कीवर्डहरू -

टिप्स

आफ्नो कम्प्युटरबाट यसरी हटाउनुहोस् मालवेयर

कहिलेकाँही हाम्रो कम्प्यूटरमा जानीनजानी म्यालवेयर आएको हुन सक्छ । यसले ल्याप्टप र कम्प्यूटरको प्रस्तुतीमा पनि फरक पार्ने गर्दछ ।

एन्टीभाइरस राख्यो भने धेरै जस्तो समस्याको समाधान हुने गर्दछ तर कहिलेकाँही एकदमै राम्रो एन्टीभाइरसले पनि म्यालवेयरलाई नरोकिरहेको हुन सक्छ ।

त्यही कारण आज हामीले तपाईलाई आफ्नो कम्प्युटरबाट मालवेयर कसरी हटाउने भने जानकारी दिदैंछौं ।

एन्टीभाइरसलाई अपडेट गरिरहने

एन्टीभाइरसलाई अपडेट गरेर चलायो भने त्यसले अझै राम्रो काम गर्ने गर्दछ । अपडेट गरिएको सफ्टवेयरलाई म्यालवेयर पहिचान गर्न सजिलो हन्छ ।

एक दिनले पनि पुरानो भएको एन्टीभाइरसले म्यालवेयर आउने सम्भावना बढाइदिन्छ । क्यास्पर स्काई सेक्युरीटी क्लाउड फ्री जस्तो एन्टीभाइरस प्रयोग गर्दा राम्रो हुन्छ ।

साथै स्क्यानको लागि मालवेयर बाइट्स तथा नोर्टन पावर इरेजर सफ्टवेयर प्रयोग गर्न सकिने छ ।

रिभर्ट, रिबुट, स्क्यान र रिस्क्यान गर्ने

म्यालवेयरले असर पारिसक्यो भने प्रयोगकर्ताहरुले सिस्टमलाई रिसेट गरे भने नै राम्रो हुन सक्छ । यदी तपाई विन्डोज टेन प्रयोगकर्ता हुनु हुन्छ भने त्यसमा ब्युल्ट इन माइक्रोसफ्ट डिफेन्डर आउछ ।

जसको लागी पहिले सेटिङ्गमा गएर अपडेट एण्ड सेक्यूरीटीमा जाने र त्यसपछि विन्डोज सेक्यूरीटीमा जाने तथा भाइरस र थ्रेट प्रोटेक्सनमा जाने ।

एकपटक विन्डोज डिफेन्डर एक्टीभेट भएपछि बेलाबेलामा स्क्यान गर्ने पनि गर्नुपर्ने हुन्छ । त्यही पनि म्यालवेयर नगएको जस्तो लाग्यो भने रिस्क्यान गर्नुपर्ने हुन्छ ।

न्यूक्लिअर विकल्प

नोर्टन पावर ईरेजर जस्ता न्यूक्लीअर विकल्प प्रयोग गर्न सबै प्रयोगकर्तालाई डर लाग्ने गर्दछ किनभने यसले म्यालवेयर मात्रै नहटाएर हाम्रो डिभाइसलाई पनि क्षति पुर्‍याउन सक्छ ।

यो कुराको जानकारी त्यो एपले सुरुमै दिने गर्दछ । तर पुरै वीन्डोज १० फ्याक्ट्री रिसेट गर्नुभन्दा एक दुई ओटा प्रोग्रामकै क्षति हुनु ठीक हुन्छ । यसरी डिभाइस अझै सुरक्षित हुन्छ ।


टिप्स

आईफोनमा यसरी रोक्नुहोस् स्पाम कल

सन् २०१९ मा एप्पलले आइओएस १३ द्वारा स्वतः रुपमा स्पाम कल ब्लक गर्न मिल्ने फिचर ल्याएको…

ह्वाट्सएपमा सधैंको लागि यसरी म्युट गर्नुहोस् च्याट

ह्वाट्सएपले केही महिना देखि थुप्रै नयाँ फिचरहरु थपेको छ । यी मध्यमा सबैभन्दा महत्वप…

रोबोकल तथा स्पाम कललाई यसरी गर्नुहोस् ब्लक

धेरैजसो प्रयोगकर्ताहरुलाई रोबोकल वा स्पाम कलले दिक्क बनाउने गर्दछ । कहिलेकाही महत्व…

यसरी जाँच्नुहोस् आफ्नो इन्टरनेटको स्पीड

कहिलेकाँही हामीलाई इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको हो भ…

ल्याप्टप फ्रिज भयो भने के गर्ने ?

अहिले महामारीको समयमा हामी सबै आफ्नो डिभाइसहरुमा एकदमै भर पर्नु परिरहेको छ । त्य…

आईफोनमा यसरी प्रयोग गर्नुहोस् पिक्चर इन पिक्चर मोड

एप्पलले केही समय अगाडी नयाँ फिचर सहित आईओएस १४ सार्वजनिक गरेको थियो । आइओएस १४ …

कस्तो ल्यापटप किन्ने ? नोटबुक कि अल्ट्राबुक

यस अङ्कमा हामी ल्यापटपका विभिन्न मोडल र कन्फिगुरेसनबारे चर्चा गर्दै छौं । विशेषगरी आकार र प्रकारअनुसार ल्यापटपलाई पा“च समूहमा विभाजन गर्न सकिन्…

फोन अत्याधिक तात्तिदा के गर्ने ?

वातावरणको तापक्रमले फोनको भित्री तापक्रमलाई पनि असर पार्ने गर्दछ । धेरैजसो गर्मीमा …

पीडीएफ फाइललाई कसरी मर्ज गर्ने ? 

हामीहरु पटक पटक पिडिएफ फाइलहरु मर्ज गर्ने कोसिस गर्छौं । पिडिएफ फाइल डिजिटल ढाँचाको रुपमा डकुमेन्ट तथा रिजुमको लागि अलि बढी प्रयोग हुने गर्छ । 

यसरी बनाउनुहोस् आफ्नो ट्वीटर अकाउन्ट सुरक्षित

हालै गएको महिनामा धेरै जना चर्चित व्यक्तिहरुको ट्विटर अकाउन्ट ह्याक भएको थियो । आज …

गूगल मिट प्रयोग गर्दा यसरी हटाउनुहोस् व्याकग्राउण्डको आवाज

के तपाई गूगल मिट प्रयोग गर्दा व्याकग्राउण्डमा आएको आवाजले दिक्क हुनुहुन्छ ? त्यस्तो आव…

यसरी गर्नुहोस् माइक्रोसफ्ट आउटलूकमा पासवर्ड परिवर्तन र रिसेट

माइक्रोसफ्ट आउटलूक भनेको प्रोफेसनलहरुले प्रयोग गर्ने एप हो । प्रोफेसनलहरुले प्रयोग ग…

डिलिट भएको फाइल गूगल ड्राइभबाट यसरी गर्नुहोस् रिस्टोर 

कहिलेकाहीँ हामीले झुक्किएर गूगल सीट्स, डक्स, स्लाइड र गूगल ड्राइभबाट आफ्नो फाइल डिल…

यसरी हटाउनुहोस् सजिलै कुनै पनि फोटोको  ब्याकग्राउण्ड 

Image: remove.bg

हामी सबैलाई कुनै समय…

यसरी जोगाउनुहोस् लामो समय सम्म स्मार्टफोनको ब्याट्री

स्मार्टफोन हामी सबैले चलाउने गर्‍छौं । अहिले धेरैजसो काम भने मोबाइल फोनमै गरिन्छ …