समाचार
रेमिट्यान्स वालेट ट्रान्सफरका लागि नेपाल पेमेन्ट सोलुसनले सार्वजनिक गर्यो प्लेटफर्म
नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ ।
यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रालिका चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यसले सेवाग्राहीलाई रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतीय रेमिट्यान्स कारोबार गर्न सहयोग पुर्याउने छ ।
यो प्रणालीले सेवाग्राहीलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्स भन्दा धेरै सहज, छिटो र सुरक्षित पनि हुने कम्पनीले जनाएको छ ।
यो एक कस्टोमाइज गरिएको वित्तिय समाधान हो । यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ । यो प्रक्रियाले गर्दा धेरै छिट्टो रकम पठाउन सकिन्छ ।
यो विद्युतिय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो ।
रेमिट्यान्स वालेट ट्रान्सफरको बढ्दो प्रयोगसँगै रेमिट्यान्स कम्पनी तथा बैंक तथा वित्तिय संस्थाहरु आफ्नो प्लेटफर्म तथा ग्राहकहरुलाई सशक्त बनाउन लागि परेका छन् ।
नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।
नेपाल पेमेन्ट सोलुसनले बैंक तथा वित्तिय संस्थाहरु तथा बिभिन्न भुक्तानी सेवा प्रदयकको नेटवर्क तयार गरी भुक्तानी एवं ट्रान्सफरको क्लियरिङ्ग तथा सेटल्मेन्टको कार्य गरी आफ्नो सेवा विस्तार गरी रहेको छ ।
कम्पनीले आईएमई पे, प्रभु पे, खल्ती, नमस्ते पे जस्ता भुक्तानी सेवा प्रदायकहरुलाई पनि इन्टिग्रेट गरी थप सेवा दिने तयारी गरेको छ ।
समाचार
अब हाम्रो पात्रोको न्युज र क्यालेन्डर विजेट आईओएसमा, यसरी गर्नुहोस् प्रयोग
नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि ‘न्युज’ र ‘क्याल…
काठमाडौं उपत्यकाको थप २ ठाउँमा ट्राफिक लाइट जडान
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै शुक्रबारबाट महेन्द्रशाली…
११६६ के हो ? किन फोन गर्ने ?
११६६ आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन हो । यो नम्बर आत्महत्या वा आत्महानीको…
आफ्नै कस्टम सर्भर चिप विकास गर्दै फेसबुक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ…
शनिबार २ घण्टा आरटीजीएस खुला रहने
भोलि शनिबार पनि आरटीजीएस सेवा खुला रहने भएको छ ।
‘विक…
गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने
गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने बताएक…
स्ट्याण्डर्ड चार्टड बैंक नेपाललाई उत्कृष्ट डिजिटल बैंकको अवार्ड
स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडले बेस्ट डिजिटल बैंकको अवार्ड पाएको छ । बेलायत…
वुमन इन इन्फर्मेसन टेक्नोलोजीको ग्राफिक डिजाइन प्रतियोगितामा आवेदन दिने समय थप
सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘…
बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २० प्रतिशत सम्म छुट
बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोर बिच बैंकको डेबिट कार्ड/ क्रेडिट कार्ड…
विश्व विद्युतीय गाडी दिवसको अवसरमा निशानले आयोजना गर्यो दक्षिण एसियामा ग्रीन मिशन सेसन
विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजा…
नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी
नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानू…