कीवर्डहरू -

टिप्स

डीडीओएस अट्याक के हो ? कसरी थाहा पाउने र बच्ने ?

डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डीडीओएस) एउटा यस्तो आक्रमण हो जसमा साइबर अपराधीले नेटवर्कमा आवद्द रहेका विभिन्न उपकरणहरूलाई संक्रमित बनाइ सोही उपकरण प्रयोग गरी सेवा प्रदान गर्ने सर्भरलाई लक्षित गरी आक्रमण गर्दछ ।

यसले गर्दा उक्त सर्भरबाट उद्देश्य अनुरूपको सेवा उपलब्ध गराउन सकिदैन । डीडीओएस आक्रमण सामान्यतया भोलुममा आधारित, प्रोटोकल र एप्लिकेशन आक्रमण गरी तीन प्रकारका हुन्छन् ।

साइबर अपराधीबाट भएका केही महत्वपूर्ण डीडीओएस आक्रमणहरूमा सन् २०२० मा भएको अमेजन वेब सर्भिस, २०१७ को गुगल आक्रमण, २०१८ को गिटहब आक्रमण, २०१६ को मिराइ ड्यान आक्रमण, सन् २०१४ को क्लाउड फ्ल्येर आक्रमण, सन् २०१३ को स्प्यामहाउस आक्रमण र सन् २०१२ को सिक्स बैंक आक्रमण पर्दछन् ।

डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिसले कसरी काम गर्छ ?

साइबर अपराधीले बुटनेट अर्थात जुम्बाई कम्प्युटर (रिमोटबाट नियन्त्रण भएका लाखौ कम्प्युटर वा बट) प्रयोग गरी लक्षित वेबसाइट, नेटवर्क तथा सर्भरमा पकेट फ्लड पठाई डीडीओएस आक्रमण गर्ने गर्छन् । पकेट फ्लड आक्रमणहरू मुख्यतः यस प्रकारका रहेका छन्।

  1. नेटवर्क लेयर: स्मुर्फ आक्रमण, आइसीएमपी फल्डस् र आइपी/आइसीएमसी फ्रयागमेन्सन
  2. ट्रान्सपोर्ट लेयर: टीसीपी आक्रमण, एसवाइएन फल्डस्, युडीफी फल्डस् र टीसीपी कन्नेक्सन एग्जस्ट्सन
  3. एप्लिकेशन लेयर: एचटीटीपी इन्क्रिप्टेड आक्रमण

यसरी पकेट फल्ड पठाउँदा सर्भरको सबै स्रोत साधन त्यसको जवाफ दिन व्यस्त हुने हुँदा सर्भर क्रयास हुन सक्छ । जसले गर्दा उद्देश्य अनुसारको सेवा प्रदान गर्न सक्दैन ।

डीडीओएस आक्रमण भएको कसरी थाहा पाउने ?

प्रयोगकर्ताको कम्प्युटर तथा नेटवर्कमा निम्न लक्षणहरू निरन्तर देखिएमा डीडीओएस आक्रमण भएको हुनसक्छ ।

  • लोक्कली वा रिमोट्ली फाइल एक्सेसमा ढिलो हुने ।
  • कुनै विशेष वेबसाइट खोल्दा लामो समयसम्म पनि नखुल्ने।
  • इन्टरनेट सेवा बारम्बर अवरुद्ध हुने।
  • कुनै पनि वेबसाइट नखुल्ने ।
  • धेरै स्पाम इमेल प्राप्त हुने ।

डीडीओएस आक्रमणबाट कसरी बच्ने ?

१. प्रत्येक संस्थाले आफ्नो नेटवर्क तथा सर्भरको सुरक्षा कमजोरीहरू (Security vulnerabilities) पहिचान गर्न इन्फरमेसन सेक्युरिटी अडिट(Information Security Audit) गरौँ ।

२. सुरक्षा कमजोरीहरू (Security Vulnerabilities) लाई यथाशीघ्र हटाऔँ ।

३. डीडीओएस आक्रमणबाट बच्न डीएनएस सर्भरको ब्याण्डविथलाई नियन्त्रण गरौँ ।

४. राउटर र नेटवर्क फायरवाललाई नयाँ सेक्युरिटी प्याच सहित नियमित अपडेट गरौँ ।

५. नेटवर्क ट्राफिकलाई नियमित अनुगमन गरौँ ।

६. मालिसियस ट्राफिक लाई रोक्न TUTM/ Next Generation Advanced Firewall / Intrusion detection systems (IDS)/ Intrusion Prevention systems) को प्रयोग गरौँ ।

७. नेटवर्कमा जडित उपकरणहरुमा Default पासवर्ड हटाई बलियो पासवर्ड राखौं।

८. राउटर कन्फ्रिगेशन गर्दा Best Practices Security Policy तथा Cyber Hygiene अवलम्बन गरौँ।

९. जेरो ट्रस्ट सेक्युरिटी मोडल अपनाउँ ।

१०. डीडीओएस रिस्पोन्स ब्याटल प्लानसहितको विजनेश कन्टिन्युटी प्लान, डिजास्टर रिकभरी तथा इमरजेन्सी रिस्पोन्स प्लान तयार गरौँ ।

११. आफ्नो नेटवर्क वा सर्भरमा डीडीओएस आक्रमण भएको देखिएमा तत्कालै इन्टरनेट सेवा प्रदायकलाई जानकारी गराई समस्या समाधान गर्न पहल गरौँ।

१२. नेटवर्कको क्रिटकल सर्भर उपलब्धताका लागि ब्याकअफमा अर्को इन्टरनेट लिंक पनि राखौँ ।

टिप्स

गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?

प्रविधिको विकाससँगै साइबर आक्रमण घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् । ह्याकरहरुले दिनहुँ डेटा चोर्न नयाँ नयाँ तरी…

गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?

प्रविधिको विकाससँगै साइबर आक्रमण घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् । ह्याकरहरुले दिनहुँ डेटा चोर्न नयाँ नयाँ तरी…

गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?

प्रविधिको विकाससँगै साइबर आक्रमण घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् । ह्याकरहरुले दिनहुँ डेटा चोर्न नयाँ नयाँ तरी…

आईओएस १५ सार्वजनिक, यसरी गर्नुहोस् इन्स्टल

एप्पलले आईओएस १५ अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । यो आईफोनका लागि उपलब्ध भएको ह…

जीमेलमा सेड्युल फिचर प्रयोग गरेर अरूलाई यसरी पठाउनुहोस् इमेल

आफूले राती मात्रै काम सकाएकाले कहिलेकाही ईमेल ढिलो पठाउनुपर्ने हुन्छ । यसले ईमेल…

गूगल सर्चमा डार्क मोड कसरी सुचारु गर्ने ?

गूगल सर्चमा डार्क मोड उपलब्ध भएको छ । गूगल सर्चमा अहिले सम्म विभिन्न परिवर्तनहरु आएप…

गूगल फोटोजबाट फोटो एल्बम शेयर र फोटो डाउनलोड कसरी गर्ने ?

तपाई एन्ड्रोईड प्रयोगकर्ता हुनुहुन्छ भने तपाईका धेरैजसो इमेज गूगल फोटोजमै ब्याकअप ग…

के हो नमस्ते पे ? यस्तो छ प्रयोग गर्ने तरिका

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले डिजिटल वालेट नमस्ते पे सार्वजनिक गरेको छ ।…

के तपाई फिटनेशमा रूची राख्नुहुन्छ ? यी हुन् निःशुल्क फिटनेश शेयरिङ एप

कोभिड महामारीले मान्छेलाई स्वास्थ्य कति महत्वपूर्ण पक्ष हो भनेर त देखाइनै सकेको छ । …

यस्ता छन् क्लाउड कम्प्युटिङका फाइदा

इन्टरनेटबाट भर्चुअल स्पेसमा सफ्टवेयर, सूचना, तथ्यांक र अन्य फाइलहरु शेयर गर्नुलाई क्ल…

विन्डोज ११ इन्स्टल गर्न बुटेबल यूएसबी ड्राइभ कसरी बनाउने ?

माइक्रोसफ्टले विन्डोज ११ को घोषणा गरेसँग अहिले यसको चर्चा चुलिएको छ । अहिले विन्डो…

डिभाइसको अडियो लेभल कानलाई हानी गर्ने छ की छैन् कसरी जाँच गर्ने ? 

हेडफोन मान्छेहरुको जीवनको महत्वपूर्ण भाग बनिसकेको छ । घरबाटै काम र अध्ययन गर्न थाल…

के तपाईलाई कुनै पनि फोटोको ब्याकग्राउण्ड हटाउनु पर्‍यो ? यस्तो छ सजिलो तरिका

हामी सबैलाई कुनै समय कुनै फोटोको ब्याकग्राउण्ड हटाउनु पर्ने हुन सक्छ । मीम बनाउन, …

ह्वाटसएप वेबमा भएको फूल पेज कुराकानीको स्क्रीनशट कसरी लिने ? 

अहिले धेरै जनाले अझै पनि वर्क फर्म होमबाट काम गर्दा ह्वाटसएप वेब पनि धेरै ह्वाटसएप…

आईफोन भर्सेस एन्ड्रोइड : तपाईले कुन किन्दा राम्रो ?

राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ-आ…