समाचार
सचेतनाको कमि र हेलचेक्राईले गर्दा साइबर अपराध बढ्दो
लकडाउनको अवधिमा प्रविधिको प्रयोग बढेसँगै बढेको साइवर अपराध धेरै जसो मानविय त्रुटिको कारण नै हुनेगरेको विज्ञहरुले बताएका छन् । विहिवार नेपाल दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा प्रविधि पत्रकार मञ्चले आयोजना गरेको “साइबर सुरक्षाः नेपाल कहाँ” विषयक वेबिनारमा बोल्दै साइबर सुरक्षा बिज्ञ नारायण कोइरालाले साइबर अपराध बढ्नुमा मानविय त्रुटिको नै सबैभन्दा ठुलो भुमिका रहने बताएका हुन । प्रविधिलाई प्रयोग गर्ने तर सुरक्षित रुपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुदाँ साइबर अपराध बढेको उनले बताए । उनका अनुसार करिब ९५ % साइबर अपराधहरु मानविय त्रुटिको कारण नै हुने गरेको छ ।
“कर्पोरेट संस्थाहरु पहिले पनि यस्ता साइबर आक्रमणहरु देखिने गरिएता पनि पछिल्लो समयमा भने देशमा सरकारी र वित्तिय संस्थाहरुमा पनि साइबर आक्रमण बढ्दै गएको छ,” उनले बताए, “अझ हामीले थाहा पाउने त ठुला ठुला संस्थाहरुमा भएका आक्रमण मात्रै हुन । साइबर आक्रमणले साना साना संस्थाहरुलाई पनि उत्तिकै प्रभाव पारेको देखिन्छ ।” आफुले कस्तो प्रविधि प्रयोग गरिरहेको छु र त्यसलाई सुरक्षित रुपमा कसरी प्रयोग गर्ने भनेर थाहा नहुदा र वास्ता नगर्दा यस्तो घटनाहरु धेरै घट्ने गरेको उनले बताए ।
साइबर सुरक्षा बिज्ञ नारायण कोइरालाले साइबर अपराध बढ्नुमा मानविय त्रुटिको नै सबैभन्दा ठुलो भुमिका रहने बताएका हुन । प्रविधिलाई प्रयोग गर्ने तर सुरक्षित रुपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुदाँ साइबर अपराध बढेको उनले बताए । उनका अनुसार करिब ९५ % साइबर अपराधहरु मानविय त्रुटिको कारण नै हुने गरेको छ ।
प्रविधिको प्रयोगकर्ताहरु प्रविधिलाई कसरी सुरक्षित रुपमा प्रयोग गर्ने भन्ने बारेमा मात्र नभई, साइबर अपराधको विरुद्ध कहाँ गएर रिर्पोट गर्ने, कस्तो खालको एक्सन लिने भन्ने विषयमा पनि अनविज्ञ नै रहेका उनको भनाई छ । “यहाँ थुप्रै साइबर अपराधहरुले प्रोत्साहन पाइरहेका छन् किनकी प्रयोगकर्ताहरुलाई यस्तो समयमा के गर्ने भन्ने विषयमा जानकारी नै छैन,” उनले बताए, “यसले गर्दा व्ल्याकमेलका थुपै्र घटनाहरु आज पनि बजारमा पाइन्छ । प्रविधि भयो तर हामीमा अझै पनि त्यसको ज्ञान भने कम नै छ ।”
प्रविधिको पहुँच बढेसँगै दैनिक जसो प्रयोग गरिने मोबाइल एप्लिकेशनहरु पनि सुरक्षित रुपमा प्रयोग गर्न नसक्दा ह्याकरहरुले सानो सानो जानकारीहरु पनि सजिलै पाइरहेका छन् । “त्यो ह्याकरले ह्याक गरेको भन्दा पनि त्यसलाई हामीले नै पहुँच दिएका हौ,” उनले भने, “साइवर आक्रमण न्यनिकरण गर्नको लागि सबैभन्दा सुरुमा प्रयोगकर्ता नै सचेत हुनुपर्छ अनि प्रविधिको भर पर्ने भन्दा पनि प्रविधिको प्रयोगलाई सुरक्षित गर्नुपर्छ ।”
साइबर आक्रमणबाट बच्नको लागि आफुले प्रयोग गरिरहेको प्रविधिको समयसमयमा सुरक्षा परिक्षण गरिरहनुपर्ने कोइराला बताउछन् । “चाहे सानो होस या ठुलो हरेक संघ संस्थाहरुले आफ्नो छुट्टै प्रविधि निति बनाएर काम गर्नुपर्छ । आफ्नो कम्पनीको आईटी अडिट गराइरहनुपर्छ । कुनै पनि प्रविधि प्रयोग गर्नुभन्दा अगाडी भेन्डर सँग त्यसको सुरक्षाको ग्यारेन्टी लिन पर्छ,” उनले भने, “सानो जानकारीले पनि ह्याकरहरुले ठुला ठुला आर्थिक नोक्सानी निम्त्याउन सक्छन् ।” आफुले प्रयोग गर्न हरेक एप्लिकेशन, सफ्टवेयरहरुमा पनि मल्टिफ्यक्टर अथेन्टिकेशन प्रयोग गर्नु उचित रहेको उनले बताए ।
