कीवर्डहरू -

टिप्स

के फास्ट चार्जिङले मोबाइलको ब्याट्रीलाई नराम्रो असर गर्छ ? 

फास्ट चार्जिङ्ग भनेको मान्छेहरुले हतारमा जुस पिएर पुनः दौडिन थाले सरह नै हो । तर फास्ट चार्ज गरिरहको समयमा हामी सबैलाई यसले कतै फोनलाई हानी त पुर्याईरहेको छैन् नी भन्ने डर लागीनै रहन्छ ।

पछिल्लो समयका प्राय स्मार्टफोनमा फास्ट चार्जिङको सुविधा हुन्छ । स्मार्टफोनमा मात्रै होइन् अब विद्युतीय गाडी, ल्यापटप र अरू ग्याजेटहरुमा पनि फास्ट चार्जिङ स्ट्याणडर्ड फिचर बन्दै गइरहेको छ ।

फास्ट चार्जिङ सुविधाजनक हुन्छ । थोरै समय चार्ज गरेर धेरै समय चलाउन सकिन्छ । हतारको समयमा त फास्ट चार्जिङ एकदमै उपयोगी हुन्छ ।

के हो फास्ट चार्जिङ ?

फास्ट चार्जिङ्ग भनेको थोरै समयमै डिभाइसलाई चार्ज गर्नु हो । यस प्रणालीमा चार्जिङ्ग सर्किटले जति चार्ज लिन सक्छ, त्यतिनै चार्ज हुने गर्दछ ।

फास्ट चार्जिङ्गले बुस्ट चाहिएको बेला ब्याट्री टपअप गरिदिने गर्दछ । हामीले आफ्नो डिभाइसमा एकदमै धेरै समय बिताउन थालेका छौँ । यसले गर्दा चार्ज पनि धेरै खपत हुने गर्दछ ।

यस्तो समयमा हामी सबैलाई पक्कै पनि फास्ट चार्जिङ्ग चाहिने गर्दछ । अहिले धेरैजसो फास्ट चार्जिङ्ग प्रणालीहरु क्रस कम्प्याटिबल छन् ।

कसलाई फास्ट चार्जिङ्ग भनिन्छ ?

विभिन्न विद्युतीय सामग्रीहरुका लागि फास्ट चार्जिङ्ग राम्रो मार्केटिङ शब्दावली बन्दै गइरहेको छ । तर ग्राहकको ध्यान तान्न फास्ट चार्जिङ प्रयोग गर्ने गरेको भन्ने र पछि फास्ट चार्जिङ्गको फिचर नै नहुने कतिपय ग्राहकको गुनासो छ ।

स्मार्टफोन निर्माताहरुले धेरैजसो समय १० वाटलाई फास्ट चार्जिङ्ग रेटको रुपमा भन्ने गरेको पाइन्छ । जति बढी वाट भयो त्यतिनै छिटो चार्ज हुने गर्दछ,जसकारण हरेकदिन फास्ट चार्जिङ्गको परिभाषा परिवर्तन हुँदै गइरहेको छ ।

फास्ट चार्जिङ्गले ब्याट्रीलाई नोक्सान गर्छ ?

फास्ट चार्जिङ्गले ब्याट्रीलाई नोक्सान पुर्याउँछ की पुर्‍याउँदैन् भन्ने प्रश्न धेरैको मनमा हुन सक्छ । यो प्रश्न एकैपटक धेरै ऊर्जा दिँदा डिभाइस तातिन्छ की भन्ने विचारबाट आउने गर्दछ ।

डिभाइस तातिनु भनेको पक्कै पनि उपकरणका लागि राम्रो संकेत होइन् । तर फास्ट चार्जिङ्ग प्रणालीले सकेसम्म तातोपनालाई कम गर्दै राम्रो आउटपुट दिने प्रणालीको विकसित गरेको हुन्छ ।

फास्ट चार्जिङ्गले ब्याट्रीलाई नोक्सान भने खासै पुर्याउँदैन् । किनभने फास्ट चार्जिङ्ग ब्याट्रीको चार्ज गर्दा दुई चरण हुने गर्दछ । पहिलो चरणमा ब्याट्रीले सकेसम्मको ऊर्जा लिने गर्दछ र फोन निर्माता कम्पनीले यति समयमानै यति चार्ज हुन्छ भनेर विज्ञापन गर्ने गरेको चार्ज प्रतिशतसम्म पुग्ने गर्दछ ।

त्यति चार्जमा पुगेपछि चार्जिङ्ग स्पीड आफै कम हुन्छ, जसले स्ट्रेस र तापलाई घटाउने गर्दछ । तपाईको डिभाइसको ताप पनि निश्चित क्षमता भन्दा बढी भएका फोनले स्वत फास्ट चार्जिङ्गलाई बन्द गरिदिने गर्दछ ।

फास्ट चार्जिङ्गको असरलाई फोन निर्माताले कसरी कम गर्छन् ?

