कीवर्डहरू -

टिप्स

यसरी गर्नुहोस् निःशुल्क रूपमा वेबसाइटबाटै भिडियो एडिट

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा भिडियोलाई लिइन्छ । सिकाउन होस् व्यवसाय प्रचार प्रसार गर्नका जुनसुकै काममा पनि भिडियोको प्रयोग बढ्न थालेको छ ।

अन्य सामग्रीको तुलनामा भिडियोको प्रभावकारिता दर बढी समेत छ । यदि तपाईं भिडियो सम्पादन (एडिटिङ) मा रुचि राख्नुहुन्छ तर तपाईंसंग राम्रो भिडियो एडिटिंग गर्ने मोबाइल वा ल्यापटप छैन् वा तपाईंको आफ्नो डिभाइसमा भिडियो एडिटिंग एप वा सफ्टवेयरहरु चल्दैन भने तपाईंले नि:शुल्क रूपमा वेबसाइटमा गएर भिडियो एडिटिंग गर्न सक्नुहुनेछ ।

आज हामी तपाईंहरूलाई निःशुल्क रूपमा भिडियो एडिटिंग  गर्न सकिने वेबसाइटहरूको बारेमा जानकारी दिदैछौं । यदि तपाईं मोबाइलबाट प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले ब्राउजरलाई डेस्कटप साइटमा राख्नुपर्छ । यद्यपी मोबाइल बाट गर्न भने केही कठिन पनि हुन सक्छ ।

क्लिपच्याम्प

क्लिपच्याम्प एक भिडियो एडिटिङ सफ्टवेयर हो, जसलाई माइक्रोसफ्टले सजिलोसँग भिडियो एडिटिंग गर्न डिजाइन गरेको छ । यसलाई तपाईंले ल्यापटपमा डाउनलोड पनि सक्नुहुन्छ।

वेबसाइटमा यसलाई प्रयोग गर्न सबैभन्दा सुरुमा तपाईंले ब्राउजरमा गएर clipchamp.com टाइप गरी सर्च गर्नुपर्छ । त्यसपछि तपाईंले यसमा आफ्नो अकाउन्ट साइन इन गर्नुहोला । त्यसपछि यसको इन्टरफेस खुल्छ । यहाँ तपाईंले विभिन्न साइजका टेम्प्लेटहरु पनि पाउन सक्नुहुन्छ ।

अब क्रियट अ न्यु भिडियोमा गएर तपाईंले भिडियो बनाउन सक्नुहुन्छ । सबैभन्दा सुरूमा तपाईंले भिडियोको रेसियो छनोट गर्नुपर्छ । यहाँ तपाईंले भिडियोलाई क्रप गर्ने, फ्लिप गर्ने, रोटेट गर्ने, स्क्रीन रेकर्ड गर्ने, विभिन्न टेम्प्लेटहरु एड गर्ने, म्युजिक तथा एस.एफ.एक्स, स्टक भिडियो, स्टक इमेज, टेक्स्ट टुलहरु जस्ता टुलहरु को प्रयोग गर्न सक्नुहुन्छ ।

यसका साथै ग्राफिक्स अन्तर्गत ब्याकग्राउन्ड फोटो तथा भिडियोहरु, स्टिकर, फ्रेम एण्ड ओभर ल्ये, शेप, अनोटोसनस, गिफ जस्ता विभिन्न विकल्पहरूको प्रयोग गर्न सक्नुहुन्छ ।

यसका साथ साथै विभिन्न र आकर्षक ट्रान्जिसनहरुको भरपूर प्रयोग गर्न सक्नुहुन्छ । यसका अलावा तपाईंले भिडियोमा क्याप्सन, अडियो, फिल्टर, एडजस्ट कलर र स्पीड आदि टुलहरुको प्रयोग गर्न सक्नुहुन्छ ।

क्यापविङ

क्यापविङ एक सःशुल्क भिडियो एडिटिङ वेबसाइट हो तर तपाईं नि:शुल्क रूपमा पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ । नि:शुल्क प्रयोग गर्दा भिडियोमा यसको लोगो देखिन्छ ।

