कीवर्डहरू -

टिप्स

विद्यार्थीहरूका लागि उपयोगी ५ एआई टुल

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हरेक क्षेत्रमा प्रयोग हुन थालेको छ । एआईले हरेक क्षेत्रलाई असर गर्न थालिसकेको छ । यसबाट शिक्षा क्षेत्र पनि अछुतो छैन् ।

विद्यार्थीहरूले एआई रिसर्च गर्नेदेखि गृहकार्य गर्नेसम्म प्रयोग गरिरहेका छन् । आफ्नो सिकाइ प्रक्रिया सुधार गर्नुका साथै अवधारणा बारे सूक्ष्म ज्ञान लिन एआई टुल प्रयोग भइरहेको छ ।

यदी तपाई विद्यार्थी हुनुहुन्छ र तपाईलाई सिक्न वा परियोजना गर्न मद्दत गर्न सक्ने एआइ उपकरण खोज्दै हुनुहुन्छ भने तल उल्लेखित टुलहरू प्रयोग गर\\न सक्नुहुन्छ ।

च्याटजीपीटी

च्याटजीपीटी सबैका लागि उपलब्ध उत्तम उपकरणहरू मध्ये एक हो । यसले विद्यार्थीहरूलाई सिक्न गाह्रो हुने अवधारणाहरू बुझ्नको लागि ठूलो फाइदा हुन सक्छ ।

पाठ्यक्रममा अवधारणाहरुलाई सरल बनाउन, विश्लेषण गर्न र व्याख्या गर्न यो च्याटबट प्रयोग गर्न सकिन्छ ।

तपाईले गर्नुपर्ने भनेको तपाईको प्रश्नहरू टाइप गर्नु हो र तपाईले चाहनु भएको उत्तरको लागि पर्खन पर्ने हुन्छ । तपाईले गर्नुपर्ने भनेको आउटपुट पढ्ने हो ।

च्याटजीपीटीले तपाईंलाई विषयको महत्त्वपूर्ण बुँदाहरू देखाएर सिक्न सजिलो बनाएर नोट बनाउने प्रक्रियालाई पनि सजिलो बनाउन सक्छ ।

प्रोग्रामिङ हेल्पर

यदि तपाइ प्रोग्रामिङको विद्यार्थी हुनुहुन्छ र केहि परियोजना वा व्यक्तिगत कामको लागि कोड लेख्नमा अड्किनु भएको छ भने प्रोग्रामिङ हेल्परले सहयोग गर्न सक्छ ।

तपाइ एआई प्रयोग गरेर तपाइँको लागि कोड लेख्न प्रोग्रामिङ हेल्पर प्रयोग गर्न सक्नुहुन्छ । तपाईले कोड प्रयोग गर्न सक्नुहुन्छ र लेख्नु भएको कोडसँग तुलना गर्न सक्नुहुन्छ ।

यस तरिकाले तपाईले कोडका राम्रा बिन्दु, गल्ती र कोड लेख्ने विभिन्न तरिकाहरू बुझ्न सक्नुहुन्छ ।

प्रोग्रामिङ हेल्पर एक फ्रि–टु–युज प्लेटफर्म हो जुन तपाईं विभिन्न परियोजनाहरूको लागि कोड उत्पन्न गर्न प्रयोग गर्न सक्नुहुन्छ ।

ट्युटर एआइ

ट्युटर एआइ एक सिकाउने प्लेटफर्म हो, जहाँ तपाइँ केहि पनि सिक्न सक्नुहुन्छ । यो जेनेरेटिभ एआईमा आधारित छ, जुन नवीनतम समाचार र प्रवृतिहरूको लागि निर्माण गरिएको हो ।

तपाईले गर्नुपर्ने भनेको प्रश्नहरू इनपुट गर्नुहोस् र आउटपुट पढ्नुहोस् । जब तपाइँ ट्युटर एआइमा केही खोज्नुहुन्छ, यसले त्यो विषयसँग सम्बन्धित विभिन्न मोड्युलहरू लोड गर्दछ ।

मोड्युलहरू प्रारम्भिक, मध्यवर्ती र उन्नत स्तरहरूमा विभाजित छन् । ट्युटर एआई प्रयोग गर्न, तपाईंले इमेल आईडी प्रयोग गरेर साइन अप गर्न आवश्यक छ ।

यो हाल प्रयोग गर्नका लागि एक निः शुल्क उपकरण हो । टेक्स्ट इनपुट गरेर यसलाई प्रयोग गरेर सबै कुरा सिक्न सक्नुहुन्छ ।

एक्सप्लेन लाइक आइ एम फाइभ

एक्सप्लेन लाइक आइ एम फाइभ पाँच वर्षका बच्चाले पनि सजिलै बुझ्न सक्ने विषयहरूलाई सरल बनाउन एआइद्वारा संचालित एक प्रयोग गर्न सजिलो वेब हो । यसले धेरै फरक भाषामा विषयहरू व्याख्या गर्न सक्छ ।

