टिप्स
क्लाउड स्टोरेज रोज्दा केके छन् फाइदा ?
२१औं शताब्दीसम्म आइपुग्दा विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै नयाँ नौला आविष्कार भएका छन् । यसैगरी कम्प्युटर तथा टेक्नोलोजीको क्षेत्रमा पनि अहिले सम्म धेरै ठूलाठूला परिवर्तन तथा विकास भएका छन् ।
केही समय अघिसम्म मानिसले दैनिक जीवन आफ्ना कार्यालयलगायत थुप्रै व्यक्तिगत डाटाहरू अथवा फाइलहरू कम्प्युटरको हार्डड्राइभ डिस्कमा र पेनड्राइभलगायतमा राख्ने गर्दथे । तर प्रविधिको परिवर्तनसँगै यसरी डाटा तथा फाइलहरू सुरक्षित साथ राख्न क्लाउड स्टोरेज नामको इन्टरनेट स्टोरेज प्रचलनमा आएको छ ।
हामीले क्लाउड, क्लाउड कम्प्युटिङ अथवा क्लाउड स्टोरेज आदि शब्दहरू मानिसहरूले प्रयोग गरेको सुन्दै आइरहेका छौं। तर वास्तवमा के हो त क्लाउड ? धेरै हदसम्म क्लाउडको मतलब इन्टरनेट हो । अथवा इन्टरनेटभित्रको हामीले प्रयोग गर्ने सम्पूर्ण कुराहरू नै क्लाउड हो ।
क्लाउड स्टोरेजमा पछिसम्म जोगाइराख्नुपर्ने आफ्ना फाइल अथवा डाटाहरू सुरक्षित साथ राख्न सकिन्छ । यसमा आफ्ना महत्त्वपूर्ण फाइलहरू हराउने तथा चोरी हुने डर हुँदैन । साथसाथै ड्राइभ तथा पेनड्राइभलगायतका स्टोरेज गर्ने सामग्रीहरू बोकेर हिँडिरहने झन्झट पनि रहँदैन ।
इन्टरनेट उपलब्ध भएमा जुनसुकै अवस्थामा जस्तोसुकै डिभाइसबाट पनि क्लाउड स्टोरेजको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग सरल मितव्ययीसमेत छ । यसकारण पनि हाल क्लाउडप्रतिको आकर्षण बढ्दो छ ।

क्लाउड स्टोरेज भनेको क्लाउड कम्प्युटिङ मोडल हो, जहाँ रिमोट सर्भरमा डाटाहरू स्टोर भएर रहेका हुन्छन् । र इन्टरनेटद्वारा यसको प्रयोग गर्न सकिन्छ । यदि कुनै चिज क्लाउडमा छ भन्नुको मतलब त्यो कुरा इन्टरनेट सर्भरमा स्टोर गरिएको छ भन्ने हो। तर यसमा कम्प्युटरको हार्ड ड्राइभको प्रयोग भने भएको हुँदैन ।
क्लाउड स्टोरेजको व्यवस्थापन तथा सञ्चालन क्लाउड स्टोरेज सर्भिस प्रोभाइडरले गर्ने गर्दछ। यसका साथै स्टोरेज सर्भर निर्माणका लागि भर्चुअलाइजेसनको टेक्निकमा गरिएको हुन्छ । क्लाउड स्टोरेजका लागि धेरै सर्भिस प्रोभाइडरहरू रहेका छन् । क्लाउड स्टोरेजको पब्लिक, प्राइभेट र हाइब्रिड गरी तीन प्रकारका स्टोरेज छन् ।
प्राइभेट क्लाउड स्टोरेज
यो स्टोरेज सिस्टम कुनै पनि एउटा संस्था वा व्यक्तिका लागि उसको आवश्यकताअनुसार तयार गरिएको हुन्छ । प्राइभेट क्लाउडको अन प्रिमिस र एक्सटर्नल होस्टेड गरी जम्मा दुई फर्म्याटमा आउँछ ।
दुवैले रामो काम गर्छन् तर प्रिमिस फर्म्याट भने व्यक्तिका लागि नभएर बिजनेसका लागि हुन्छ । यदि सानो खालको बिजनेस छ भने त्यसका लागि यो उपयोगी हुन्छ । यसका साथै आफ्नो बिजनेसको आवश्यकता अनुसार प्राइभेट क्लाउडलाई परिवर्तन गर्न सकिन्छ ।
पब्लिक क्लाउड स्टोरेज
यो क्लाउड सर्भिसमा थोरै प्रसाशनिक नियन्त्रण आवश्यक हुन्छ । अधिकार प्राप्त जोकोहीले पनि यसको प्रयोग गर्न सक्छ । प्राइभेट क्लाउडमा झै यसको सिस्टमलाई समायोजन गरिरहन आवश्यकता पर्दैन। यो पब्लिक क्लाउड स्टोरेज सर्वसाधारणहरूका लागि निःशुल्क इन्टरनेटमा उपलब्ध हुन सक्छ । अथवा यसको प्रयोगको आधारमा निश्चित शुल्कसमेत निर्धारण गरिएको हुन्छ ।
हाइब्रिड क्लाउड स्टोरेज
प्राइभेट र पब्लिक क्लाउडको मिश्रित स्वरूप नै हाइब्रिड क्लाउड हो । हाइब्रिडका फिचरहरू आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ। यसभित्र आवश्यक एप्लिकेसनसमेत थप गर्न सकिन्छ । यसमा प्राइभेट क्लाउडमा अति महत्त्वपूर्ण डाटाहरू राख्न सकिन्छ । त्यस्तै कम महत्त्वपूर्ण डाटाहरूलाई भने पब्लिकमा राख्न सकिन्छ । यसको प्रयोगले समय तथा पैसाको बचत गर्न सकिन्छ ।
क्लाउडको प्रयोग किन ? र केका लागि ?