यसलाई प्रयोग गर्न सबैभन्दा सुरुमा तपाईंले ब्राउजरमा गएर kapwing.com टाइप गरी सर्च गर्नुहोस् । त्यसपछि यसको इन्टरफेस खुल्छ र अब तपाईंले साइन अप गर्नुपर्छ । अनि यसले तपाईंले कुन प्रयोजनका लागि प्रयोग गर्न चाहनुभएको, तपाईंले भिडियो बनाउनुको प्राथमिक लक्ष्य के हो जस्ता प्रश्नहरूको जवाफ दिनुपर्छ ।

तपाईंले आफ्नो वर्कस्पेसको नाम लेखि यदि आफ्नो लोगो भएको लोगो अपलोड गरी नेक्स्टमा क्लिक गर्नुहोला । अब कृयट न्यू प्रोजेक्ट मा गएर तपाईंले भिडियो बनाउन सक्नुहुनेछ । यहाँ पनि तपाईंले भिडियोलाई ट्रिम, क्रप, फिल्टर, एडजस्ट, जुम, कर्नर आदि गर्न तथा मिलाउन सक्नुहुनेछ ।

त्यसैगरी अडियो अन्तर्गत भोल्युम र क्लिन अडियो, एआई टुल अन्तर्गत स्मार्ट कट जस्ता टुलको प्रयोग गर्न सक्नुहुन्छ । यसका अतिरिक्त टेक्स्ट, सबटाइटल, भिडियोज, इमेज, इलेमेन्ट,अडियो, ट्रान्जिसन, टेम्प्लेट, रेकर्ड जस्ता भिडियो बनाउन आवश्यक पर्ने साधनहरूको प्रयोग गर्न सक्नुहुन्छ ।

भिड

यो पनि एक सामान्य भिडियो एडिटिंग गर्ने वेबसाइट हो। यसलाई प्रयोग गर्न सबैभन्दा सुरुमा तपाईंले ब्राउजरमा गएर veed.io टाइप गरी सर्च गर्नुपर्छ । त्यसपछि यसको इन्टरफेस खुल्छ र अब तपाईंले साइन अप गरिरहनु पर्दैन ।

अब कृयट योर फर्स्ट भिडियोमा गएर तपाईंले भिडियो बनाउन सक्नुहुनेछ । यहाँ पनि तपाईंले भिडियो एडिटिङका सामान्य टुलहरु जस्तै मिडिया, अडियो, सबटाइटल, टेक्स्ट, इमेलमेन्ट तथा टेम्प्लेट जस्ता टुलको प्रयोग गरी भिडियो बनाउन सक्नुहुन्छ ।

क्यापकट

यो एक विशुद्ध निःशुल्क भिडियो एडिटिंग वेबसइट हो । तपाईले गुगल प्ले स्टोरमा गएर यसको एपलाई डाउनलोड गर्न पनि सक्नुहुन्छ । यसलाई प्रयोग गर्न ब्राउजरमा गएर capcut.com टाइप गरी सर्च गर्नुहोला ।

त्यसपछि यसको इन्टरफेस खुल्छ । यसका पनि साइन अप गर्नुपर्दैन तर यदि तपाईं आफ्नो प्रोजेक्टहरु अनलाइनमा सेभ गर्न चाहनुहुन्छ भने लगिन गर्न सक्नुहुन्छ । अब एडिट भिडियो अनलाइनमा गएर ब्लाङ्क क्यानभासमा क्लिक गरी भिडियो बनाउन सक्नुहुन्छ ।

यहाँ पनि तपाईंले मिडिया, स्टक भिडियो, अडियो, टेक्स्ट, स्टिकर, इफेक्ट, ट्रान्जिसन, फिल्टर जस्ता विभिन्न भिडियो बनाउन आवश्यक पर्ने साधनहरू भेट्टाउन सक्नुहुन्छ ।

फ्लेक्सक्लिप

फ्लेक्सक्लिप पनि एक अनलाइन भिडियो एडिटिङ वेबसाइट हो । यसलाई प्रयोग गर्नको लागि ब्राउजरमा गएर flexclip.com टाइप गरी सर्च गर्नुहोला । त्यसपछि यसको इन्टरफेस खुल्छ। यसका लागि सुरुमै साइन अप गर्नुपर्दैन ।

