समाचार
आइसिटी अवार्ड २०१९ को लागि जेष्ठ ३२ गतेसम्म नोमिनेशन दर्ता गर्न सकिने
नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डको रुपमा स्थापित ‘आइसिटी अवार्ड २०१९’ को अनलाइन आवेदनको समय ५ दिन थप गरिएको छ । विभिन्न ९ विधा समावेश गरिएको अवार्डमा अब जेठ ३२ गतेसम्म इच्छुकले नोमिनेशन गर्न सक्नेछन् । त्यसको लागि यहाँ क्लिक गर्नुहोस ।
लिभिङ विथ आइसिटी आयोजनामा हुन लागिरहेको यस चौथो संस्करणको आइसिटी अवार्डमा देशव्यापी रुपमा नोमिनेशन दर्ता भइरहेको छ । आइसिटेक मिडियाका अध्यक्ष एवं कार्यक्रमका संयोजक राजन लम्सालका अनुसार धेरै इच्छुक आवेदकले डकुमेन्ट तयार पार्न केही समय माग गरेको कारणले केहि दिन समयावधि थपिएको हो । ‘हामीले यस संस्करणमा हरेक विधामा अधिकतम आवेदन लिन खोजेका छौ र उत्कृष्ट नछुटुन भन्ने अभिप्रायले अनलाइन आवेदनको समय केही दिन थप गरेका छौं,’ उनले भने ।
आइसिटी अवार्ड २०१९ मा हालसम्म ९ विधाका लागि एक सयभन्दा बढी नोमिनेशन दर्ता भएको छ । यसअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, डिजिटल एजुकेशन अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड र राइजिङ स्टुडेन्ट अवार्डका लागि धेरै आवेदन दर्ता भएको छ । आइसिटी अवार्ड २०१९ का पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्डका लागि इच्छुक साथै अन्यले रिकमेन्ड गर्न सक्ने छन् ।
यस वर्ष आइसिटी अवार्डको प्रि–इभेन्ट क्याम्पियनको रुपमा विराटनगर, बुटवल र नारायणगढमा प्रदेशस्तरीय स्टार्टअप एवं इन्नोभेसन मेला र आइसिटी कन्फ्रेन्स समेत आयोजना गरिएको थियो । यसबाट स्थानीय युवा उद्यमी र उनीहरुले विकास गरेका वस्तु तथा सेवाको प्रवद्र्धन गरिनुका साथै आइसिटी अवार्डको प्रतिष्पर्धामा समेत समावेश भएका छन् ।
अवार्डको नोमिनेसनका लागि वेबसाइट आइसिटी अवार्ड डट ओआरजी
https://ictaward.org/award-categories/
मा गएर अनलाइन आवेदनमा क्लिक गरी विधा छानेर आवश्यक उल्लेख गरिएको फर्ममा जानकारी र डकुमेन्ट सबमिट गरेर नोमिनेसन दर्ता गराउन सकिनेछ ।
स्टार्टअप, प्रोडक्ट र स्टुडेन्ट प्रोजेक्टमा आवेदक आफैले आवेदन दिनुपर्ने छ भने अन्य विधाहरुमा आवेदकसँगै अन्य जो कोहिले नोमिनेशन दर्ता गरिदिन सकिनेछ ।
छनौट कसरी हुन्छ ?
आइसिटी अवार्ड २०१९ मा यस क्षेत्रमा लामो योगदान र अनुभव भएका १० जना जुरी समुह र ७ जना जुरी सल्लाहकारको समुहले विभिन्न छनौट प्रकृया तय गरेको छ । आएका आवेदनलाई डकुमेन्ट र थप अध्ययन गरि सर्टलिस्ट प्रकाशन गर्ने र छानिएकालाई प्रिजेन्टेशन र स्पिड डेटिङ सेसनमा सहभागी गराउने गरिन्छ ।
यसैगरी उत्कृष्ट ५ छनौट गरि अनलाइन र एसएमएस भोटिङ पनि सञ्चालन गरिनेछ । अवार्डको छनौट प्रकृया पारदर्शी र निष्पक्ष हुनेछ भने सोहि अनुसार छनौटको सम्पुर्ण अधिकार जुरी समुहलाई प्रदान गरिएका आयोजकले बताएको छ ।
अवार्डको कुन विधामा कसले नोमिनेसन दिने ?
