नीति
अहिले नै मोबाइल बन्द गर्ने होइन, विनियमावलीले ६ महिना कार्यान्वयनको समय तोकेको छ- अध्यक्ष खनाल
अर्थ मन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्षको बजेट भाषणा गर्दै साउन महिना १ देखि नै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भनेर घोषणा गरे ।
यसले मोबाइल उपभोक्ताबीच चर्चा पायो । यो चर्चा स्वभाविकै थियो किन भने एमडीएमएस लागु हुुनु भनेको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सञ्चालन नहुनु हो ।
नेपालमा दर्ता नभएका धेरै मोबाइल छन् । पहिलो त भन्सार छलेर ल्याएका (ग्रे मार्केट) को बिगबिगी छन् । ति मोबाइल पनि अन्तत ग्राहक समक्ष नै जाने हुन् ।
अर्को कुरा विदेशबाट आफन्तले व्यक्तिगत रुपमा नेपालका अधिकांस घरमा मोबाइल पठाएको अवस्था छ । जुन मोबाइल ग्रामिण क्षेत्र जो इन्टरनेटको पहुँचमा छैनन् वा एमडीएमएसको बारेमा ज्ञान राख्दैनन्, ति उपभोक्ता माझ धेरै छन् ।
यस्तो अवस्थामा ग्रे मार्केटलाई कम गर्न र उपभोक्ता कै सुरक्षाको लागि भन्दै आईएमईआई नम्बर दर्ता नभएका मोबाइल एकाएक बन्द गरिदिने हो भने धेरै उपभोक्ता मारमा पर्ने देखिएको छ । अर्कोतिर, आइएमईआई नम्बर दर्ता गर्नको लागि पनि प्राधिकरणको दर्ता प्रणाली नै अवरुद्ध छ ।
त्यसो हो भने नियामक रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणाली लागू गर्ने मिति नै घोषणा गरेको अवस्थामा कसरी अगाडि बढ्ने योजना बनाएको छ त ? हामीले यो प्रश्न प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसमक्ष राखेका छौं ।
‘एमडीएमएस लागू भएपछि जसरी मोबाइल चल्दैन भन्ने त्रास सर्वसाधरणमा छ, यो बिलकुल गलत कुरा हो,’ अध्यक्ष खनालले भने, ‘चलिरहेका मोबाइल बन्द गर्दैनौं ।’
उनका अनुसार एमडीएमएसको लागु साउन १ देखि नै सुरु हुन्छन् तर यो एकै पटक लागु हुने भन्ने होइन । ‘हामीले चरणवद्ध रुपमा यसको लागु गर्दै जानेछौं,’ खनाल भन्छन्, ‘विनियमावलीले नै यो सुुरु भएको ६ महिनासम्म चरणवद्ध रुपमा लागु गर्ने भनेर समय दिएको छ ।’
मोबाइल सेटको व्यवस्थापन गर्न बनेको विनियमावली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–२०७५’को दफा ३ को उपदफा ४ मा एमडीएमएस सञ्चालनमा आएको ६ महिनापछि दर्ता नभएका मोबाइल बन्द गरिनेछ भन्ने प्रावधान राखिएको छ ।
जसअनुसार साउन १ देखि नै दर्ता नभएका मोबाइल बन्द गर्न पाइदैन । ६ महिना कार्यान्वयनको समयावधि रहने स्पष्ट उल्लेख छ ।
मोबाइल सेटको व्यवस्थापन गर्न बनेको विनियमावली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–२०७५’को दफा ३ को उपदफा ४ एमडीएमएस सञ्चालनमा आएको ६ महिनापछि दर्ता नभएका मोबाइल बन्द गर्ने गरिनेछ भन्ने प्रावधान राखेको छ ।
खनालका अनुसार यो अवधिमा सबै लिष्टिङ गर्ने, मोबाइल आयातकर्ताहरुलाई जानकारी दिने, मोबाइल आयातकर्ता र भन्सार राजश्वलाई एक्सेस दिने काम हुनेछन् । साथै, दूरसञ्चार सेवा प्रदायकसँग पनि सहकार्य गर्न आवश्यक छ ।
साथै, विदेशबाट व्यक्तिगत रुपमा आयात भएका मोबाइललाई पनि दर्ता गर्ने समय पनि यो कार्यान्वयको चरण मै हो । एमडीएमएसस सञ्चालनमा आएपछि विविध काम गर्नुपर्ने भएकाले कार्यान्वयनको चरण भनेर विनियामवली मै लेखिएको खनालको भनाइ छ ।
यसले कुन ‘ग्रे मार्केट’बाट आएको हो र कुन भन्सारबाट आएको हो भन्ने छुट्याउने काम गर्ने छ । ‘ग्रे’बाट आएका मोबाइललाई कसरी सिस्टममा ल्याउने भन्ने काम यसको हो ।
बजेट भाषणपछि दर्ता नभएका मोबाइल बन्द हुने भन्ने धेरै समाचार आए । जसले गर्दा मोबाइल प्रयोगकर्तामा कसरी दर्ता गर्ने, के गर्ने भन्ने त्रास बढ्यो ।
यही कारणले प्राधिकरणले मोबाइल रजिष्ट्रेसनको लागि उपलब्ध गराएको दर्ता प्रणाली नै अवरुद्ध हुन पुगेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइसिटी)मा डाटा सेन्टर छ । त्यहाँ भर पर्नु परेको र क्षमतामा असर गर्दा अवरोध आएको खनाल बताउँछन् ।
जताततै मोबाइल बन्द हुदैछन् भन्ने हल्लाका कारण दर्ता नै गर्न नपर्ने सर्बसाधरण पनि दर्ता गर्न लागिपरेका छन् । यही कारणले पनि दर्ता प्रणाली अवरुद्ध हुन पुगेको उनले बताए ।
‘दर्ता प्रणाली अवरुद्ध भए पनि मोबाइल चलाइरहेका उपभोक्ता आत्तिनु पर्दैन,’ सर्वसाधरण अनुरोध गर्दै खनालले भने, ‘प्रयोगकर्तालाई असर गर्ने कुनै पनि काम गर्दैनौं ।’
ग्रे मार्केट र अवैद्ध रुपमा आएका मोबाइललाई स्रोत मै रोक्ने काम गर्न लागिएको उनको भनाइ छ । त्यसैले, साउन १ देखि नेपाल भित्रिने कुनै पनि मोबाइल आईएमईआई दर्ता नभइ आउन पाउँदैनन् । यदि त्यसरी भित्रिएका छन् भने मोबाइल सिम नै सञ्चालन नहुने गरी काम भइरहेको छ ।
प्राधिकरणले काठमाडौंको चाबहिलमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्दै छ । यसको ‘सेकेण्डरी साइटलगायत सिभिल कन्स्ट्रक्सन वर्क तयार रहेको छ ।
निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्यहाँको काम प्रभावित भएको छ । चाबहिलको डेटा सेन्टरमा राख्ने उपकरणहरू आएका छैनन् भने जडान, परीक्षण र सञ्चालन गर्ने प्राविधिक टोली पनि आइपुगेको छैन् । चाबहिलको डेटा सेन्टरको काम सम्पन्न गर्न १–२ महिना लाग्ने प्राधिकरणको भनाइ छ ।
चाबहिलको डेटा सेन्टर सञ्चालनमा नआएसम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सिस्टम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ ।
प्राधिकरणले २०७६ असारमा करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदका लागि मलेसियन कम्पनी एमरएस निउमेरा कन्पनी सँग सम्झौता गरेको थियो । सो कम्पनीले ५ वर्षसम्म यो सिस्टम सञ्चालन तथा व्यवस्थापन गर्ने छ ।
नीति
कर्णालीको नीति तथा कार्यक्रमः यस्ता छन् डिजिटल प्रदेश बनाउने योजना
कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । कर्णाली प्रदे…
प्रदेश २ मा डिजिटल सूचनामैत्री सूचना प्रविधिको विकास गरिने, सेवालाई नागरिक एपमा आवद्ध गरिने
प्रदेश नम्बर २ ले बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर…
प्रदेश १ को नीति तथा कार्यक्रमः प्राथमिकतामा परेन डिजिटल प्रदेश
प्रदेश नम्बर १ ले बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर…
बागमतिको घोषणा : बागमति प्रदेश डिजिटल प्रदेश
बागमती प्रदेशले आगामी आर्थिक ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बागमति प्रदेश डिजिटल प्रदेश भन्ने नारा…
लुम्बिनीको नीति तथा कार्यक्रमः यस्ता छन् डिजिटल प्रदेश बनाउने योजना
लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार ल…
लुम्बिनी प्रदेशले प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गर्ने
लुम्बिनी प्रदेशले प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गर्ने भएको छ । मंगलबार लुम्बिन…
साइबर सुरक्षा नीतिमा मानव अधिकार प्रत्याभूत गर्न सरोकारवालाको सुझाव
मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गर्ने गरी मात्रै साइबर सुरक्षा नीत…
कोरोना संक्रमण बढ्दै गएपछि क्यान इन्फोटेक स्थगित
क्यान इन्फोटेक २०२१ स्थगित भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि बैशाख ५ गते बसेको क…
बिहिबारदेखि अनलाइनबाटै क्यान इन्फोटेकको स्पोन्सर तथा स्टल बुकिङ गर्न सकिने
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले चैत १९ गते बिहीबारदेखि स्पोन्सर तथा स्टल …
आगामी बैशाख २८ गतेदेखि ‘प्रभु पे क्यान इन्फोटेक २०२१’ आयोजना हुने
आगामी बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म क्यान इन्फोटेक २०२१ आयोजना हुने भएको छ । आई…
सम्पन्न भयाे आइसीटी वुमन कन्क्लेभ
एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लु…
‘आइसिटी वुमन कन्क्लेभ’ शुरू
आइसिटी वुमन कन्क्लेभ कार्यक्रम शुरू भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन…
आज डिजिटल लर्निङ डे, नेपालसहित विश्वभर मनाइँदै
आज फ्रेबुअरी २५ अर्थात डिजिटल लर्निङ डे । सन् २०१२ देखि मनाउन थालिएको डिजिटल लर्नि…
‘आर्ट अफ सिम्पिलिसिटी इन प्रोग्रामिङ’ विषयमा टेक वेबिनार नेपालको २७ औं श्रृंखला आयोजना हुने
टेक वेबिनार नेपालले आईतबार ‘आर्ट अफ सिम्पिलिसिटी इन प्रोग्रामिङ’ विषयमा आफ्नो २७ औ…
फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइँदै
आगामी फ्रेबुअरी २५ अर्थात फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने भएको छ …