस १४.७ सार्वजनिक गरेको छ । आजदेखि आईओएस १४.७ डाउनल…
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने भएको छ । कांग्रे…
पिगासस प्रयोग गरेर भारतका लागि नेपाली राजदूतको फोन ह्याक गरी जासुसी गरिएको खुलासा
पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर नयाँ दिल्लीका नेपाली राजदूत निलाम्बर आचार्यको म…