कीवर्डहरू -

समाचार

असार १ गतेदेखि टेलिभिजबाट विद्यार्थीलाई पढाउदै प्याबसन

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन) ले असार १ गतेदेखि टेलिभिजनको माध्यमबाट विद्यार्थीहरुलाई पढाउने भएको छ ।

प्याबसनले असार १ गतेदेखि विद्यार्थीहरुलाई जनता टेलिभिजन, टिभि टुडे, योहो टेलिभिजन र टिभि टुडेको अर्को च्यानल टिभि वानबाट पढाउने भएको हो ।

प्याबसनले वैकल्पिक शिक्षण प्रणालिको लागि केन्द्रिय उपाध्यक्ष गोपाल आचार्यको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ ।

हरेक कक्षाका विद्यार्थिको लागि फरक फरक टेलिभिजन छनौट गरिएको छ । जसमा कक्षा ७, ८,९ र १० कक्षाका विद्यार्थिहरुलाई जनता टेलिभिजनबाट पढाइने छ । जनता टिभिबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रसारण हुनेछ ।

कक्षा २ देखि ६ कक्षा सम्मका विद्यार्थिहरुलाई टिभि टुडेबाट पढाइने छ । २ बजेर ५५ मिनेट देखि ५ बजेसम्म पढाइने छ ।

जनता टिभि, टिभि टुडेसँग सम्झौता भएपनि योहो टिभिसँग बिहीबार सम्झौता हुदैछ । योहो टिभिबाट कक्षा नर्सरी, एलकेजी, युकेजी र एक कक्षाका विद्यार्थिलाई पढाउने गरि सम्झौता हुनेछ ।

योहो टिभिबाट १२ बजेर ५५ मिनेट देखि दिउँसो ३ बजेसम्म पढाइने छ । त्यस्तै टिभि टुडेको अर्को च्यानल टिभि वान मार्फत टिभि टुडेबाट प्रसारण हुने शिक्षण सिकाईको रेकर्डड प्रसारण हुनेछ ।

टेलिभिजनबाट पढाउदा लाग्ने शूल्क प्याबसनको केन्द्रिय समितिले व्यहोर्ने छ । भने पढाउने शिक्षक तथा विषयबारे बिहीबार टुङ्गो लाग्ने छ ।

समाचार

नेपालमै स्वाब निकाल्ने सुइरो बनाउदै राष्ट्रिय आविस्कार केन्द्र

राष्ट्रिय आविस्कार केन्द्रले नेपालमै स्वाब निकाल्ने सुइरो बनाउने भएको छ । केन्द्रले को…

कोरोनासँग लड्न प्रविधि विकास गर्नेलाई नास्टले १० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरस र त्यसले ल्याएका …

प्रदेश १ सरकारले कोरोना संक्रमितलाई अनलाइनबाटै भर्ना गर्ने

प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको मोरङको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज स्थि…

बिग डेटाको अनलाइन ट्रेनिङ सुरु, यसरी हुनुहोस सहभागी

माउनटेक सोलुसनले आयोजना गरेको बिग डेटाको अनलाइन ट्रेनिङ आजबाट सुरु भएको छ । जे…

साओमीको रेडमी नोट नाइन प्रो फोन नेपालमा, यस्ता छन् फिचर

साओमीको रेडमी नोट नाइन प्रो स्मार्टफोन नेपालमा उपलब्ध भएको छ । यसमा ६.६७ इन्च डट ड…

क्रिप्टोकरेन्सी खुला गर्ने तर्फ अर्थमन्त्रीको चासो

नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले क्रिप्टोकरेन्सी खुला गर्न चासो देखाएका …

नबिल बैंकले ल्यायो ‘नबिल जेन-एन एकाउन्ट’, यस्ता छन् आकर्षक सुविधा 

नबिल बैंकले ‘नबिल जेन-एन एकाउन्ट’ योजना सञ्चालनमा ल्याएको छ । घरमै बसेर खोल्ने सक…

डिभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

अमेरिकाले सन् २०१९ मा भरेको डिभि लोटरिको नतिजा सार्वजनिक गरेको छ । गत वर्ष खोलेक…

प्रदेश १ लाई डिजिटल प्रदेशको रुपमा अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख

उद्योग वाणीज्य तथा उपभोक्ता संरक्षण विभागले दर्ता नभएरै सञ्चालन भएका अनलाइन व्यवसायल…

अनलाइनबाट एनसेलको नम्बरमा रिचार्ज गर्ने तरिकाको भिडियो बनाएर स्मार्टफोन जित्न सकिने 

अनलाइनबाट एनसेलको नम्बरमा रिचार्ज गर्ने तरिकाहरुको भिडियो बनाएर उपहार जित्न सकिने…