समाचार
एनप्याब्सन र प्याब्सनसँग एनसेलको सहकार्य, २५० रुपैयाँमा २० जीबी डेटा सहित अन्य सुविधा
एनसेलले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा कोरोना भाइरस महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ ।
एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने उदेश्य लिएको छ ।
यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् । विद्यार्थीले कर बाहेक मासिक २५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन ।
‘कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको छ । साथै अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ । हामीसबै विस्तारै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त भइरहेका बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ, एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ–लर्निङमा योगदान पुर्याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामी हर्षित छौं ।’
एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट इ–लर्निङमा सहयोग पुर्याउने बताएका छन् ।
एनप्याब्सनका अध्यक्ष ऋतु राज सापकोटाले भने ‘विद्यालयहरुमा पठनपाठन कहिले देखि संचालन हुने निश्चित नभएको हालको अवस्थामा अनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक÷शिक्षिकालाई अध्ययन अध्यापनमा सहयोग पुर्याउनका लागि एनसेलसँग यस विशेष योजनामा हातेमालो गर्न पाउँदा खुसी छौं ।’
‘कोभिड–१९ ले निम्ताएको यस महामारीले हालको शिक्षण प्रणालीलाई नाटकीय ढंगले परिवर्तन गरिदिएको छ र सिकाइका लागि विश्वव्यापी रुपमानै भर्चुअल लर्निङ्को ट्रेन्ड अप्रत्याशित रुपमा बढेको छ । विद्यालयहरुले हालका लागि भर्चुअल रुपमा नै कक्षाहरु संचालन गर्ने सरकारको नीतिमा यस सहकार्यले सहयोग पुर्याउने कुरामा हामी विश्वस्त छौं,’ प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने ।
यस सहकार्य अनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्नेछन । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।
समाचार
फेसबुकमा अश्लिल फोटो पठाउने एकजना व्यक्ति पक्राउ
अश्लिल फोटो तथा सामाग्रीहरु सामाजिक सञ्जालमा पठाउने व्यक्ति पक्राउ परेका छन् । प्रहरी…
ह्वाट्सएपमा सधैको लागि च्याट म्यूट गर्न सकिने फिचर आउँदै
ह्वाट्सएपले सधैँको लागि च्याट म्यूट गर्न सकिने फिचर ल्याउने भएको छ । यो फिचरलाई प्रय…
कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बिच सहकार्य
कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरुमा…
ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा, स्वचालितरुपमा हातलाई स्यानिटाइज गर्न सकिने
विश्वभर कोरोनाभाइरसको महामारी र त्रास बढेसँगै मानिसहरु सुरक्षित हुने विभिन्न किसि…
सेलपेबाट मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत क्यास ब्याक पाइने
सेलपेका ग्राहकले पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अर्थात अधिकतम १००० रुपैँया …
गूगल वानको मोबाइल एपमा अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने
गूगल वानको मोबाइल एपबाट अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने भएको छ । गूग…
एनसेल र हिसानबीच सम्झौता, २५० रुपैयाँमा २० जीबी डेटा सहित अन्य सुविधा
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि वि…
सजिलो मर्मतले आफ्ना प्राविधिकहरुका लागि ल्यायो ‘कोभिड रिलिफ फन्ड’
दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको ठूलो संख्याले लकडाउन अवधिमा निकै कष्ट झेल्नु …
आजदेखि मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप सुरु हुदै
आजदेखि नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप हुने भएको छ । मेसिन लर्निङ डेटा साइन्स नेटवर्क नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा यो वर्कश…
आजदेखि मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप सुरु हुदै
आजदेखि नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप हुने भएको छ । मेसिन लर्नि…
स्वाब संकलन गर्न नास्टले बनायो मोबाइल स्वाब क्लेक्सन भेहिकल
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले मोबाइल स्वाब क्लेक्सन भेहिकलको …
अब क्युआर कोड स्क्यान गरी नबिल बैंकबाट रकम झिक्न सकिने
नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । मंगलबारबाट सुरु गरिएक…
सानिमा बैंकबाट अब चेक बिना नगद झिक्न सकिने
सानिमा बैंकले डिजिटल काउन्टरको सुरुवात गरेको छ । बैंकका अनुसार ग्राहकको सुविधा …
अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने एकजना पक्राउ
भक्तपुर मध्यपुर थिमी नगरपालिका ५ ताहाननी घर भई काठमाडौं महानगरपालिका-७ बौद्ध बस्न…
बालवालिकाको लागि इन्टरनेटमा कन्टेन्ट फिल्टर गर्ने कि सचेतना जगाउने ?
बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफसँगको सहकार्यमा इन्टरनेटबाट बालबालिका र युवाहरुलाई हुने उत्पीडनको बारेमा वर्क…