कीवर्डहरू -

टिप्स

फोन किन ह्याङ हुन्छ ?

आजकाल स्मार्टफोन बिनाको जीवन अधुरो छ । हामी धेरैजसो कुराको लागि मोबाइलमा निर्भर छौं । किनमेल, बिल भुक्तानी, टिकट बुकिङ र अध्ययनको लागि स्मार्टफोनको मद्दत लिन्छौं । काम गर्ने क्रममा प्रायः मोबाइल ह्याङ्ग हुन्छ ।

यदि तपाई पनि स्मार्टफोन ह्याङ्ग हुने समस्याबाट हैरान हुनुहुन्छ भने हामी तपाईका लागि केही सजिलो टिप्स ल्याएका छौं जसको मद्दतले तपाईले घरमै फोन ह्याङ्ग हुने समस्या समाधान गर्न सक्नुहुन्छ ।

फोन किन ह्याङ हुन्छ ?

स्मार्टफोन धेरै कारणले ह्याङ्ग हुन सक्छ । फोनमा कम र्याम र एकभन्दा बढी एप प्रयोग गर्ने बानीका कारण पनि फोन ह्यांग हुने गर्दछ । क्यास फाइल नहटाउने र फोन अपडेट नगरेमा पनि फोन ह्यांग हुने गर्दछ । यी मध्ये कुनै एक कारणले मोबाइल ह्याङ हुन सक्छ ।

क्यास फाइल

क्यास फाइल इन्स्टल गरिएका एपहरु राम्ररी चलाउनका लागि उपयोगी हुने गर्दछ । धेरै क्यास फाइल भएमा फोनको प्रदर्शन ढिलो हुन्छ । त्यसकारण, समय–समयमा क्यास फाइलहरू हटाउनु महत्त्वपूर्ण हुन्छ । तपाईं मोबाइल स्टोरेजमा अप्सनमा गएर सजिलै क्यास फाइल डिलिट गर्न सक्नुहुन्छ । यसलाई एप इन्फोमा गएर हटाउन सक्नुहुन्छ ।

एकैसाथ धेरै एपको प्रयोग

मोबाइलमा एकै पटक धेरै एप प्रयोग नगर्नुहोस् । विशेष गरी यदि र्याम स्टोरेज कम छ भने फोन सहजै ह्यांग हुन सक्छ । यसो गर्दा फोनको र्याममा दबाब पर्छ । एकै समयमा, फोनको प्रदर्शन प्रभावित हुन्छ ।

सफ्टवेयर अपडेट

यदि तपाईंले फोनको क्यास फाइल हटाउँदा र धेरै एप प्रयोग नगर्दा पनि स्मार्टफोन अझै ह्याङ्ग भइरहेको छ भने, त्यसपछि सफ्टवेयर अपडेट गर्नुहोस् । यदि सफ्टवेयर अपडेट गरिएन भने, फोन ह्याङ्ग हुन थाल्छ । साथै, तपाईंले प्रयोग गरिरहनुभएको एपहरू पनि समय समयमा अपडेट गरिरहनुपर्छ । फोन वा एप अपडेट गरिएको छैन भने रिसोर्स फाइलहरू गायब हुन्छन् । जसका कारण फोन ह्याङ्ग हुन थाल्छ ।

फोन पुनः स्टार्ट गर्नुहोस्

फोन समय समयमा रिस्टार्ट गर्नुपर्छ । यसले मोबाइलमा रहेका अस्थायी फाइलहरू मेटाउँछ । यसैगरी यसको मद्दतले मेमोरी व्यवस्थापन रिसेट हुन्छ । योसँगै स्मार्टफोनको गति बढ्छ र कार्यसम्पादन बढ्छ ।


 

टिप्स

मोबाइलको कुनै पनि एपलाई हाइड गर्न चाहनुहुन्छ ? यस्तो छ तरिका

सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप हुने गर्दछ । तपाईले ती एपमा सेक्योर लक प्रयोग गर्नुभएको छ भने पनि अनलक गर्न सफल भएमा तपाईको निजी जानकारी कसैले हेरि…

आफैले आफ्नो कम्प्युटर स्लो बनाउनु त भएको छैन् ? यसरी थाहा पाउनुहोस्

कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै समय लाग्छ, यी तपाई हामी सबैले प्राय भोगिरहेका समस्या हुन् । त्यसमाथ…

