समाचार
हुवावेले आफ्नै ‘इन्टेलिजेन्ट इकोसिस्टम’ को लागि एक वर्षमा तीन अर्ब अमेरिकी डलर लगानी गर्दै
ह्वावेले आफ्नै इन्टेलिजन्ट इकोसिस्टम ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) इकोसिस्टमका लागि एक वर्ष भित्रै तीन अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
हुवावेले यसको लागि तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्दैछ । हुवावेले दुई वर्ष भित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्याउने जानकारी दिएको हो ।
भने रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारीको संख्या पनि पाँच हजार पुर्याउने भएको हो ।
ह्वावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य लिएको ह्वावे कन्ज्युमर बिजनेस ग्रुपको एक हिस्सा ह्वावे नेक्स्ट अर्थात् ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) को बारेमा प्रकाश पारिएको थियो ।
ह्वावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि ह्वावेद्वारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ।
ह्वावे मोबाइल सर्भिसेसमा ह्वावे एप ग्यालरी, ह्वावे ब्राउजर, ह्वावे मोबाइल क्लाउड, ह्वावे थिमहरू, ह्वावे म्युजिक, ह्वावे भिडियो, ह्वावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू ह्वावे आइडी, ह्वावे हेल्थ, तथा अन्य धेरै रहेका छन् ।
ह्वावे मोबाइल सर्भिसेसको विश्वव्यापी बजारमा उपस्थितिलाई सुदृढ पार्न ह्वावे इकोसिस्टम तयार रहेको बताइएको छ ।
अहिलेसम्म १७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गरिरहेको छ ।
हाल ह्वावे मोबाइल सर्भिसेसमा १.०७ मिलियन दर्ता भएका ग्लोबल डिभेलपरहरू रहेका छन् र एचएमएस कोरमा ५० हजारभन्दा बढी एपहरू एकीकृत भइसकेका छन् ।
जसले ह्वावेका सबै डिभाइसहरूमा कम्प्याटिबल हुने एपको भर्सन बनाउन सहयोग पुग्नेछ ।
समाचार
आखिर ट्विटरका सीईओलाई किन मन पर्दैन गुगल ?
विश्वमा सबैले मन पराएको सर्च इन्जिन हो गुगल । जुनस…
ओपोले सन् २०२० को अप्रिलमा स्मार्ट वाच, स्मार्ट वायरलेस हेडफोन र फाइभजी सीपीइ सार्वजनिक गर्ने
ओपोले सन् २०२० को पहिलो क्वाटर अप्रिलमा …
कुमारी बैंकको मोबाइल बैंकिङ्गमा नयाँ योजनाः १०० टपअप गर्दा १०० क्यास ब्याक
कुमारी बैंक लिमिटेडले नगद रहित कारोबार को अवधार…
वेडफोरसीयर यूनिभर्सिटीसँगको सहकार्यमा पिसीपिएसको दोश्रो दिक्षान्त समारोह सम्पन्न
१० डिसेम्बर २०१९ मा वेडफोरसीयरविश्वविद्यालयसँग सम्बद्घता लिएको PCPSकलेजले होटल सोल्टी क्राउन प्लाजामा आफनो दोश्रोे दि…