फोन निर्माता कम्पनीहरुले फास्ट चार्जिङ्गको असरलाई कम गर्न डुअल ब्याट्री डिजाइनको प्रयोग गर्ने गर्दछन् । यसले गर्दा दुई ओटा ब्याट्रीले फास्ट चार्जिङ्गको समयमा हाई इन्पुट लोड सेयर गर्ने गर्दछन्, जसले गर्दा नोक्सान हुनुबाट बच्छ ।

त्यस्तै फोनमाथि नोक्सानी कम गर्नका लागि ब्याट्री म्यानेजमेन्ट सफ्टवेयर प्रणाली पनि फोन निर्माता कम्पनीहरुले इन्स्टल गरेका हुन्छन् । यस प्रणालीले हाई इन्पुट चार्जबाट जोगाउने गर्दछ । फास्ट चार्जिङ्ग छ भन्दैमा मोबाइल चाँडै बिग्रिन्छ भन्ने हुँदैन् ।


टिप्स

गूगल सिटलाई एक्सेल फर्म्याटमा पठाउनु पर्‍यो ? यसो गर्नुहोस्

गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुई ओटा धेरै प्रयोग गरिने स्प्रेडसिट प्रोग्राम हो । गू…

गूगल सिटलाई यसरी पठाउनुहोस् एक्सेल फर्म्याटमा

गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुई ओटा धेरै प्रयोग गरिने स्प्रेडसिट प्रोग्राम हो । गू…

कम्प्यूटर वा अन्य डिभाइसमा यसरी डाउनलोड गर्नुहोस् गीत

कम्प्युटरमा काम गर्दै गीत सुन्न पनि मजा नै हुन्छ । हामी कतिले अनलाइनबाटै गीत सुन्ने…

गूगलबाट यसरी जाँच गर्नुहोस् इन्टरनेट स्पीड

समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि…

कनेक्ट आईपीएसमा यसरी बनाउनुहोस् अकाउन्ट 

पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दो छ । डिजिटल भुक्तानीका लागि वाले…

यसरी लिनुहोस् ह्वाटसएप वेबमा भएको फूल पेज कुराकानीको स्क्रीनशट

अहिले ह्वाटसएप वेब पनि धेरै ह्वाटसएप प्रयोगकर्ताको महत्वपूर्ण भाग बनेको छ । यसले प्र…

यसरी गर्नुहोस् इन्स्टाग्राम स्टोरीमा एकैपटक धेरैओटा फोटो सेयर

अहिले प्रयोगकर्ताहरुले एपीमेरल अर्थात २४ घण्टामा आफै डिलिट हुने कन्टेन्ट हाल्न निकैन…

यसरी गर्नुहोस् विन्डोज कम्प्युटरको जंक फाइल क्लिन

डिजिटल डिभाइसको पनि राम्ररी हेरचाह गर्नु एकदमै महत्वपूर्ण हुने गर्दछ । हेरचाह गर्ने…

यसरी सुरक्षित रुपमा प्रयोग गर्नुहोस् सार्वजनिक वाइ–फाइ

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढ…

यसरी गर्नुहोस् एन्ड्रोइड स्मार्टफोनबाट आइफोनमा डेटा ट्रान्सफर

आजभोलि स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भएको छ । बजारमा एन्ड्रोइड र आईओएस अपरेटि…

डिजिटल माध्यमबाटै साइन गर्नका लागि गूगलको डक्यूसाइन,यसरी गर्नुहोस् प्रयोग

अहिले पुरै विश्वनै डिजिटलाईजेसन तर्फ बढ्दै छ । कोरोनाको महामारीले गर्दा अहिले आधु…

यसरी गर्नुहोस् युट्युबमा रेस्ट्रिक्टेड मोडलाई डिसेबल 

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानक…

यसरी बढाउनुहोस् टिकटकमा फ्लोअर

पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । विभिन्न देशको प्रतिबन्धक…

गूगल सिटलाई यसरी पठाउनुहोस् एक्सेल फर्म्याटमा

गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुई ओटा धेरै प्रयोग गरिने स्प्रेडसिट प्रोग्राम हो । गू…

तपाईंले प्रयोग गर्ने सीम कसको नाममा छ ?

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …