टिप्स
एमएस एक्सेल प्रयोग गर्न आउँदैन् ? यस्तो छ सिक्ने तरिका
एमएस एक्सेल, जसको पूरा नाम ’ माइक्रोसफ्ट एक्सेल’ हो र यसलाई ’एक्सेल’ पनि भनिन्छ । यो एक स्प्रेड शीट प्रोग्राम हो, जसले ट्याबुलर ढाँचामा डाटा खोल्न, सिर्जना गर्न, सम्पादन गर्न, डेटा गणना गर्न, सेयर गर्न र छाप्न दिने काम गर्दछ ।
एमएस एक्सेल माइक्रोसफ्ट द्वारा विकसित गरिएको प्रोग्राम हो । एमएस एक्सेल माइक्रोसफ्ट अफिस सुइट को एक भाग हो । यो धेरै प्रयोग गरिएको सफ्टवेयर भएता पनि यसलाई प्रयोग गर्न धेरैले जान्दैनन् ।
पहिलो र परिचित तरिका भनेको कम्प्युटर इन्स्टिच्युटमा गएर भर्ना लिनु हो । यहाँ तपाइँले एक्सेल सिकाउन प्रशिक्षकको सहयोग प्राप्त गर्नुहुन्छ र प्राक्टिकल गर्नको लागि कम्प्युटर पनि उपलब्ध हुनेछ ।
यदि तपाइँसँग खाली समय छ र नजिकै केन्द्र छ भने तपाइँ कम्प्युटर इन्स्टिच्युटमा उपस्थित भइ एक्सेल कक्षाहरूमा सामेल भएर एक्सेल सिक्न सक्नुहुन्छ ।
एक्सेल सिकाउने किताब किन्नुहोस्
कुनै पनि नयाँ सीपहरू सिक्नको लागि किताबहरू अझै पनि उपयोगी हुने गरेका छन् । यदि तपाइँसँग कम्प्युटर छ र तपाइँ किताबहरू पढ्न मन पराउनुहुन्छ भने एक्सेल सिक्नको लागि केहि एक्सेल पुस्तकहरू किन्न सक्नुहुन्छ र ती मार्फत सिक्न सुरु गर्न सक्नुहुन्छ ।
दराज वा कुनै अन्य अनलाइन पोर्टलमा “बेस्ट बुक्स फर एमएस एक्सेलमा खोजी गरेर, तपाईले सयौं पुस्तकहरू पाउनुहुनेछ । तपाईं आफ्नो मनपर्ने दुई–तीन ओटा पुस्तकहरू अर्डर गरेर घरमै प्राप्त गर्न सक्नुहुन्छ ।
अनलाइन कोर्सहरूमा सहभागी हुने
किताबभन्दा बाहिरको पढाइ अहिले अनलाइनमा गइरहेको छ र हाल डिजिटल शिक्षालाई महत्व दिन थालिएको छ ।
तपाईले एक्सेल अनलाइन कोर्सहरुमा जोडिएर पनि एक्सेल सिक्न सक्नुहुनेछ । यी पाठ्यक्रमहरूको फाइदा भनेको तपाइँले आफ्नै कम्प्युटरमा व्यावहारिक प्रशिक्षण पनि लिन सक्नुहुनेछ ।
यो सँगै अनलाइनमा समय प्रतिबन्ध पनि हुँदैज जसकारण तपाईले जुनबेला पनि सिक्न सक्नुहुन्छ र धेरै रिसोर्सहरु पनि प्राप्त गर्न सक्नुहुन्छ ।
धेरै जसो पाठ्यक्रमहरू एक पटक खरिद गरिसकेपछि, सधैंका लागि उपलब्ध हुने किसिमकानै हुने गर्दछन् । तल केही लोकप्रिय अनलाइन पोर्टलहरूको नामहरू छन् जहाँबाट तपाईले एक्सेल कोर्सहरूमा भर्ना गर्न सक्नुहुन्छ ।
- उडेमी
- कोर्सेरा
- एलिसन
- खान एकेडेमी
- लिंक्डइन लर्निंग
वेब–आधारित ट्यूटोरियलहरू
अनलाइन सिक्ने अर्को तरिका वेब–आधारित ट्यूटोरियलहरू मार्फत हो । यस प्रकारको प्रशिक्षण अनलाइन पाठ्यक्रमहरू अघि उपलब्ध थियो र आज पनि धेरै लोकप्रिय नै रहेको छ ।
किनभने, यी ट्यूटोरियलहरु प्रायः निःशुल्क हुन्छ । तपाईको सुविधाको लागि केही वेबसाइटहरूको नाम तल दिइएको छ जहाँबाट तपाइँ एक्सेलको निःशुल्क ट्यूटोरियलहरू हेर्न सक्नुहुन्छ ।
- एक्सेल–इजि
- ट्यूटोरियल्स पोइन्ट डटकम
- जभाटपोइन्ट डटकम
- एजु डट जिसिएफ ग्लोबल डट ओआरजी
एक्सेल हेल्प प्रयोग गर्नुहोस्
यस बाहेक, अर्को तरिका एक्सेल हेल्प प्रयोग गर्नु हो । विद्यार्थी र प्रशिक्षकहरूले पनि यो विधिमा धेरै कम ध्यान दिन्छन् ।
तर, यो तरिका सबैभन्दा भरपर्दाे छ किनभने, यहाँ सबै ट्यूटोरियलहरू एक्सेलका निर्माताहरूले आफैंले तयार पारेका छन् । एक्सेल हेल्प पहुँच गर्न, किबोर्डमा एफ वान की थिच्नपर्ने हुन्छ ।
टिप्स
टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? पैसा नलाग्ने यी नम्बरमा कल गर्नुस्
नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभ…
म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा डिलिट गरिएको म्यासेज हेर्ने सजिलो तरिका
एक समय थियो, जब मान्छेले चाहेर पनि गलत म्यासेज वा अरू कसैलाई पठाएको मेसेज मेटाउ…
स्मार्टफोनमा कुनै पनि एपलाई हाइड गर्न यस्तो तरिका अपनाउनुहोस्
सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप हुने गर्दछ । तपाईले ती एपमा सेक्योर लक प्रयो…
गूगलको मेसेज कम्पोज फिचर के हो ? कसरी गर्ने प्रयोग ?
टेक कम्पनी गुगलले आफ्ना प्रयोगकर्ताका लागि विभिन्न प्लेटफर्मको सेवा उपलब्ध गराउँछ । ग…
जीमेलमा आउने अनावश्यक इमेललाई यसरी गर्नुहोस् ब्लक
जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अ…
मोबाइलको स्टोरेज फुल भयो ? यी तरिका अपनाउनुहोस्
आजभोलि प्राय सबैको हात हातमा स्मार्टफोन देख्न सकिन्छ । दिनको अधिकांश समय स्मार्टफोन …
गिक स्क्वाड इमेल स्क्याम के हो ? यस्तो छ जोगिने तरिका
तपाईले अहिलेसम्म गिक स्क्वाडबाट आफुले नगरेको कारोबारको पुष्टि गर्नुपर्ने इमेल पाउनु…
आफैले आफ्नो कम्प्युटरलाई स्लो बनाइराख्नु भएको त छैन् ? यस्तो छ थाहापाउने तरीका
यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खु…
कसरी हेर्ने म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा डिलिट गरिएको म्यासेज ?
एक समय थियो, जब मान्छेले चाहेर पनि गलत म्यासेज वा अरू कसैलाई पठाएको मेसेज मेटाउ…
यसरी गर्नुहोस् स्न्यापच्याटमा कसैलाई स्टोरी हेर्नबाट ब्लक
अहिलेको युवा पुस्ताले एकदमै मनपराउने एपहरु मध्यको एक हो स्नापच्याट । छिटो र सहज त…
यस्तो छ स्मार्टफोन क्यामेराको विकासक्रम
जब तपाई बजारमा नयाँ फोन किन्न जानुहुन्छ, तब तपाइले सबैभन्दा पहिले फोनको फिचर र क्…
सेकेण्ड ह्याण्ड आइफोन किन्दै हुनुहन्छ ? यी कुरामा ध्यान दिनुहोस्
आजकाल, युवा पुस्तामा आईफोनको धेरै क्रेज छ । मानिसहरूले अनलाइन प्लेटफर्ममा सस्तो मू…
अब एआइले तपाईको मनमा रहेको धुनलाई संगीतमा परिणत गरिदिन्छ, यसरी गर्नुहोस् प्रयोग
आजकल आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टेक्नोलोजीले मानिसका लागि धेरै कामहरू सजिल…
यसरी हेर्नुहोस् इन्स्टाग्राममा आफ्नो अकाउन्टको स्टाटस
इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित …
टिकटक चलाउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
पछिल्लो समय टिकटक एकदमै चर्चित छ । बच्चादेखि वृद्धसम्मले टिकटक प्रयोग गर्छन् । शर्ट भि…