टिप्स
कस्तो ल्यापटप किन्ने ? नोटबुक कि अल्ट्राबुक
यस अङ्कमा हामी ल्यापटपका विभिन्न मोडल र कन्फिगुरेसनबारे चर्चा गर्दै छौं । विशेषगरी आकार र प्रकारअनुसार ल्यापटपलाई पा“च समूहमा विभाजन गर्न सकिन्छ ।
१. युएमपिसी
(Ultra Mobile PC)
२. नेटबुक
३. नोटबुक
४. डेस्कटप रिप्लेसमेन्ट
५. अल्ट्राबुक
(Ultrabook)
१. युएमपिसी
अल्ट्रा मोबाइल पिसी साना हुने गर्छन् । अहिले बजारमा पाइने ट्याब्लेट पिसी ‘अल्ट्रामोबाइल पिसी’अन्तर्गत पर्छन् । प्रायः ट्याब्लेट इन्टरनेट चलाउन, सामान्य सफ्टवेयरहरू प्रयोग गर्न र ई–बुकहरू पढ्न उपयोगी हुन्छन् । यस्ता पिसीका स्क्रिन सात इन्चका हुन्छन् । यसमा प्रोसेसर र मेमोरी थोरै हुने गर्छ । तर, कुनै आइप्याडजस्ता राम्रा प्रोसेसर र मेमोरी भएका ट्याब्लेट पिसीहरू पनि बजारमा उपलब्ध छन् । विश्वबजारमा अहिले ट्याब्लेट पिसीको प्रतिस्पर्धा बढी छ ।
२. नेटबुक
गुगलको क्रोमबुक केही समयअगाडि एकदमै चर्चित थियो । क्रोमबुकलाई नेटबुकको राम्रो नमूनाका रूपमा लिन सकिन्छ । इमेल र इन्टरनेट मात्र चलाउन मिल्ने अनि क्लाउड कम्प्युटिङमार्फत अफिसलगायत अन्य सफ्टवेयर पनि चलाउन मिल्ने ल्यापटप नै नेटबुकको अवधारणा हो । नेटबुक प्रायः ९ देखि १२ इन्चसम्मका हुन्छन् । यिनीहरूको राम्रो पक्ष भनेको ब्याट्री ब्याकअप धेरै हुन्छ र मूल्य पनि अरूभन्दा सस्तो हुन्छ । तर, नेटबुकमा अप्टिकल ड्राइभ हु“दैन ।
३. नोटबुक
सबै मूलधारका ल्यापटपहरूलाई नोटबुक भन्न सकिन्छ । करिब १५ इन्चको स्क्रिन, २ सय ५० गिगाबाइट हार्डडिस्क,
i3
,
i5
प्रोसेसर भएका ल्यापटपहरूलाई नोटबुक भन्न सकिन्छ । हामीले बुझ्ने चलनचल्तीको ल्यापटप यही वर्गमा पर्छ । यस्तो ल्यापटपमा अप्टिकल ड्राइभ पनि हुने गर्छ ।
४. डेस्कटप रिप्लेसमेन्ट
१७ इन्च वा त्योभन्दा माथिको ठूलो स्क्रिन भएका ल्यापटपलाई डेस्कटप रिप्लेसमेन्ट ल्यापटप भनिन्छ । यी ल्यापटपहरूलाई हाम्रो घरमा डेस्कटपको सट्टामा प्रयोग गर्न सकिन्छ । यी ठूला ल्यापटप बोकेर हि“ड्न गाह्रो हुन्छ र ब्याट्री ब्याकअप पनि थोरै हुन्छ । इन्टेलको
i5
,
i7
प्रोसेसर, राम्रो ग्राफिक्स आदि यसका प्रमुख विशेषता हुन् ।
५. अल्ट्राबुक
हेर्दा आकर्षक र पातलो अनि हलुका ल्यापटपहरू यस वर्गअन्तर्गत पर्छन् । पातलो र हलुका भए पनि अल्ट्राबुकहरू शक्तिशाली हुन्छन् र मह“गा पनि । धेरै राम्रो रिजोलुसन अनि डेडिकेटेक ग्राफिक्स अल्ट्राबुकको प्रमुख विशेषता हो । म्याकबुक प्रो, एसर टाइमलाइन अल्ट्राबुकका नमूना हुन् । यसको ब्याट्री ब्याकअप पनि राम्रो हुन्छ ।