चौथो संस्करणका रुपमा आयोजना हुन लागेको आइसिटी अवार्ड २०१९ मा ९ विधा समावेश गरिएको छ । यी विधामा अनलाइन आवेदनका लागि केही नियम पूरा गर्नुपर्नेछ ।
स्टार्टअप आइसिटी अवार्ड २०१९
स्टार्टअप आइसिटी अवार्डमा प्रविधि क्षेत्रका स्टार्टअप कम्पनीहरुले सहभागिता जनाउन सक्नेछन् । प्रविधिको प्रयोग गरेर व्यापार व्यवसाय गरिरहेका र कम्तीमा एउटा आफ्नै प्रडक्ट बजारमा ल्याएका कम्पनीहरुले यसमा सहभागिता जनाउनेछन् । यसका लागि कम्पनी दर्ताको मितिले ३ वर्ष ननाघेको हुनुपर्नेछ । गतवर्षको स्टार्टअप आइसिटी अवार्डमा पिपुल्स डेभलपमेन्ट ल्याबले २५ भन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जितेको थियो ।
प्रडक्ट आइसिटी अवार्ड २०१९
प्रडक्ट आइसिटी अवार्डमा एक वर्ष्भित्र सार्वजनिक भएका प्रडक्टहरुलाई सहभागिता जनाउन सकिन्छ । प्रविधि क्षेत्रका प्रडक्टहरु यसमा सहभागी हुन पाउनेछन् । गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक हुने प्रडक्टहरुले नोमिनेसन दर्ता गराउन सक्नेछन् । गतवर्ष ३० बढी प्रडक्टलाई पछि पार्दै आइ सोलुसन लाइफले सर्वोत्कृष्टको अवार्ड जितेको थियो ।
पायोनियर आइसिटी अवार्ड २०१९
यस अवार्ड आइसिटी क्षेत्रका प्रबुद्ध र अग्रजहरुका लागि गरिने सम्मान हो । अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरका रुपमा मनाइने आइसिटी अवार्डमा पायोनियर अवार्ड सबैभन्दा सम्मानित अवार्ड हो । कम्तीमा १५ वर्षभन्दा बढी आइसिटी क्षेत्रमा योगदान दिएका व्यक्तिले यस अवार्डमा नोमिनेसन दर्ता गर्न सक्नेछन् । अवार्डमा अरु जोकोहीले पनि कसैको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सकिनेछ । गतवर्ष १५ जनाभन्दा बढीको नोमिनेसनबाट सञ्जीवराज भण्डारीले पायोनियर अवार्ड प्राप्त गर्नुभएको थियो ।
आन्टरप्रेनर्स आइसिटी अवार्ड २०१९
उद्यमशीलतालाई प्रवर्द्धन गर्ने प्रयासस्वरुप यो विधाको अवार्ड समावेश गरिएको हो । आइटी क्षेत्रमा योगदान दिइरहेका र सफलता हासिल गरिरहेका व्यक्तिहरुका लागि यो अवार्ड आयोजना गरिन्छ । कम्तीमा पाँचभन्दा बढी वा त्योभन्दा बढी समय यस क्षेत्रमा योगदान दिएका व्यक्तिहरुले यस अवार्डमा नोमिनेसन दर्ता गर्न सक्नेछन् । यसका लागि अन्य जोकोहीले पनि कसैको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् । गतवर्ष एफ वान सफ्टका विश्वास ढकालले २० जनाभन्दा धेरैको नोमिनेसनबाट उत्कृष्ट हुँदै आन्टरप्रेनर्स अवार्ड प्राप्त गरेका थिए ।
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१९
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था, विभाग वा कार्यालयहरुले प्राप्त गर्ने अवार्ड हो । सबैभन्दा राम्रोसँग प्रविधिको प्रयोग गरी जनतालाई सजिलो, छिटो र भरपर्दो सेवा प्रदान गर्ने सरकारी संस्थालाई यस अवार्डबाट सम्मानित गरिएको थियो । गतवर्ष १० भन्दा बढी प्रतिस्पर्धीहरुलाई पछि पार्दै नेपाल प्रहरीले यो अवार्ड प्राप्त गरेको थियो ।
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१९
विदेशमा रहेर पनि नेपालको आइटी क्षेत्रमा विशेष योगदान दिइरहेका व्यक्तिहरुका लागि समर्पित यो अवार्डको लोकप्रियता विदेशमा पनि बढ्दै गएको छ । धेरैले चासो नराखेको तर महत्वपूर्ण यस विधाको अवार्डमा गतवर्ष १२ भन्दा बढी देशबाट नोमिनेसन दर्ता भएको थियो । गतवर्ष लिपफ्रग कम्पनीका हिमाल कर्माचार्यले यो अवार्ड प्राप्त गरेका थिए ।
राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९
