टिप्स
यसरी हेर्नुहोस् एन्ड्रोइड स्मार्टफोनमा वाईफाईको पासवर्ड
हामीले एन्ड्रोइड स्मार्टफोन चलारहँदा कहिलेकाँही वाईफाई पासवर्ड चाहिरहेको हुन्छ तर हामीलाई पासवर्ड याद नभएको हुन सक्छ ।
तपाईको घरमा कोही साथी वा नातागोताको मान्छे आउँदा चिया नास्तासँगै नेटको पासवर्ड दिने चलन पनि बढदै गएको छ । तर सधैँ पासवर्ड याद गर्न गार्हो हुने हुँदा स्मार्टफोनबाट पासवर्ड कसरी थाहा पाउने बारे आज हामी जानकारी दिदैछौँ ।
एन्ड्रोइड १० देखिको स्मार्टफोनमा रुट बिनानै तपाइले पासवर्ड हेर्न सक्नुहुनेछ । एन्ड्रोइड १० वा त्यसपछिको अपरेटिङ सिस्टममा पासवर्ड हेर्नका लागि सेटिङ्गमा गएर नेटवर्क एण्ड इन्टरनेट भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।
त्यसपछि वाईफाई भन्ने अप्सनमा क्लिक गरेपछि तपाई साइनइन भएको वाइफाइ नेटवर्क देख्न सक्नुहुनेछ । त्यसलाइ सेलेक्ट गरेर नेटवर्कको अप्सनहरु सेलेक्ट गर्न सक्नुहुन्छ । अब त्यहाँ सेयर बटन सेलेक्ट गरेर तपाईको आफ्नो पिन कोड हाल्नुपर्ने हुन्छ ।
यति गरेपछि क्युआर कोडको तल वाईफाईको पासवर्ड पनि पाउन सक्नुहुन्छ । केही कारणले पासवर्ड देखाएन तपाईले क्युआर कोड स्कयान गर्न पनि सकिन्छ ।
एन्ड्रोइड ९ वा त्यो भन्दा पुरानो अपरेटिङ सिस्टममा पासवर्ड हेर्नका लागि :
एन्ड्रोइड ९ वा त्यो भन्दा पुरानो अपरेटिङ सिस्टममा माथि बताइएको अप्सन हुँदैन् । यसैका कारणले तपाईले पासवर्ड हेर्नका लागि तपाइ रुटेड हुनुपर्ने हुन्छ ।
रुटेड भएको अवस्थामा फाइल एक्सप्लोरर एप प्रयोग गरेर वाइफाइमा क्लिक गर्नुपर्छ । यति गरेपछि wpa_supplicant.conf मा क्लिक गर्नुपर्छ ।
यति गरेपछि नेटवर्क नाम र पासवर्ड हेर्न सकिन्छ । यसले काम गरेन भने एन्ड्रोइड वाईफाई पासवर्ड भ्युअर एप प्रयोग गर्न सकिन्छ । यसले सेभ गरिएको नेटवर्कबाट पासवर्ड हेर्न सकिन्छ ।
टिप्स
यसरी सुचारु गर्नुहोस् ह्वाट्सएपमा टु स्टेप भेरिफिकेशन फिचर
हामी अहिले प्रविधिमा एकदमै निर्भर भईरहेका छौँ । एक अर्कासँग सम्पर्क राख्न हामी प्रव…
यसरी सुचारु गर्नुहोस् जीमेलको अन्ली भ्यू फिचर
गूगलले सहजैसँग पहुँच पाउनका लागि मिट, च्याट र अरू सेवाको एकीकृत प्लेटफर्म बनाएको…
ह्वाट्सएपमा टाइप नगरेरै म्यासेज पठाउने तरिका
एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुले ह्वाट्सएप जस्तै एसएमएस मेसेजिङ एपमा टाइप नगरेरै …
विद्यार्थीलाई उपयोगी ४ एप
अहिलेको डिजिटल युगमा बालबलिकाहरुलाई धेरै प्राविधिक टूलहरु चाहिने गर्दछ । कक्षामा…
के तपाईको आईफोनको चार्ज चाँडै सकिन्छ ? त्यसो भए यी उपाय अपनाउनुहोस्
भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…
के तपाईले डाउनलोड गरेको फाइलमा भाइरस छ ? यस्तो छ थाहा पाउने सजिलो तरिका
तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड ग…
कसरी खेल्ने स्न्यापच्याटमा गेम ?
सामाजिक सञ्जालहरु मध्ये युवा पुस्तामाझ चर्चित एक एप हो, स्न्यापच्याट । हरेक क्षणको अप…
जीमेलका यी पाँच फिचर, जुन सबैलाई थाहा हुनैपर्छ
जीमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिग…
इन्स्टाग्राममा यसरी गर्नुहोस् पोस्ट सेड्युल
इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्म…
मोबाइलको लतबाट कसरी जोगिने ?
मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हा…
युट्युबको अटो हिस्ट्री डिलिट गर्ने सजिलो तरिका
तपाईले फेसबुकमा कसलाई अनफ्लो गर्नुभएको छ ? फेसबुकमा कोही प्रयोगकर्तासँग फ्रेण्ड भए…
अपलोड र डाउनलोड स्पीडमा के छ फरक ? यसरी सजिलै बुझौं
यदी तपाईले कहिल्यै इन्टरनेटको स्पीड चेक गर्नुभएको छ रु छ भने त्यहाँ तपाईले २ वटा अ…
जिमेलमा यसरी विकास गर्नुहोस् सिग्नेचर
जिमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । सबैकुर…
यसरी सजिलै गर्नुहोस् कम्प्युटरमा भिडियो इडिट
आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…