मोबाइलको स्टोरेज फुल भयो ? यसरी गर्नुस् खाली

आजभोलि प्राय सबैको हात हातमा स्मार्टफोन देख्न सकिन्छ । दिनको अधिकांश समय स्मार्टफोन चलाउनमै गइरहेको हुन्छ ।

हरेक साना–ठूला कामका लागि स्मार्…

यी गल्ती गर्दा चाँडै बिग्रिन सक्छ तपाईको स्मार्टफोन

मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै पटक हामी मोबाइल प्रयोग गर्छौं । हुन पनि हो, पछिल्लो समय सबै कुरा डिजि…

प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सघाउने सामसङको ‘सेक्योर फोल्डर’ के हो ?

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । उक्त स्मार्टफोन ब्राण्ड मध्ये सामसङ पनि एक…

किन धेरैले किन्न चाहन्छन् आईफोन ?

राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–आफ्नो ठाउँमा राम्रा फिचर छन् ।

तर पनि विदेशबाट पठाइदिन भ…

टाइपिङको आवाजबाटै ह्याकरले थाहा पाउन सक्छन् तपाईको पासवर्ड, जोगिने कसरी ?

ह्याकरहरूबाट आफूलाई जोगाउन जतिसुकै विधि अपनाए पनि ह्याकरहरूले सधैं केही नयाँ तरिका खोजि हाल्छन् । यदि कसैले टाइपिङको आवाजमा…

फोनको फिंगरप्रिन्टले राम्रोसँग काम गरेन् ? यी तरिका अपनाउनुहोस्

हामी प्रायः स्मार्टफोनमा सुरक्षाको लागि पासवर्ड वा फिंगरप्रिन्ट लक प्रयोग गर्छौं । यद्यपी, फिंगरप्रिन्ट लक, फोनको डाटा सुरक्षित…

के तपाईको फोन ह्याङ हुन्छ ? छुटकारा पाउन यी तरिका अपनाउनुहोस्

आजभोली तपाई हामी धेरैको दैनिकी स्मार्टफोनमै बित्छ । आफ्नो काम होस् वा कार्यालयको काम होस् धेरै प्रयोजनका लागि स्मार्टफोनको प्रयोग …

मोबाइल चलाउँदा डार्क मोड वा आई कम्फर्ट मोडमा कुन प्रयोग गर्ने ?

के तपाईंले फोनको क्वीक सेटिङमा डार्क मोड र आइ (आँखा) कम्फर्ट मोड जस्ता विकल्पहरू फेला पार्नुभएको छ ? के तपाई यी मोडहरू प्रयोग ग…

इमेलमा आएको पीडीएफ फाइलबाटै हुन सक्छ मालवेयर अट्याक ? जोगिन यसो गर्नुहोस्

पिडिएफ सामान्यतया प्रयोग गरिने फाइल ढाँचाहरू मध्ये एक हो, जुन इमेल वा अन्य इलेक्ट्रोनिक सञ्चार प्लेटफर्ममार्फत डकुमेन्ट प्राप्त गर्न …

के जीमेलमा ‍अनावश्यक इमेल आउँछन् ? यस्तो छ ब्लक गर्ने तरिका

जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अनलाइन इमेल सेवा हो । जीमेलका कारण इमेल पठा…

मोबाइलबाटै आफ्नो सीभी बनाउन चाहनुहुन्छ ? यस्ता छन् केही तरिका

यदि तपाई रोजगारीको खोजिमा हुनुहुन्छ भने, तपाईसँग उत्कृष्ट करिकुलम भाइटा (सीभी) अर्थात रेजुमे हुन आवश्यक छ । रोजगारी पाउनका ल…

ह्वाट्सएपमार्फत यसरी गर्नुहोस् मेसेज सेड्युल

के तपाईंलाई थाहा छ ? तपाई ह्वाट्सएपमार्फत मेसेज सेड्युल गर्न सक्नुहुन्छ । यसबाट तपाईको म्यासे…

टाइपिङ सिक्न चाहनेका लागि उपयोगी वेबसाइट

वर्तमान परिपेक्ष्यमा प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिको युगमा हामी विभिन्न कामको लागि कम्प्युटर वा ल्यापटपको प्रयोग गरिरहेका हुन्छौं ।

यसरी कम्प्युटर…