आइटी तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले बनाएको प्रडक्टका आधारमा यो अवार्ड प्रदान गरिनेछ । यस वर्ष डिजिटल नेपालको थिममा रहेर विद्यार्थीले प्रोजेक्ट विकास गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् । डिजिटल नेपालको थिममा बसेर बनाएका प्रोजेक्टलाई अनलाइनमार्फत भिडियोसहित आवेदन दिनुपर्नेछ ।
डिजिटल एजुकेसन आइसिटी अवार्ड २०१९
सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएका स्कुल तथा सामाजिक संस्थाहरुलाई यो अवार्डबाट सम्मान गरिनेछ । यसमा सरकारी स्कुल तथा इन्स्िटच्युसनहरुले सहभागिता जनाउन सक्नेछन् । यसका लागि अनलाइनमा आवेदन दर्ता गर्नुपर्नेछ ।
मिडिया पर्सन आइसिटी अवार्ड २०१९
मिडियामा कार्यरत मिडियाकर्मीहरुका लागि यो सम्मान प्रदान गरिन्छ । सूचना प्रविधि बिट बनाएर मिडियामा रिपोर्टिङ तथा लेखरचना प्रकाशन गर्ने पत्रकारहरुका लागि यो अवार्ड हो । यसका लागि पनि अनलाइनबाट नोमिनेसन दर्ता गर्नुपर्नेछ ।
समाचार
सफ्टवेरिका कलेजमा जेठ २८ देखि आइओटी एक्जिबिसन २०१९ हुने
काठमाडौं । डिल्लिबजारमा रहेको सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई-कमर्सको आयोजनामा काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने १२४ वटा स्थ…
एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना
ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…
नेपाल टेलिकमको विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवा
काठमाडौं। नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको मुलुककै अग्रणी दू…
एन आई सी एशिया बैंक लि को दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा
काठमाडौं। झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्गजा जिल्ला, …
महालक्ष्मी विकास बैँक लि को शाखा सञ्जाल विस्तार
काठमाडौं। महालक्ष्मी विकास बैंक लि ले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुर…
ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो
काठमाडौं । उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै वैश्विकरुपमै अग्रणी स्मार्टफो…
नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति
काठमाडौं। नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था संयन्त्रलाई प्रदान…
द ब्रिटिश कलेजको ‘रोजगार मेला’ सम्पन्न
काठमाडौँ । थापाथली, काठमाडौँस्थित द ब्रिटिश कलेजले आयोजना गरेको एकदिने…
फेसबुकको सिईओ र अध्यक्ष बनेः जुकरबर्ग
काठमाडौं। गत बिहीवार भएको फेसबुकको वार्षिक साधारणसभाबाट मार्क जुकरबर्गलाई प्रमुख कार्यक…
नारायणगढमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला तथा कन्फ्रेन्स सम्पन्न
चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा आज नारायणगढमा आयोजित ‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के सेभेन सेक्युरिटी’ सम्पन्न…
सुबिसुको टिभि र इन्टरनेटमा नयाँ मुल्य
काठमाडौं। क्रिकेटको महाकुम्भ क्रिकेट वर्ल्ड कप २०१९ लाई लक्षित गरेर सुबिसु ले क्लियर टिभि…
शनिबार नारायणगढमा आइसिटी स्टार्टअप मेला तथा कन्फ्रेन्स आयोजना हुँदै
चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार नारायाणगढ चितवनमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला २०१९ इन …
क्रिकेटको महाकुम्भको पलपलको अपडेट अब हाम्रो पात्रोमा
काठमाडौं। नयाँ नयाँ सुविधा तथा युवा देखि हजुरबुवा, हजुरआमाहरुका लागि दैनिक जीवनमा …