टिप्स
के हो सामसङको सेक्योर फोल्डर ? कसरी प्रयोग गर्ने ?
नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । उक्त स्मार्टफोन ब्राण्ड मध्ये सामसङ पनि एक हो र यो नेपालमा लोकप्रिय छ ।
सामसङ फोनमा भएको सेक्योर फोल्डरको बारे धेरै प्रयोगकर्तालाई थाहा छैन् होला । सामसङले आफ्ना प्रयोगकर्ताको डेटा सुरक्षित राख्न छुट्टै फोल्डर बनाएको छ, जसको नाम हो सेक्योर फोल्डर ।
यसले प्रयोगकर्ताहरुलाई फोटो, भिडियो र डकुमेन्ट निजी रुपमा राख्न छुट्टै स्पेस दिन्छ । यो एक इन्क्रिप्टेड फोल्डर हो जसले बायोमेट्रिक अथेन्टिकेसनको अप्सन पनि दिने गर्छ जसले गर्दा यसलाई अझै सुरक्षित बनाउन सकिन्छ ।
यही इन्क्रिप्टेड फोल्डरलाई सेक्योर फोल्डर भनिन्छ । आज हामी सेक्योर फोल्डरलाई सामसङ स्मार्टफोनमा कसरी इनेबल गर्ने र सेटअप गर्ने बारे जानकारी दिदै छौं ।
यसरी प्रयोग गर्नुहोस् सेक्योर फोल्डर
शुरूमा तपाई आफ्नो सामसङ स्मार्टफोनको सेटिङ्गमा जानुहोस् र ‘बायोमेट्रिक एण्ड सेक्युरिटी’ अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि तल तिर स्क्रोल गरेर सेक्योर फोल्डरमा क्लिक गर्नुहोस् ।
यति गरेपछि सेक्योर फोल्डर सेटअप गर्नलाई डिभाइसले आफै प्रक्रिया बताउँदै जान्छ । यसमा जानकारी दिदा सामसङ अकाउन्ट र गूगल अकाउन्टको विवरण दिनुपर्ने हुन्छ । यससँगै पासवर्ड प्रोटेक्सन पनि सेटअप गर्नुपर्ने हुन्छ ।
यति भएपछि डिभाइसमा आफै स्वत रुपमा सेक्योर फोल्डर खुल्छ । त्यससँगै लञ्चरमा नयाँ सेक्योर फोल्डर देखा पर्नेछ । यसमा एपहरु थप्नु परेमा माथिल्लो दाँया भागमा रहेको प्लस आइकनमा थिच्नुपर्छ । यसमा पहिलेनै इन्स्टल गरेका एपहरु पनि राख्न सकिन्छ वा प्ले स्टोरबाट डाउनलोड गरेर थप गर्न सकिन्छ ।
फाइल, फोटो, भिडियो र डकुमेन्ट सेक्योर फोल्डरमा राख्नु परेमा फाइललाई खोल्ने र तीनओटा थोप्ला भएको आइकनमा थिच्ने । त्यसपछि ‘मुभ टु सेक्योर फोल्डर’ अप्सनमा जाने ।
यदी सेक्योर फोल्डर हटाउनु पर्ने भए सेक्योर फोल्डर खोल्ने । त्यसपछि तीनओटा थोप्ला भएको आइकनमा थिच्ने र सेटिङ्गमा जाने । यति भएपछि त्यहाँ गएर अनइन्स्टलको अप्सन छान्न सकिन्छ ।
टिप्स
विन्डोज टेनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट
विश्वमा हालसम्म धेरै कम्प्युटरहरुमा विन्डोज अपरेटिङ सिस्टम प्रयोग भइरहेको छ । कसैको …
टेलिग्राममा यसरी लुकाउनुहोस् आफ्नो लास्ट सीन
ह्वाट्सएपको नयाँ प्राइभेसी नीतिले गर्दा धेरै जसो प्रयोगर्ताले अरु मेसेज गर्न मिल्ने ए…
जीमेलमा यसरी गर्नुहोस् च्याट पीन
गूगलले केही समय अगाडी नयाँ फिचर सार्वजनिक गरेको थियो । जसले गर्दा महत्वपूर्ण गूगल…
वेब ब्राउजरमा यसरी इनेबल गर्नुहोस् डार्क मोड
रातमा नेट चलाउँदा ब्राइटनेसले हाम्रो आँखा बिगार्ने गर्दछ । यस्तो अवस्थामा डार्क मोडल…
आफ्नो कम्प्युटरबाट यसरी हटाउनुहोस् मालवेयर
कहिलेकाँही हाम्रो कम्प्यूटरमा जानीनजानी म्यालवेयर आएको हुन सक्छ । यसले ल्याप्टप र कम्…
यसरी बढाउनुहोस् आफ्नो ल्याप्टपको ब्याट्री लाइफ
कोरोना भाइसर महामारीसँगै वर्क फ्रम होमको चलन एकदमै बढ्यो । झन नेपालमा त नयाँ नै …
मेसेन्जरमा यसरी परिवर्तन गर्नुहोस् च्याटको थिम
मेसेन्जरले हालैमा केही नयाँ अपडेटहरु ल्याएको छ । त्यही अपडेटमा एउटा मेसेन्जरले च्य…
यसरी जोगाउनुहोस् आफ्नो स्मार्टफोनको ब्याट्री
स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम मोबाइल फोनमै गरिन्छ । तर …
आईफोनमा यसरी रोक्नुहोस् स्पाम कल
सन् २०१९ मा एप्पलले आइओएस १३ द्वारा स्वतः रुपमा स्पाम कल ब्लक गर्न मिल्ने फिचर ल्याएको…
ह्वाट्सएपमा सधैंको लागि यसरी म्युट गर्नुहोस् च्याट
ह्वाट्सएपले केही महिना देखि थुप्रै नयाँ फिचरहरु थपेको छ । यी मध्यमा सबैभन्दा महत्वप…
रोबोकल तथा स्पाम कललाई यसरी गर्नुहोस् ब्लक
धेरैजसो प्रयोगकर्ताहरुलाई रोबोकल वा स्पाम कलले दिक्क बनाउने गर्दछ । कहिलेकाही महत्व…
यसरी जाँच्नुहोस् आफ्नो इन्टरनेटको स्पीड
कहिलेकाँही हामीलाई इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको हो भ…
ल्याप्टप फ्रिज भयो भने के गर्ने ?
अहिले महामारीको समयमा हामी सबै आफ्नो डिभाइसहरुमा एकदमै भर पर्नु परिरहेको छ । त्य…
आईफोनमा यसरी प्रयोग गर्नुहोस् पिक्चर इन पिक्चर मोड
एप्पलले केही समय अगाडी नयाँ फिचर सहित आईओएस १४ सार्वजनिक गरेको थियो । आइओएस १४ …
कस्तो ल्यापटप किन्ने ? नोटबुक कि अल्ट्राबुक
यस अङ्कमा हामी ल्यापटपका विभिन्न मोडल र कन्फिगुरेसनबारे चर्चा गर्दै छौं । विशेषगरी आकार र प्रकारअनुसार ल्यापटपलाई पा“च समूहमा विभाजन गर्न सकिन्…