समाचार
अब जापान र कोरियाबाट खल्तीमा सिधै रेमिट्यान्स पठाउन सकिने
खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्सप्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जि मनि ट्रान्समार्फत खल्ती मेबाइल वालेटमा सिधै रेमिटान्स भित्र्याउन थालेको हो ।
खल्तीले यी दुई मुलुकबाट मोबाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा सुरू गरेपछि नेपालमा रकम प्राप्त गर्ने ब्यक्तिले पिन नम्बर र आफ्नो परिचय पत्र लिएर रेमिट्यान्स कम्पनीको एजेन्टकहाँ रकम झिक्न धाउनु पर्ने झण्झटको अन्त्य भएको छ ।
जापानमा रहेका नेपालीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरको नजिकैको एजेन्टकहाँ गएर सिधै नेपालमा अफन्तको खल्ती मोबाइल खातामा सिधै रकम पठाउन सक्ने छन् । कोरियाबाट भने रकम पठाउन चाहनेले मोबाइल एपबाटै ट्रान्सफर गर्न सक्ने छन् । त्यहाँ रहेका नेपालीले जि मनीका तीन वटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् ।
सिटिका जापानमा टेकियो सिन्जुकु, नागोया, फुकुओका र तेचिगीमा शाखाहरू रहेका छन् । यस्तै जि रेमिटका केरियामा सोल, ग्योंगीडो र ग्योंसांनामडोमा शाखाहरू रहेका छन् ।
सिटी एक्स्प्रेसका ब्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिटान्स कम्पनीहरूसँग सहकार्य गरेर रेमिटान्स भित्र्याइरहेकामा जापान र कोरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत रेमिटान्स भित्र्याउन थालेको जानकारी दिए ।
‘विश्वभर लकडाउनले घर बाहिर निस्कन नसकिरहेको अबस्थामा मोवाइलबाटै खल्तीमा रेमिटान्स पठाउन सकिने ब्यवस्थाले विदेशमा रहेका नेपालीलाइ धेरै सहज भएको छ’, उनले भने, ‘विस्तारै अन्य मुलुकबाट पनि मोबाइल वालेटमै रेमिट्यान्स भित्र्याउने ब्यवस्था गर्न लागेका छौं ।’
खल्तीका निर्देशक अमित अग्रवाल जापान र कोरियाबाट डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुबैलाइ निकै सहज हुने बताए ।
‘मोबाइल एपबाटै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउने नगद बुझाउन र पाउने नगद बुझ्न एजेन्टकहाँ धाउनु पर्ने बाद्यता थियो,’ उनले भने, ‘यसले गर्दा असुरक्षा हुने, नगद हातमा परेपछि अनावश्यक खर्च हुने अबस्था थियो । अब मोबाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनुका साथै फजुल खर्च हुने सम्भावना हुँदैन । तुरून्तै रकम प्राप्त हुने भएकाले लकडाउनका बेलासमेत गर्जो टार्न सजिलो हुनेछ ।’
खल्ती नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।
समाचार
सामाजिक सञ्जालको प्रयोग गरी करोडौँ ठगी गर्ने सातजना पक्राउ
भाइबर, ह्वाट्सएप, ईमो आदि सामाजिक सञ्जाल प्रयोग गरी करोडौं रकम ठगी गरेको अभियोगमा…
ह्वाट्सएपमा अब एनिमेटेड स्टिकर पनि पठाउन सकिने
ह्वाट्सएपमा अब एनिमेटेड स्टीकर पनि पठाउन सकिने भएको छ । डब्लुएवेटाइन्फोका अनुसार ह्…
एनसेलको स्टे होम डेटा प्याक सेवा बन्द
एनसेलको स्टे होम डेटा प्याक सेवा बन्द भएको छ । एनसेलले गत चैत ११ गतेदेखि लागु हु…
यस्तो छ एसईईको नतिजा प्रकाशन कार्यविधि (कार्यविधि सहित)
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्क…
‘क्वीक भुक्तानी’ प्रयोगका लागि सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता
सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्…
कालापानी क्षेत्रमा टेलिकमको सिडिएमए मोबाइल सेवा
सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले दार्चुलाको ब्यास गाउँपालिकामा सिडीएमए मोबाइ…
आजदेखि एप्पलको विश्वब्यापी डेभलपर्स कन्फेरेन्स सुरु हुदै
आजदेखि एप्पलको वार्षिक विश्वब्यापी डेभलपर्स कन्फेरेन्स (डब्लुडब्लुडीसी) आयोजना हुदैछ ।…
गूगल मिट प्ले स्टोरबाट ५० मिलियन भन्दा बढी डाउनलोड
गूगल मिट प्ले स्टोरबाट ५० मिलियन भन्दा बढी डाउनलोड भएको छ । गूगलले केही समय अगाड…
मध्य पश्चिमान्चल विश्वविद्यालय र सिच्याच्वांग थेताओ विश्वविद्यालयबीच सम्झौता
शिक्षा अनुसन्धान तथा संस्कृति आदान प्रदान र सहकार्य गर्ने उद्देश्य सहित मध्य-पश्चिमान्चल…
भायोनेटले ल्यायो ई-लर्निङ प्याकेज, बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म स्पीड दोब्बर गर्न सकिने
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ‘ई-लर्निङ’ नामक नयाँ योजना ल्याएको छ । विद्य…
फेसबुकले खरिद गर्यो स्ट्रिट लेभल इमेजरी प्लेटफर्म म्यापिलरी
फेसबुकले स्वीडेनको म्यापिङ टेक्नोलोजी कम्पनी म्यापिलरी खरिद गरेको छ । गूगल स्ट्रिट भ्…
कोरोना संक्रमितलाई औषधि तथा खाना पुर्याउन सकिने सिस्टर रोबोट टेकु अस्पताललाई हस्तान्तरण
रोबोटिक्स एशोशिएसन नेपाल (र्यान) ले बनाएको ‘सिस्टर रोबोट’ शुक्रराज ट्रपिकल तथा सर…
ईसेवाबाट स्मार्टमा टपअप गर्दा १ जीबी डेटा पाउन सकिने
स्मार्टले टपअपमा उपहारको बहार नामक नयाँ योजना सार्वजनिक गरेको छ । यस योजनामा मोब…
एशियन लाइफ इन्स्योरेन्सको बिमालेखको लागि अनलाइनबाटै आवेदन दिन सकिने
एशियन लाइफ इन्स्योरेन्सले अनलाइनबाटै बिमालेखको लागि आवेदन दिन सकिने सुविधा ल्याएक…