कीवर्डहरू -

समाचार

लाइभ स्ट्रिमिङ गरी आत्महत्या गर्न लागेको थाहा पाए प्रहरीलाई खबर गर्न साइबर ब्यूरोको अनुरोध

प्रहरीले सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गरी आत्महत्या गर्न लागेको वा गर्दै गरेको घटनाको बारेमा जानकारी दिन अनुरोध गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै फेसबुक लगायत सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्दै आत्महत्या गर्न लागेको वा गर्दै गरेको घटनाको बारेमा कुनै पनि जानकारी वा सूचना भएमा तुरुन्तै खबर गर्न अनुरोध गरेको हो ।

त्यस्ता घटनाको कुनै पनि जानकारी वा सूचना पाएमा  तत्काल प्रहरीको आकस्मिक कन्ट्रोल नम्बर १००, नजिकको प्रहरी कार्यालय, ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४, मोबाइल नम्बर ९८५१२८६७७० र ९८५१२८६७७१ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

\"\"

यसरी फेसबुक लगायत सामाजिक सञ्जालमा लाइभ आएर आत्महत्याको प्रयास गरेको थाहा पाई समयमै प्रहरीलाई जानकारी दिएमा जीवन रक्षा गर्न सकिने समेत साइबर ब्यूरो बताएको छ ।

त्यस्तै लाईभ स्ट्रिमिङ गरी आत्महत्या गरिएका भिडियोहरु सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलमा अपलोड गर्ने, शेयर गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्यहरु नगर्न समेत प्रहरीले आग्रह गरेको छ । त्यस्तो कार्य गरेमा नेपालको कानून बमोजिम दण्डनीय भएकोले कसैले पनि नगर्न नगराउन प्रहरीले अनुरोध गरेको छ ।

समाचार

इन्टरनेट सस्तो र गुणस्तरिय हुनुपर्नेमा सरोकारवालाको चासो, करछुट गर्न आइस्पानको माग

नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्य…

नेपालमा भारतीय न्युज च्यानलको प्रसारणमा रोक

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सि…

ह्वाट्सएपको एनिमेटेड स्टिकर फिचर सबैका लागि उपलब्ध, यसरी गर्नुहोस प्रयोग 

फेसबुकको स्वामित्व रहेको ह्वाट्सएपले एनिमेटेड स्टिकर फिचर सबैको लागि उपलब्ध गराएको …

११५५ टोल फ्रि नम्बरमा फोन गरेर बाढीको जानकारी लिन सकिने

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ…

नबिल बैंक र हुवावेबिच सहकार्य, डिजिटल बैंक बन्न नबिलले हुवावेको प्रविधि प्रयोग गर्ने

नबिल बैंकले हुवावे टेक्नोलोजिजसँग बुधबार एक कार्यक्रमका बिच रणनैतिक साझेदारीको स…

कहाँबाट आउँछ नेपालमा इन्टरनेट ?

नेपालमा भारतबाट विभिन्न ५ नाका र चिनबाट १ ठाउँबाट इन्टरनेट भित्रने गरेको एनपीनगका अध्यक्ष समीत जन थिङले जानकारी दिए । नेपालमा इण्टरनेटको ब्याण्डवीथ भित्र्…

सेमेस्टर परिक्षाअब भर्चुअल माध्यमबाटै, विश्वविद्यालयहरुले थाले तयारी

विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । कोरोना भाइरस महामा…

चिनियाँ एप स्टोरबाट एप्पलले हटायो ४५०० गेमिङ एप

एप्पलले चिनियाँ एप स्टोरबाट चिनियाँ ४५०० गेमिङ एप हटाएको छ । चिनियाँ सरकारले आफ्…

लकडाउनमा टिकटक र नेटफ्लिक्स चलाउने शतप्रतिशतले वृद्धि

नेपालमा कोरोनाले निम्त्याएको संकटसँगै भएको लकडाउनको कारण इन्टरनेट खपतमा वृद्धि भएको छ । लकडाउनअघि ५०० गिगाबिट प्रतिसेकेण्ड इन्टरनेट व्याण्डविथ आइरहेको ने…

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटबाट प्राप्त गर्न सकिने

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटमै प्राप्त गर्न सकिने भएको छ । यसको ल…

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

फेसबुक पेजमा मोबाइल, घडी तथा अन्य महङ्गो मूल्यका सामानहरु सस्तो मूल्यमा बिक्रीमा छ …

आइसिटी अवार्ड २०२० को लागि कुन विधामा कसरी दिने आवेदन ? 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन असार ८, २०७७ देखि सुरु भइसकेको छ ।…