टिप्स
गूगल मिट प्रयोग गर्दा यसरी हटाउनुहोस् व्याकग्राउण्डको आवाज
के तपाई गूगल मिट प्रयोग गर्दा व्याकग्राउण्डमा आएको आवाजले दिक्क हुनुहुन्छ ? त्यस्तो आव…
यसरी गर्नुहोस् माइक्रोसफ्ट आउटलूकमा पासवर्ड परिवर्तन र रिसेट
माइक्रोसफ्ट आउटलूक भनेको प्रोफेसनलहरुले प्रयोग गर्ने एप हो । प्रोफेसनलहरुले प्रयोग ग…
डिलिट भएको फाइल गूगल ड्राइभबाट यसरी गर्नुहोस् रिस्टोर
कहिलेकाहीँ हामीले झुक्किएर गूगल सीट्स, डक्स, स्लाइड र गूगल ड्राइभबाट आफ्नो फाइल डिल…
यसरी हटाउनुहोस् सजिलै कुनै पनि फोटोको ब्याकग्राउण्ड
Image: remove.bg
हामी सबैलाई कुनै समय…
यसरी जोगाउनुहोस् लामो समय सम्म स्मार्टफोनको ब्याट्री
स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम भने मोबाइल फोनमै गरिन्छ …
यसरी लुकाउनुहोस् इन्स्टाग्राममा अपलोड गरेको पुराना फोटो तथा भिडियो
के तपाईले आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेको फोटो तथा भिडियोलाई अरुले हेर्न द…
यसरी सुन्नुहोस् युट्यूबमा भएको भिडियोको ब्याकग्राउण्डमा अडियो
स्मार्टफोनमा हामी एकैपटक एकभन्दा धेरै काम गर्न चाहन्छौं । तर युट्यूब प्रयोग गर्दा ब्या…
यसरी बढाउनुहोस् आफ्नो वाईफाईको स्पीड
के तपाईले प्रयोग गर्ने वाईफाई सुस्त चलिरहेको छ ? यदि त्यो हो भने कुनै पनि काम गर्द…
वाईफाई कनेक्सन कसैले चोरेको छ की छैन ? यस्तो छ थाहा पाउने तरिका
हामीले प्रयोग गर्ने इन्टरनेटको कनेक्सन थुप्रै कारणले सुस्त भएको हुनसक्छ । अरुले हाम्र…
यसरी अनलाइनबाटै बनाउनुहोस् पुलिस रिपोर्ट (भिडियो सहित)
अब पुलिस रिपोर्ट अनलाइनबाटै बनाउन सकिने भएको छ । नेपाल प्रहरीले केही समय अगाडी …
जिमेलबाट यसरी डिसेबल गर्नुहोस मिट ट्याब
गूगलले हालै मात्र जिमेलमा मिट इन्टिग्रेसन गरेको छ । जिमेलमा भएको मिट अप्सनबाट मिट…
जुम कसरी सुरक्षित प्रयोग गर्ने ? यस्तो छ तरिका
पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा…
ठूलो साइजको फाइल कसरी अरुलाई पठाउने ? यस्ता छन् तरिका
तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …
आफ्नो एन्ड्रोइड फोन एन्ड्रोइड ११ बेटा भर्सनको लागि योग्य छ कि छैन भनेर थाहा पाउने तरिका
विश्वको लोकप्रिय प्रविधि कम्पनी गूगलले बिहीबार एन्ड्रोइड ११ को पहिलो बेटा भर्सन सार्व…
डिलिट भएका फाइल आई क्लाउडबाट यसरी फेरी फिर्ता ल्याउनुहोस् !
के तपाई आईफोन, म्याक वा आईप्याडमा आई क्लाउड प्रयोग गर्नु हुन्छ ? आई क्लाउड प्रयोग गर्न…