समाचार
एकेडेमिया र इन्डष्ट्रीको ब्रिजिङ गर्दै \'प्रोफेसनल आइटी ट्रेनिङ इन्स्टिच्युटहरु\'
नेपालमा प्रोफेसनल आइटी कोर्सहरूको अध्यापन सन् २००० बाट भएको पाइन्छ । एकेडेमिक रूपमा शैक्षिक संस्था तथा विश्वविद्यालयका कोर्स अध्ययनबाहेक पनि नेपालमा हाल आधारभूत कम्प्युटर कोर्सदेखि अन्तर्राष्ट्रिय सर्टिफिकेट कोर्सहरू विभिन्न संस्थाहरूले प्रदान गर्दै आएका छन् ।
प्रविधि क्षेत्रमा हुने विकासको गति दिनानुदिन बढिरहेको सन्दर्भमा विद्यार्थी तथा आइटी क्षेत्रमा प्रोफेसनल करिअर विकास गर्न चाहनेहरूलाई प्रयोगात्मक ज्ञान प्रदान गर्न प्रोफेसनल आइटी कोर्सको आवश्यकता छ ।
हाम्रा विश्वविद्यालयको शिक्षा बढी सैद्धान्तिक हुनु र समयमा कोर्स अपडेट नह“ुदा विद्यार्थी वर्गमा विश्वस्तरीय प्रयोगात्मक ज्ञानको कमी छ । अर्कोतर्फ आइटी क्षेत्र तथा कर्पोरेट क्षेत्रमा लागेका प्रोफेसनलहरूलाई पनि प्रोफेसनल रूपमा काम गर्न एडभान्स कोर्सको आवश्यकता पर्ने गर्दछ ।
आइटी प्रोफेसनल सर्टिफिकेशन प्रोग्रमहरू गैरसरकारी प्रोग्रामहरू हुन्, जसले इन्डष्ट्रीमा आधारित ज्ञान प्रदान गर्दछ । विश्वविद्यालयको शिक्षा बढी सैद्धान्तिक भइरहेका सन्दर्भमा प्रोफेसनल कोर्सहरूले वास्तविक प्रयोगात्मक शिक्षालाई अघि बढाएर विश्वविद्यालयको शिक्षा र आइटी उद्योगबीच रहेको खाल्डोलाई पुर्ने काम गरिरहेका छन् ।
नेपालमा अहिले मुख्यतया प्रोग्रामिङ, एन्ड्रोइड तथा आइओएस एप्स डेभलपमेन्ट, माइक्रोसफ्ट तथा लिनक्स सर्टिफाइड कोर्स, एनिमेसन÷थ्रिडी कोर्स, वेब डेभलपमेन्ट तथा ग्राफिक्स, अकाउन्टिङ, नेटवर्क तथा सेक्युरिटी कोर्स, आधारभूत कम्प्युटर कोर्सहरूलगायत रहेका छन् ।
नेपालमा करिब २ दशक अघिबाट आधारभूत कम्युटर कोर्सको प्रचलन आयो । नेपालमा काठमाडौं उपत्यकाबाहिर र केही दुर्गम क्षेत्रका एसएलसी सकेका विद्यार्थीहरूलाई लक्षित गरेर बेसिक कम्युटर कोर्स, अफिस प्याकेज तथा डिप्लोमा कोर्सहरू विभिन्न इन्स्टिच्युटहरूले दि“दै आएका छन् ।
नेपालमा आइटी क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको क्यानले सुरुवाती दिनहरूबाटै काम गरेको पाइन्छ । नेपालमा पनि आइसिटी क्षेत्रको विकासको विकासलहर भित्रिएस“गै पछिल्लो समय विश्वस्तरका माइक्रोसफ्ट, लिनक्स, रेड ह्याट, सिस्को सर्टिफाइडलगायत कोर्सहरूको अध्यापन विभिन्न इन्स्टिच्युटहरूले गर्दै आएका छन् ।
नेपालका केहि प्रोफेसनल आइटी इन्स्टिच्युट
नेपालमा प्रोफेसनल कोर्सहरू पढाउने इन्स्टिच्युटहरूको संख्या दर्जनौं पुगिसकेको छ । आइटी ट्रेनिङदेखि ग्लोबल सिर्टिफाइड इन्स्टिच्युटहरूमध्ये प्रमुख इन्स्टिच्युटहरूमा ब्रोडवे इन्फोसिस, आइटी ट्रेनिङ सेन्टर नेपाल, निओस्फेर, इलिप्स इन्स्टिच्युट अफ इन्फर्मेशन टेक्नोलोजी, कम्युटर पोइन्ट नेपाल, एनआइआइटी, ब्लाकहक, इन्स्टिच्युट अफ डेभलपमेन्ट रहेका छन् ।
त्यसैगरी सुपरबे्रन टेक्नोलोजी प्रालि, एनआइआइटी, लाबा, माइक्रो एसजिएस इन्स्टिच्युट, पास्कल टेक्नोलोजी, नेपाल ट्रेनिङ सेन्टर, माया एनिमेशन, ब्लाकबक्स एनिमेशन, नेपाल ट्रेनिङ सेन्टर, स्लास प्लसलगायत रहेका छन् ।
