कीवर्डहरू -

समाचार

रेनोको साथमा नयाँ बेन्चमार्क स्थापित गर्ने ओपोको लक्ष्य

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा रहेको तिब्र प्रतिस्पर्धालाई दृष्टिगत गर्दै, सदैव नवप्रबर्तनका लागि अग्रसर ओपोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ ।

ओपोले भरखरै, रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ । वैश्विक स्तरमै रेनो र रेनो १०एक्स जुमका लागि चलिरहेको चर्चाका विच आफ्ना उपभोक्तालाई विलाशी अनुभव प्रदान गर्न अझ समावेशी डिजाइन र विशिष्ट सौन्दर्य शास्त्र मार्फत,  बृहत्त उपभोक्ता माझ आफ्नो सेवा पुर्याउने सोचका साथ ब्यापक अपिल गर्दै कम्पनी परिवर्तन उन्मुख भएको हो ।

समाचारको पुष्टि ओपोका उपाध्यक्ष शेन यिरेनले गरेका हुन् । शेनका अनुसार रेनो जस्ता प्रिमियम सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न सर्वाधिक विक्रि हुन सफल मोडल भएतापनि आर–सिरिजलाई डिस्कन्टिन्यू गर्न लागिएको हो ।

ओपोको ‘क्लासिक हलमाकर्’, ‘बोल्ड डिजाइन ल्यांग्वेज’मा केन्द्रित हुँदै ओपोले कम्पनीको ध्यान आफ्नो उच्च क्यामेरा प्रविधिमा केन्द्रित गर्दैछ । यसैको नतिजाका रुपमा ओपोको नयाँ रेनो १०एक्स जुमलाई लिन सकिन्छ ।

यस उपकरणमा सार्क फिन पप्–अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १०एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध गरिएका छन् ।


ओपो रेनो सिरिजको ५जी–रेडी भर्जनपनि सार्वजनिक गर्ने ओपोको योजना छ । रेनो भ्यारियण्टमा फुल–एचडी रेजोल्यूसन सहित ६.४—ईञ्च एमोलेड डिस्प्ले जडान गरिएको छ । ८ जीबी र्याम सहितको क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसरद्वारा सञ्चारित यस फोनमा तिब्र क्षमता सहितको ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरपनि उपलब्ध छ ।

ओपो रेनो १०एक्स जुम इडिसनमा ६.६५ ईञ्च फुल–एचडी+ एमोलेड डिस्प्ले जडान गरिएको छ भने ओक्टा–कोर क्वालकम स्न्यापड्रागन ८५५ प्रोशेसरले शक्ति प्रदान गर्छ । प्रयोगकर्ताका सेल्फीलाई थप क्रिस्प र शार्प बनाउन यस स्मार्टफोनमा एफर१.७ एपर्चर सहितको ४८ एमपी सोनी आईएमएक्स५८६


सेन्सरको प्रयोग गरिएको छ । कम्पनीको यस फ्ल्यागशिप ह्याण्डसेटमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेण्डरी सेन्सर र ८ एमपी सुपर वाइड एंगल सेन्सर जडान गरिएको छ ।

उपभोक्ताको नवप्रबर्तन र अदृतिय डिजाइनको मागलाई दृष्टिगत गर्दा ओपोको यो निर्णय उचित देखिन्छ । समग्र डिजाइन, निर्माण गुणस्तर र क्यामेरा स्पेसिफिकेसन्सका आधारमा रेनो सिरिज एक सटिक उत्पादन हो । नयाँ उत्पादनले बजारमा निकै माया र सफलता पाउने कुरामा कम्पनी विश्वस्त छ ।

समाचार

असार २ गते देखि नेपालको पहिलो भु उपग्रहले पृथ्वीको परिक्रमा गर्ने

काठमाडौं। नेपाल स्याट-१ नाम दिइएको नेपालको आफ्नो पहिलो भू–उपग्रहले असार २ गते देखि पृ…

सफ्ट्वरिका कलेजले काठमाण्डौमा ३ दिने आइ.ओ.टि. प्रदर्शनी गर्दै

काठमाडौं। शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्र…

दुरसञ्चार प्राधिकरणले प्रदेश ५ लाई बनाईदियाे कर्णाली प्रदेश

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश ५ को रोल्पामा रहेको गंगादेव गाउँपालिका ला…

वान प्लस ७ प्रो अब नेपालमा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषित गदैँ, वान…

एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना

ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…

नेपाल टेलिकमको विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवा

काठमाडौं। नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको मुलुककै अग्रणी दू…

एन आई सी एशिया बैंक लि को दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं। झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्गजा जिल्ला, …

महालक्ष्मी विकास बैँक लि को शाखा सञ्जाल विस्तार

काठमाडौं। महालक्ष्मी विकास बैंक लि ले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुर…

ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो

काठमाडौं । उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै वैश्विकरुपमै अग्रणी स्मार्टफो…