टिप्स
के हो नेपाल टेलिकमले उपलब्ध गराएको ई–सिम ? कसले प्रयोग गर्न सक्छ ई–सिम ?
नेपाल टेलिकमले ई–सिम उपलब्ध गराएको छ । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट २०७९ भाद्र ३१ देखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण प्रारम्भ गर्ने भएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नु हुनेछ ।
हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छैन ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्ने दूरसञ्चारले जनाएको छ ।
यस सम्बन्धी सम्झौता पत्रमा २०७९ बैशाख ११ गते नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता सम्पन्न भएको थियो ।
सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराएको छ ।
के हो नेपाल टेलिकमले उपलब्ध गराएको ई–सिम ?
ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
ई–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस हरुमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्नेछन् ।
ई–सिम भनेको एक ईम्बेड गरिएको सिम कार्ड हो । यो भौतिक सिम कार्डहरुको सट्टामा निकालिएको सिम कार्ड हो जसले फोनहरुलाई मोबाइल नेटवर्कसँग कनेक्ट गर्ने गर्दछ । इसिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ । ई-सिम फोनको मदरबोर्डसँगै जोडिएको हुन्छ । यसलाई न तपाई राख्न सक्नुहुन्छ, न हटाउन नै । तर यसमा नम्बर परिवर्तन गर्न र क्यारियर परिवर्तन गर्न सकिन्छ । ई-सिममार्फत एउटा फोनबाट अर्को फोनमा डेटा सार्न, ई-सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ ।
यसलाई स्वीच गर्न र सेट गर्न सहज हुन्छ । फोनकलकै माध्यमले तपाईले ई-सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिम कार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नुपर्दैन् । ई-सिम पनि अरु सिमकै प्रविधिमा चल्ने गर्दछ । यसले अरु सिम जसरी नै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्दछ ।
के फरक छ ई–सिम र भौतिक सिम कार्ड बिचमा ?
ई–सिम र भौतिक सिम कार्डको सबैभन्दा ठूलो फरक भनेको त्यो कहाँ राखिएको छ भन्ने हो । ई–सिमलाई मदरबोर्डसँगै जोडिएको हुन्छ । यसलाई तपाई न राख्न सक्नुहुन्छ, न हटाउन नै । तर यसमा नम्बर परिवर्तन गर्न सकिन्छ र कुन भिाइसमा राख्ने भनेर पनि परिवर्तन गर्न सकिन्छ ।
यसलाई स्वीच गर्न र सेट गर्न अझैसहज रहेको छ । फोनकलकै माध्यमले तपाईले ई–सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिम कार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नुपर्दैन् । ई–सिम पनि अरु सिमकै प्रविधिमा चल्ने गर्दछ र अरु सिम जसरीनै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्दछ ।
कसले प्रयोग गर्न सक्छ ई–सिम ?
ई–सिम प्रयोग गर्नका लागि त्यस्तै उपयुक्त डिभाईस चहिने गर्दछ र ई–सिम प्रदान गर्ने क्यारियर चहिन्छ । अमेरिकामा एटी एण्ड टी र टि मोबाईल, बेलायतमा इइ र विश्वव्यापी रुपमा १२० अरु कम्पनीहरुले ई–सिम प्रदान गर्ने गर्दछन् ।
ईसिमलाई अहिले आईफोन १२, १३, पिक्सेल ५, सामसङ ग्यालेक्सी एस २१ स्मार्टफोनहरुमा डुअल सिमको फिचर ल्याउनका लागि प्रयोग गर्ने गरिन्छ । केही समयपछि सबै फोन र ट्याबलेट ईसिममनै परिवर्तन हुने देखिन्छ ।
टिप्स
के तपाई आफ्ना फोटोलाई सुरक्षित रूपमा राख्न चाहनुहुन्छ ? यस्ता छन् ६ तरिका
जीवनका महत्वपूर्ण पल हामीले फोटोमा कैद गरिरहेका हुन्छौं । कतै नयाँ ठाउँ जाँदा हो…
तपाईलाई थाहा हुनैपर्ने जीमेलका यी फिचर
जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक…
फेसबुक मेसेन्जरमा यसरी प्रयोग गर्नुहोस् एण्ड टू एण्ड इन्क्रिप्सन फिचर
हालैमा मेटाले एण्ड टू एण्ड इन्क्रिप्सन फिचरको जाँच गरिरहेको थियो । अहिले यो फिचर स…
यसरी सुचारु गर्नुहोस् ह्वाट्सएपमा टु स्टेप भेरिफिकेशन फिचर
हामी अहिले प्रविधिमा एकदमै निर्भर भईरहेका छौँ । एक अर्कासँग सम्पर्क राख्न हामी प्रव…
यसरी सुचारु गर्नुहोस् जीमेलको अन्ली भ्यू फिचर
गूगलले सहजैसँग पहुँच पाउनका लागि मिट, च्याट र अरू सेवाको एकीकृत प्लेटफर्म बनाएको…
ह्वाट्सएपमा टाइप नगरेरै म्यासेज पठाउने तरिका
एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुले ह्वाट्सएप जस्तै एसएमएस मेसेजिङ एपमा टाइप नगरेरै …
विद्यार्थीलाई उपयोगी ४ एप
अहिलेको डिजिटल युगमा बालबलिकाहरुलाई धेरै प्राविधिक टूलहरु चाहिने गर्दछ । कक्षामा…
के तपाईको आईफोनको चार्ज चाँडै सकिन्छ ? त्यसो भए यी उपाय अपनाउनुहोस्
भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…
के तपाईले डाउनलोड गरेको फाइलमा भाइरस छ ? यस्तो छ थाहा पाउने सजिलो तरिका
तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड ग…
कसरी खेल्ने स्न्यापच्याटमा गेम ?
सामाजिक सञ्जालहरु मध्ये युवा पुस्तामाझ चर्चित एक एप हो, स्न्यापच्याट । हरेक क्षणको अप…
जीमेलका यी पाँच फिचर, जुन सबैलाई थाहा हुनैपर्छ
जीमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिग…
इन्स्टाग्राममा यसरी गर्नुहोस् पोस्ट सेड्युल
इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्म…
मोबाइलको लतबाट कसरी जोगिने ?
मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हा…
युट्युबको अटो हिस्ट्री डिलिट गर्ने सजिलो तरिका
तपाईले फेसबुकमा कसलाई अनफ्लो गर्नुभएको छ ? फेसबुकमा कोही प्रयोगकर्तासँग फ्रेण्ड भए…