समाचार
प्रिक्साले ल्यायो एडलीटिक्स सफ्टवेर, विज्ञापनदाता र प्रकाशकलाइ के छ फाइदा ?
विगत पाँच वर्षदेखी सूचना प्रविधि क्षेत्रमा सक्रिय रहेको , प्रिक्सा टेक्नोलोजीज ले गत २०७६ असोज २७ बाट प्रिक्सा एडलीटिक्स सफ्टवेर ( Prixa Adalytics Software) बजारमा ल्याएको छ।
Advertiser Publisher Relationship Management (APRM) प्रणालीमा आधारित एडलीटिक्स सफ्टवेर नेपालमै पहिलो पटक निर्माण गरिएको यस्तो सफ्टवेर हो । यसले विज्ञापनदाता र अनलाइन संचार पोर्टलको ( प्रकाशकको ) कार्यसंचालन र सम्बन्धलाइ व्यवस्थित गर्ने फिचरहरु उपलब्ध गराएको छ।
कसरि काम गर्छ एडलीटिक्सले ?
एडलीटिक्स को अत्याधुनिक प्रविधिको मद्दतले विज्ञापनदाताहरुले आफ्नो विभिन्न अनलाइन पोर्टलहरुमा भईरहेका ब्यानर तथा जि . अई . एफ विज्ञापन (GIF AD) हरुको इम्प्रेसन (Impression), क्लिक (Click), र युजर (User) को तथ्याङ्क लिन सकिनेछ । यस अर्थमा इम्प्रेसन भन्नाले एउटा विज्ञापन कति पटक हेरियो भन्ने हो भने क्लिक भन्नाले कतिजनाले सो विज्ञापनमा क्लिक गरे भन्ने विवरण हो । त्यसै गरि युजरको तथ्यांक भन्नाले कतिजनाले सो विज्ञापन हेरे भन्ने हो । यसका साथै यसले विज्ञापनदाताहरुलाई पाठक / दर्शकहरुले प्रयोग गरेको उपकरण (Mobile, Desktop or Tablet Device) तथा वेब ब्राउजर (Web browser used) को तथ्यांक पनि प्रस्तुत गर्दछ। एडलीटिक्स ले विज्ञापनदातालाई विभिन्न अ के नलाइन पोर्टलहरुमा राख्ने डिजिटल विज्ञापनहरुलाई आफैले राख्ने , मिलाउने र हटाउने फिचर प्रदान गर्दछ।
विज्ञापनदाता र प्रकाशक लाइ के छ फाइदा ?
विज्ञापनदातालाई आफ्ना विभिन्न अनलाइन पोर्टलमा रहेको सम्पूर्ण विज्ञापनको प्रगति तुलना गरी आफ्नो बजेट उपयोगिता विश्लेषण गर्नमा एडलीटिक्स ले ठुलो सहयोग गर्नेछ ।
एडलीटिक्स ले अनलाइन विज्ञापनदातालाई मात्र नभई प्रकाशकहरुलाई पनि आफ्नो पोर्टलको विभिन्न ठाउँमा राखिने विज्ञापनको प्रगति मापन र मूल्यांकन गर्न सहयोग गर्दछ। हालसम्म केहि विज्ञापनदाता एवम् अनलाईन पोर्टलहरुको सहकार्यमा एडलीटिक्स को सफल परीक्षण गरि यस सफ्टवेर प्रयोगमा पनि आइसकेको बताइएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था तथा प्रोजेक्टहरुको अनुभव भएका इन्जिनियारहरु द्वारा निर्मित , र साइबर सुरक्षा विज्ञहरुद्वारा जाँच गरिएको यस एडलीटिक्स सफ्टवेर नेपालको राष्ट्रिय साइबर सुरक्षा नीति एवम् अन्य कानुनको पूर्ण रुपले अनुपालना गरको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
समाचार
सगुन लाइटले सार्बजनिक गर्यो \'स्मार्ट कोइन्स\'
सगुन लाइटले कनेक्ट, शेयर र अर्न लक्ष्य बोकेको स्मार्ट कोइन्स सार्वजनिक गरेको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना प्रयोगकर्ताले सामान खरिद गर्न, उपहार दिन र …
काठमांडौमा अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन
काठमांडौमा ३ दिने अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन आयोजना भएको छ । कार्तिक ४, ५ र ६ गते होटल र्याडिसनमा आयोजना भैरहेको कार्यक्रममा ५०० सय बढि युवा…
महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको औपचारिक उद्घाटन, २० प्रोजेक्ट सञ्चालनमा
काठमाडौ । वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको अग्रसरतामा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय…
पहिलो ३२ मेगापिक्सेल ड्यूल पप-अप सेल्फी क्यामरा सहितको \'भिभो भी १७प्रो\' सार्बजनिक
भीभो, विश्वव्यापी इनोभेटिभ स्मार्टफोन ब्राण्ड, भी सिरिजको पोर्टफोलियोमा नयाँ सदस्यको रुपमा आज आफ्नो फ्ल्यागशिप डिभाइस भी १७प्रो सार्बजनिक गरेको छ । यो डिभाइस…
ह्वावेको सन् २०१९ को तेस्रो त्रैमासिकको व्यापार आय २४.४ प्रतिशतले वृद्धि
ह्वावेले सन् २०१९ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर महिनासम्म) को व्यापार आय विवरण सार्वजनिक गरेको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा ह्वावेले ६१०.८ …
१० रुपैयाँमा ८० एमबी डाटा चलाउन सकिने, आयो टेलिकमको नयाँ अटम अफर
नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर (
युनाइटेड फाइनान्सले एस्.वी. सोलुसन्ससँगको सहकार्यमा कर्जा प्रक्रियालाई अटोमेसन र डिजिटाजेसन गर्दै
युनाइटेड फाइनान्स लि. र एस् वी. सोलुसन्स् प्रा. लि. बीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई …
अब कर तिरेको प्रमाणपत्र अनलाइनबाटै
काठमाडौं । आन्तरिक राजश्व विभागले अनलाइनबाटै कर तिरेको प्रमाणपत्र प्रदान गर्ने भएको छ । हाल करदाताले कर तिरेपछि पाउने प्रमाणपत्र लिन सरकारी कार्यालयमै पुग्न…
नेपाललाई ३.५ अर्ब चिनियाँ यूआन सहयोग दिने राष्ट्रपति सी चीनफिङको घोषणा
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चीनफिङले नेपाललाई सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब चिनियाँ यूआन सहयोग उपलब्ध गरा…
सरकारले \'एआई कन्फ्रेन्स\' आयोजना गर्दै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कन्फ्रेन्स आयोजना गर्ने भएको छ । मन्त्रालयमा शुक्रबार बसेको बैठकले…
सातै प्रदेशका ५९ सहरहरुमा उच्चगतिको फोरजी सुरु, फागुनदेखि देशभर संचालनमा आउने
नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका ३२ वटा जिल्लाका ५९ प्रमुख सहरहरुमा विस्तार गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सा…
घरमै बसी अस्पतालको टिकेट काट्न सकिने, विराट मेडिकल कलेजमा यस्ताे सेवा सुरु
विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।…
चितवनमा टेकम्याक्स मल्टि ब्राण्ड शोरुम सञ्चालन
चितवन । चितवनमै पहिलो पटक मोबाइलको ब्राण्डेड एसोसरिज स्वरुम ‘टेकम्याक्स ट्रेड प्रा.लि’ सञ्चालन भएको छ । भरतपुरको क्याम्पस ग…
नेपाल टेलिकमको फोरजी सेवा सातै प्रदेशमा, फोरजी शुभारम्भको अवसरमा आकर्षक डाटा प्याकेज
नेपाल टेलिकमले फोरजी एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको अवसरमा असोज १५ गते(…
माछापुच्छ्रे बैंकले कावासोतीमा बिस्तार गर्यो २ शाखा रहित बैंकिङ सेवा
नवलपुर । कावासोतीमा माछापुच्छ्रे बैंक लिमिटेडले दुई वटा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।
सोमबार कावासोती १७ मा बैंकले १२९ औँ र…