यीबाहेक काठमाडौंबाहिर पनि केही इन्स्टिच्युटहरूले प्रोफेसनल कोर्सहरू गराइरहेका छन् । नेटवर्क वल्र्ड, डाइनामिक कम्प्युटर, सिएससी, एनआइआइटीलगायतका संस्थाहरूले प्रोफेसनल कोर्सहरू सञ्चालन गरिरहेका छन् । यीबाहेक पनि अन्य दर्जनौंं संस्थाहरूले यस्ता कोर्सहरू सञ्चालन गरेका छन् । तर, कतिपयमा स्किल्ड रिसोर्स पर्सनको अभाव, ल्याबको कमिले व्यावसायिक रूपमा इन्स्टिच्युटहरू सञ्चालन भएको पाइ“दैन ।
समाचार
कम्प्युटेसनल लिंगुइस्टिक ओलम्पियाड २०१९ सम्पन्न
विज्ञान, कृत्रिम वौद्धिकता तथा प्राकृतिक भाषा प्रशोधनको क्षेत्रलाई ओगट्ने गरी कम्प्युटेसनल लिंगुइस्टिकको प्रतियोगीता गराउँदै आएको हिमायुटेसनल लिंगुइस्टिक ओलम्पि…
आज काठमाडाैंमा ‘नेपाल साइबर सेक्युरिटी मिटअप’ हुँदै
काठमाडौं । आज दिउँसो २ बजेदेखि काठमाडौंमा ‘नेपाल साइबर सेक्युरिटी मिटअप …
मोबाइल एपबाटै अब घरमा औषधी
विधाना नामक मोबाइल एप्स बाट अब घरमै बसेर आफूलाई चाहिने आवश्यक औषधी पाउने सकिने छ। विधाना एप थ्रि मोङक प्रालीले ब…
एनआइसीको अतुलनिय बिशेषताहरु सहित १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना एकै साथ सुरु
“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनसमुदायमा केन्द्रित बंैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठू…
४८ मेगापिक्सल डुअल रियर क्यामेरा सहित एफ११ प्रो नेपालमा सार्वजनिक हुदै
ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामे…
पाँचौ पुस्ताको २० गुणा तिब्र फाईभ जी सुरु
काठमाडौं। दक्षिण कोरियाले फोजी भन्दा २० गुणा तिब्र पाँचौ पुस्ताको मोबाइल नेटवर्क फाईभ …
गुगलको सामाजिक सञ्जाल गुगल प्लस बन्द
काठमाडौं।
प्रयोगकर्तालाई पूर्वजानकारी दिएर गुगलले मंगलबार बाट आफ्नो सामाजिक सञ्ज…
अत्यावश्यक कार्यमा छिटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह
काठमाडौं । आइतबार साँझ बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा…
ह्वावे पी ३० सिरिजका फोनहरु सार्वजनिक, प्रि–बुकिङ्गमा उपलब्ध
फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एउटा भव्य समारोहका माझ ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी …
वैदेशिक रोजगारसम्बन्धी गुनासा सुन्न सिंहदरबारमा कल सेन्टर
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीसम्बन्धी गुनासा सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्…
इन्टरनेटमा बालबालिका : यौन हिंसाको शिकार
के तपाईंलाई थाहा छ ? बालबालिका र किशोरी सबैभन्दा बढी यौन हिंसाको शिकार भइरहेका छन् । वयस्कले विभिन्न प्रलोभनमा पारी यौ…
नेपाली बजारमा रिलु इन्टरप्राइजेजले ल्यायो माइक्रो कफी बेन्डिङ मेशिन
काठमाडौं । नेपालमै पहिलो पटक बिजुली र ब्याट्री दुवैबाट चल्ने माइक्रो कफी बेन्डिङ मेशिन आएको छ । नेपालमा आधुनिक कफी\\टी मेशिनको ब्यापार व्यवसायमा सक्रिय …
नेपालमा सिजी टेलिकमले फाइभ जी मोबाइल सेवा सञ्चालन गर्ने
काठमाडौं। नेपालमा फाइभजी सेवा सञ्चालनका लागि सिजी टेलिकम र टर्किस टेलिकम टर्कसेल बिच …
१७ मिनेटमै स्मार्टफोन फुुल चार्ज गर्ने नयाँ प्रविधि
काठमाडौं। चिनियाँ कम्पनि साओमीले १७ मिनेटमा स्मार्टफोन फुल चार्ज गर्न सक्ने नयाँ प्रविधि ल्याएको छ। शाओमीले १०० वाट …
अदालतमा अब रोबोटले फैसला गर्ने
काठमाडौं। सूचना प्रविधिको विकास संगै विश्वमा नयाँ नयाँ प्रविधिको विकास भैरहेको छ। यि …