यो परीक्षा र अन्तर्वार्ताको तयारीमा उपयोगी हुन सक्छ । यो विषयको आधारभूत कुराहरू सिक्नका लागि उत्कृष्ट उपकरण हो, जसले समयसँगै विषयलाई अझ राम्रोसँग सिक्नको लागि ठोस आधार बनाउँछ ।

एक्सपलेन लाइक आइ एम फाइभ एक सशुल्क उपकरण हो, जुन तपाईको रोजाइका विषयहरू सिक्न धेरै उपयोगी छ ।

स्कलरसी

स्कलरसी एक एआइ उपकरण हो, जसले तपाईंलाई राम्रो पढ्ने अनुभव दिनको लागि लेखहरू र इनपुटहरूलाई सरलीकृत र संक्षिप्त गर्ने गर्दछ ।

यसलाई आफ्नो विषय बारे जान्नका लागी प्रयोग गर्न सक्नुहुन्छ । हजारौं पृष्ठका अनुसन्धान पत्रहरू पढ्न धेरै गाह्रो हुन्छ । यसलाई सहज बनाउनका लागि तपाइँले मुख्य अवधारणाहरू संक्षेप गर्न स्कलरसी प्रयोग गर्न सक्नुहुन्छ ।

१४ दिनको लागि निः शुल्क स्कलरसी प्रयास गर्न सकिन्छ । यसको सःशुल्क भर्सन पनि उपलब्ध रहेको छ ।

विद्यार्थीहरूका लागि जटिल अवधारणाहरू सिक्न र बुझ्न सजिलो बनाउन यो च्याटबटमा केही उत्कृष्ट एआइ उपकरण उपलब्ध छन् । टुल गृहकार्य गर्न पनि प्रयोग गर्न सकिन्छ ।


टिप्स

तपाईको फोनको एसएआर भ्याल्यु कति छ? यसरी थाहापाउनुहोस्

हाम्रो फोनले हाम्रो अधिकांश समय र दैनिक गतिविधिहरूमा ठूलो भूमिका खेल्छ । हामी फो…

ब्लग लेखेरै यसरी कमाउनुहोस् पैसा

के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा …

नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

आजभोलि स्मार्टफोन नबोक्ने एकदमै कम छन् । धेरैजसोको हात हातमा स्मार्टफोन पुगिसकेको छ…

क्युआर स्क्यामबाट कसरी बच्ने ?

डिजिटल कारोबारले हाम्रो जीवनलाई सजिलो बनाएको छ । डिजिटल भुक्तानी सजिलो, छिटो र …

३२ बिट र ६४ बिट प्रोसेरमा फरक के हुन्छ ?

कम्प्युटरमा मुख्य २ प्रकारको प्रोसेसर हुन्छ । ३२ बिट र ६४ बिट । प्रोसेसरले मात्र कम्प्युटरको कामलाई असर गर्दैन । तर यसल…

यसरी कुनै एप डाउनलोड नगरिकनै एन्ड्रोइड स्मार्टफोनमा गर्नुहोस् स्क्रीन रेकर्ड 

कतिपय समय हामीले स्मार्टफोनमा विभिन्न काम गर्दा स्क्रीन रेकर्ड गर्नुपर्ने हुन्छ । यस्तोम…

डाउनलोड गरेको फाइलमा भाइरस छ की छैन् थाहापाउन के गर्ने ?

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड ग…

के तपाईको फोन स्पीकरमा सानो आवाज आउने समस्या छ? यसरी गर्नुहोस् समाधान

तपाईको स्मार्टफोन जतिसुकै स्मार्ट भएपनि त्यसमा कुनै न कुनै समस्या आउँछ, अब यदि समस्य…

फास्ट चार्जिङ बिनानै एकैछिनमा फोन चार्ज गर्न यस्तो गर्नुहोस्

हामी धेरैले डिभाइसमा २० प्रतिशत चार्ज देखिँदा मात्र फोन चार्ज गर्ने गर्दछौँ । तर, ध…

यसरी बढाउनुहोस् आफूले चलाउने स्मार्टफोनको स्पीड

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो …

पावरपोइन्टको भिडियोमा क्लोज्ड क्याप्सन राख्न यस्तो गर्नुहोस्

अहिले धेरै जस्तो ठाउँमा पावरप्वाइन्ट प्रेजेन्टेसन दिनुपर्ने हुन्छ । पावरपोइन्टमा हामी…

यसरी निःशुल्क रूपमा वेबसाइटबाटै गर्नुहोस् भिडियो एडिट

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा …

गूगल म्याप प्रयोग गरेर यसरी गर्न सकिन्छ लोकेसन ट्रयाक

सन् २००५ मा गूगल म्याप्सको सुरुवात पछि, धेरै यात्रीहरूको दैनिक जीवनमा एक मूल्यवान …

जीमेलको बारेमा तपाईले थाहा पाउनै पर्ने केही फिचर

जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक…

जीमेलमा आउने ‍अनावश्यक इमेललाई ब्लक गर्ने तरिका

जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अ…