टिप्स
गलत ठाउँमा राउटर राख्दा हुन्छ इन्टरनेट स्लो, सही ठाउँमा कसरी राख्ने ?
यदि तपाईंसँग पनि घरमा वा अफिसमा ब्रोडब्यान्ड इन्टरनेट जडान छ र राम्रो चलेको छैन् भने तपाईंले कम्पनीमा गुनासो गर्नु अघि आफ्नो राउटरको लोकेसन जाँच गर्न आवश्यक छ ।
राउटर गलत ठाउँमा राखिएको कारणले गर्दा समेत कनेक्टिभिटीमा समस्या आउने गर्छ । तपाईको घरमा वाइफाइ इन्टरनेट छ तर स्लो छ भने राउटरलाई सही ठाउँमा नभएको पनि हुन सक्छ ।
त्यस्तो अवस्थामा तपाईंले राउटरको स्थान परिवर्तन गरेर उच्च गतीको इन्टरनेटको मज्जा लिन सक्नुहुन्छ । आज हामी तपाईलाई वाइफाइको राउटर राख्ने उत्कृष्ट ठाउँको बारेमा जानकारी दिदैछौं ।
वाइफाइ राउटरलाई भुईमा नराख्नुहोस्
वाइफाइ राउटरको गति धातु वा कंक्रीट पर्खालहरू जस्ता अवरोधहरूले प्रभावित हुन्छ । त्यसैले हामीले सक्दो वाइफाइ राउटरको मार्गमा कुनै अवरोध छैन भनेर सुनिश्चित गनपर्छ । साथै, राउटरलाई जमिनमा राख्नबाट जोगिनै पर्छ ।
कुनै अवरोध नभएको ठाउँमा राख्नुहोस्
राउटरलाई पहिले नै धेरै वस्तु भएको ठाउँमा नराख्नुहोस् । वाइफाइ राउटरको नजिक कुनै धातु वस्तु हुनुहुँदैन, किनकी यसले सिग्नललाई असर गर्छ ।
इलेक्ट्रोनिक ग्याजेटहरूबाट टाढा रहनुहोस्
वाइफाइ राउटरलाई कुनै पनि इलेक्ट्रोनिक ग्याजेट नजिक नराख्नुहोस् । टिभी, बेबी मोनिटर, ब्लुटुथ हेडसेट, फ्रिज आदि जस्ता इलेक्ट्रोनिक वस्तुहरूबाट राउटर टाढा राख्नुहोस् । तपाईंले पहिले भन्दा राम्रो सिग्नल प्राप्त गर्नुहुनेछ ।
वाइफाइ राउटरमा एन्टेना सीधा राख्नुहोस्
सामान्यतया, सबै राउटरहरूमा बाह्य पक्षमा एन्टेनाहरू हुन्छन्, जुन सिग्नल सुधार गर्न समायोजन गर्न सकिन्छ । धेरै पटक यी एन्टेनाहरू झुकेका हुन्छन् र जब तिनीहरूलाई सीधा बनाइन्छ, सिग्नल ठीकसँग आउँछ ।
टिप्स
फोन चार्ज भईरहेको छैन् ? गर्नुहोस् यी १० काम
स्मार्टफोन आजको दिनमा मानिसको अत्यावश्यक साधन बनिसकेको छ । बिहान उठेदेखि राति नसुतेसम्म हातमा स्मार्टफोन हुन्छ । …
घन्टौँ मोबाइल चलाउने बानीले दिक्क हुनुभएको छ ? यी सेटिङ अन गर्नुहोस्
स्मार्टफोन चलाउँदा कहिलेकाहीं घण्टौँ बितेको पत्तै हुँदैन् । केही मिनेटका लागि फोन उठाउँछौं, र जब राख्ने समय आउँछ, समय कति खर्च…
क्युआर कोडलाई नै ठगीको माध्यम बनाउँदै स्क्यामर, जोगिनलाई यसो गर्नुहोस्
डिजिटल कारोबारले हाम्रो जीवनलाई सजिलो बनाएको छ । डिजिटल भुक्तानी सजिलो, छिटो र सुरक्षित पनि हुन्छ । तर अर्कोत…
एटीएमबाट पैसा निकाल्नु अगाडि जान्नैपर्ने कुरा
पछिल्लो समय नेपालमा पनि डिजिटल भुक्तानी बढ्दै गएको छ । तरकारी फुलफुलदेखि ठूला ठूला मलसम्म अनलाइनबाटै भुक्तानी गर्न मिल्छ । तर अझै पनि नेपाल पूर्ण डिजिटाइज…
तपाईले प्रयोग गर्ने स्मार्टफोन कभर हुन सक्छ हानिकारक
फोनको सुरक्षाको लागि मानिसहरू धेरै ध्यान दिन्छन् । सामान्यतया, मानिसहरूले महँगो फोनमा कुनै स्क्रयाच नलागोस् भनेर राम्रोसँग कभर ल…
क्यामेरा लेन्स प्रोटेक्टर के हो ? के हामीले यो प्रयोग गर्नैपर्छ ?