यद्यपि पछिल्लो समयमा नेपाली नियामक क्षेत्रहरु सुचना तथा प्रविधिको लाई लिएर थुप्रै राम्रा पहलहरु भइरहेको उनले बताए । “हाम्रो नियामक निकायहरुमा प्रविधि क्षेत्र सम्बन्धि जागरुकता आउनु, यस सम्बन्धि विभिन्न नितिहरु बन्नु पनि एउटा सकारात्मक पक्ष हो,” उनले भने, “नितिगत तवरमा प्रविधि सम्बन्धि पहलहरु भइरहे पनि कार्यन्वयनको क्षेत्रमा आएर केही पछि परेको भने चाहीँ पक्कै हो ।”
आज आयोजित कार्यक्रममा, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुशोत्तम खनाल लगायत अन्य प्रविधि पत्रकारहरुको पनि उपस्थिति रहेको थियो
समाचार
सामसङले नेपाली बजारमा घटायो स्मार्टफोनको मूल्य
नेपाली बजारमा सामसङले आफ्ना केही मोबाइलको मूल्य घटाएको छ । सामसङले नेपाली बजारम…
सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको सफल परीक्षण
सलह किरा रोकथामको लागि नेपालमै बनेको मधुका कृषक ड्रोनको सफल परीक्षण भएको छ । कृ…
ग्लोबल आईएमई बैंक र सेल पेबीच सहकार्य
डिजिटल भुक्तानीको लागि ग्लोबल आईएमई बैंक र भुक्तानी सेवा प्रदायक संस्था सेल पेबीच …
अब ईसेवा मार्फत दराजमा भुक्तानी गर्न सकिने
नेपालको ईकमर्श कम्पनी दराजले र नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवासँग सहकार्य सुरु …
काठमाडौं महानगरबासीले अब भवन निर्माणको नक्शा पास अनलाइनबाटै गर्न सक्ने
काठमाडौं महानगरपालिमा घर तथा भवनको निर्माणको लागि नक्शा पास अब अनलाइनबाटै गर्न स…
छोटो स्टेम सहितको ओपो टीडब्लुएस इयरफोन, ईनइयर डिजाइनको प्याटेन्ट चीनमा दर्ता
गत मार्च महिनामा ओपोले नेपालमा आफ्नो पहिलो टीडब्लुएस ईयरफोन एन्को फ्रि सार्वजनिक गर…
फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको आरोपमा एकजना पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीला…
भारतले लगायो टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध
भारतले टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । सोमबार एक सूचना सार्व…
ह्याक फर एजुकेशन सम्पन्न, लो कस्ट टिचिङ एड्स टिमले जित्यो एकहजार डलर
लिफ्रग टेक्नोलोजीले आयोजना गरेको ३ दिने अनलाइन ह्याकथन कार्यक्रम ह्याक ईडी सम्पन्न भए…
‘आर्टिस्ट इन क्वारेन्टिन’ नामक आर्ट फेस्टिभल आयोजना हुदै
विश्वब्यापीरुपमा फैलिएको कोभिड-१९ महामारीका कारण हाम्रो जीवनशैलीमा उल्लेखनीय परिव…
इटहरी प्रहरीले हराएका तथा चोरिएका ४५ थान मोबाइल सम्बन्धितलाई बुझायो
ईलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोबाइल सेट फेला पारी सम्बन्धी…
फोनकै भरमा औषधि घर घरमा पुर्याउँदै इजी केयर
'औषधि घरमा, फोनकै भरमा' नाराका साथ चार बर्ष देखि घरमै औषधि डेलिभरी गर्दै आएको अ…
लकडाउनमा रचनात्मक कोर्सहरु सिकाउँदै पकेट एकेडेमी
लकडाउनको समयमा मानिस घर भित्र बस्दा मानिसका सिकाइ गतिविधीमा कमी आएको धेरैले महस…
फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद
डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २…