समाचार
आइसिटी अवार्ड २०१९ को अनलाइन नोमिनेसन खुला
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को अनलाइन नोमिनेसन जेठ १ गतेदेखि खुला गरिएको छ । चौथो संस्करणका रुपमा आयोजना हुन लागिरहेको नोमिनेसन जेठ २५ गतेसम्म दर्ता गर्न सकिनेछ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले २०७६ साल साउन ३२ गते काठमाडौंमा आयोजना हुनेछ ।
आइसिटी अवार्ड २०१९ मा यस वर्ष विभिन्न ९ विधामा अवार्ड सञ्चालन हुनेछ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन् । यसैगरी यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको छ ।
जेठ १ देखि २५ गतेसम्म अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिले जानकारी दिएको छ । यसैगरी असारको पहिलो हप्तादेखि सर्टलिस्ट प्रकाशन गरी छनोटका अन्य अभ्यास सुरु हुने जुरी समूहमा रहेका हेमपाल श्रेष्ठले जानकारी दिए । यस वर्ष पनि १० जनाको जुरी समूह रहनेछ भने ७ जना जुरी सल्लाहकारका रुपमा छन् । अवार्ड कार्यक्रम पारदर्शी र निष्पक्ष हुने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।
यस वर्षको आइसिटी अवार्डका लागि ४ महिना अघिदेखि नै तयारी सुरु गरिएको आयोजकले जनाएको छ । अवार्डको प्रि इभेन्ट क्याम्पियनका रुपमा विराटनगर, बुटवल र नारायणगढमा ‘स्टार्टअप एन्ड इनोभेसन मेला’ आयोजना गरिएको छ ।
स्थानीय स्तरहरुमा विद्यार्थीका प्रोजेक्ट र स्टार्टअप्सका प्रडक्टहरुलाई प्रवद्र्धन गर्दै राष्ट्रिय प्लाटफर्म दिने उद्देश्यले स्टार्टअप मेला आयोजना गरिएको बताइएको छ । अवार्डमा नोमिनेसन दर्ता गर्न आइसिटी अवार्ड डट ओआरजी ( https://ictaward.org/award-categories/ ) लगइन गर्नुपर्नेछ ।
अवार्डको कुन विधामा कसले नोमिनेसन दिने ?
चौथो संस्करणका रुपमा आयोजना हुन लागेको आइसिटी अवार्ड २०१९ मा ९ विधा समावेश गरिएको छ । यी विधामा अनलाइन आवेदनका लागि केही नियम पूरा गर्नुपर्नेछ ।
स्टार्टअप आइसिटी अवार्ड २०१९
स्टार्टअप आइसिटी अवार्डमा प्रविधि क्षेत्रका स्टार्टअप कम्पनीहरुले सहभागिता जनाउन सक्नेछन् । प्रविधिको प्रयोग गरेर व्यापार व्यवसाय गरिरहेका र कम्तीमा एउटा आफ्नै प्रडक्ट बजारमा ल्याएका कम्पनीहरुले यसमा सहभागिता जनाउनेछन् । यसका लागि कम्पनी दर्ताको मितिले ३ वर्ष ननाघेको हुनुपर्नेछ । गतवर्षको स्टार्टअप आइसिटी अवार्डमा पिपुल्स डेभलपमेन्ट ल्याबले २५ भन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जितेको थियो ।
प्रडक्ट आइसिटी अवार्ड २०१९
प्रडक्ट आइसिटी अवार्डमा एक वर्षभित्र सार्वजनिक भएका प्रडक्टहरुलाई सहभागिता जनाउन सकिन्छ । प्रविधि क्षेत्रका प्रडक्टहरु यसमा सहभागी हुन पाउनेछन् । गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक हुने प्रडक्टहरुले नोमिनेसन दर्ता गराउन सक्नेछन् । गतवर्ष ३० बढी प्रडक्टलाई पछि पार्दै आइ सोलुसन लाइफले सर्वोत्कृष्टको अवार्ड जितेको थियो ।
पायोनियर आइसिटी अवार्ड २०१९
यस अवार्ड आइसिटी क्षेत्रका प्रबुद्ध र अग्रजहरुका लागि गरिने सम्मान हो । अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरका रुपमा मनाइने आइसिटी अवार्डमा पायोनियर अवार्ड सबैभन्दा सम्मानित अवार्ड हो । कम्तीमा १५ वर्षभन्दा बढी आइसिटी क्षेत्रमा योगदान दिएका व्यक्तिले यस अवार्डमा नोमिनेसन दर्ता गर्न सक्नेछन् । अवार्डमा अरु जोकोहीले पनि कसैको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सकिनेछ । गतवर्ष १५ जनाभन्दा बढीको नोमिनेसनबाट सञ्जीवराज भण्डारीले पायोनियर अवार्ड प्राप्त गर्नुभएको थियो ।
आन्टरप्रेनर्स आइसिटी अवार्ड २०१९
उद्यमशीलतालाई प्रवद्र्धन गर्ने प्रयासस्वरुप यो विधाको अवार्ड समावेश गरिएको हो । आइटी क्षेत्रमा योगदान दिइरहेका र सफलता हासिल गरिरहेका व्यक्तिहरुका लागि यो अवार्ड आयोजना गरिन्छ । कम्तीमा पाँचभन्दा बढी वा त्योभन्दा बढी समय यस क्षेत्रमा योगदान दिएका व्यक्तिहरुले यस अवार्डमा नोमिनेसन दर्ता गर्न सक्नेछन् । यसका लागि अन्य जोकोहीले पनि कसैको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् । गतवर्ष एफ वान सफ्टका विश्वास ढकालले २० जनाभन्दा धेरैको नोमिनेसनबाट उत्कृष्ट हुँदै आन्टरप्रेनर्स अवार्ड प्राप्त गरेका थिए ।
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१९
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था, विभाग वा कार्यालयहरुले प्राप्त गर्ने अवार्ड हो । सबैभन्दा राम्रोसँग प्रविधिको प्रयोग गरी जनतालाई सजिलो, छिटो र भरपर्दो सेवा प्रदान गर्ने सरकारी संस्थालाई यस अवार्डबाट सम्मानित गरिएको थियो । गतवर्ष १० भन्दा बढी प्रतिस्पर्धीहरुलाई पछि पार्दै नेपाल प्रहरीले यो अवार्ड प्राप्त गरेको थियो ।
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१९
विदेशमा रहेर पनि नेपालको आइटी क्षेत्रमा विशेष योगदान दिइरहेका व्यक्तिहरुका लागि समर्पित यो अवार्डको लोकप्रियता विदेशमा पनि बढ्दै गएको छ । धेरैले चासो नराखेको तर महत्वपूर्ण यस विधाको अवार्डमा गतवर्ष १२ भन्दा बढी देशबाट नोमिनेसन दर्ता भएको थियो । गतवर्ष लिपफ्रङ कम्पनीका हिमाल कर्माचार्यले यो अवार्ड प्राप्त गरेका थिए ।
राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९
आइटी तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले बनाएको प्रडक्टका आधारमा यो अवार्ड प्रदान गरिनेछ । यस वर्ष डिजिटल नेपालको थिममा रहेर विद्यार्थीले प्रोजेक्ट विकास गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् । डिजिटल नेपालको थिममा बसेर बनाएका प्रोजेक्टलाई अनलाइनमार्फत भिडियोसहित आवेदन दिनुपर्नेछ ।
डिजिटल एजुकेसन आइसिटी अवार्ड २०१९
सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएका स्कुल तथा सामाजिक संस्थाहरुलाई यो अवार्डबाट सम्मान गरिनेछ । यसमा सरकारी स्कुल तथा इन्स्टिच्युसनहरुले सहभागिता जनाउन सक्नेछन् । यसका लागि अनलाइनमा आवेदन दर्ता गर्नुपर्नेछ ।
मिडिया रिकग्निसन आइसिटी अवार्ड २०१९
मिडियामा कार्यरत मिडियाकर्मीहरुका लागि यो सम्मान प्रदान गरिन्छ । सूचना प्रविधि बिट बनाएर मिडियामा रिपोर्टिङ तथा लेखरचना प्रकाशन गर्ने पत्रकारहरुका लागि यो अवार्ड हो । यसका लागि पनि अनलाइबाट नोमिनेसन दर्ता गर्नुपर्नेछ ।
अवार्डको नोमिनेसनका लागि
https://ictaward.org
मा गएर अनलाइन आवेदनमा क्लिक गरी विधा छानेर आवश्यक उल्लेख गरिएको फारमा जानकारी र डकुमेन्ट सबमिट गरेर नोमिनेसन दर्ता गराउन सकिनेछ ।
समाचार
बैंकिङ सफ्टवेयरमा बदमासी : करोडौं खर्चेर किनेको कोर बैंकिङ सिस्टममा पाइरेटेड ओराकल
केही हप्ताअघि ओराकल कर्पोरेसन नामक अन्तर्राष्ट्रिय कम्पनीका केही प्रतिनिधिहरु नेपाल आए । उनीहरु भित्री रुपमा गुपचुप नै रहे…
