कीवर्डहरू -

टिप्स

के तपाईको मोबाइलको ब्याट्री चाँडै सकिन्छ ? यस्ता छन् लामो समयसम्म जोगाउने तरिका

स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम मोबाइल फोनमै गरिन्छ । तर फोनको ब्याट्री लामो समय सम्म नचल्न सक्छ ।

आफ्नो मोबाइल फोनको ब्याट्री लामो समयसम्म नटिक्दा काममा समस्या र पटक पटक चार्ज गर्नुपर्ने बाध्यता हुन्छ  ।

यही समस्यालाई लक्षित गरी स्मार्टफोनको ब्याट्री लामो समय सम्म कसरी टिकाउने भनेर आज हामी तपाईंलाई जानकारी दिदैं छौं ।

स्क्रीनको ब्राइटनेस मिलाउने

धेरै प्रयोगकर्ताले फोनमा ब्राईटनेसलाई ‘अटो’ सेटिङ्गमा राख्ने गर्छन् । यो फिचरले गर्दा फोनले अवस्था अनुसार ब्राईटनेसलाई हेरफेर गर्छ ।

अटो ब्राईटनेस प्रयोग गर्दा सजिलो भएता पनि यसले धेरै ब्याट्री खपत गर्न सक्छ । यदी ब्याट्री लामो समय चलाउनु छ भने ब्राईटनेसलाई कम गर्नुपर्ने हुन्छ ।

डिस्प्लेले सबैभन्दा बढी ब्याट्री लिने गर्दछ । ब्याट्री जोगाउन तपाईले फोनमा डार्क मोडको प्रयोग पनि गर्न सक्नु हुन्छ । स्क्रीनको स्क्रीन आउट हुने समय पनि एकदमै थोरै राख्नुपर्छ ।

नचाहिने रेडियो बन्द गर्ने

आजकालको फोनमा एलटीई, एनएफसी, वाईफाई , जीपीएस र ब्लुटुथ हुने गर्दछ तर यिनीहरु मध्ये कुनैलाई पनि २४ घण्टा सम्मनै सुचारु गर्नु हुदैन् । आफ्नो वाईफाई नभएको अवस्थामा फोनले अर्को नजिकैको वाईफाई खोज्न थाल्छ ।

वाईफाईको काम नहुँदा बन्द गरियो भने यसले पनि धेरै ब्याट्री जोगाउन सक्छ । बुलुटुथ डिभाइस सँग जोडिएको छैन भने त्यसलाई सदैव अफ राख्नुपर्छ र जीपीएसलाई पनि नेभिगेसनको बेलामा मात्रै सुचारु गर्नुपर्ने हुन्छ ।

ब्याकग्राउन्ड एप हटाउने

होम बटन वा ब्याक बटन थिचेर मात्रै एप बन्द हुँदैन हामीले डिभाइसको रिसेन्टमा गएर एप बन्द गर्नुपर्छ । यस्तो गर्दा ती एपहरु ब्याकग्राउन्डमा पनि नचल्ने हुन्छन र ब्याट्री पनि जोगिन्छ ।

थुप्रै किसिमको विडजेट्स तथा लाइभ वालपेपर प्रयोग नगर्ने

लाइभ वालपेपर प्रयोग गर्न त सबैलाई रमाइलो लाग्छ तर यसले धेरै मात्रामा ब्याट्री पनि लिदिन्छ र मोबाइललाई ह्याङ्ग गरिदिन पनि सक्छ । विडजेट्समा पनि मौसम र समाचारको जानकारी लिन त सजिलो हुन्छ तर यसले पनि फोनको ब्याट्री धेरै सकाइदिन्छ ।

आफ्नो फोनमा ब्याट्री सेभिङ फिचर खोज्ने

सबै फोनमा ब्याट्री सेभिङ्ग फिचर हुने गर्दछ । सामसङ्मा अल्ट्रा पावर सेभिङ्ग मोड , एचटीसीमा एक्सट्रीम पावर सेभिङ्ग मोड , सोनीमा स्टामिना मोड जस्तै थुप्रै किसिमको ब्याट्री सेभिङ फिचर हुन्छन् । त्यस्तो मोडलाई पहिचान गरेर आफ्नो फोनमा सुचारु गर्नुपर्छ ।

अटोमेटिक एप अपडेट बन्द गर्ने

तपाईले प्लेस्टोरमा अटो एप अपडेटलाई अन गर्नु भएको छ । मानौ कुनै एपको अपडेट आयो तर त्यो समयमा तपाईलाई अपडेटको आवश्यक छैन् ।

तर पनि एप आफै अपडेट हुन्छ । यसले गर्दा अपडेट हुने समयमा ब्याट्रीको आवश्यकता पर्छ । त्यसैले अटो अपडेलाई बन्द गर्नुहोस ।

टच साउन्ड बन्द गर्ने

मोबाइलमा टच गर्दा वा टाइप गर्दा जुन साउन्ड आउछ । त्यो साउन्डलाई बन्द गर्नुहोस ।

किनकि त्यसको कुनै आवश्यकता नै छैन । जुन साउन्ड आवश्यकनै छैन । ति सबै साउन्डलाई अफ गर्नुहोस ।

डुप्लिकेट चार्जर प्रयोग नगर्ने

डुप्लिकेट चार्जर प्रयोग नगर्नुहोस । यसले गर्दा ब्याट्री राम्रो सँग चार्ज नहुने र ब्याट्रीको लाइफ पनि घट्दै जान्छ ।

भ्वाइस असिस्टेन्टलाई बन्द गर्ने

गुगलको गुगल असिस्टेन्ट र आईफोनको सिरीलाई बन्द गर्नुहोस । जसले गर्दा तपाईको फोनमा माइक्रोफोन अन हुन्छ । यसले गर्दा ब्याट्री खपत पनि धेरै हुन्छ ।

मोसन एक्टिभिटी फिचर बन्द गर्ने

यसमा यदि तपाईंले फोन उठाउनु भयो भने फोनको डिस्प्ले आफै अन हुने वा डिस्प्लेमा हात घुमाएपछि डिस्प्ले आफै अन हुने जस्ता सुविधा हुन्छ ।

यसको लागि फरक फरक मोबाइल एप पनि प्रयोग गरिन्छ । यसको प्रयोग नगर्नुहोस । किनभने यसले सेन्सरलाई लगातार अन गर्छ । जसले ब्याट्रीको खपत बढी हुन्छ ।

टिप्स

के तपाईको ‘सीआरएन’ नम्बर हरायो ? यस्तो छ मेरो शेयरबाट थाहा पाउने सजिलो तरिका 

तपाईंले शेयर कारोबार गरिरहनु भएको छ र आईपीओ भरिरहनु भएको छ भने सीआरएन नम्बरसँग…

इमेल र आउटलुकमा अन्डु सेण्डको समय कसरी बढाउने ? 

ईमेलमा वा आउटलुकमा अन्डु सेण्ड गरेर कुनै पनि मेललाई नपठाउन सकिन्छ । अन्डु सेण्ड बट…

के हो म्यान इन द मिडल अट्याक ? यस्ता छन् बच्ने तरिका

प्रविधिको विकासँगै साइबर सुरक्षा समेत जटिल बन्दै गइरहेको छ । विश्वभर साइबर आक्रमणक…

ह्वाटसएपमा एकपटक हेरेपछि आफै फोटो र भिडियो हराउने फिचर, यसरी गर्नुहोस् प्रयोग

ह्वाटसएपले आफ्नो प्लेटफर्ममा ‘भ्यू वान्स’ नामक फिचर ल्याएको छ । यो फिचरले गर्दा ह्वाट्स…

जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग शेयर गर्ने ? 

महामारीको कारण धेरै जनाले भिडियो कन्फेरेन्सिङ बाट पठनपाठन तथा अध्ययन गर्नुपर्ने बा…

यसरी थाहा पाउनुहोस् आफ्नो डिभाइसको आईपी एड्रेस

इन्टरनेटमा कनेक्ट गरिएको डिभाइसले आफ्नो प्रणालीलाई आईपी एड्रेसको आधारमा मात्रै चिन्न…

ल्यापटपको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ ? यस्ता छन् ब्याट्रीको लाइफ बढाउने तरिका

हामीहरु आफ्नो व्यक्तिगत कामको लागि होस् वा अफिसको कामको लागि होस् ल्याप्टप प्रयोग गर्न…

यसरी सजिलै क्युआर कोडबाट आफ्नो मोबाइलमा जोड्नुहोस् वाईफाई

क्युआर कोडले हाम्रो दैनिक जीवनका कामलाई सहज बनाउँदै लगेको छ । यसबाट हामीले सजिलै डिजिटल भुक्तानी गरिरहेका छौं ।…

के तपाई एन्टिभाइरस किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् राम्रो एन्टिभाइरस

इन्टरनेटले जीवन सहज बनाउनुका साथ साथै सूचना खतरामा पार्ने पनि गर्छ । वेबमा यस्ता …

के हो सामसङको सेक्योर फोल्डर ? यसरी गर्नुहोस् प्रयोग

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्…

हराएको एन्ड्रोइड फोन कसरी भेटाउने, लक गर्ने वा डेटा डिलिट गर्ने ? 

कुनै बेला कुनै कारण तपाईको फोन हराउन वा चोरी हुन सक्छ । फोन हरायो वा चोरी भयो …

विन्डोजमा यी ‘रन कमाण्ड’ प्रयोग गर्नुहोस्, जसले कम्प्युटर चलाउन अझै सहज हुनेछ

के तपाई विन्डोज प्रयोग गर्नुहुन्छ ? विन्डोजमा यस्ता रन कमाण्ड छन्, जसले कम्प्युटर चलाउन…

एन्ड्रोइड फोनलाई एन्ड्रोइड स्मार्ट टिभीको रिमोटको रुपमा कसरी प्रयोग गर्ने ? 

एन्ड्रोइड टिभी आजभोलि एकदमै चर्चित बन्दै गईरहेको छ । अहिलेको धेरै एन्ड्रोइड टिभीहरु…

फेसबुक पोस्टमा नचाहिँदो कमेन्ट कसरी रोक्ने ?

फेसबुक विश्वको लोकप्रिय सामाजिक सञ्जाल हो । फेसबुकका मासिक करोडौं प्रयोगकर्ता छन् ।…

मोबाइल टच स्क्रिनले काम गरेन ? यि हुन् आफै समाधान गर्न सकिने उपाय

टच स्क्रिनको सुविधाले स्मार्टफोन वा विन्डोज प्रयोगमा धेरै सहयोग र सजिलो बनाएको छ । टच स्क्रिनले मोबाइल अन्य डिभाइस प्र…