कीवर्डहरू -

टिप्स

सार्वजनिक वाइ–फाइलाई यसरी गर्नुहोस् सुरक्षित रुपमा प्रयोग

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बनाएको छ तर सँगसँगै थ्रेट पनि बढीरहेका छन् । स्मार्टफोन, ट्याब्लेट, तथा एड्भान्स्ट कम्प्युटरहरुको प्रयोग अहिले अपरिहार्य बनिसकेको छ ।

यस्ता डिभाइसहरु इन्टरनेट अधिकमात्रामा जोडिएका हुन्छन् । त्यसैले हाम मानिसको ठूलो समूह भर्चुअल दुनियाँमा आफ्नो धेरै र महत्वपूर्ण समय व्यथित गरिरहेको छ । भर्चुअल दुनियाँमा पनि असल र खराब दुबै प्रकृतिका मानिसको उपस्थिति छ ।

इन्टरनेटमा ह्याकर अहिले ठूलो चुनौतिको रुपमा रहेका छन् । यसले गर्दा हामी भर्चुअल दुनियाँमा रहदा रेक्युरिटी अपनाउनु पर्ने हुन्छ । यहाँ हामी पब्लिक वाइफाइ नेटवर्क चलाउदा कसरी सुरक्षित रहन सक्छौँ भन्ने बारे चर्चा गर्दछौँ ।

\"\" १ सधैँ डिभाइसमा ध्यान दिऔँ
आफूले पब्लिक नेटवर्कमा सुरक्षित रहने पहिलो कदम आफूले प्रयोग गर्ने डिभाइको सेटिङ हो । त्यसैले गर्दा तपाईको डिभाइस ‘automatically connect to Wi-Fi’ अप्सनमा कनेक्ट नभएको हुनुपर्दछ ।

जहाँ सुनुसुकै बेला भेटिएका जुनसुकै वाइ–फाइनमा आफ्नो डिभाइस कनेक्ट हुन नदिन यो अप्सनलाई टर्न अफ गर्नु पर्दछ । नत्र तपाईको डिभाइस तथा प्राइभेसीमा सुरक्षा खतारा आउन सक्दछ ।

२. प्रयोग गर्नुस् र विर्सिदिनुस्
माथि १ नम्बरमा उल्लेख गरिएको कुरालाई मध्यनजरमा राख्दै उपलब्ध वाइ–फाइलाई म्यानुअल्ली कनेक्ट गर्नुहोस् ।

म्यानुअल्ली कनेक्ट गरेर प्रयोग गरिएको वाइ–फाइ नेटवर्कलाई प्रयोगपछि फर्गेट गर्न सकिन्छ । यसले गर्दा सो नेटवर्कमा तपाईको डिभाइस भविष्यमा स्वतः कनेक्ट हुदैन ।

३. होसियारी अपनाउने
इन्टरनेटको दुनियाँमा छिरिसकेपछि होसियार हुनु आवश्यक छ । तपाईले प्रयोग गर्ने नेटवर्क तथा वेबसाइटलाई दोहोर्याएर जाँच गर्नुहोस् किन कि सबै पब्लिक वाइ–फाइ नेटवर्क विस्वशनिय हुन्छन् नै भन्ने छैन ।

त्यसैले गर्दा कनेक्ट हुने हरेक पब्लिक स्पेसलाई विश्वास गरि नहाल्नुहोस् । त्यसको पछाडि कुनै साइबर अपाराधिको पनि हात हुन सक्छ । यसले गर्दा सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४. एन्टिभाइरस प्रडक्ट प्रयोग गर्नुस्
तपाईले प्रयोग गर्ने हरेक डिभाइसलाई ह्याकरहरुबाट जोगाउनका लागि बलियो एन्टिभाइरस सोलुशन प्रयोग गर्नु पर्दछ । यसले गर्दा ह्याकिङ, माल्वेर अट्याक र अन्य भाइरसहरुबाट डिभाइसलाई सुरक्षित राख्न सकिन्छ ।

एन्टिभाइरस प्रडक्टलाई एन्सिटल गरेर मात्र यसै नछोड्नुस् । नयाँ नयाँ थ्रेटसँग जुध्नको लागि एन्टिभाइरसलाई समय–समयमा अप्डेट गरिरहनुहोस् ।

५. आवश्यक खोजिनिति गर्नूहोस्
उपलब्ध भएको पब्लिक नेटवर्कलाई जाँच गर्न नहिच्किचाउनुहोस् । होटल, रेस्टुरेन्ट वा कुनै क्षेत्र जसले पब्लिक वाइ–फाइ  उपलब्ध गराए पनि आफ्नो डिभाइसमा कनेक्ट गर्नुअघि सो वाइ–फाइको अथेन्टिकेशन र आइपि एड्रेसको विवरणबारे जानकारी लिनुहोस् ।

यसरी आइपर्न सक्ने धेरै समस्याहरुबाट तपाई जोगिन सक्नुहुन्छ ।

६. पासवर्ड आवश्यक पर्ने साइट नचलाउनुस्
पब्लिक वाइ–फाइ नेटवर्क प्रयोग गर्दा तपाईको संवेदनशिल सूचना टाइप नगर्नुस् । साथै तपाईको पासवर्ड राखेर लग इन गर्नु पर्ने वेबसाइटहरु नचलाउनुहोस् ।

सोसल मिडिया साइटहरु, व्यक्तिगत मेल आइडी, बैंक अकाउन्ट एप तथा वेबसाइट विल्कुलै नचलाउनुहोस् ।

७. भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)
तपाईलाई वाइ–फाई नेटवर्क प्रयोग गर्नुपर्ने अति आवश्यकताा छ भने भिपिएन (ख्एल्) बाट गर्नुहोस् । भिपिएनमार्फत गरिएको इन्टरनेट कनेक्टिभिटीमा इन्क्रिप्टेड मेसेजहरु प्राप्त हुन्छ जसले गर्दा ह्याकरलाई ह्याक गर्न गाह्रो हुन्छ र आइपि अड्रेसलाई पनि जोगाएर तपायका डिभाइसको सुरक्षा गर्दछ । यसरी तपाई फिशिङको खतराबाट पनि जोगाउँदछ ।

\"\" ८. एचटिटिपिएस ( HTTPS ) मा हेर्नुहोस्
सबै सेक्युरिटीका विधिहरु अपनाइसकेर पब्लिक वाइ–फाइ नेटवर्कमा कनेक्ट भइसकेपछि तपाईले भिजिट गर्ने वेवसाइट सुरक्षित छन् छैनन् सोबारे निश्चित हुनु आवश्यक छ ।

वेबसाइट सर्फ गरिरहदा एचटिटिपिएसबाट सुरुहुने युआरएल  अथात् एड्रेस बारमा हरियो बक्स भए नभएको निक्र्योल गर्नुहोस् । हरियो बक्सले उक्त साइट सुरक्षित र भ्यालिड डिजिटल सर्टिफिकेट तथा एसएसएल÷टिएलएस इन्क्रिप्शन अप्टेडेट हो भन्ने थाहा हुन्छ ।

९. टु–फ्याक्टर अथेन्टिकेशन अपनाउनुहोस्
भेरिफिकेशन अर्थात् अथेन्टिफिकेशन प्रोसेसलाई दुई गुणा मजबुद बनाउनको लागि टु–फ्याक्टर अथेन्टिफिकेशन (2FA) को प्रयोग गर्न सकिन्छ । हट्स्टपट प्रयोग गर्न 2FA सक्रिय गरेको खण्डमा सबइबर अपराधसम्बन्धि आक्रमणबाट बच्न थप एउटा सुरक्षाको तह थपिन्छ ।

१०. प्रयोगपछि साइट लग आउट गर्नुहोस्
पब्लिक वायरलेस कनेक्सनबाट डिस्कनेक्ट गर्नुअघि सपाइले लग इन गरेका सम्पूर्ण साइट लग आउनट गर्नुहोस् । लग आउट नगर्दा कुनै ह्याकरको हानीकारक अट्याचमेन्ट पनि आएको हुन सक्दछ । त्यसैले गर्दा तपाई जति नै थोरै समय वाइ–फाइ नेटवर्कमा बसेको भए पनि लग वाउट गर्नु बुद्धिमानि हुन्छ ।

टिप्स

एन्ड्रोइडमा ब्याट्रीको हेल्थ जाँच्न के गर्ने ?

के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ ? या पावर बैंक बोकेर हिड्दा समस्याम…

तपाईका यी सात बानी, जसले तपाईको मोबाइल बिग्रिरहेको हुन्छ 

मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धे…

यी हुन् एन्टिभाइरस सफ्टवेयर किन्दा ध्यान दिनुपर्ने मुख्य पाँच कुरा 

इन्टरनेटले जीवन सहज बनाउनका साथसाथै सूचना खतरामा पारिदिने पनि गर्छ । वेबमा धेरै…

हराएको डिभाइसबाट जिमेल अकाउन्ट हटाउन के गर्ने ?

कहिले काँही कुनै कारणले आफ्नो जिमेल अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराए…

जीमेलमा च्याट पीन कसरी गर्ने ?

गूगलमा महत्वपूर्ण गूगल च्याटहरु पीन गर्न सकिन्छ । यो बायाँ पटिमा रहेको नेभिगेसन बा…

यूएसबी ड्राइभलाई बुटेबल बनाउन के गर्ने ?

बुटेबल यूएसबी ड्राइभले थुप्रै अपरेटिङ प्रणालीलाई हार्ड डिस्कमा इन्स्टल नगरेरै लोड गर्…

टिकटकमा फलोअर बढाउन के गर्ने ?

पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । टिकटक धेरैले प्रयोग गर…

गूगल म्यापको सेयर एन्ड इम्बेड फिचर प्रयोग गर्ने यस्तो छ तरिका

कुनै पनि नयाँ ठाउँमा या बाटोमा जाँदा, मोबाईल वा ट्याब्लेटबाट त्यो बाटोको योजना ब…

आफुले डाउनलोड गरेको फाइलमा भाइरस भए नभएको थाहा पाउने तरिका

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड ग…

वेबसाइटले क्रोममा स्टोर गरेको डेटा डिलिट गर्ने उपाय

के तपाई वेबसाइटले क्रोममा डेटा स्टोर गरेको डेटा डिलिट गर्न चाहनुहुन्छ ? त्यसो हो भ…

अरूलाई ठूलो साइजको फाइल पठाउने तरिका

तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …

आईफोनको ब्याट्री लामो समयसम्म टिकाउने उपाय

भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…

गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन

गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…

गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन

गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…

गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन

गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…