फोनमा स्टोरेज कम छ भने वेबसाइट बाटै खेल्नुहोस गेम
काठमाडौं। तपाईहरुलाई गेम कतिको मन पर्छ। के तपाई आफ्नो फोनमा स्टोरेज कम भएर गेम खेल्न स…
एचटीसीले ब्लकचेनमा आधारित नयाँ स्मार्टफोन ल्याउदै
काठमाडौ।
एचटीसीले अब ल्याउने नयाँ फोन एक्जोडस वानमा ब्लकचेन प्रविधि भित्रयाउने भ…
जेठ १ मा ‘सुबिसु कन्क्लेभ २०१९’, यस्ता विषयमा हुँदै छ छलफल
काठमाडाैं । सुबिसु केबल नेटको आयोजनामा काठमाडौंमा दोस्रो संस्करणको ‘ तनहुँ । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार ईकाइ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा गत चैत २२ गतेदेखि वैशाख ३ गत…
हेटौंडामा रहेको सरकारको डिजास्टर रिकभरी सेन्टर मंगलबारदेखि सञ्चालमा आउँदै
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका)द्धारा निर्मित सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिसी) को हेटाैंडास्थित डिजास्टर रिकभरी सेन्टर मंगलबार (वैशाख ३१…
विराटनगरमा आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला सम्पन्न
विराटनगर । आइसिटी अवार्ड २०१९ को पूर्वसन्ध्यामा आयोजना भइरहेको आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको पहिलो श्रंखला विराटनगरमा सम्पन्न भएको छ ।
‘…
इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सन् २००७ मा स्थापना भएको यस संस्था इन्टरनेट सोसाइटीको १३० अन्तराष्ट्रिय च्याप्टरमध्ये…
आइसिटी स्टार्टअप मेला सुरु, मुख्यमन्त्री राई भन्छन् - ‘प्रदेश १ लाई डिजिटल प्रदेश बनाउँदै छौं’
विराटनगर । शुक्रबारदेखि विराटनगरस्थित होटल स्टर्न स्टारमा 'फ्युज मेशिन्स नेपाल आइसिटी स्टार्टअप एण्ड इनोभेसन २०१९ इन एशाेसि…
इन्टरनेट बन्द गर्ने चेतावनी दिदै समितिले भन्यो, ‘चर्को शुल्क तिर्दैनौं’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट र टेलिभिजन सेवा प्रदायकसँग चर्को शुल्क उठाएपछि आन्दोलित सेवा प्रदायकले इन्टरनेट र टेलिभिजन सेवा बन्द गर्ने चेता…
ओएसआरले ल्यायो भिडियो पसल एप, रिलिज भएकै दिन फिल्म हेर्न मिल्ने
ओएसआर डिजिटलले अब नेपाली फिल्म रिलिज भएकै दिन अनलाइनमा राख्ने भएको छ । यसका लागि दर्शकले अनलाइनबाट रकम भुक्तानी गरेर फिल्म हेर्न सक्छन् ।
ओएसआ…
एप्पलले २/३ सातामा किन्छ एउटा कम्पनी
काठमाडौं। एप्पलले प्रत्येक २ देखि ३ सातामा एक कम्पनी खरिद गर्ने गरेको एप्पलका सीईओ टिम क…
विराटनगरमा आजदेखि आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला, उद्घाटन मुख्यमन्त्री राईबाट
विराटनगर । लिभिङ विथ आइसिटीको आयोजनामा विराटगरमा आजदेखि २ दिने ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला २०१९ इन एशोसिएसन विथ ब्रोडवे इन्फो…
आइटी विधेयकमा अन्तर्क्रिया सम्पन्न, संशाेधनका लागि ब्यापक दबाब
नेपाल सरकारले संघीय संसदमा पेश गरेको ‘सूचना प्रविधि विधेयक २०७५’ बारे सरोकारवालाहरुबीच आज अन्तक्र्रिया गरिएको छ ।
विराटनगरकाे आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलामा ४० भन्दा बढी स्टल
विराटनगर / विराटनगरमा आगामी शुक्रबारदेखि दुईदिने आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुँदै छ ।
आइसिटीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनका…