समाचार
समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनि रकम मागेमा प्रहरीलाई खबर गर्न हाम्रो पात्रोको आग्रह
समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनी कसैले रकम माग गरेमा तत्काल प्रहरीलाई खबर गर्न हाम्रो पात्रोले आग्रह गरेको छ । समाचार पोर्टल सूचिकृत गरिदिन्छु रकम माग गरेको र केही सञ्चारगृहसँग रकम समेत उठाएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको हाम्रो पात्रोले जनाएको छ ।
हाम्रो पात्रोका संस्थापक तथा अध्यक्ष शंकर उप्रेतीले एक सूचना सार्वजनिक गर्दै कुनैपनि सञ्चारगृहसँग वा सञ्चारगृहका अनलाइन मिडिया हाम्रो पात्रोमा राख्नका लागि कुनैपनि शुल्क नलाग्ने प्रस्ट पारेका छन् ।
उक्त सूचनामा भनिएको छ, ‘शुल्क सहितको मिडिया सूचिकरणको अभ्यास हामीले गर्ने गरेका छैनौं । मिडिया सम्बन्धि छलफल तथा सहकार्यका लागि हाम्रो पात्रोका संस्थापक तथा अध्यक्ष शंकर उप्रेती तथा प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटा बाहेक कुनै अर्को तेस्रो व्यक्ति अझसम्म तोकिएको छैन ।’
‘यदि तपाईंलाई हाम्रो पात्रोमा तपाईंको पोर्टल राखिदिन्छु भनि कसैले कुनै रकम माग गरेको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् र सम्भावित ठगीबाट बच्नुहोस्,’ उक्त सूचनामा उल्लेख गरिएको छ, ‘हाम्रो नाममा कुनैपनि किसिमका अनाधिकृत नगदको लेनदेन गरेर पर्ने आर्थिक तथा व्यवसायिक अप्ठेरोका लागि हाम्रो पात्रो जिम्मेवार हुनेछैन ।’
मिडिया सहकार्यमा हामीले गर्ने गरेको अभ्यासमा प्रत्यक्ष तथा अप्रत्यक्ष कुनैपनि किसिमको आर्थिक लेनदेन हुनेगरेको छैन । तत्काल नयाँ सूचना जारी नहुञ्जेल र पुराना अनुरोधमा रहेका सञ्चारगृह बाहेक नयाँ अनलाइन मिडिया सूचिबद्ध गर्ने कार्य पनि बन्द गरिएको हाम्रो पात्रोले यसै सूचनाबाट जानकारी दिएको छ ।
हाम्रो पात्रोका अनुसार यदि तपाईं आर्थिक लेनदेनमार्फत अनलाइन मेडिया दर्ताका लागि कसैसँग कारोबार गर्दै हुनुहुन्छ भने त्यो नितान्त ठगि प्रयोजनले भएको हो ।
काठमाण्डौमा रहेको स्मार्ट आइडियाज प्रालि बाहेक हाम्रो पात्रोको कुनैपनि स्वरुपको कार्यालय नेपालमा अन्त कतै नरहेको बेहोरा समेत जानकारी गराइएको छ ।
समाचार
अब अनलाइनबाटै भन्सारको एक्जिम कोड लिन सकिने, यसरी लिनुहोस् सेवा
भन्सार विभागले अनलाइनबाट एक्जिम कोड अर्थात निकासी पैठारी संकेत नम्बर वितरण गर्न सु…
नेपाल टेलिकमको कल ट्रान्सफर सेवा निःशूल्क प्रयोग गर्न सकिने
कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत स…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याल
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई नियुक्त गरेक…
मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप आयोजना हुदै, यसरी हुनुहोस् सहभागी
मेसिन लर्निङ डेटा साइन्स नेटवर्क नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा नेपालमा…
फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद
डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २…
मेसिन लर्निङ तथा डेटा साइन्समा तेस्रो राष्ट्रिय वर्कसप आयोजना हुने, आज पत्रकार सम्मेलन हुदै
मेसिन लर्निङ तथा डेटा साइन्समा तेस्रो राष्ट्रिय वर्कसप आयोजना हुने भएको छ । आगामी ज…
बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोगमा अभिभावकको भुमिका सम्वन्धी आज दोश्रो अनलाइन वर्कशप
बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफको सहकार्यमा भर्चुअल वर्कसप आयोजना गरिरहेको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चा…
अब दृष्टि बिहिनले पनि कामना सेवा विकास बैंकमा खाता खोल्न सक्ने
कामना सेवा विकास बैंकले दृष्टि बिहिनहरुको लागि ब्रेल लिपीमा पढ्न मिल्ने बैंकिङ का…
ईजीलिङ्क रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध
ईजीलिंक रेमिटेन्स प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबार…
ईटहरी प्रहरीले हराएका तथा चोरिएका २० थान मोबाइल सम्बन्धीत धनिलाई बुझायो
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोबाइल सेट फेला पारी सम्बन्धी…
कस्तो थियो चौथौ संस्करणको आइसिटी अवार्ड २०१९ ?
गतवर्ष १७ अगष्ट २०१९ (साउन ३२, २०७६) मा चौथो संस्करणको आइसिटी अवार्डको आयोजना भएको थियो । सोल्टी क्राउन प्लाजामा आयोजना भएको फिनालेमा ६०० सय बढी आइटी क्…
सुजुकी बाइकको खरिदमा १५ हजार नगद छुट वा जिरो प्रतिशत ब्याजको अफर
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अट…
खल्ती र नेपाल बैंकबीच सहकार्य, अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने
खल्ती डिजिटल वालेटले देशकै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ । अब …
स्क्रीन शेयर गर्न सकिने फिचर अब मेसेन्जरमा
फेसबुकको स्वामित्व रहेको मेसेन्जरमा स्क्रीन शेयर गर्न मिल्ने फिचर थपिएको छ । यस फिचर…
नेपालमा भएका प्रतिभालाई अनुसन्धानमा लगाउनु पर्छः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा भएका प्रतिभालाई अनुसन्धानम…