यदी तपाईंलाई यो राम्रो लागेमा अन्त्यमा भिडियो एक्सपोर्ट गर्ने समयमा चै साइन अप गर्नुपर्छ । अब क्रियट अ भिडियोमा क्लिक गरी भिडियो बनाउन सक्नुहुन्छ ।

यसमा पनि अघिका भिडियो एडिटिंग वेबसाइटमा जस्तै पूर्वनिर्धारित अथार्त मीडिया, टेक्स्ट, सबटाइटल, भिडियो, फोटो, अडियो, इलमेन्ट जस्ता टुलहरु उपलब्ध छन् ।

माथि उल्लेखित वेबसाइटहरुको प्रयोग गरेर तपाईंले नि:शुल्क रूपमा भिडियोहरू बनाउन सक्नुहुन्छ । तपाइलाई ल्यापटप वा कम्प्युटरमा सफ्टवेयरहरु डाउनलोड गर्नुपर्ने झन्झट पनि लाग्दैन तर मोबाइल प्रयोगकर्ताका लागि माथिका विकल्पहरू प्रयोग गर्न झन्झटिला देखिन्छन् ।

टिप्स

वैध रुपमा कसरी डाउनलोड गर्ने अफलाइन फिल्म ?

अहिले हामी मध्य धेरैले स्ट्रिमिङ सेवा मार्फत नयाँ फिल्म तथा टिभी शोहरु हेर्न थालेका…

किन लोकप्रिय छ बाइनान्स ?

बाइनान्स एक अनलाइन एक्सचेन्ज प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताहरुले क्रिप्टोकरेन्सीको कारो…

टाइपिङ जिरो लेभलबाट सुरु गर्न चाहनुहुन्छ ? यस्ता छन् टाइपिङ सिक्नका लागि उपयोगी वेबसाइटहरु

वर्तमान परिपेक्ष्यमा प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिको युगमा हामी विभिन्न कामको ला…

टिकटक अकाउन्ट ब्लक नहोस् भन्ने चाहनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा 

पछिल्लो समय टिकटक एकदमै चर्चित छ । बच्चादेखि वृद्धसम्मले टिकटक प्रयोग गर्छन् । शर्ट भि…

स्मार्टफोनमा कुनै पनि एपलाई कसरी गर्ने हाइड ?

सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप हुने गर्दछ । तपाईले ती एपमा सेक्योर लक प्रयो…

प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सघाउने सामसङको ‘सेक्योर फोल्डर’

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्…

महंगो हुँदाहुँदै पनि धेरैले किन रूचाउँछन् आईफोन ?

राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–…

यसरी चलाउनुहोस् स्मार्टफोनमा च्याटजीपीटी

च्याटजीपीटी एक एआई च्याटबोट सिस्टम हो । च्याटजीपीटी जीपीटी ३.५ मा आधारित एक विशाल…

आफ्नो फोटोलाई सुरक्षित रूपमा राख्ने ६ तरिका

जीवनका महत्वपूर्ण पल हामीले फोटोमा कैद गरिरहेका हुन्छौं । कतै नयाँ ठाउँ जाँदा हो…

फेसबुक एप प्रयोग गरी यसरी टेस्ट गर्नुहोस् इन्टरनेटको स्पीड

फेसबुक हामी सबैले चलाउने सामाजिक सञ्जाल हो । तर के तपाईलाई थाहा छ ? यसबाट इन्टर…

सफ्टवेयर बिना वेबसाइटबाटै यसरी गर्नुहोस् भिडियो एडिट

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा …

इन्स्टाग्राममा यसरी हेर्नुहोस् आफ्नो अकाउन्टको स्टाटस

इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित …

मोबाइलको लतमा हुनुहुन्छ ? यसरी छुटाउनुहोस्

मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हा…

के हो गिक स्क्वाड इमेल स्क्याम ? यस्तो छ जोगिने तरिका

तपाईले अहिलेसम्म गिक स्क्वाडबाट आफुले नगरेको कारोबारको पुष्टि गर्नुपर्ने इमेल पाउनु…

गूगल म्यापको हिस्ट्री यसरी गर्नुहोस् डिलिट

आजभोलि गूगल म्याप हामी धेरै प्रयोग गर्न थालेका छौँ । कतै जानुपर्‍यो भने नक्सा हेर्न…