नीति
माघ १७ गतेबाट ‘किताब जात्रा’
किताब यात्रा फाउन्डेसनले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदेखि २३ गतेसम्म हुने भएको छ ।
फाउन्डेसनले आइतबार थापागाउँस्थित कार्निभल रेष्ट्रोँ एण्ड मिटिङ्समा ‘प्रेस मिट’ गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो ।
‘कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेको सन्दर्भमा यस बर्ष किताब जात्रा मास मिडिया र भर्चुअल मिडियामार्फत सम्पन्न गरिनेछ’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा– २०७७’का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘त्यसका लागि एपी वान एचडी टेलिभिजन तथा किताब यात्रा डटकमको किताब यात्रा एपसँग सहकार्य गरिएको छ ।’
उनका अनुसार माघ १७ गतेबाट हरेक दिन बेलुकी ६ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गते ५ बजेबाट ७ बजेसम्म ‘किताब जात्रा’ उल्लेखित माध्यमबाट हेर्न सकिनेछ । त्यसै सन्दर्भमा किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकहरुबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उनले बताए ।
प्रेस मिटमा ‘किताब जात्रा’को ‘टाइटल स्पोन्सर’ नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हिजोलाई सम्झिने होइन, भोलि हेरिने जात्राको रुपमा ‘किताब जात्रा’ लाई आफूहरुले हेरेको बताए । किताबको शक्ति निकै महत्वपूर्ण भएकाले यससँग जोडेर गरिने उत्सवले भविष्यसँग जोड्ने उनको तर्क थियो ।
उनले भने, ‘हाम्रो देश सांस्कृतिक रुपमा समृद्ध छ, त्यसको प्रमुख अंग जात्रा हो । अन्य जात्राहरु प्राचीन समयको मिथकसँग जोडिएका छन्, धर्मसँग जोडिएका छन् । तिनले हामीलाई विगतसँग जोड्छ । तर किताब जात्रा भने भोलिको पुस्तासँग जोडिने जात्रा हो ।’
‘किताब जात्रा’ ज्ञान र शिक्षाको उत्सव भएकाले यसले वर्तमान पुस्तालाई पूर्ण बनाउन सहयोग पुग्ने उनले बताए । अध्ययनविना पूर्ण नागरिक बन्न नसकिने भएकाले यस्ता उत्सवले त्यसतर्फ डो¥याउने उनको भनाइ थियो ।
‘नेपाल टेलिकम’को ‘इन एसोसिएसन’मा हुन लागेको ‘नबिल किताब जात्रा–२०७७’सँग ‘पावर्ड बाइ’मा ‘नेपाल बैंक लिमिटेड’ र ई–सेवाले सहकार्य गरेका छन् ।
‘नबिल किताब जात्रा– २०७७’ को ‘ब्रोडकास्ट पार्टनर’ एपीवान एचडी टेलिभिजनका ‘एडिटर इन चिफ’ टिकाराम यात्रीले जात्रा शब्दसँग पवित्रताको सम्बन्ध रहेको बताउँदै उत्सवले ज्ञानलाई पवित्रतासँग जोडेको बताए । विमर्शबाट ज्ञानको प्रसार तीव्र हुने भएकाले यसलाई प्रसार गर्ने माध्यमलाई पनि अद्यावधिक र विविधतापूर्ण बनाउनुपर्नेमा उनको जोड थियो ।
‘यस्ता विमर्शलाई टेलिभिजनको माध्यमबाट एकैपटक असंख्य दर्शकसँग जोड्न सकिन्छ । त्यसलाई मध्यनजर गरेर यस वर्ष हामीले किताब–जात्रासँग सहकार्य गरेका छौं’ उनले भने, ‘यसले जात्राको उद्देश्यलाई अझ प्रभावकारी रुपमा विस्तार गर्न सघाउनेछ भन्ने विश्साव छ ।’
उनले हरेक मानिसको जीवन–विकास अक्षरको सोपान चढ्दै हुने भएकाले यस्ता उत्सवको हरेक व्यक्तिसँग भावनात्मक नाता हुने उल्लेख गरे ।
‘प्रेस मिट’मा बोल्दै ‘किताब जात्रा’का प्रमुख सल्लाहकार तथा वरिष्ट चार्टर्ड एकाउन्टेन्ट भरत रिजालले सुपठित समाज निर्माणले हरेक क्षेत्रको विकासलाई सकारात्मक प्रभाव पार्ने भएकाले यस्तो जात्रा निरन्तर भइरहनुपर्नेमा जोड दिए ।
‘नबिल किताब जात्रा– २०७७’को विमर्श सेसनको मोडरेटरको तर्फबाट बोल्दै कवि शकुन्तला जोशीले साहित्यलाई आम मानिसको जीवनसँग जोड्न यस्ता उत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो तेस्रो संस्करण हो । यसमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया गरिन्छ ।
यस बर्ष भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरु समावेश ७ वटा सेसन, विशेष काव्यिक प्रस्तुतिका साथै अन्य कार्यक्रम रहने सात वटा सेसनका साथै अन्य विभिन्न प्रकृतिका कार्यक्रमहरु रहने फेस्टिभल कोअर्डिनेटर कला अनुरागीले बताए ।
त्यसै गरी यसै अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पु-याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिने उनले जानकारी दिए ।
नगदसहित प्रदान गरिने सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो । उनी फाउन्डेसनका संस्थापक अध्यक्ष ऋषिराम अधिकारीको पिता हुन् ।
गत वर्षको प्रेम साहित्य सम्मान साहित्य साधक सरुभक्तलाई रु. ५५ हजार ५ सय ५५ सहित प्रदान गरिएको थियो । त्यसैगरी, हरेक नागरिकले सहज रुपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्ने ध्येयका साथ अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको कम्पनी किताब यात्रा प्रा.लि.ले ‘किताब जात्रा’कै अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गर्नेछ ।
यो अवार्ड गत वर्ष आख्यानकार अमर न्यौपानेलिखित ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो । सम्मान र अवार्ड दुवै ‘किताब जात्रा’को अन्तिम दिन नै घोषणा गरिने अनुरागीले बताए ।
नीति
‘पीबीएस आइटी करियर कन्क्लेभ’ सम्पन्न, आइटीको द्रुत विकाससँगै भविष्यका लागि तयार हुन विज्ञको जोड
‘आर यु फ्युचर रेडी’ स्लोगन सहित प्रेसिडेन्सीएल बिजनेस स्कूलमा आयोजित दुईदिने आइटी …
भोलिदेखि शुरू हुँदैं पीबीएस आइटी करियर कन्क्लेभ, यस्तो छ कार्यक्रमको तालिका
प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा ‘पीबीएस आइटी करि…
पुस २५ र २६ गते ‘पीबीएस आइटी करियर कन्क्लेभ’ हुँदै, यसरी हुनुहोस् सहभागी
सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा भएको विकासले हाम्रो शिक्षा, जीवन शैली र संस्कार …
पुस २५ र २६ गते आइटी करियर कन्क्लेभ आयोजना हुँदैं
प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा ‘आइटी करियर कन्क्ल…
ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले सम्पन्न, यी हुन यस वर्षका अवार्ड बिजेताहरु
नेपालको सूचना प्रविधि क्षेत्रको निकै प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले …
डिशहोम पल्सर स्पोर्ट अवार्डको मुख्य सहप्रायोजक
यो वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’ मा पनि डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सहप्रायोजकक…
शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले, सम्पूर्ण तयारी पूरा
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं स…
पुस ११ गते ‘हुवावे आइसिटी अवार्ड २०२०’ को ग्राण्ड फिनाले आयोजना हुँदै
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२०’ को …
आगामी शनिबार हल्टप्राइज एट आईओईको फाइनल
ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइज…
टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा सेसन हुँदैं
टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा कुराकानी …
भर्चुअल रुपमा ओपन एमआरएस सम्मेलन आयोजना हुँदैं, यसरी हुनुहोस् सहभागी
३० नोभेम्बर देखि ४ डिसेम्बर २०२० सम्म ओपन एमआरएस सम्मेलन आयोजना हुने भएको छ । यो …
हल्ट प्राइजको सेमी फाइनल सम्पन्न
हल्ट प्राइज एट आईओई २०२०-२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाको संयुक्त …
माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प हुँदै, निःशूल्क सहभागी हुन् सकिने
नेपाल क्लाउड प्रोफेसनल कम्युनिटीले काठमाडौंमा ग्लोबल माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्…
म्युजिकल इभ सहितको उद्यमी टक सिरिज आज हुँदै, यसरी हुनुहोस् सहभागी
हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेनको संयुक्त सहकार्यमा शनिबार टक सिरिज आ…
आइसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा,कार्तिक १२ देखि पब्लिक भोटिङ शुरू हुँदै
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड अन्तर्गत २०२…