कीवर्डहरू -

टिप्स

डिलिट भएको इमेल यसरी रिस्टोर गर्नुहोस्

कुनै बेला हतारमा वा झुक्किएर आफ्नो कुनै महत्वपूर्ण इमेल डिलिट गर्नुभएको छ ? गर्नुभएको छ भने र अब के गर्ने भनेर चिन्तित हुनुहुन्छ ? तर चिन्ता नलिनुहोस्, डिलिट भएको त्यो इमेल तपाईं रिस्टोर गर्न सक्नुहुन्छ, जुन जीमेलमा तपाईंको डिलिट गरेको इमेल फिर्ता गर्न सक्ने विशेषता रहेको छ । यसरी रिस्टोर गर्नुहोस् तपाईंका महत्वपूर्ण इमेलहरु :

१. आफ्नो जीमेल एकाउन्ट खाल्नुहोस् ।

२. त्यसपछि सर्च बारको छेउमा रहेको ड्रप–डाउन आइकनमा थिच्नुहोस् । त्यसपछि तपाईं एक फिल्टर फर्म देख्न सक्नुहुन्छ । त्यस फर्ममा रहेको आवश्यक कुराहरु भरेर सर्च बटन थिच्नुहोस् । त्यसपछि तपाईंले फरेको फर्मको विवरण अनुसार डिलिट भएको इमेलको सूचीहरु देखिन्छ ।

आफूलाई आवश्यक परेको इमेल रिस्टोर गर्नुहोस् । तर यो तरिकाले कुन बेलामा काम गर्दैन त ? यो त्यो बेला काम गर्दैन, जब तपाईंको इमेल पूर्ण रुपमा डिलिट भएको हुन्छ । ट्र्यासमा रहेको ३० दिनसम्मा तपाईं रिस्टोर गर्न सक्नुहुन्छ । तर ट्र्यासमा रहेको ३० दिनभित्र इमेलहरु रिस्टोर नगरेमा तपाईंको एकाउन्टबाट इमेल पूर्ण रुपमा डिलिट हुन्छ । 

यदि तपाईंले कुनै कम्पनी, स्कुल तथा संस्थाको एकाउन्ट चलाइराख्नु भएको छ भने तपाईंले एडमिन काउन्सलमा साइन इन गरी डिलिटेड इमेल रिस्टोर गर्न सक्नुहुन्छ । तपाईंको व्यक्तिगत एकाउन्ट तपाईं आफैं म्यानेज गर्न सक्नुहुन्छ ।

३. admin.google.com यो साइटमा गएर एडमिन काउन्सलमा साइन इन गर्नुहोस् र एड एकाउन्ट गर्नुहोस् । यसमा साइन इन गर्न एडमिन एकाउन्टको आवश्यकता पर्दछ । एडमिनिस्ट्रेटर भन्नाले तपाईंलाई जुन कम्पनीले जीमेल दिएको हुन्छ, त्यहाँको कुनै व्यक्ति तपाईंको एडमिनिस्टे«टर हुन सक्छ । तर एडमिनिस्ट्रेटर गुगलको सर्भिस प्रोभाइडर हुँदैनन् ।

टिप्स

कसरी एउटै जीमेल एकाउन्टको एड्रेस धेरै तरिकाबाट लेख्ने ?

के तपाईलाई थाहा छ ? तपाईको एउटै जीमेल एकाउन्टको एड्रेस विभिन्न तरिकाबाट लेख्न सकिन्छ । यो धेरै जसोलाई थाहा नहुन स…

गुगल म्यापमा लाइभ लोकेशन कसरी सेयर गर्ने ?

तपाईले गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरु र परिवारको सदस्यहरुसगँ सेयर गर्न सक्नु हुन्छ । यसरी आफ्नो लाइभ लोकेसनको जानकारी सेयर गर्दा केही हानी हुदँैन …

डिजिटल क्यामेरा किन्दा  ध्यान दिनुपर्ने कुराहरू 

डिजिटल क्यामेराको मूल्य दिन प्रतिदिन घट्दै गइरहेको छ । यस्ता क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थाम…

यसरी छान्नुहोस् राम्रो स्मार्टफोन

विविध कारणले तपाईलाई नयाँ फोनको आवश्यक परी रहेको छ ? के ? कस्तो ? कुन ब्राण्डको ? एन्ड्रोइड वा आइओएस कुनको अपरेटिङ सिस्टम राम्रो छ ? धेरै वैकल्पिक छनौट बजा…

स्मार्टफोनको  स्पीड कसरी बढाउने ?

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तर्पालाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडी आफ्नो मोबाइल प्रयो…

एन्टिभाइरस खरिद गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस


१. माल्वेरको पहिचान
सबैभन्दा खतरनाक माल्वेरहरुमा भाइरस र वार्म ह…

पासवर्डको सुरक्षा कसरि गर्ने ?

के के छन परिस्कृत नयाँ स्मार्टफोनका फिचरहरु ?


एनएफसी
एनएफस…