कम्प्युटरमा हार्डड्राइभ डिस्कको प्रयोग नगरी मानिसले क्लाउड रोज्नुको मुख्य कारण सरल र भरपर्दो नै हो । जस्तै जिमेल, याहुजस्ता सञ्जालहरूमा हामीले पहिले नै क्लाउडको प्रयोग गरिसकेका छौं ।
वेब बेस सर्भिसका सम्पूर्ण इमेलहरू कम्प्युटरको हार्ड ड्राइभमा भन्दा पनि सर्भरमा स्टोर भएको हुन्छ । यसको मतलब हामीले इन्टरनेट कनेक्सन भएको जुनसुकै कम्प्युटरबाट पनि आफ्नो इमेल भेट्न सक्छौं । त्यसमा थप यदि कम्प्युटरमा केही खराबी भए पनि हामीले आफ्नो डाटा क्लाउडमा राखेको छौं भने सुरक्षित भेट्न सक्छौं ।

त्यसकारण क्लाउडको प्रयोग भरपर्दो र सरल रहेको छ। यसका साथै क्लाउडको प्रयोग मितव्ययीसमेत रहेको छ। समयको समेत बचत हुने भएका कारण विभिन्न व्यापार तथा व्यवसायका लागि पनि क्लाउड नै उपयुक्त विकल्प बन्दै गएको छ ।
क्लाउड नै रोज्नुका मुख्य कारणहरु
फाइल स्टोरेज हामीले क्लाउडमा सबै खालका इन्फर्मेसन भएका फाइल तथा इमेलहरू राख्न सक्छौं । इन्टरनेट उपलब्ध भएको कुनैपनि ठाउँ तथा इन्टरनेट कनेक्ट भएका जुनसुकै डिभाइसबाट पनि क्लाउडमा फाइलहरू स्टोर गर्न सकिन्छ । ड्रप बक्स तथा गुगल ड्राइभ अहिलेका प्रचलित क्लाउड बेस स्टोरेज सर्भिसहरू हुन् ।
फाइल सेयरिङ
क्लाउडले एकैपटकमा धेरै मानिसहरूमाझ फाइल सेयर गर्न मद्दत गर्दछ । जस्तै हामीले फ्लिकर तथा आइक्लाउड फोटोजजस्तो क्लाउड बेस फोटो सर्भिसमा धेरै फोटो अपलोड गयौं भने त्यसलाई चाँडै नै साथीभाइ तथा आफन्तसँग सेयर गर्न सकिन्छ ।
व्याकिङ अप डाटा
डाटा ब्याकअपका लागि पनि क्लाउडको प्रयोग गर्न सकिन्छ। मोजी र कार्बोनाइटजस्ता एप्सहरूले डाटाहरू अटोमेटिक रूपमा ब्याकअप गरेर राख्छन् । त्यसकारण क्लाउडको प्रयोगले यदि कम्प्युटर तथा अन्य डिभाइस हराएमा अथवा खराब भयो भने पनि त्यस्ता ब्याकअप गरिएका सम्पूर्ण - फाइलहरू रिकभर गर्न सकिन्छ ।
टिप्स
मोबाइल डेटा बचतका लागि महत्त्वपूर्ण टिप्स
आजको समयमा धेरैजसो मानिसहरू स्मार्टफोनको प्रयोग गर्छन् । तर, इन्टरनेट बिना कुनै पनि फोन खासै कामलाग्दो हुँदैन् । केही समय अघिदे…
स्पाइवेयरबाट कसरी बच्ने?
स्पाईवेयर एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि एक सामान्य समस्या हो जुन सामान्यतया गलत एप डाउनलोड, शङ्कास्पद लिङ्क वा जुुन मन लाग्यो त्यह…
चाडपर्वमा फोटो खिच्दा ध्यान दिनुपर्ने पक्ष
चाडपर्वका हरेक क्षणलाई क्यामेरामा कैद गर्ने चाहना सबैको हुन्छ । दीपावलीमा फोटो खिच्ने धेरै अवसरहरू हुन्छन् । रंगी–ब…
गुगल म्यापका उत्कृष्ट फिचर: यात्रालाई सजिलो, छिटो र रमाइलो बनाउने सुविधाहरू
गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन, यो एउटा पावरफुल टूल हो जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो बनाउँछ …
नियमित फोन स्वीच अफ गरेबापत हुने सात फाइदाहरु यस्ता छन्
स्मार्टफोन हाल हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । यदि तपाईंसँग सोधियो भने तपाईँले आफ्नो फोन अन्तिम पटक कहिले स्वीच अफ…
एन्ड्रोइड स्मार्टफोनमा लुकेका केही विशेष फिचर्स जुन सबै प्रयोगकर्ताले थाहा पाउनैपर्छ
यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसको केही विशेष फिचर्सको बारेमा जान्नुपर्छ । वास्तवमा, धेरैजसो मानिसहरू आफ्नो …
नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा च्याट गर्न यस्तो गर्नुहोस्
पपुलर म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपको प्रयोग विश्वभर करोडौं मानिसहरूले गर्छन् । प्रयोगकर्ताहरूको अनुभवलाई रमाइलो बनाउनका लागि ह्वाट्सएपले धेरै यस्ता फिचरहरू प्रद…
स्मार्टफोनमा आगो लाग्ने पाँच प्रमुख कारण र त्यसबाट जोगिने उपायहरू, जान्नैपर्ने जानकारी
स्मार्टफोन अहिले मानिसहरूको जीवनको एक महत्वपूर्ण भाग बनेको छ । तपाईंले कतिपय समय फोनमा आगो लाग्ने खबर सुन्नुभएको होला ।…
यी हुन् प्रमुख क्लाउड स्टोरेज प्लेटफर्म, यसरी गर्नुहोस् प्रयोग
क्लाउड स्टोरेजको नाम त तपाईंले सुन्नुभएको नै होला । साधारणतया हामी हाम्रो डिजिटल सामान जस्तै फोटो, भिडियो, अडियो आदि क्लाउड स्…
इयरबड्स प्रयोगकर्ताले थाहा पाउनैपर्ने ६०:६० नियम के हो ?
लामो तार भएका इयरफोनहरू आजकल धेरै कम प्रयोगमा देखिन्छन् । तिनको ठाउँमा साना साइजका ताररहित इयरबड्सले लिएका छन् । यिनीहर…
मोबाइलमा एप खोल्दा अचानक बन्द हुन्छ ? यसरी गर्नुहोस् समाधान
एप क्र्यास हुनु स्मार्टफोनको प्रयोगमा सामान्य समस्या हो । खोल्ने प्रयास गर्दा एप अचानक बन्द हुनुले जो कोहीलाई सताउन सक्छ ।
<…फोनको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली
बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …
इयरबड किन्दा ध्यान दिनुपर्ने पाँच कुरा
मानिसहरूको आवश्यकता अनुसार, इयरबड एक आवश्यक ग्याजेट भइसकेको छ । विस्तारै एयरफोन र हेडफोनलाई इयरबडले विस्थापित…
सार्वजनिक स्थानमा फोन चार्ज गर्दा हुन सक्छ स्क्याम, जोगिने कसरी ?
सार्वजनिक स्थानमा चार्जिङ पोर्ट सुविधा देखेपछि तुरुन्तै फोन चार्ज गर्न हतार गर्ने स्मार्टफोन प्रयोगकर्ताहरूमध्ये के तपाईं पनि एक हुनुहुन्छ ?
मे…
पुरानो फोनलाई सीसीटीभी क्यामेरामा रूपान्तरण गर्ने तरिका
आफ्नो घरलाई सुरक्षित राख्ने हो भने सीसीटीभी क्यामेरा वा सेक्युरिटी गार्ड राख्नुपर्छ, नत्र घर सुरक्षित छ की छैन् भनेर सधैं तनाव रहि…