आजकल प्रत्येक स्मार्टफोनमा उत्कृष्ट क्यामेरा सेटअप पाइन्छ, जसले हामीलाई उच्च गुणस्तरीय फोटो खिच्न र भिडियोहरू रेकर्ड गर्नको लागि विक…
किन घोष्ट ह्याकरले मरेका व्यक्तिहरूको अकाउन्टलाई निशाना बनाइरहेका छन् ?
साइबर अपराध तीव्र रूपमा बढिरहेको छ । स्क्यामरहरूले मानिसहरूलाई लक्षित गर्न नयाँ–नयाँ तरिकाहरूको प्रयोग गरिरहेका छन् । यी…
कम्प्युटरको किबोर्डमा भएको नमलक बटनले के काम गर्छ ?
आजभोलि कम्प्युटर र ल्यापटप जताततै प्रयोग गरिन्छ । व्यवसायिकदेखि व्यक्तिगत काममा कम्प्युटर प्रयोग भइरहेको छ ।
स्मार्टफोनका चार्जरहरू किन सेतो वा कालो रङका मात्रै हुन्छन् ?
जब हामी नयाँ स्मार्टफोन किन्न बजार जान्छौं, एउटा होइन, धेरै रङ र डिजाइनमा उपलब्ध हुन्छन् । तर जब फोनको चार्जरको कुरा आउँछ, तब ओ…
युट्युब च्यानलको कस्टम यूआरएल कसरी बनाउने ?
कस्टम यूआरल युट्युब च्यानललाई एक्सेस गर्नको लागि सबैभन्दा सरल र सजिलै सम्झन योग्य वेब एड्रेस मानिन्छ । यसको प्रयोग गर्दै युट्युब च्या…
एपिआईले कसरी काम गर्छ?
एपिआईको पूरा नाम एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस हो, जुन एप्लिकेशन बनाउनमा मद्दत गर्दछ । यो एउटा यस्तो प्रोग्रामिङ हो जसले कुनै पनि प्रकारको एप बनाउन मद्दत गर्द…
स्मार्टफोनको ब्याट्री लाइफ लामो बनाउन चार्ज गर्दा यी गल्तीहरू नगर्नुहोस्
स्मार्टफोनको प्रयोग सबैले गर्छन्, र दिनभरि धेरैजसो काम फोनको माध्यमबाटै गरिन्छ । फोनको चार्ज लामो समयसम्म टिकाउनका लागि लामो ब्या…
स्मार्टफोनको ब्याट्री लाइफ लामो बनाउन चार्ज गर्दा यी गल्तीहरू नगर्नुहोस्
स्मार्टफोनको प्रयोग सबैले गर्छन्, र दिनभरि धेरैजसो काम फोनको माध्यमबाटै गरिन्छ । फोनको चार्ज लामो समयसम्म टिकाउनका लागि लामो ब्या…
मोबाइल डेटा बचतका लागि महत्त्वपूर्ण टिप्स: इन्टरनेट खपतलाई कसरी नियन्त्रण गर्ने?
आजको समयमा धेरैजसो मानिसहरू स्मार्टफोनको प्रयोग गर्छन् । तर, इन्टरनेट बिना कुनै पनि फोन खासै कामलाग्दो हुँदैन् । केही समय अघिदे…
पासवर्ड राख्दा यी कुराहरूमा ध्यान दिनुहोस्
फोनमा लगभग सबै एपमा पहुँच गर्नका लागि लगइन आईडी–पासवर्डको धेरै आवश्यकता हुन्छ । पासवर्ड नै हो जसले यो निर्णय गर्छ कि अका…