नीति
भोलिदेखि शुरू हुँदैं पीबीएस आइटी करियर कन्क्लेभ, यस्तो छ कार्यक्रमको तालिका
प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा ‘पीबीएस आइटी करियर कन्क्लेभ’ हुने भएको छ । भोली र पर्सी अर्थात पुस २५ र २६ गते पीबीएस आइटी करियर कन्क्लेभ आयोजना हुने भएको हो ।
२ दिनसम्म सञ्चालन हुने यस कार्यक्रम विभिन्न सेसनमा सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो दिन अर्थात पुस २५ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ ।
यस सेसनमा योङ इन्नोभेसनका सिइओ बिभुषण बिष्ट, क्लाउड फ्याक्ट्रीकी बरिष्ठ सफ्टचेयर इन्जिनियर माधुरी श्रेष्ठ, नेपाल खुल्ला विश्वविद्यालयका कार्यक्रम संयोजक भोज राज घिमिरे र फ्युज क्लासरुमका निर्देशक पराग श्रेष्ठ सहभागी हुनेछन् । भने इ सत्यका इन्चार्ज रुचिन सिंह मोडरेटरको भूमिकामा रहने छन् ।
सोही दिन दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीप’ विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ ।
यो सेसनमा नेपाल फ्लाइङ ल्याबका संस्थापक उत्तम पुडासैनी, खल्तीका कोफाउन्डर मनिस मोदी, फुडमाण्डूका संस्थापक मनोहर अधिकारी र जीवीका प्रबन्ध निर्देशक आभुसन ज्योती कंसाकार सहभागी हुनेछन् । यो सेसनको मोडरेटर काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टकी असिस्टेन्ट प्रोफेसर रोजी लामिछाने रहेकी छन् ।
त्यस्तै सोही दिन नै दिउँसो २ बजेदेखि ३ बजेसम्म आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन हुनेछ । यस सेसनमा मेरो लगानीका सिईओ अतितलाल श्रेष्ठ र लिफ्रग टक्नोलोजीकी स्वेच्छा बिष्ट सहभागी हुनेछन् ।
त्यसैगरी कार्यक्रमको अर्को दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ ।
यस सेसनमा किम्बु टेक्नोलोजीकी सीईओ कार्भिका थापा, सीम्पिलिफाई ३६० का सीईओ लक्ष्मी खतिवडा र जेनस सोलुसनका सीटीओ अञ्जनी फुँयाल सहभागी हुनेछन् । यस सेसनको मोडरेटको रुपमा स्मार्ट टेक सोलुसनका कोफाउन्डर दिवेश गिरी रहेका छन् ।
त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ ।
यो अन्तिम सेसनमा फोन पेका कोफाउन्डर अस्गर अली, समवृद्धि स्कूलका अध्यक्ष मनोहर भट्टराई, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव अनिल कुमार दत्त र मेडसफ्टकी सीईओ डा. प्रनिता उपाध्याय सहभागी हुने आयोजकले जानकारी दिएको छ । यस सेसनको मोडरेटरको रुपमा कन्सल्टीङ रिसर्चर हेमपाल श्रेष्ठ रहेका छन् ।
यस कार्यक्रममा भर्चुअल रुपमा सहभागी हुन सकिने छ । भर्चुअल रुपमा सहभागी हुन यहाँ क्लिक गरी दर्ता गर्नुपर्ने छ । साथै कार्यक्रममा सहभागीहरुले आकर्षक पुरस्कार समेत जित्न सक्ने छन् ।
नीति
डिशहोम पल्सर स्पोर्ट अवार्डको मुख्य सहप्रायोजक
यो वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’ मा पनि डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सहप्रायोजकक…
शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले, सम्पूर्ण तयारी पूरा
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं स…
पुस ११ गते ‘हुवावे आइसिटी अवार्ड २०२०’ को ग्राण्ड फिनाले आयोजना हुँदै
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२०’ को …
आगामी शनिबार हल्टप्राइज एट आईओईको फाइनल
ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइज…
टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा सेसन हुँदैं
टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा कुराकानी …
भर्चुअल रुपमा ओपन एमआरएस सम्मेलन आयोजना हुँदैं, यसरी हुनुहोस् सहभागी
३० नोभेम्बर देखि ४ डिसेम्बर २०२० सम्म ओपन एमआरएस सम्मेलन आयोजना हुने भएको छ । यो …
हल्ट प्राइजको सेमी फाइनल सम्पन्न
हल्ट प्राइज एट आईओई २०२०-२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाको संयुक्त …
माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प हुँदै, निःशूल्क सहभागी हुन् सकिने
नेपाल क्लाउड प्रोफेसनल कम्युनिटीले काठमाडौंमा ग्लोबल माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्…
म्युजिकल इभ सहितको उद्यमी टक सिरिज आज हुँदै, यसरी हुनुहोस् सहभागी
हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेनको संयुक्त सहकार्यमा शनिबार टक सिरिज आ…
आइसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा,कार्तिक १२ देखि पब्लिक भोटिङ शुरू हुँदै
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड अन्तर्गत २०२…
आइसिटी अवार्ड २०२० का उत्कृष्ट १२ स्टार्टअपको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन आज हुँदै
बुधबार साँझ आइसिटी अवार्ड २०२० का उत्कृष्ट १२ स्टार्टअपको प्रिजेन्टेसन तथा स्पीड डेटि…
सोमबार आइसिटी अवार्ड २०२० का उत्कृष्ट १३ प्रोडक्टहरुको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुँदै
सोमबार साँझ आइसिटी अवार्ड २०२० का उत्कृष्ट १३ प्रोडक्टहरुको प्रिजेन्टेसन तथा स्पीड डे…
अनुसन्धान अवसर र स्कोप बारे शनिबार वेबिनार आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
नेपालको सूचना प्रविधि कम्पनी माउन्टेक सोलुसनले शनिबार साँझ ५ देखि ७ बजेसम्म ‘रिसर्…
भर्चुअल रुपमा पहिलो राष्ट्रिय स्टिम एजुकेशन सम्मेलन आज हुँदै
राष्ट्रिय विज्ञान दिवसको अवसरमा नेपालमै पहिलो पटक स्टिम शिक्षा (विज्ञान, प्रविधि, इन्…
आइसिटी अवार्ड २०२० मा ३ सय बढीको नोमिनेशन, छनौट प्रक्रिया शुरू
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं …