टिप्स
यदि ल्यापटप किन्दै हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्
जब हामी नयाँ ल्यापटप किन्न जान्छौं तब प्राय:जरुरी कुराहरुमा ध्यान दिदैनौं,यसकारण पछि पछुताउनु पर्ने हुन्छ ।आज हामीले ल्याटप खरिद गर्नु अघि के कस्ता कुराहरुमा ध्यान पुर्यौउनु पर्छ भन्ने बिषयमा चर्चा गरेका छौँ । आउनुहोस् जानौँ आफुलाई मनपर्ने ल्यापटप खरिद गर्नु पूर्व कुन-कुन जरुरि कुराहरुमा ख्याल राख्न पर्छ ।
सहि अपरेटिङ सिस्टमको छनौट :
कहिलेकाहिँ हामी नयाँ ल्यापटप खरिद गर्ने बेला सहि अपरेटिङ सिस्टमको छनौट गर्न जान्दैनौं । आजकल बजारमा प्री-इन्सटल्ड अपरेटिङ सिस्टमवाला धेरै ब्रान्डका ल्यापटप उपलब्ध छन् । यस्तोमा यदि हामीले अपरेटिङ सिस्टमवाला ल्यापटप खरिद गरेनौँ भने त्यसमा फेरी अपरेटिङ सिस्टम राख्नु पर्ने हुन्छ ।
यसकारण ल्यापटप खरिद गर्नु पुर्व अपरेटिङ सिस्टम राखे नराखेको ख्याल राख्नु पर्छ । सबै भन्दा लोकप्रिय अपरेटिङ सिस्टममा माइक्रोसफ्टको विन्डोज ७ विन्डोज ८ तथा विन्डोज १० यसबाहेक आइओएस १० र ११,गुगल क्रोन ओएस, तथा उबन्तु आदि रहेका छन् ।यो बारेमा जानकारी लिईसकेपछि तपाइलाई जुन अपरेटिङ सिस्टममा काम गर्न सजिलो हुन्छ,त्यहि भएको ल्यापटपको छनौट गर्न सक्नु हुन्छ।
सहि कि-बोर्डको छनौट:
यदि तपाई ल्यापटपमा धेरै काम गर्नुहुन्छ भने जहिले पनि सलिड कि-बोर्ड वाला ल्यापटप लिनुहोस्,किनकी तपाईको किबोर्ड चाडै खराब हुन् सक्छ ।साथै यदि तपाई बिजनेस ल्यापटप खरिद गर्ने चाहनुहुन्छ भने कि-बोर्डमा जी र एचको बीचमा नब छ वा छैन् जरुर चेक गर्नुहोस् ।नबको मद्दतले तपाईले सजिलै सँग आफ्नो औंला कि-बोर्डमा राख्न सक्नुहुन्छ ।
सही डिस्प्ले साइजको छनौट :
हुन त ल्यापटपको साइज कसैलाई ठुलो मन पर्छ कसैलाई सानो मन पर्छ। सबैले आफ्नो इच्छा अनुसारको साईजको ल्यापटप खरिद गर्ने हो। तपाईले पनि आफ्नो सुबिधाको अनुसारको साइजको ल्यापटप छनौट गर्नुहोस् तर अहिले प्राय जसो १५ इन्चको स्क्रिन साइज भएको ल्यापटप प्रचलनमा आएको छ र यसबाट काम गर्न पनि सजिलो हुन्छ ।
सही प्रोसेसर र र्यामको छनौट :
बाहरी स्पेसिफिकेशन भन्दा बाहेक धेरै आन्तरिक फीचर्सको बारेमा पनि ल्यापटप खरीद गर्न अघि सावधानी अपनाउनु पर्छ । यदि तपाईले आफ्नो प्रयोग अनुरुप सहि प्रोसेसर र र्यामको बारेमा सहि जानकारी लिएर छनौट गर्न सक्नु भएन भने पछि समस्या हुन सक्छ।
यसकारण ल्यापटप खरिद गर्नु पुर्व यसको प्रोसेसर र र्याम बाहेक अन्यको बारेमा पनि जानकारी राख्न जरुरि हुन्छ । इंटेल आई 3, इंटेल आई 5 अथवा इंटेल आई7 मध्ये कुनै एउटा प्रोसेसर छनौट गर्नुहोस् । यदि लेटेस्ट अपरेटिङ सिस्टमको प्रयोग गर्न चाहनु हुन्छ भने ४ जीबी र्याम भएको ल्यापटपको छनौट गर्नु उचित विकल्प हुन्छ ।
ब्याट्रीको जाँच:
ल्यापटपलाई पावर दिनका लागि ब्याट्रीको जरुरत हुन्छ,यसकारण ल्यापटप खरिद गर्दा ख्याल राख्नु पर्ने कुरामा ब्याट्री पनि महत्त्वपूर्ण छ । साधारणतया ल्यापटपमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको हन्छ जसले लामो समय सम्म ब्याकअप दिन्छ । यसकारण लिथियम आयन ब्याट्री भएको ल्यापटप खरिद गर्नु राम्रो हुन्छ ।
यसका साथै ब्याट्री हेर्दा त्यसको एमएएच ख्याल राख्नु पर्छ,किनकी जति ज्यादा एमएएच हुन्छ त्यतीनै लामो समय सम्म ब्याट्री ब्याक अप हुन्छ ।
टिप्स
उत्कृष्ट स्मार्टफोन कसरी छान्ने ?
डिस्प्ले साइज र क्वालिटी चेक गर्नुहोस् :
आफ्नो कम्प्युटरबाट अरू कम्प्युटर कसरी एक्सिस गर्ने ?
अफिसमा हुनुहुन्छ तर तपाईंको घरमा भएको कम्प्युटरमा भएको फाइल चाहिएको छ ? क्लासमा भ…
ह्वाट्सएपमा स्टोरेज स्पेस र डेटा कसरी जोगाउन ?
ह्वाट्सएपमा थुपै्र मिडिया कन्ट्रोलहरु हुन्छ जसले प्रयोगकर्ताहरुलाई एपमा फोटो, भिडियो …
टिकटकमा यसरी परिवर्तन गर्नुहोस् आफ्नो आवाज
टिकटकमा भिडियो अपलोड गरेपछि कतिपयले आफ्नो आवाज परिवर्तन गरेर पनि राख्छन् । उनीहरु…
फिङ्गरप्रिन्ट सेन्सरले स्मार्टफोनमा कसरी काम गर्छ ?
पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य…
दैनिक जीवनमा काम लाग्ने टु डु एपहरु
स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एपहरु हु…
आफ्नो डिभाइसमा अडियो लेभल कानलाई हानी पुर्याउने खालको छ की छैन् भनेर कसरी जाँच गर्ने ?
हेडफोन मान्छेहरुको जीवनको महत्वपूर्ण भाग बनिसकेको छ । घरबाटै काम र अध्ययन गर्न थाल…
कम्प्युटर र इन्टरनेट राम्रोसँग कसरी चलाउने ?
आफैले आफ्नाे कम्प्युटरलाई स्लो बनाइराख्नुभएको छ कि ?
डीडीओएस अट्याक के हो ? कसरी थाहा पाउने र बच्ने ?
डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डीडीओएस) एउटा यस्तो आक्रमण हो जसमा साइबर अपराधीले…
मोबाइल बैंकिङ एप प्रयोगकर्ताका लागी टिप्स
नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी …
नयाँ स्मार्टफोन किन्दा धेरै खर्च नगर्नलाई ध्यान दिनुपर्ने कुराहरु
स्मार्टफोन किन्दा केही कुराहरुमा एकदमै ध्यान पु¥याउनुपर्छ जसले गर्दा तपाईले राम्रो स्…
गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?
प्रविधिको विकाससँगै साइबर आक्रमण घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् । ह्याकरहरुले दिनहुँ डेटा चोर्न नयाँ नयाँ तरी…
गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?
प्रविधिको विकाससँगै साइबर आक्रमण घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् । ह्याकरहरुले दिनहुँ डेटा चोर्न नयाँ नयाँ तरी…
गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?
प्रविधिको विकाससँगै साइबर आक्रमण घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् । ह्याकरहरुले दिनहुँ डेटा चोर्न नयाँ नयाँ तरी…
गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?
प्रविधिको विकाससँगै साइबर आक्रमण घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् । ह्याकरहरुले दिनहुँ डेटा चोर्न नयाँ नयाँ तरी…