कीवर्डहरू -

टिप्स

इन्टरनेटको स्पीड चेक गर्ने तरिका

समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट स्पीड दिएपनि पछि गएर सेवा प्रदायकले स्पीड कम गर्ने गरेको गुनासो ग्राहकहरूले गरिरहेका हुन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणका उजुरीका चाङ छन् ।

सेवा प्रदायकले भने अनुसार इन्टरनेट स्पीड दिएको वा नदिएको जानकारी हामी केही सेकेण्डमै लगाउन सक्छौं ।यसका लागि केही टुल छन् जसबाट हामी इन्टरनेटको स्पीड जाँच्न सक्छौं ।

तर जाँच गर्नुभन्दा पहिले प्रयोगकर्ताहरुले कुनै पनि डाउनलोड वा अपलोड गरिरहेको भने हुनु हुँदैन् । त्यसैगरी जाँच गर्दा भीपीएन पनि बन्द गर्नुपर्छ । आज हामी तपाईलाई इन्टरनेटको स्पीड चेक गर्ने केही तरिकाको जानकारी दिदैछौं ।

ओकला स्पीड टेस्ट

ओकला स्पीडटेस्ट ले सर्भर र डिभाइसको बिचमा डेटा ट्रान्सफर हुन कति समय लाग्छ भनेर थाहा पाउन मद्दत पुर्‍याउँछ ।

यसलाई प्रयोग गर्दा हरेक पटक वेबसाइटबाट कति स्पीडको नेट आइरहेको छ भन्ने कुराको जानकारी लिन सकिन्छ । यसको विन्डोज, म्याक, गूगल क्रोम आदिका लागी नेटिभ एप समेत रहेको छ ।

यसमा गएर गो बटन मात्रै थिच्नुपर्दछ । एक पटक मात्रै भन्दा पनि पटकपटक जाँच गर्नुपर्दछ । त्यसपछि अन्त्यमा रिजल्ट लिङ्कमा थिच्न सकिन्छ । ग्लोबल इन्डेक्समा गएर भने विश्वव्यापी रुपमा इन्टरनेटको स्पीडहरु हेर्न सकिन्छ ।

अन्य केही स्पीड टेष्ट गर्ने तरिका

फास्ट डटकम साइटमा गएर पनि आफै नै स्पीड जाँच्न सकिन्छ । फास्ट डटकम वेबसाइटमा प्रवेश गरेपछि आफै इन्टरनेटको स्पीड टेष्ट हुन थाल्छ ।

यो एन्ड्रोइड र आइओएसमा एपको रुपमा पनि उपलब्ध रहेको छ । त्यस्तै स्पीडअफ डटमी वेबसाइटबाट पनि स्पीड जाँच्न सकिन्छ । यसको उत्तर अमेरिका, यूरोप, एशिया लगायतमा ११६ ओटा सर्भर रहेका छन् ।

यस्तो वेबसाइटहरुको प्रयोग गरेर इन्टरनेटको स्पीड जाँच गर्न सकिन्छ । त्यसैगरी पीसी म्याग स्पीड टेष्ट को वेबसाइट प्रयोग गरेर पनि आफ्नो इन्टरनेटको स्पीड जाँच्न सकिन्छ ।

साथै नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट पनि इन्टरनेट स्पीड जाँच गर्न सकिन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

टिप्स

किशोर किशोरीलाई उत्पीडनबाट बचाउन सहयोग गर्ने इन्स्टाग्रामको प्यारेन्टल मोड

मेटाको इन्स्टाग्राम एपमा किशोर किशोरीहरुलाई उत्पीडनबाट बचाउनका लागि प्यारेन्टल मोड …

टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? पैसा नलाग्ने यी नम्बरमा कल गर्नुस्

नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभ…

ल्यापटपको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ ? ब्याट्रीको लाइफ बढाउन यस्तो गर्नहोस्

हामीहरु आफ्नो व्यक्तिगत कामको लागि होस् वा अफिसको कामको लागि होस् ल्याप्टप प्रयोग गर्न…

सामसङको सेक्योर फोल्डर के हो ? यसरी गर्न सकिन्छ प्रयोग

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्…

वेबसाइटले क्रोममा स्टोर गरेको डेटा डिलिट गर्न यस्तो गर्नुहोस्

गूगलले आफ्नो इन्टरनेट ब्राउजरको पछिल्लो भर्सन क्रोम ९७ सार्वजनिक गरेको छ । यसले प्रयो…

आईफोनको चार्ज चाँडै सकिएर हैरान हुनुहन्छ ? यस्ता छन् ब्याट्री टिकाउने ७ उपाय

भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…

ठूलो साइजको फाइल पठाउन के गर्ने ? यस्ता छन् तरिका

तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …

सार्वजनिक वाइ–फाइलाई यसरी गर्नुहोस् सुरक्षित रुपमा प्रयोग

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बनाएको छ तर सँगसँगै थ्रेट पनि बढ…

कम्प्युटरमा सजिलै भिडियो इडिट गर्न के गर्ने ?

आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…

मोबाइलको लतबाट जोगिने तरिका

मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हा…

यी हुन् जीमेलको बारेमा जान्नैपर्ने केही फिचर

जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक…

एन्ड्रोइडमा ब्याट्रीको हेल्थ जाँच्न के गर्ने ?

के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ ? या पावर बैंक बोकेर हिड्दा समस्याम…

तपाईका यी सात बानी, जसले तपाईको मोबाइल बिग्रिरहेको हुन्छ 

मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धे…

यी हुन् एन्टिभाइरस सफ्टवेयर किन्दा ध्यान दिनुपर्ने मुख्य पाँच कुरा 

इन्टरनेटले जीवन सहज बनाउनका साथसाथै सूचना खतरामा पारिदिने पनि गर्छ । वेबमा धेरै…

हराएको डिभाइसबाट जिमेल अकाउन्ट हटाउन के गर्ने ?

कहिले काँही कुनै कारणले आफ्नो जिमेल अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराए…